२०८३ श्रावण २१

एनपीएलमा आज दुई खेल हुदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछन् ।

आज पहिलो खेल जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच बिहान ११: ४५ बजेदेखि शुरु हुदैछ भने दोस्रो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच दिउसो ४ बजेदेखि शुरु हुदैछ ।

जनकपुर बोल्ट्सले यसअघि खेलेको पहिलो खेलमा हार बेहोरेको छ भने विराटनगर किंग्सले लगातार २ खेलमा जित हासिल गरेर प्रतियोगिताको शानदार शुरुवात गरेको छ ।

त्यस्तौ सुदूरपश्चिम रोयल्सले आफ्ना शुरुका दुवै खेल जितेर प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको छ भने कर्णाली याक्सले खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

Read More

भारतले जित्यो महिला टी-२० विश्वकप क्रिकेट फर द ब्लाइन्डको उपाधि

काठमाडौँ । कोलम्बोमा भएको पहिलो महिला टी-२० विश्वकप क्रिकेट फर द ब्लाइन्ड २०२५ को उपाधि भारतले जितेको छ ।

फाइनलमा भारतले नेपाललाई सात विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

पहिले ब्याटिङ गर्दै नेपालले २० ओभरमा पाँच विकेट गुमाएर ११४ रन बनाएको थियो । नेपालका लागि सरिता घिमिरेले सर्वाधिक ३५ रन (अवरोधित) र बिमला राईले २६ रन बनाएकी थिइन्।

भारतीय टोलीले १२.१ ओभरमा तीन विकेट गुमाएर यो लक्ष्य हासिल गरेको थियो ।

भारतका लागि करुणा के ले २७ बलमा सर्वाधिक ४२ रन बनाइन् भने फुला सरीनले २७ बलमा अविजित ४४ रन बनाइन्, जसमा चार चौका पनि समावेश छन् ।

Read More

इन्डोनेसिया जाने महिला राष्ट्रिय टिमको बिदाई

काठमाडौँ । इन्डोनेसियामा आयोजना हुने फिफा टायर पहिलो त्रिपक्षीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीलाई आज बिदाइ गरिएको छ ।

कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले बिदाइ गरेका छन् ।

यही मंसिर १० गतेदेखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाली टोलीले इन्डोनेसिया र चाइनिज ताइपेईको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सविता रानामगर सहभागी हुने छैनन् ।

टोलीका प्रमुख प्रशिक्षक नवीन नेउपानेले इन्जुरीका कारण साम्बाले खेल्न नपाए पनि बलियो टोलीसँगको खेलमा टोलीका अन्य सदस्यलाई प्रतिभा प्रस्तुत गर्ने मौका भएको बताए। टोलीकी कप्तान एञ्जिला सुब्बाले यसप्रकारका प्रतियोगिताले आफूहरूलाई सहयोग पुग्ने धारणा राखिन् ।

Read More

हार्भेमाथि पिएसजीको शानदार जित

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले ले हार्भेलाई पराजित गरेको छ ।   

गएराती सम्पन्न खेलमा पिएसजीले हार्भेलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा ली कांग इन, जोआओ नेभेज र ब्राडली बार्कोलाले एक एक गोल गरेका थिए ।

यो जितपछि पिएसजीको १३ खेलमा ३० अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै ला हार्भेको १३ खेलमा १४ अंक रहेको छ ।

Read More

लिभरपुलमाथि नोट्टीङघमको शानदार जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल पराजित भएको छ । गएराती सम्पन्न खेलमा नोट्टीङघम फोरेस्टले लिभरपुलमाथि शानदार ३-० को जित हासिल गरेको छ ।

नोट्टीङघमको जितमा मुरिल्लो, निकोलो साभोना र मोर्गन गिब्स ह्वाइटले एक एक गोल गरेका थिए ।

यो जितपछि नोट्टीङघम फोरेस्टको १२ खेलमा १२ अंक भएको छ र लिगमा १२औं स्थानमा उक्लिएको छ ।

त्यस्तै लिभरपुलको भने यो यस सिजनको छैटौं हार हो । यो हारपछि लिभरपुलको १२ खेलमा १६ अंक रहेको छ र लिगमा ११औं स्थानमा छ ।

Read More

न्यूक्यासलसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा न्यूक्यासल युनाइटेडले म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । न्यूक्यासल युनाइटेडको जितमा हार्भी बार्नेसले २ गोल गरेका थिए । त्यस्तै रुबेन डियाजले एक गोल गरेका थिए ।

