२०८३ श्रावण ४

ललितपुर महानगरले साउन १५ देखि घरघरमै स्वास्थ्य सेवा दिने

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी साउन १५ गतेदेखि बालबालिका, अशक्त व्यक्ति तथा ज्येष्ठ नागरिकलाई लक्षित गर्दै घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ। महानगरले स्वास्थ्यकर्मीको टोली परिचालन गरी आवश्यक परेका नागरिकलाई घरमै पुगेर उपचार सेवा दिने जनाएको छ।

नगरप्रमुख चिरीबाबु महर्जनले स्वास्थ्य समस्या देखिएमा महानगरको हटलाइन नम्बर ११३१ मा सम्पर्क गर्न नगरवासीलाई आग्रह गरेका छन्।

महानगरका अनुसार हटलाइनमार्फत बिरामीको जानकारी प्राप्त भएपछि एम्बुलेन्ससहित चिकित्सक, नर्स र आवश्यक औषधि बोकेको स्वास्थ्य टोली बिरामीको घरमै पुग्नेछ। स्वास्थ्यकर्मीले बिरामीको अवस्था मूल्यांकन गरी आवश्यक उपचार गर्नेछन्।

घरमै उपचार सम्भव नभएका बिरामीलाई थप उपचारका लागि सोही एम्बुलेन्समार्फत अस्पताल पठाउने व्यवस्था समेत गरिएको महानगरले जनाएको छ।

Read More

नेपालको आँखा उपचार सेवाको कम्बोडियामा प्रशंसा, एक हजारभन्दा बढीले लिए निःशुल्क सेवा

काठमाडौं । नेपालको आँखा उपचार सेवा र प्राविधिक क्षमताको कम्बोडियाले प्रशंसा गरेको छ। कम्बोडियाको विदेश तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयका स्थायी सचिव तथा प्रधानमन्त्रीका निजी सल्लाहकार इट सोफियाले नेपालले सञ्चालन गरेको निःशुल्क आँखा उपचार शिविरको सफलताको प्रशंसा गरेका हुन्।

थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीसँग भएको भेटमा सोफियाले कम्बोडियाको कम्पोङ चाम प्रान्तमा सम्पन्न आँखा शिविरबाट स्थानीय नागरिक लाभान्वित भएको भन्दै नेपालको सहयोगप्रति धन्यवाद व्यक्त गरे।

नेपाल नेत्रज्योति सङ्घ, लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर र थाइल्यान्डस्थित नेपाली राजदूतावासको समन्वयमा असार २० र २१ गते सञ्चालन गरिएको शिविरमा एक हजार दुई जना कम्बोडियाली नागरिकले निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा लिएका थिए।

शिविरमा ३७३ जनालाई औषधि, ४०७ जनालाई चश्मा र १९२ जनालाई औषधिसहित चश्मा वितरण गरिएको थियो। परीक्षणका क्रममा ९३ जनामा मोतियाबिन्दुको समस्या देखिएपछि थप उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको थियो।

भेटका क्रममा नेपाल र कम्बोडियाबीच आँखा उपचारसहित जनस्वास्थ्य, शिक्षा, कृषि, पर्यटन तथा आर्थिक सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो। राजदूत ओलीले कम्बोडियाको आँखा स्वास्थ्य क्षेत्रको क्षमता विकासका लागि तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराउन नेपाल तयार रहेको बताए।

दुई देशबीच बौद्ध तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपालको लुम्बिनी र कम्बोडियाको अङ्कोर वाटबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा समेत जोड दिइएको थियो।

Read More

नेपाल नेत्रज्योति सङ्घद्वारा कम्बोडियामा निःशुल्क आँखा शिविर, एक हजारभन्दा बढीले पाए सेवा

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले आँखा उपचार सेवाको पहुँच विस्तार गर्दै विदेशमा समेत निःशुल्क आँखा शिविर सञ्चालन गर्न थालेको छ । नेपालका ग्रामीण तथा विपन्न समुदायमा आँखा सेवा पुर्‍याउँदै आएको सङ्घले आवश्यकताका आधारमा अन्तर्राष्ट्रियस्तरमा समेत शिविर आयोजना गर्न थालेको जनाएको छ ।

