२०८३ कार्तिक १०

इबोलाबाट कङ्गोमा दुई सयभन्दा बढीको मृत्यु, विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इबोला भाइरसलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

कङ्गोमा पछिल्ला २० दिनमा करिब २०० जनाको मृत्यु भएको बताइएको छ । इबोला संक्रमणको त्रास बढेसँगै त्यहाँ स्यानिटाइजर र मास्कको मूल्य धेरै गुणा बढेको छ भने अस्पतालहरूमा बिरामीको चाप पनि उच्च रहेको छ ।

यसैबीच अमेरिका, चीन, जापान र फ्रान्सले पनि इबोला जोखिमलाई लिएर सतर्कता बढाएका छन् । ती देशहरूले विमानस्थलमा यात्रुहरूको स्वास्थ्य जाँच कडा पारेका छन् र अफ्रिकी मुलुकबाट आउने यात्रुहरूमा विशेष निगरानी राखिएको छ ।

विश्वभर इबोला भाइरस रोग (ईभीडी) बाट संक्रमितमध्ये मृत्यु दर करिब २५ देखि ९० प्रतिशतसम्म रहने गरेको तथ्यांक छ । यो भाइरस पहिलो पटक सन् १९७६ मा अफ्रिकामा देखिएको थियो, जसमा सुडान र तत्कालीन जाइरे (हालको लोकतान्त्रिक गणतन्त्र कङ्गो) मा पहिलो पटक संक्रमण पुष्टि भएको थियो ।

आपतकाल घोषणा पछि विभिन्न देशले विशेष गरी कङ्गो, युगान्डा र सुडान जाने वा त्यहाँबाट फर्किने यात्रुहरूलाई सावधानी अपनाउन आग्रह गरेकाछन्  । ती देशबाट फर्किने व्यक्तिमा ज्वरो, कमजोरी, वान्ता, पखाला, घाँटी दुख्ने वा शरीर दुख्ने जस्ता लक्षण देखिएमा तुरुन्त चिकित्सकलाई जानकारी दिन भनिएको छ । 

Read More

बङ्गलादेशमा दादुरा संक्रमण गम्भीर बन्दै, पाँचसय भन्दा बढी बालबालिकाको गयो ज्यान

काठमाडौँ । बङ्गलादेशमा दादुरा जस्तै लक्षण देखिएको सङ्क्रमणले गम्भीर स्वास्थ्य सङ्कटको रूप लिएको छ । पछिल्लो २४ घण्टामा थप १६ बालबालिकाको मृत्यु भएपछि मृतकको सङ्ख्या ५२८ पुगेको छ । लगातार दोस्रो दिन मृत्यु सङ्ख्यामा ठूलो वृद्धि भएको हो ।

स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घण्टामा १३०६ नयाँ शङ्कास्पद बिरामी फेला परेका छन् । यससँगै कुल शङ्कास्पद बिरामीको सङ्ख्या ६३ हजार नाघेको छ । थप १२८ जनामा सङ्क्रमण पुष्टि भएपछि कुल सङ्क्रमितको सङ्ख्या आठ हजार ६२२ पुगेको छ ।

गत मार्चदेखि हालसम्म ५० हजारभन्दा बढी बिरामी अस्पतालमा भर्ना भइसकेका छन् । धेरै बिरामी निको भए पनि सङ्क्रमण तीव्र रूपमा फैलिरहेकाले स्वास्थ्य प्रणालीमा दबाब बढेको बताइएको छ ।

संयुक्त राष्ट्र बाल कोषले बङ्गलादेश सरकारलाई खोप अभावबारे पटकपटक चेतावनी दिएको दाबी गरेको छ । सन् २०२४ देखि नै स्वास्थ्य मन्त्रालयलाई पत्र र बैठकमार्फत सम्भावित स्वास्थ्य सङ्कटबारे जानकारी गराइएको जनाइएको छ । संस्थाकी प्रतिनिधि राना फ्लावर्सले समयमै खोप खरिद प्रक्रिया अघि नबढाइएकाले अवस्था झन् जटिल बनेको बताएकी छन् ।

