२०८३ श्रावण २०

युरोपबाट इङल्याण्ड विश्वकपमा छनौट

काठमाडौँ । इङल्याण्ड युरोपबाट २०२६ को फिफा विश्वकप फुटबलमा छनौट हुने पहिलो देश बनेको छ ।

गएराती सम्पन्न खेलमा इङल्याण्डले लात्भियालाई ५-० गोल अन्तरले पराजित गरेसँगै समुह के बाट विश्वकपमा छनौट भएको हो । इङल्याण्डको ६ खेलमा १८ अंक भएको छ र अझै दुई खेल खेल्न बाँकी हुदै विश्वकपमा छनौट भएको छ ।

युरोपबाट यस विश्वकपमा १६ देश छनौट हुदैछन् । जसमा १२ देश समुह विजेताबाट छानिदैछन् भने ४ देश प्लेअफ खेलेर आउदैछन् ।

फिफा फुटबल विश्वकप २०२६ को जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा हुदैछ । यस विश्वकपमा पहिलो पटक ४८ देशले भाग लिदैछन् ।    

Read More

रोनाल्डोको अर्को नयाँ किर्तिमान

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले अर्को नयाँ किर्तिमान बनाएका छन् ।

रोनाल्डो विश्वकप छनौटका खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । रोनाल्डोले गएराती सम्पन्न हंगेरीविरुद्धको खेलमा दुई गोल गरेसँगै यस्तो किर्तिमान बनाएका हुन् । रोनाल्डोले अहिलेसम्म विश्वकप छनौटमा कुल ४१ गोल गरेका छन् । रोनाल्डो ५१ खेलमा ४१ गोल गर्दै यो नयाँ किर्तिमान कायम गरेका हुन् । त्यस्तै यो दुई गोलसँगै रोनाल्डोले राष्ट्रिय टिमका लागि अहिलेसम्म १४३ गोल गरेका छन् । जुन अन्तर्राष्ट्रिय फुटबलमा सबै भन्दा बढी हो । त्यस्तै रोनाल्डोले आफ्नो क्यारियरमा कुल गोल संख्या ९४८ पुर्याएका छन् ।

रोनाल्डोपछि ग्वाटेमालामा कार्लोस रुइजले ३९ गोल गरेका छन् ।  त्यस्तै लियोनेल मेसीले विश्वकप छनौटमा ३६ गोल गरेका छन् ।

गएराती सम्पन्न हंगेरीविरुद्धको खेलमा रोनाल्डोले २ गोल गरेपनि पोर्चुगल २-२ गोलको बराबरीमा रोकिएको थियो । यो बराबरीपछि समुह एफमा रहेको पोर्चुगलको ४ खेलमा १० अंक रहेको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै हंगेरीको ४ खेलमा ५ अंक भएको छ र समुहमा दोस्रो स्थानमा छ । 

Read More

एशियाबाट फिफा विश्वकप खेल्ने ८ देशको टुंगो

काठमाडौँ । एशियाबाट फिफा विश्वकप फुटबलमा छनौट हुने ८ देशको टुंगो लागेको छ । गएराती सम्पन्न खेलमा कतार र साउदी अरेबिया छनौट भएसँगै एशियाबाट छनौट हुने ८ देशको टुंगो लागेको हो ।

एशियाबाट यस पटक दुई देशले पहिलो पटक विश्वकप खेल्ने भएका छन् । जसमा जोर्डन र उज्बेकिस्तान रहेका छन् । त्यस्तै अस्ट्रेलिया, इरान, जापान, दक्षिण कोरिया विश्वकपका लागि छनौट भएका छन् ।

त्यस्तै इन्टर कन्टिनेन्टल प्लेअफ खेल्ने एक स्थानका लागि युएई र इराक नोभेम्बरमा खेल्ने भएका छन् । दुवै मध्ये एक देशले इन्टर कन्टिनेन्टल प्लेअफ खेल्ने छन् ।

एशियाबाट यस पटकको विश्वकपमा ८ देश सिधै र एक देश इन्टर कन्टिनेन्टल प्लेअफ खेल्न पाउने छ ।