नेपाली विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागितामा विदेशमा सञ्चालन गरिएका आँखा शिविर प्रभावकारी बन्दै गएको सङ्घले जनाएको छ । नेपाललाई दक्षिण एसियाकै अग्रणी आँखा उपचार तथा तालिम केन्द्रका रूपमा विकास गर्ने, गुणस्तरीय आँखा चिकित्सा शिक्षा प्रवर्द्धन गर्ने र अन्धोपन न्यूनीकरण गर्ने लक्ष्यसहित सङ्घले अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिँदै आएको छ ।

यसैक्रममा नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित Lumbini Eye Institute and Research Center को प्राविधिक सहयोग तथा Embassy of Nepal, Bangkok को समन्वयमा कम्बोडियाको कम्पोङ चाम प्रान्तमा दुईदिने निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ ।

असार २० र २१ गते कम्पोङ चाम प्रान्तीय अस्पतालमा आयोजना गरिएको शिविरबाट एक हजार दुई जना कम्बोडियाली नागरिकले आँखा परीक्षण तथा उपचार सेवा लिएका थिए । शिविरमा ६४१ महिला र ३६१ पुरुष सहभागी भएका थिए ।

सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार शिविरका क्रममा ३७३ जनालाई निःशुल्क औषधि, ४०७ जनालाई चस्मा तथा १९२ जनालाई औषधिसहित चस्मा वितरण गरिएको थियो । परीक्षणका क्रममा ९३ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएपछि थप उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा पठाइएको उनले जानकारी दिए ।

शिविरको उद्घाटन नेपालका कम्बोडियाका लागि राजदूत धनबहादुर ओली र कम्पोङ चाम प्रान्तका गभर्नर उन चान्दाले संयुक्त रूपमा गरेका थिए ।

स्वास्थ्य क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति

शिविरसँगै कम्बोडियाका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई नेपालमा तालिम तथा व्यावसायिक अनुभव आदानप्रदानको अवसर उपलब्ध गराउने विषयमा पनि सहकार्यको पहल भएको छ ।

लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरअन्तर्गत रहेको श्री रण अम्बिका शाह आँखा अस्पतालकी चिफ मेडिकल डाइरेक्टर प्रा. डा. सुशीला पटेलको नेतृत्वमा विशेषज्ञ टोलीले आँखा परीक्षण, उपचार र परामर्श सेवा प्रदान गरेको थियो ।

यसैबीच सङ्घका महासचिव भरतबहादुर चन्दको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले कम्बोडियाको स्वास्थ्य मन्त्रालय, कम्पोङ चाम प्रदेश सरकार तथा अन्य सरोकारवाला निकायसँग आँखा स्वास्थ्य सेवा, चिकित्सा शिक्षा, प्राविधिक सहयोग, जनशक्ति विकास र संस्थागत साझेदारी विस्तारका विषयमा छलफल गरेको छ ।

नेपाल र कम्बोडियाबीच सार्वजनिक स्वास्थ्य, आँखा उपचार, चिकित्सा शिक्षा तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य बढाउने विषयमा दुवै पक्ष सकारात्मक रहेको सङ्घले जनाएको छ ।

सङ्घका महासचिव चन्दले अन्तर्राष्ट्रिय सहकार्यले नेपाल–कम्बोडिया सम्बन्ध थप मजबुत बनाउनुका साथै नेपाललाई आँखा उपचार, चिकित्सा शिक्षा र स्वास्थ्य पर्यटनको क्षेत्रमा थप पहिचान दिलाउन सहयोग पुग्ने बताए ।

सङ्घका उपाध्यक्ष एवं रणअम्बिका शाह आँखा अस्पतालका अध्यक्ष सागर प्रताप राणाले नेपालले आँखा स्वास्थ्य सेवामा हासिल गरेको अनुभव र दक्षता अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गर्न यस्ता कार्यक्रम प्रभावकारी माध्यम बन्ने बताए ।

अस्पताल व्यवस्थापक प्रकाश रायमाझीले शिविर सफल बनाउन नेपाली राजदूतावास, स्थानीय सरकार, कम्पोङ चाम प्रान्तीय अस्पताल, स्वास्थ्यकर्मी, स्वयंसेवक र स्थानीय समुदायको महत्वपूर्ण सहयोग रहेको उल्लेख गरे ।