स्वास्थ्य निकायहरूले सङ्क्रमण नियन्त्रणका लागि तीव्र रूपमा काम गरिरहेका छन् । परीक्षण र खोप अभियानलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको छ भने सरकारले घटनाबारे छानबिन सुरु गरेको छ ।

दादुरा अत्यन्त छिटो सर्ने भाइरसजन्य रोग हो । यसले विशेषगरी बालबालिकालाई असर गर्ने गर्दछ । समयमै खोप नलगाइए रोग गम्भीर बन्न सक्ने र कतिपय अवस्थामा ज्यानसमेत जान गरेको छ ।

Read More

अध्ययन भन्छ- पाँच मिनेट मात्रैको हल्का शारीरिक गतिविधिले पनि अकाल मृत्यु रोक्छ 

काठमाडौँ । दैनिक जीवनमा थोरै–थोरै शारीरिक गतिविधि बढाउँदै लैजाँदा लामो समयसम्म स्वास्थ्य राम्रो राख्न सकिने र अकाल मृत्युको जोखिम पनि घट्ने नयाँ अध्ययनले देखाएको छ ।

विश्वप्रसिद्ध चिकित्सा जर्नल ‘लान्सेट’मा प्रकाशित एक ठूलो अध्ययन अनुसार, दिनमा केवल पाँच मिनेट मात्रै हल्का वा तीव्र शारीरिक गतिविधि गर्दा पनि करिब १० मध्ये १ अकाल मृत्यु रोक्न सकिने सम्भावना हुन्छ ।

त्यसअनुसार पाँच मिनेट छिटो हिँड्ने, साइकल चलाउने वा भर्‍याङ चढ्ने जस्ता सामान्य गतिविधिले पनि ठूलो जनसंख्यालाई फाइदा पुग्न सक्ने देखिएको छ ।

विशेषज्ञहरूका अनुसार राम्रो स्वास्थ्यका लागि अत्यधिक कठिन व्यायाम आवश्यक छैन । बरु दैनिक जीवनमा हुने सामान्य गतिविधि बिस्तारै बढाउँदै लैजानु नै बढी प्रभावकारी हुन्छ । तर अध्ययनले यो पनि स्पष्ट पारेको छ कि पाँच मिनेटको व्यायाम मात्रले पूर्ण रूपमा स्वास्थ्य सुनिश्चित हुँदैन । तर केही नगर्नुभन्दा यस्ता साना गतिविधि जोड्नु धेरै लाभदायक हुन्छ ।

अध्ययनका प्रमुख निष्कर्ष

अध्ययनका अनुसार पहिले नै सक्रिय र फिट रहेका व्यक्तिमा पाँच मिनेटको अतिरिक्त व्यायामको प्रभाव कम देखिन्छ । अमेरिकाको रोड आइल्याण्ड विश्वविद्यालयकी सहायक प्राध्यापक निकोल लोगनका अनुसार आधारभूत शारीरिक गतिविधिले शरीरमा थकान र तनाव घटाउँछ र बुढ्यौलीको गुणस्तर निर्धारण गर्छ । उनका अनुसार मांसपेशीको शक्ति र हड्डीको मजबुतीले जीवनको दीर्घता समेत प्रभावित गर्छ ।

१ लाख ५० हजारभन्दा बढीको तथ्याङ्क अध्ययन

यो अनुसन्धान बेलायत, अमेरिका र स्क्यान्डिनेभियाका करिब १ लाख ५० हजार वयस्कको तथ्याङ्कमा आधारित छ । नर्वेजियन खेल विज्ञान विद्यालयका प्रोफेसर उल्फ एकेलुन्डका अनुसार दैनिक जीवनमा मात्र पाँच मिनेटको गतिविधि थप्दा पनि अकाल मृत्युको जोखिम घट्ने कुरा आश्चर्यजनक रूपमा पुष्टि भएको छ । उनका अनुसार विश्व स्वास्थ्य संगठनले हप्तामा करिब १५० मिनेट मध्यम स्तरको व्यायाम गर्न सुझाव दिएको छ, जुन अझै पनि महत्वपूर्ण हो । तर जिम जान नसक्ने वा खेलकुदमा सहभागी हुन नसक्ने व्यक्तिले पनि दैनिक जीवनमै थोरै बढी हिँडडुल गरेर लाभ लिन सक्ने अध्ययनले देखाएको छ ।