फिफा फुटबल विश्वकप २०२६ को जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा हुदैछ । यस विश्वकपमा पहिलो पटक ४८ देशले भाग लिदैछन् ।

Read More

आज ओमानविरुद्धको खेल जिते नेपाल विश्वकपमा छनौट हुने

काठमाडौँ । नेपालले ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत आज सुपर सिक्सको तेस्रो खेलमा आज आयोजक ओमानविरुद्ध खेल्दैछ । नेपाल र ओमानविरूद्धको यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि शुरु हुदैछ ।

त्यस्तै सुपर सिक्सको अर्को खेलमा आज जापान र कतारबीच पनि खेल हुदैछ । यो खेल विहान ११: ४५ बजेदेखि हुदैछ भने अर्को खेल युएई र सामाओबीच दिउसो ४: १५ बजेदेखि खेल हुदैछ । 

नेपालले आज ओमानविरुद्ध जित हासिल गरेमा २०२६ मा भारतमा हुने टी-२० विश्वकपमा छनौट हुने छ । सुपर सिक्समा नेपालले पहिलो खेलमा युएईविरुद्ध रोमाञ्चक एक रनको जित हासिल गरेको थियो भने कतारविरुद्ध ५ रनको जित हासिल गरेको थियो । त्यस्तै ओमानले सुपर सिक्समा युएई र कतारलाई नै पराजित गरेको छ । हाल अंकतालिकामा ओमान रनरेटको आधारमा शिर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा रहेको छ ।  

नेपालले यो खेलपछि शुक्रबार सामोआसँग खेल्ने तालिका रहेको छ । विश्वकप छनौट खेल्न रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली ओमानमा रहेको छ । टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, मोहम्मद आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी रहेका छन् ।

Read More

अफ्रिकाबाट फिफा विश्वकप फुटबलमा छनौट भए यी ९ देश

काठमाडौँ । अफ्रिकी क्षेत्रबाट फिफा विश्वकप फुटबलमा छनौट हुने ९ देशको टुंगो लागेको छ ।

गएराती सम्पन्न खेलमा सेनेगल, दक्षिण अफ्रीका र आइभरी कोष्ट विश्वकपमा छनौट भएसँगै अफ्रिकी क्षेत्रको छनौट पुरा भएको हो । जसमा यी तीन देश बाहेक मोरक्को, ट्युनिसिया, इजिप्ट, अल्जेरिया, घाना र केप भर्डे रहेका छन् । केप भर्डे पहिलो पटक विश्वकपमा छनौट भएको छ ।

त्यस्तै अफ्रिकी क्षेत्रबाट एक देशले खेल्न पाउने इन्टर कन्टिनेन्टल छनौट खेलका लागि क्यामरुन, डिआर कंगो गाबोन र नाइजेरियाले प्लेअफ खेल्ने भएका छन् । अर्को महिना हुने प्लेअफबाट एक देश छानिने छ जसले  इन्टर कन्टिनेन्टल छनौट खेल्ने छ ।

फिफा फुटबल विश्वकप २०२६ को जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा हुदैछ । यस विश्वकपमा पहिलो पटक ४८ देशले भाग लिदैछन् ।

Read More

ब्राजिलमाथि जापानको शानदार जित

काठमाडौँ । मैत्रीपूर्ण फुटबल खेलमा जापानले ब्राजिललाई पराजित गरेको छ । जापानको टोकियोस्थित द टोकियो स्टेडियममा मंगलबार सम्पन्न खेलमा जापानले ब्राजिललाई ३-२ गोल अन्तरले पराजित गरेको हो । 

जापानको जितमा टाकुमी मिनामिनो, केइटो नाकामुरा र आयासे उएडाले एक एक गोल गरेका थिए । त्यसैगरी ब्राजिलका लागि पाउलो हेनरिक र गाब्रियल मार्टिनेलीले एक एक गोल गरेका थिए । 

यो अन्तर्राष्ट्रिय फुटबलमा ब्राजिलमाथि जापानको अहिलेसम्मको पहिलो जित हो । यसअघि खेलेका १३ खेलमा ११ पटक ब्राजिलले जितेको थियो भने २ गोल बराबरीमा रोकिएका थिए । 