सङ्घका अनुसार स्थापनादेखि सन् २०२५ को अन्त्यसम्ममा उसका २८ आँखा अस्पताल, ४४ जिल्ला शाखा र २२६ आँखा उपचार केन्द्रमार्फत नेपाल तथा अन्य देशका गरी पाँच करोडभन्दा बढी नागरिकलाई आँखा उपचार सेवा प्रदान गरिएको छ । यस अवधिमा ५६ लाखभन्दा बढी आँखाको शल्यक्रिया सम्पन्न भएको सङ्घले जनाएको छ ।

Read More

आधिकारिक थोक विक्रेताबाट मात्र औषधि खरिद–बिक्री गर्न औषधि व्यवसायी संघको आग्रह

काठमाडौं । नेपाल औषधि व्यवसायी संघ काठमाडौं शाखाले आधिकारिक थोक विक्रेता बाहेक अन्य कुनै व्यक्ति वा माध्यमबाट आएका औषधिहरू खरिद तथा बिक्री नगर्न खुद्रा औषधि व्यवसायीलाई आग्रह गरेको छ। औषधिको गुणस्तर, सुरक्षित आपूर्ति प्रणाली र सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै संघले यस्तो निर्देशन जारी गरेको हो।

संघले जारी गरेको सूचनामा औषधि खरिद–बिक्री गर्दा अनिवार्य रूपमा आधिकारिक स्रोतबाट मात्र कारोबार गर्नुपर्ने, बिल जारी गर्दा ब्याच नम्बर, एक्सपायरी मिति, एमआरपी र परिमाण स्पष्ट उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै, कुनै पनि फार्मेसीको नाम वा प्यान प्रयोग गरी अनधिकृत व्यक्तिबाट औषधि बिक्री वा बिलिङ नगर्न चेतावनी दिइएको छ।

संघले औषधि व्यवसायीहरूलाई सुरक्षित आपूर्ति प्रणाली सुनिश्चित गर्न, भण्डारण मापदण्ड पालना गर्न तथा ‘कोल्ड चेन’ आवश्यक पर्ने औषधिमा विशेष सावधानी अपनाउन पनि आग्रह गरेको छ। चिकित्सकको प्रेस्क्रिप्सनबिना औषधि बिक्री नगर्न समेत निर्देशन दिइएको छ।

त्यसैगरी खरिद, बिक्री, भण्डारण र वितरणका सम्पूर्ण प्रक्रियामा प्रचलित कानुन तथा मापदण्डको पूर्ण पालना गर्नुपर्ने संघले स्पष्ट पारेको छ। औषधि व्यवसाय केवल व्यापार नभई जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील सेवा भएकाले जिम्मेवार र नैतिक रूपमा सञ्चालन गर्नुपर्नेमा पनि संघले जोड दिएको छ।

Read More

बर्डफ्लु नियन्त्रणमा कडाइः सङ्क्रमित पन्छी बिक्री गरे कारबाही, ११ जिल्लामा उच्च सतर्कता

काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्री–वितरण गरेमा सम्बन्धित व्यवसायीलाई कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको छ। आमनागरिकको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्दै विभागले सङ्क्रमित पन्छी बजारमा बिक्री भएको पाइएमा तत्काल कारबाही गरिने जनाएको हो।

विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार गत चैतदेखि देशका ११ जिल्लामा फैलिएको बर्डफ्लु नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको छ। भाइरसको स्वरूप परिवर्तन हुन सक्ने जोखिम रहेकाले थप फैलिन नदिन आवश्यक निर्देशन जारी गरिएको उनले बताए।

संक्रमण देखिएका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा प्राविधिक टोली तथा ‘र्‍यापिड रेस्पोन्स टिम’ सक्रिय रूपमा परिचालन गरिएको छ। केही जिल्लामा संक्रमण नियन्त्रणतर्फ अघि बढेको विभागले जनाएको छ।

विभागका अनुसार मरेका कुखुरा जथाभावी फाल्ने वा सङ्क्रमित पन्छी नष्ट गर्ने क्रममा लापरबाही भएमा मान्छेमा सर्ने जोखिम उच्च रहने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। हालसम्म प्रभावित क्षेत्रमा करिब सात लाख पन्छी, ११ लाख अण्डा र करिब तीन लाख किलो दाना नष्ट गरिएको छ।