निष्क्रियता घटाए आयु बढ्ने

अध्ययनले दैनिक बस्ने समय घटाउँदा पनि ठूलो फाइदा हुने देखाएको छ । दिनमा ३० मिनेट कम बस्दा अकाल मृत्युको जोखिम करिब ७ प्रतिशत घट्ने उल्लेख छ । विशेषज्ञहरूका अनुसार लामो समय बसिरहने बानीले मुटु रोगलगायत दीर्घ रोगको जोखिम बढाउछ । अमेरिकी व्यवहारिक चिकित्सा विशेषज्ञ अमान्डा डेलीले गाडी अलि टाढा पार्क गर्ने जस्ता साना अभ्यासलाई पनि उपयोगी बताएकी छन् ।

सानो अभ्यास, ठूलो फाइदा

अनुसन्धानकर्ताहरूका अनुसार हल्का–हल्का गतिविधि दिनभरि गर्ने बानीले मुटु र मांसपेशी दुवै स्वस्थ रहन्छ । यसलाई ‘साना गतिविधि अभ्यास’ भनेर पनि बुझिन्छ । बेलायतको अल्स्टर विश्वविद्यालयकी प्रोफेसर मेरी मर्फीका अनुसार छोटो–छोटो समयमा गरिएको व्यायामले शरीरको ऊर्जा प्रणाली बारम्बार सक्रिय बनाउछ ।

बानीमा बदलिँदा दीर्घकालीन फाइदा

विशेषज्ञहरूका अनुसार सीढी प्रयोग गर्ने, अलि बढी हिँड्ने वा काम गर्दा हल्का स्ट्रेच गर्ने जस्ता बानीले समयसँगै ठूलो स्वास्थ्य सुधार ल्याउन सक्छ । लफबरो विश्वविद्यालयकी प्रोफेसर अमान्डा डेलीका अनुसार यस्ता साना परिवर्तन बिस्तारै बानीमा बदलिन्छन् र पछि स्वाभाविक जीवनशैली बन्छन् । अध्ययनले देखाएको छ कि दैनिक २ हजार ५ सयभन्दा बढी कदम हिँड्दा पनि मुटु रोगको जोखिम उल्लेखनीय रूपमा घट्छ । विशेषज्ञहरूका अनुसार ठूलो कसरतभन्दा पनि नियमित साना–साना गतिविधि नै दीर्घकालीन स्वास्थ्यका लागि सबैभन्दा प्रभावकारी उपाय हुन् ।

Read More

अनाधिकृत रुपमा ‘डाक्टर’ को प्रयोग गरेर उपचार नगर्न मेडिकल काउन्सिलको चेतावनी

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सक उपाधिको अनाधिकृत प्रयोग र भ्रामक विज्ञापनविरुद्ध कडा कानुनी कारबाही हुने चेतावनी दिएको छ ।

काउन्सिलले नियम अनुसार दर्ता नभएका चिकित्सकले  अनधिकृत रूपमा ‘डा.’ उपाधि प्रयोग गरी उपचार सेवा दिने, औषधि सिफारिस गर्ने र परामर्श दिने गरेको पाइएको भन्दै कडा कारवाहीको चेतावनी दिएको हो ।