यो जितपछि न्यूक्यासलको १२ खेलमा १५ अंक भएको छ र लिगमा १२औं स्थानमा उक्लिएको छ । त्यस्तै म्यानचेस्टर सिटीको यस सिजनमा यो चौथो हार हो । सिटीको १२ खेलमा २२ अंक रहेको छ र हाल तेस्रो स्थानमा छ ।

Read More

नेपाली टिमले बंगलादेशमा रग्बी सिरिज खेल्ने

काठमाडौँ । नेपाली टिमले बंगलादेशमा रग्बी सिरिज खेल्ने भएको छ ।

बंगलादेश इन्टरनेसनल रग्बी सिरिजमा सहभागी हुन २६ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली बंगलादेशको ढाका प्रस्थान गरेको हो ।

नेपालले मंसिर ७ गते २ वटा रग्बी सेभेन्स र मंसिर ८ गते १ वटा रग्बी फिफ्टिन्स खेल्ने  छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच बिदाइ गरेका थिए । सो अवसरमा राखेपका सदस्यत्रय प्रकाशकुमार कुसारी, अञ्जना श्रेष्ठ, हिमालकुमार श्रेष्ठ, नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटालगायतको उपस्थिति रहेको थियो ।

Read More

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदैछ । आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुदैछ । यो खेल टियु क्रिकेट मैदानमा दिउसो ४ बजेदेखि शुरु हुदैछ ।

जारी एनपीएलमा आफ्नो पहिलो खेलमा पोखरा एभेन्जर्स आफ्नो पहिलो खेलमा विराटनगर किंग्ससँग पराजित भएको थियो भने सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई पराजित गरेको थियो ।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा अभेन्जर्समा सागर ढकाल, आकाश चन्द जस्ता राष्ट्रिय टिमका खेलाडी रहेका छन् भने डान डाउथवेट, जिम्मी निशाम, रेमन राइफर, एडम रोसिङ्टन र जेसन रोय जस्ता विदेशी खेलाडी रहेका छन् ।

त्यसैगरी दिपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिम अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी सहितका राष्ट्रिय खेलाडी र जोश ब्राउन, स्कट कुगेइलिन, क्रिस लिन र हर्मीत सिंह जस्ता विदेशी खेलाडीसहित यस सिजनको एनपीएल खेलिरहेको छ ।

Read More

फिफा विश्वकपमा अहिलेसम्म कुन कुन देश छानिए ?

काठमाडौँ । स्पेन, स्वीजरल्याण्ड, स्कटल्याण्ड, अस्ट्रिया र बेल्जियम फिफा विश्वकपका लागि छनौट भएका छ ।

आ-आफ्नो समुहमा विजेता बनेर युरोपबाट १२ देश अर्को बर्ष अमेरिका-मेक्सिको र क्यानडामा हुने फिफा विश्वकपमा छनौट भएका हुन् ।

विश्वकपमा छनौट भएका १२ देशमा स्पेन, स्वीजरल्याण्ड, स्कटल्याण्ड, अस्ट्रिया र बेल्जियमसहित क्रोसिया, इङल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, नर्वे र पोर्चुगल रहेका छन् ।

अब युरोपबाट थप चार देश विश्वकपमा प्लेअफमार्फत छनौट हुने छन् । जसमा हरेक समुहका उपविजेता १२ देश र चार नेसन्स लिगका शिर्ष वरियता भएका देशले प्लेअफ खेल्ने छन् ।

फिफा विश्वकपमा युरोप बाहेक अहिलेसम्म एसियाका ८ देश अस्ट्रेलिया, इरान, जापान, जोर्डन, कतार, साउदी अरेबिया, दक्षिण कोरिया र उज्बेकिस्तान छनौट भएका छन् भने अफ्रीकाबाट अल्जेरिया, केप भेर्ड़े, इजिप्ट, घाना, आइभरी कोष्ट, मोरक्को, सेनेगल, ट्युनिसिया र दक्षिण अफ्रिका छनौट भएका छन् ।

त्यस्तै आसियाना क्षेत्रबाट न्यूजील्याण्ड छनौट भएको छ भने दक्षिण अमेरिकी देशबाट अर्जेन्टिना, ब्राजिल, कोलोम्बिया, इक्वेडर, पराग्वे र उरुग्वे छनौट भएका छन् । त्यसैगरी आयोजकको रुपमा अमेरिका, मेक्सिको र क्यानडा स्वत: छनौट भएका छन् ।

