२०८३ कार्तिक ९

हैजा प्रभावित वीरगंजमा सुरक्षा निकायका स्वास्थ्य जनशक्ति र औषधि उपलब्ध गराउछौं: गृहमन्त्री लेखक

वीरगंज । गृहमन्त्री रमेश लेखकले पर्साको वीरगंजस्थित विभिन्न अस्पतालमा हैजा संक्रमणका उपचाररत बिरामीको स्वास्थ अवस्था र स्वास्थ उपचारमा भइरहेको प्रयासबारे जानकारी लिएका छन् । शनिबार साँझ वीरगन्ज पुगेका गृहमन्त्री लेखकले वीरगन्जको  नारायणी अस्पताल, तराई अस्पताल र वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्यबारे जानकारी लिएका हुन् । 

गृहमन्त्री लेखकले वीरगन्जमा फैलिएको हैजा महामारी नियन्त्रणका लागि नेपाली सेनासहित तीनै सुरक्षा निकायका जनशक्ति खटाइने बताए । महामारी नियन्त्रणका लागि सरकार गम्भीर रहेको भन्दै गृहमन्त्री लेखकले केन्द्रीयसुरक्षा समितिको निर्णयअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट मेडिकल फिल्डका जनशक्ति पठाउने निर्णय भएको बताए । अस्पताल प्रशासनबाट माग भए सुरक्षा निकायबाट तत्काल जनशक्ति र औषधि उपलब्ध गराइने उनको भनाइ थियो ।

उनले भने- ‘नागरिकको जीवन जोगाउन कुनै कमी हुन दिन्नौँ। तपाईँलाई थप जनशक्ति वा औषधि आवश्यक भए नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको चिकित्सक टोलीका साथै औषधि र उपकरण तत्काल उपलब्ध हुन्छ । यसका लागि केन्द्रीय सुरक्षा समितिको बैठकले निर्णय गरिसकेको छ । प्रधानमन्त्रीज्यूले पनि प्रतिनिधिसभा बैठकमा पनि सुरक्षा निकायका चिकित्सक परिचालन गर्ने बताउनुभएको छ ।’

हैजा पुर्णरुपमा नियन्त्रणमा ल्याउन सरकारले विशेषज्ञहरूसँग सल्लाह गरेर मूल कारण पहिचान गर्नुपर्नेमा उनले जोड दिए । गृहमन्त्री लेखकले हैजा महामारी क्षेत्रको वस्तु-अवस्था बुझ्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका २ जना डाक्टरलाई जिम्मेवारी दिएका छन् ।

Read More

हैजापछि वीरगंजमा जापानिज इन्सेफलाइटिसको संक्रमण पुष्टि

वीरगंज । हैजाको संक्रमणको सामना गरिरहेको वीरगंज महानगरपालिका क्षेत्रमा जापानिज इन्सेफलाइटिसको संक्रमण पुष्टि भएको छ ।

महानगरले पर्सा जिल्लामा जापानिज इन्सेफलाइटिसका २५ वटा रिपोर्टेड केश मध्ये र २ वटा पुष्टि भएको र जसमध्ये १ वटा केश वीरगंज महानगर-५ मा पुष्टि भएको जानकारी दिएको छ ।

महानगरले यस अवस्थालाई मध्यनजर गर्दै वीरगंज महानगरपालिकाभित्र यस रोगको संक्रमण फैलिन नदिन विशेष सतर्कता र सावधानी अपनाउन सम्पूर्ण सुँगुर तथा बंगुरपालक किसानलाई अनुरोध गरेको छ । यससँगै, सुँगुर र बंगुरको अनावश्यक ओसारपसार नगर्न र रोगसँग मिल्दोजुल्दो कुनै पनि लक्षण देखापरेमा तत्कालै महानगरपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न आग्रह गरेको छ । डेंगु, इन्सेफ्लाइटिस, मलेरिया जस्ता प्राणघातक रोग फैलाउने लामखुट्टे नियन्त्रणका लागि वीरगंज महानगरले  ३२ वटै वडामा औषधि छर्कने अभियान सुरु गरेको बताएको छ ।

महानगरमा सरसफाइ संयोजक जयप्रकाश खेतानको नेतृत्वमा ५ वटा गाडी र २० जनाको प्राविधिक टोली परिचालन गरी नाला तथा पोखरीमा स्प्रेमार्फत औषधि छर्कने कार्य सुरु भएको जनाइएको छ ।

महानगर ले गोठ तथा वरिपरिको स्थान सफा राखी पानी जम्न नदिन गोठ वा खेत जानेबेला पूरै शरीर ढाक्ने कपडा प्रयोग गर्न, परिवारका सदस्यलाई जापानिज इन्सेफलाइटिसको खोप अनिवार्य लगाउन आग्रह गरेको छ ।

Read More

हैजा प्रभावित बिरामीलाई निःशुल्क उपचार गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौं । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालमा आउने झाडापखाला तथा हैजाका बिरामीलाई निःशुल्क उपचार गर्न…

विरगंज पुगेर स्वास्थ्यमन्त्रीले भने: हैजा प्रभावित बिरामीको उपचारमा अभाव आउन दिँदैनौं

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हैजा प्रभावित बिरामीहरूको उपचारमा कुनै पनि किसिमको कमी नहुने प्रतिवद्धता व्यक्त गरेका…

वीरगञ्ज हैजा प्रकोप नियन्त्रणका लागि तीन वटै सुरक्षा निकाय तयारी अवस्थामा

काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठक आज गृह मन्त्रालयमा सम्पन्न भएको छ । बैठकमा मुलुकभरको शान्ति सुरक्षाको समीक्षा गरिएको गृह…

हैजा प्रभावित वीरगंज क्षेत्रमा पानी परिक्षण शुरु

वीरगंज । गत शुक्रबार हैजा रोग पुष्टि भएको वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रमा अहिले खानेपानी परिक्षण तथा शुद्धिकरणको कार्य तीब्र…

हैजा पुष्टि भएपछि वीरगंज महानगरमा टोल टोलमा स्वास्थ्यकर्मीलाई खटाइयो

वीरगंज । वीरगंज महानगरमा हैजा पुष्टि भएपछि महानगरले स्वास्थ्यकर्मीलाई हैजाबाट बच्न शिक्षा दिन शुरु गरेको छ । महानगरले स्वास्थ्यकर्मीलाई टोल टोलमा…

पर्सामा हैजा नियन्त्रणका लागि स्वास्थ्यकर्मीको आपत्कालीन टोली परिचालन

पर्सा । पर्साको वीरगंजमा देखिएको हैजाको संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले स्वास्थ्य टोली खटाएको छ । मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको…

बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्रासन आयुर्वेदिक थोपा प्रदान गरिने

काठमाडौँ, ३ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बालबालिकाको प्रतिरोध क्षमता विकासका लागि आयुर्वेदिक पद्दतीको स्वर्णप्रासन थोपा प्रदान…

नेपालमा रुबेला उन्मुलन, विश्व स्वास्थ्य संगठनको बधाई

काठमाडौँ, ३ भदौ । बालबालिकाको प्राणघातक रोग रुबेला उन्मूलनमा नेपालले सफलता पाएको छ । विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एशिया क्षेत्रीय…