काउन्सिलले भनेको छ- ‘नेपाल मेडिकल काउन्सिल ऐन, २०२० मा स्पष्ट उल्लेख गरिएको कानुनी व्यवस्थाहरूको प्रत्यक्ष उल्लङ्घन गर्दै विभिन्न अस्पताल, निजी क्लिनिक, परामर्श केन्द्र तथा सामाजिक सञ्जालहरूमा गैर- चिकित्सक स्वास्थ्यकर्मीहरू एवं अन्य असम्बन्धित व्यक्तिहरूले समेत आफ्नो नामको अगाडि अनाधिकृत रूपमा ‘डाक्टर’ उपाधि प्रयोग गरी चिकित्सा अभ्यास गर्ने, औषधिको प्रेस्क्रिप्सन/परामर्श लेख्ने तथा सर्वसाधारणमा गम्भीर भ्रम सिर्जना गरी जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्य गरिरहेको पाइएको हुँदा यस काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ । अतः जनस्वास्थ्य तथा बिरामीको सुरक्षासित प्रत्यक्ष सम्बन्ध भएको चिकित्सा क्षेत्र र पेशाको उपहास गर्ने व्यक्तिहरूको विरुद्ध शून्य सहनशीलताको नीति अख्तियार गर्न नेपाल मेडिकल काउन्सिलको यसै सूचना मार्फत सम्बन्धित सबैलाई देहाय बमोजिमको सूचना सार्वजनिक गरिएको छ ।’

काउन्सिलका अनुसार नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को प्रस्तावनाअनुसार देशभर आधुनिक चिकित्सा प्रणालीको वैज्ञानिक अभ्यासलाई व्यवस्थित गर्ने, चिकित्सकको योग्यता निर्धारण गर्ने र नागरिकको स्वास्थ्य हित संरक्षण गर्ने जिम्मेवारी काउन्सिलको भएको उल्लेख गर्दै ऐनअनुसार मान्यता प्राप्त शिक्षण संस्थाबाट आधुनिक चिकित्सा प्रणालीअन्तर्गत स्नातक तहको योग्यता हासिल गरी सोही पेशामा संलग्न व्यक्तिलाई मात्र चिकित्सक मानिने व्यवस्था छ । त्यस्तै सम्बन्धित विषयमा स्नातकोत्तर वा डिप्लोमा तथा आवश्यक विशेषज्ञ तालिम प्राप्त व्यक्तिलाई विशेषज्ञ चिकित्सकको रूपमा परिभाषित गरिएको छ ।

काउन्सिलले ऐनको दफा २७ को उपदफा १ अनुसार आफूले नपाएको चिकित्सा सम्बन्धी उपाधि, प्रमाणपत्र वा उपाधिजन्य शब्द नामसँग जोडेर प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था रहेको पनि स्मरण गराएको छ । यसै सन्दर्भमा काउन्सिलले शून्य सहनशीलताको नीति अपनाउँदै सम्बन्धित सबैका लागि चार बुँदे निर्देशन सार्वजनिक गरेको छ ।

पहिलो, नेपाल मेडिकल काउन्सिल वा सम्बन्धित विधागत परिषदबाट चिकित्सकको मान्यता प्राप्त नगरेका कुनै पनि व्यक्तिले प्रयोग गर्दै आएको “डा.” उपाधि यो सूचना जारी भएको मितिले १५ दिनभित्र हटाउनुपर्नेछ । साथै आधिकारिक कागजात, औषधि सिफारिस पर्चा, क्लिनिकका सूचना पाटी, भ्रमण कार्ड तथा सामाजिक सञ्जालबाट समेत पूर्ण रूपमा हटाउनुपर्नेछ ।

दोस्रो, स्वदेश वा विदेशका शिक्षण संस्थाबाट ‘डाक्टर’ शब्द उल्लेख भएको शैक्षिक उपाधि प्राप्त हुनुको अर्थ नेपालमा स्वतः चिकित्सकीय अभ्यास गर्ने अनुमति नहुने स्पष्ट पारिएको छ । नेपालमा बिरामीको उपचार गर्ने तथा “डा.” वा चिकित्सक उपाधि प्रयोग गर्ने अधिकार काउन्सिलमा दर्ता भएका चिकित्सकलाई मात्र रहेको काउन्सिलले जनाएको छ ।