प्रवक्ता डा. उपाध्यायले बर्डफ्लुको प्रभावकारी खोप अझै विकास नभएकाले संक्रमण देखिएपछि पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गर्नु नै एक मात्र विकल्प रहेको बताए। साथै, नष्ट गरिएका पन्छीको मूल्याङ्कन गरी किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन विवरण सङ्कलन भइरहेको पनि विभागले जनाएको छ।

Read More

गोरखामा अफ्रिकन स्वाइन फिभरको प्रकोप, २५० भन्दा बढी सुँगुर–बङ्गुर मरे

काठमाडौं । गोरखा जिल्लामा अफ्रिकन स्वाइन फिभर (ASF) को प्रकोप फैलिँदा दुई महिनाको अवधिमा २५० भन्दा बढी सुँगुर तथा बङ्गुर मरेका छन्। जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार रोग तीव्र रूपमा फैलिरहेको छ।

नियन्त्रणबाहिर फैलिँदै संक्रमण

भेटेरिनरी अस्पतालका प्रमुख अनन्त कोइरालाका अनुसार गोरखा नगरपालिका–६, ७ र ८ तथा सहिद लखन गाउँपालिका–७ का विभिन्न फार्ममा संक्रमण देखिएको हो। प्रभावित क्षेत्रमा किसानका सुँगुर–बङ्गुर लगातार मर्ने क्रम जारी रहेको उनले जानकारी दिए।

गोरखा–६ मानवसेवा आश्रम टोलका एक किसानका ८० बङ्गुर, सोही क्षेत्रकी अर्की किसानका १० बङ्गुर तथा मान्द्रेढुङ्गाका एक किसानका ६० बङ्गुर दुई साताभित्रै मरेको कार्यालयले जनाएको छ। अन्य फार्महरूमा पनि ठूलो संख्यामा क्षति भएको बताइएको छ।

दर्ता भएका तथा दर्ता नभएका दुवै प्रकारका फार्म प्रभावित भएकाले वास्तविक क्षतिको विवरण अझै पूर्ण रूपमा संकलन हुन नसकेको कार्यालयले जनाएको छ।

अफ्रिकन स्वाइन फिभर के हो?

अफ्रिकन स्वाइन फिभर सुँगुर तथा बङ्गुरमा लाग्ने अत्यन्त संक्रामक भाइरल रोग हो। यस रोगको हालसम्म कुनै उपचार वा खोप उपलब्ध छैन। संक्रमण भएपछि पशु मर्ने सम्भावना उच्च रहने भएकाले यसलाई अत्यन्त खतरनाक रोग मानिन्छ।

यद्यपि यो रोग मानिसमा सर्दैन, तर संक्रमित फार्म, दाना, औषधि तथा मानव आवतजावतमार्फत एक स्थानबाट अर्को स्थानमा तीव्र रूपमा फैलिन सक्छ।

किसान धनकुमार गुरुङका अनुसार संक्रमित बङ्गुरमा ज्वरो आउने, खाना खान छाड्ने, शरीरमा दाग–

प्रमुख कोइरालाले संक्रमित खोर तथा त्यस क्षेत्रको सम्पर्कबाट टाढा रहन आग्रह गरेका छन्। “अहिलेसम्म न उपचार छ, न खोप। त्यसैले रोकथाम नै एक मात्र उपाय हो,” उनले भने।

पशु सेवा कार्यालयले जैविक सुरक्षा (biosecurity) कडाइका साथ पालना गर्न, फार्ममा अनावश्यक आवतजावत रोक्न तथा सतर्कता अपनाउन किसानहरूलाई अनुरोध गरेको छ।

Read More

एनएमसीले सेवा प्रवाह डिजिटल बनाउन ‘हेलो एनएमसी’ पोर्टल सुरु

काठमाडौं। नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले सेवा प्रवाहलाई थप पारदर्शी, छरितो र प्रविधिमैत्री बनाउन नयाँ डिजिटल प्रणाली ‘हेलो एनएमसी’ सञ्चालनमा ल्याएको छ। यस प्रणालीमार्फत जिज्ञासा, गुनासो, उजुरी तथा सुझावहरू अनलाइनमै दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