यसरी अहिलेसम्म ४८ देशले भाग लिने यस विश्वकपमा ३९ देश छनौट भएका छन् भने अब ९ देश विभिन्न प्लेअफबाट छानिने छन् ।

Read More

एनपिएल: पोखरामाथि विराटनगरको ५३ रनको जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कीर्तिमानी रन बनाएको विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।

मंगलबार विराटनगरले दिएको २२१ रनको लक्ष्य पछ्याएको पोखरा १८.५ ओभरमा १६७ रनमा अलआउट भयो।

ओनपिङ ब्याटर दिनेश खरेल ७ रनमा आउट भए पनि एडम रोसिङटन र कप्तान कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै पोखरालाई लोभलाग्दो सुरुवात दिएका थिए। दुईबीच दोस्रो विकेटका लागि ५.२ ओभरमा ७६ रनको साझेदारी भएको थियो।

रोसिङटन ३९ रनमा शुभम रन्जनेको बलमा सातौं ओभरको अन्तिम बलमा एलबिडब्लूको धरापमा परेका थिए। उनले त्यसअघि २१ बलमा ५ चौका र २ छक्का प्रहार गरे। तर आठौं ओभरको दोस्रो र चौथो बलमा विराटनगरका कप्तान सन्दीप लामिछानेले जिमी निशम र तृतराज दासलाई डकआउट गरेपछि विराटनगर खेलमा फर्कियो। विराटनगरले पाँच बलको अन्तरमा तीन विकेट लिएपछि पोखरा संकटमा पर्‍यो।

त्यसपछि पोखराका किरण ठगुन्ना ८ रन र अभिषेक तिवारी ११ रनमा आउट भए। त्यतिबेला कप्तान कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका थिए। तर उनले साझेदारी पाउन सकेनन्। भुर्तेलले ५९ रन जोड्ने क्रममा ३१ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। यस्तै मार्ट टेलर र आकाश चन्द ४-४ रनमा पेभिलियन फर्के। डान डाउथवेटले २० बलमा २९ रन बनाए।

बलिङमा विराटनगरका मार्स्याङ डि लाङग, सन्दीप लामिछाने, शुभम रन्जने र प्रतिश जिसीले २-२ विकेट लिए।

त्यसअघि विराटनगरले पोखरा एजेभन्जर्सविरूद्ध दुई ब्याटरको अर्धशतकमा ६ विकेटको क्षतिमा कीर्तिमानी २२० रन जोड्यो।

यो स्कोर एनपिएलकै सर्वाधिक स्कोर हो। अघिल्लो सिजन विराटनगरले लुम्बिनी लायन्सविरूद्ध १९२ रनको लक्ष्य पूरा गर्दै जित निकाल्ने क्रममा १९३ रन जोडेको थियो। साथे विराटनगर एनपिएलमा दुई सय रन कटाउने पहिलो टोली बन्यो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ विराटनगरका लागि लोकेश बम र मार्टिन गप्टिलको जोडीले बिस्फोटक ब्याटिङ गरे।

दुईबीच दोस्रो विकेटका लागि १३२ रनको साझेदारी भएको थियो।

गप्टिलले ३५ बलमा ३ चौका र ५ छक्काको मद्दतमा ६१ रन बनाए। ओपनर लोकेशले ४८ बलमा १ चौका र ७ छक्काको प्रहार गर्दै ७२ रन बनाए।

अर्का ओपनर जर्ज मुन्से भने ६ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १० रनमा क्याच भए। यस्तै बसिर अहमदले १३ बलमा १ चौका र १ छक्काको मद्दतमा २३ रन जोडे।

अन्तिम ओभरको पाँचौ बलमा रनआउट भएका शुभम रन्जनेले १६ बलमा ३८ रन बनाए। उनले ३ चौका र २ छक्का प्रहार गरे। नारायण जोशीले ३ बलमा नटआउट ११ रन बनाए।

बलिङमा पोखराका मार्ट टेलरले २ विकेट लिए भने आकाश चन्द, सागर ढकाल र कुशल भुर्तेलले १-१ विकेट लिए।

प्रतियोगितामा भोलि एक मात्र खेल हुनेछ। अपरान्ह चार बजे काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। सुदूरले पहिलो खेल खेल्न लागेको हो भने काठमान्डुले उदघाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको थियो।

Read More