तेस्रो, काउन्सिलमा दर्ता नभएका वा अन्य पेशागत परिषदमा दर्ता भएका व्यक्तिले समेत आधुनिक चिकित्सा अभ्यासको भ्रम सिर्जना गरेमा वा औषधि सिफारिस गरेको पाइएमा नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २६ र २७ अनुसार तीन वर्षसम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको सिफारिस हुने चेतावनी दिइएको छ ।

चौथो, तोकिएको १५ दिनको समयसीमा समाप्त भएपछि काउन्सिलको विशेष अनुगमन टोलीले स्थलगत तथा विद्युतीय माध्यमबाट कडा अनुगमन गर्नेछ । अनुगमनका क्रममा ऐन विपरीत “डा.” उपाधि प्रयोग गरेको वा चिकित्सकीय सेवा दिएको पाइएमा कानुनअनुसार कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने काउन्सिलले जनाएको छ ।

Read More

कङ्गोमा इबोला संक्रमणमा मृत्यु हुनेको संख्या १३१ पुग्यो

काठमाडौँ । कङ्गो लोकतान्त्रिक गणराज्यमा फैलिएको इबोला सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या १३१ नाघेको छ ।

अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अहिलेसम्म १३१ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी शंकास्पद बिरामी फेला परेका छन् । कंगोका जान स्वास्थ्यमन्त्रीले पनि १३१ को मृत्यु भएको र ५१३ जना संक्रमित भएको बताएका छन् । 

संयुक्त राष्ट्रसंघअन्तर्गतको विश्व स्वास्थ्य सङ्गठनले बुन्डिबुग्यो विषाणुबाट फैलिएको हालको इबोलालाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।

युगान्डामा पनि दुई जनामा सङ्क्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भएको बताइएको छ । कङ्गोमा सङ्क्रमितमध्ये एक अमेरिकी चिकित्सकसमेत रहेका छन् । उनलाई उपचारका लागि जर्मनी लैजाने तयारी गरिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले रोग अझ ठूलो रूपमा फैलिन सक्ने चेतावनी दिँदै सीमाक्षेत्रमा कडा निगरानी गर्न आग्रह गरेको छ । रुवान्डाले सीमा जाँच कडा बनाएको छ भने नाइजेरियाले अवस्थामाथि निगरानी बढाएको जनाएको छ ।

अफ्रिका रोग नियन्त्रण केन्द्रले हालसम्म प्रभावकारी औषधि वा स्वीकृत खोप उपलब्ध नभएकाले जनस्वास्थ्यका नियम कडाइका साथ पालना गर्न आग्रह गरेको छ । विशेषगरी सङ्क्रमितको अन्त्येष्टिका क्रममा सावधानी अपनाउन चेतावनी दिइएको छ ।

कंगो र युगान्डामा २० भन्दा बढी इबोला प्रकोपहरू भइसकेका छन्, तर बुन्डिबुग्यो भाइरस पत्ता लागेको यो तेस्रो पटक हो । बुनिया, गोमा, मोङब्वालु, बुटेम्बो र न्याकुन्डेमा केसहरू रिपोर्ट गरिएका छन् ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले आज जेनेभामा आफ्नो गहिरो चिन्ता व्यक्त गरे । उनले महामारीको मात्रा र गतिको बारेमा चिन्तित रहेको बताए । 

Read More

इबोला संक्रमणबाट कङ्गोमा सय जनाको मृत्यु

काठमाडौँ । कङ्गो लोकतान्त्रिक गणराज्यमा फैलिएको इबोला सङ्क्रमणका कारण कम्तीमा १०० जनाको मृत्यु भएको छ । अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार ३९० भन्दा बढी शंकास्पद बिरामी फेला परेका छन् ।

संयुक्त राष्ट्रसंघअन्तर्गतको विश्व स्वास्थ्य सङ्गठनले बुन्डिबुग्यो विषाणुबाट फैलिएको हालको इबोलालाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।