काउन्सिलका अनुसार अब सेवाग्राही तथा दर्तावाला चिकित्सकहरूले कार्यालयमा उपस्थित नभई नै डिजिटल माध्यमबाट आफ्ना समस्या वा सुझावहरू पठाउन सक्नेछन्। यसले सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

सेवा पहुँचका माध्यमहरू

  • दर्तावाला चिकित्सकले doctor.nmc.org.np मा आफ्नो व्यक्तिगत एकाउन्टमार्फत गुनासो दर्ता गर्न सक्ने
  • सर्वसाधारणले www.nmc.org.np मा रहेको ‘हेलो एनएमसी’ पोर्टल प्रयोग गर्न सक्ने
  • काउन्सिलको आधिकारिक QR कोड स्क्यान गरी उजुरी पठाउन सकिने
  • nmc@nmc.org.np मा इमेलमार्फत पनि गुनासो तथा कागजात पठाउन सकिने व्यवस्था

एनएमसीले यस प्रणालीले सेवा प्रवाहलाई अझ उत्तरदायी, पारदर्शी र डिजिटल रूपमा सहज बनाउने विश्वास व्यक्त गरेको छ।

Read More

एन्टि–रेबिज खोपको मौज्दात पर्याप्त, थप खोप आपूर्तिको प्रक्रिया अघि बढ्दै

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभर रेबिज रोकथाम तथा उपचार सेवाको निरन्तरता सुनिश्चित गर्न आवश्यक पहलहरू अगाडि बढाएको जनाएको छ। मन्त्रालयका अनुसार हाल केन्द्रीय, प्रादेशिक तथा जिल्लास्तरीय अस्पतालहरूको भण्डारमा गरी कुल १० हजार ११ भायल एन्टि–रेबिज खोप मौज्दात रहेको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा दुई हजार ५०० भायल एन्टि–रेबिज खोप प्राप्त भइसकेको जानकारी दिँदै थप चार हजार ५०० भायल खोप आगामी केही दिनभित्र उपलब्ध हुने सुनिश्चित भएको बताए।

उनका अनुसार उपलब्ध खोपको प्रभावकारी वितरण र व्यवस्थापनका लागि मन्त्रालयले सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय गरिरहेको छ। साथै, आवश्यक सेवामा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले रेबिज रोकथाम तथा उपचार कार्यक्रमलाई निरन्तरता दिन आवश्यक कदम चालिएको छ।

मन्त्रालयले स्थानीय तहहरूलाई कुकुर तथा अन्य जनावरको टोकाइसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा आवश्यक खोप सेवाको सहज पहुँच सुनिश्चित गर्न आग्रहसमेत गरेको छ।

सहप्रवक्ता डा. अधिकारीका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा मात्रै करिब ४० दिनका लागि पुग्ने एन्टि–रेबिज खोप मौज्दात रहेको छ। साथै, स्वास्थ्य सेवा विभागमार्फत भइरहेको नियमित खरिद प्रक्रिया सम्पन्न भएपछि खोप आपूर्ति प्रणाली पूर्ण रूपमा नियमित हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।

Read More

डीआरसीमा इबोला प्रकोप तीव्र, मृत्यु र सङ्क्रमण दुवै बढ्दै

काठमाडौं । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा हालसम्म २७७ जनाको मृत्यु भएको र १ हजार ९४ जनामा सङ्क्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

डब्ल्यूएचओका अनुसार हाल ३८७ जना बिरामी उपचाररत छन् भने ११५ जना निको भइसकेका छन्। कङ्गोका अधिकारीहरूले थप ४४ जनाको शङ्कास्पद मृत्यु र १३१ वटा शङ्कास्पद घटनाहरू पनि दर्ता गरेका छन्।

स्वास्थ्य मन्त्रालयको दैनिक प्रतिवेदनमा समुदायमा फैलिएको संक्रमणका कारण साप्ताहिक रूपमा नयाँ केसहरू बढिरहेको देखिएको छ। प्रारम्भिक चरणमा गरिएको सक्रिय परीक्षण, निगरानी र प्रयोगशाला क्षमताको विस्तारले रोग छिटो पहिचान गर्न मद्दत गरेको डब्ल्यूएचओले जनाएको छ।

डब्ल्यूएचओका आपतकालीन कार्यक्रम प्रमुख अब्दिराहमान महामुदका अनुसार अफ्रिकामा पहिलो महिनामै देखिएको यो सबैभन्दा ठूलो इबोला प्रकोप हो। उनका अनुसार हाल उपचार क्षमता विस्तार भई १९ स्वास्थ्य क्षेत्रमा ५०० भन्दा बढी शैय्यामा सेवा उपलब्ध भएको छ।

प्रयोगशाला परीक्षण क्षमता पनि तीव्र रूपमा बढाइएको छ। पहिले किन्शासामा दैनिक करिब ३० परीक्षण हुने गरेकामा अहिले इटुरी, उत्तरी किवु र दक्षिण किवुमा फैलिएको आठ प्रयोगशालाको सञ्जालमार्फत दैनिक दुई हजारभन्दा बढी परीक्षण सम्भव भएको छ।

राष्ट्रपति फेलिक्स त्सेसेकेदीले इटुरी प्रान्तमा भइरहेको नियन्त्रण तथा प्रतिक्रिया कार्यको अनुगमन गर्ने बताएका छन्। उनले बुरुन्डीका राष्ट्रपति एभारिस्ट नदाइसिमियीसँगको संयुक्त पत्रकार सम्मेलनमा क्षेत्रीय सहयोग बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।

नदाइसिमियीले भने सीमा बन्द नगरी महामारी नियन्त्रणमा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन्।

यसैबीच, युगान्डामा पनि इबोला फैलिएको पुष्टि भएको छ। त्यहाँ २० जना संक्रमितमध्ये १४ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ। तीमध्ये १५ वटा केस आयातित रहेको जनाइएको छ।

डीआरसी र युगान्डाले संयुक्त रूपमा निगरानी टोली, मोबाइल प्रयोगशाला र उपचार केन्द्र परिचालन गर्दै सीमापार समन्वय विस्तार गरेका छन्।

डब्ल्यूएचओका अनुसार पूर्वी कङ्गो र पश्चिमी युगान्डाबीचको आवागमनका कारण क्षेत्रीय रूपमा संक्रमण फैलिने जोखिम अझै उच्च रहेको छ।

Read More

एचआईभी/एड्स नियन्त्रणमा उल्लेखनीय प्रगति भए पनि चुनौती कायमै : संयुक्त राष्ट्रसंघको चेतावनी

काठमाडौ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले एचआईभी/एड्स महामारी अन्त्य गर्न विश्वव्यापी रूपमा अझ सुदृढ राजनीतिक प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।

संयुक्त राष्ट्रसंघको महासभाअन्तर्गत आयोजित एचआईभी/एड्ससम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले महामारीविरुद्धका प्रयासलाई तीव्र बनाउनुपर्नेमा जोड दिएका हुन्।

महासचिवको तर्फबाट उद्घाटन सत्रमा उपमहासचिव अमिना मोहम्मदले प्रस्तुत गरेको तथ्याङ्कअनुसार पछिल्ला वर्षहरूमा एड्ससम्बन्धी मृत्यु दर उल्लेखनीय रूपमा घटेको छ। सन् २००४ को तुलनामा मृत्यु ७० प्रतिशतले र सन् २०१० को तुलनामा ५४ प्रतिशतले घटेको छ।

त्यसैगरी नयाँ संक्रमणदर ४० प्रतिशतले कमी आएको तथा हाल विश्वभर ३ करोड २० लाखभन्दा बढी संक्रमितले जीवनरक्षक एन्टिरेट्रोभाइरल उपचार पाइरहेका छन्।

यद्यपि संयुक्त राष्ट्रसंघले एचआईभी/एड्सको चुनौती अझै अन्त्य नभएको भन्दै सतर्क रहन आग्रह गरेको छ। सामाजिक असमानता, डर र विभेदले नियन्त्रण प्रयासलाई अझै कठिन बनाइरहेको उल्लेख गरिएको छ।

महासचिवको सन्देशमा स्थानीयदेखि विश्वव्यापी तहसम्म समन्वित प्रयासमार्फत मात्र दीर्घकालीन रूपमा महामारी अन्त्य सम्भव हुने स्पष्ट पारिएको छ।

Read More