युगान्डामा पनि दुई जनामा सङ्क्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भएको बताइएको छ । कङ्गोमा सङ्क्रमितमध्ये एक अमेरिकी चिकित्सकसमेत रहेका छन् । उनलाई उपचारका लागि जर्मनी लैजाने तयारी गरिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले रोग अझ ठूलो रूपमा फैलिन सक्ने चेतावनी दिँदै सीमाक्षेत्रमा कडा निगरानी गर्न आग्रह गरेको छ । रुवान्डाले सीमा जाँच कडा बनाएको छ भने नाइजेरियाले अवस्थामाथि निगरानी बढाएको जनाएको छ ।

अफ्रिका रोग नियन्त्रण केन्द्रले हालसम्म प्रभावकारी औषधि वा स्वीकृत खोप उपलब्ध नभएकाले जनस्वास्थ्यका नियम कडाइका साथ पालना गर्न आग्रह गरेको छ । विशेषगरी सङ्क्रमितको अन्त्येष्टिका क्रममा सावधानी अपनाउन चेतावनी दिइएको छ ।

Read More

नेपाल विश्व स्वास्थ्य संगठनको ७९औँ महासभाको उपाध्यक्षमा निर्वाचित

काठमाडौँ । नेपाल विश्व स्वास्थ्य संगठनको ७९औँ विश्व स्वास्थ्य महासभाको गरिमामय उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित भएको छ । 

जेनेभास्थित पाले डे नेसन्समा आज आयोजित महासभाको उद्घाटन सत्रमा यो ऐतिहासिक निर्वाचन भएको हो । महासभाको सोही सत्र अन्तर्गत आजै नेपालको तर्फबाट मन्त्री निशा मेहताको वक्तव्य समेत प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

Read More

विश्व उच्च रक्तचाप दिवस मनाइदै

काठमाडौं । आज विश्व उच्च रक्तचाप दिवस मनाइदैछ । विभिन्न सचेतनामूलक कार्यक्रम गरेर विश्वभर आज यो दिवस मनाइदैछ । यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो । 

पछिल्लो समय धेरै मानिसमा उच्च रक्तचापको समस्या देखिएको छ । विभिन्न कारणले गर्दा यो समस्या डरलाग्दो रुपमा बढ्न थालेको छ । खानपान र जीवनशैलीका कारण रक्तचापको समस्या बढेको भन्दै चिकित्सकहरुले यसप्रति सचेत गराउदै आएका छन् ।

२०१६ मा नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्वेले पनि उच्च रक्तचाप नेपालीहरुका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ । सर्वेमा २५ प्रतिशत वयष्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ । शहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो छ । डाक्टरहरुका अनुसार असन्तुलित खानपान, शारीरिक अभ्यासको कमी र तनावका कारणले उच्च रक्तचाप बढिरहेको हो ।

Read More

महानगरको स्वास्थ्य प्रवर्धन केन्द्रबाट १ लाख ७६ हजार २९१ जनालाई स्वास्थ्य सेवा प्रदान

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ लाख ७६ हजार २९१ जनाले स्वास्थ्य सेवा दिएको छ । जसमा ७३ हजार ५०४ जनाले ओपिडी सेवा प्राप्त गर्नुभएको छ । यो संख्या गत आर्थिक वर्षहरूको तुलनामा बढ्दै गएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा १ लाख २४ हजार ४४ जना सेवाग्राहीमध्ये ३५ हजार ९६६ जनाले ओपिडी सेवा लिएका गिए । आ। व। २०८१/०८२ मा १ लाख ९४ हजार १९३ जना कुल सेवाग्राहीमध्ये ओपिडी सेवा लिनेको संख्या ५९ हजार ५९ थियो । यस वर्ष करिब २ लाख ४० हजार सेवाग्राहीले सेवा लिने आँकलन गरिएको छ ।

बुधबार महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको बैठक कक्षमा स्वास्थ्य विभागका अधिकारीहरूले स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनको नतिजा प्रस्तुतीकरण गर्ने क्रममा चालु आर्थिक वर्षमा प्रवाह गरिसकेको सेवाका विषयमा जानकारी गराएकी हुन् ।

अहिलेसम्मको सेवा प्रवाहका विषयमा जानकारी लिइसकेपछि कार्यवाहक प्रमुख डंगोलले शारीरिक र मानसिक स्वास्थ्य सुधारका लागि उपचारात्मक, प्रवद्र्धनात्मक तथा प्रतिरोधात्मक, निदानात्मक र पुनःस्थापनात्मक सेवाको सन्तुलन कायम गर्न विभागलाई निर्देशन दिइन् ।

‘स्वस्थ्य समाज निर्माणका लागि सबै प्रकारका सेवालाई समान प्राथमिकता दिएर सञ्चालन गर्नुपर्छ । एउटा कार्यक्रम प्रभावकारी भएर अर्को कार्यक्रम कमजोर भयो भने यसले समग्र प्रणालीमा नकारात्मक असर गर्छ भन्ने कुरामा हेक्का राख्नुपर्छ ।’ उनको भनाइ थियो ।

स्वास्थ्य विभागले ९ करोड ५४ लाख रुपियाँ संघ सरकारको बजेटबाट ३० वटा, २ करोड १९ लाख रुपियाँ प्रदेश सरकारको बजेटबाट ३ वटा र ८६ करोड २६ लाख ४२ हजार रुपियाँ महानगरपालिकाको आन्तरिक बजेटबाट १५४ वटा गरी १८७ वटा कार्यक्रम कार्यान्वयन गरिरहेको छ ।

स्वास्थ्य विभागका प्रमुख दिपककुमार के.सी. भने, ‘महानगरपालिकाको कुल बजेटको ३.९ प्रतिशत अर्थात् ९७ करोड ९९ लाख ८२ रुपियाँ स्वास्थ्य क्षेत्रका लागि विनियोजित छ ।’

छलफलमा जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठले न्यूनतम सेवा मापदण्डका विषयमा प्रस्तुतीकरण गर्दै, ३ वटा क्षेत्र, २४ वटा उपक्षेत्र, ३०८ वटा सूचकमा प्रदान गरिएको ३७९ अङ्क भारमा नतिजा निकालिएको बताए । कार्यविधि अनुसार ८५ देखि १ सयसम्म अङ्क पाउनेलाई हरियो रंग संकेत गरिएको छ ।

वडा नं. ७, १२, १९, २७ का स्वास्थ्य प्रवर्धन केन्द्र र राम घाट प्राथमिक स्वास्थ्य केन्द्रले यो रङग संकेत प्राप्त गरेका छन् । ७० देखि ८४ सम्मको अङ्क पाउनेलाई निलो, ५० देखि ६९ अङ्क पाउनेलाई पहेँलो र ५० भन्दा कम अङ्क पाउनेलाई सेतो रंग संकेत प्रदान गरिएको छ ।

महानगरपालिकाका ७ वटा वडा निलो र २० वटा केन्द्रले पहेँलो रङग संकेत प्राप्त गरेका छन् । सेतो रंग प्राप्त गर्ने कुनै पनि केन्द्र छैनन् । यो मूल्याङ्कन २०८२ चैत महिनामा गरिएको हो ।

Read More

स्वास्थ्यमन्त्री मेहता र भारतीय राजदूतबीच भेट, स्वास्थ्य पूर्वाधार विकासमा जोड

काठमाडौं। स्वास्थ्यमन्त्री निशा मेहता र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव बीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्रालयमा भएको भेटमा नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध तथा स्वास्थ्य क्षेत्रमा जारी द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटका क्रममा मन्त्री मेहताले नेपालको स्वास्थ्य, खानेपानी र सरसफाइ क्षेत्रको विकासमा भारत सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरिन्।

छलफलमा राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सुदृढीकरण, विशिष्टीकृत उपचार केन्द्र स्थापना तथा स्वास्थ्य पूर्वाधार विकासमा आगामी दिनमा सहकार्य अझ विस्तार गर्ने विषयमा समेत कुराकानी भएको बताइएको छ।

Read More