Read More

नेपालको आइसीसी टी २० टिम वरियतामा एक स्थानको सुधार

काठमाडौं । नेपाल आइसीसी टी २० टिम वरियतामा एक स्थान माथि उक्लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले अक्टोबर १३ अपडेट गरेको नयाँ वरीयतामा नेपालले एक स्थानको सुधार गरेको हो । 

नेपाल यसअघि १८औं स्थानमा रहेकोमा अब १७औं स्थानमा उक्लिएको छ । नेपालले लगातार जित हासिल गरेपछि वरियतामा पनि सुधार भएको हो । खासगरी टेस्ट खेल्ने देश वेस्ट इन्डिजलाई २-१ ले पराजित गरेपछि नेपालको वरियतामा सुधार भएको छ ।

त्यस्तै यसअघि १७औं स्थानमा रहेको अमेरिका एक स्थान तल झरेको छ र १८औं स्थानमा पुगेको छ । 

टी-२० को वरियतामा हाल भारत शिर्ष स्थानमा छ भने अस्ट्रेलिया दोस्रो स्थानमा छ । त्यस्तै नेपाल भन्दा एक स्थान माथि युएई रहेको छ ।

Read More

भारतले दोस्रो टेस्टमा वेस्ट इन्डिजलाई सात विकेटले पराजित गर्दै सिरिज २-० ले जित्यो

काठमाडौँ । भारतले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्ट सात विकेटले जितेको छ । यससँगै भारतले दुई खेलको सिरिज क्लीन स्वीप गरेको छ ।

वेस्ट इन्डिजले खेल जित्नको लागि भारतलाई १२१ रनको लक्ष्य दिएको थियो, जुन भारतीय टोलीले केवल तीन विकेट गुमाएर हासिल गर्यो । भारतको लागि दोस्रो इनिङमा केएल राहुलले सर्वाधिक ६० रन बनाए । साई सुदर्शनले पनि ३९ रनको योगदान दिए । वेस्ट इन्डिजका कप्तान रोस्टन चेसले दुई विकेट लिए भने जोमेल वारिकनले एक विकेट लिए ।

यस खेलमा भारतले टस जितेर ब्याटिङ गर्दै पहिलो इनिङ पाँच विकेटमा ५१८ रन बनाएर इनिंग घोषणा गरेको थियो । जसमा यशस्वी जैसवालले १७५ र कप्तान शुभमन गिलले १२९ रन बनाएका थिए ।

वेस्ट इन्डिजको पहिलो इनिङ २४८ रनमा समेटियो । त्यसपछि, आगन्तुक टोलीले दोस्रो इनिङमा ३९० रन बनाए, जसले भारतलाई जित्नको लागि १२१ रनको लक्ष्य दिएक ओथियो । दोस्रो इनिङमा वेस्ट इन्डिजका लागि जोन क्याम्पबेल र शाई होपले शतक बनाए । आफ्नो टोलीका लागि क्याम्पबेलले सर्वाधिक ११५ रन बनाए भने शाई होपले १०३ रन बनाएका थिए । यी दुईसँगै जस्टिन ग्रिभ्सले पनि ५० रन बनाए।

दोस्रो इनिङमा भारतका लागि जसप्रीत बुमराह र कुलदीप यादवले तीन-तीन विकेट लिए। मोहम्मद सिराजले दुई र रवीन्द्र जडेजा र वाशिंगटन सुन्दरले एक-एक विकेट लिएका थिए । दुई टोलीबीचको पहिलो टेस्ट अहमदाबादमा खेलिएको थियो, जुन भारतले एक इनिङ र १४० रनले जितेको थियो ।

Read More

महिला क्रिकेट विश्वकप: बंगलादेशमाथि दक्षिण अफ्रीका ३ विकेटले विजयी

काठमाडौं । दक्षिण अफ्रिकाले जारी महिला विश्वकप अन्तर्गतको खेलमा बंगलादेशलाई ३ विकेटले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बंगलादेशले दिएको २३३ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ४९.३ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाउदै २३२ रन बनाएको थियो ।

जारी विश्वकपमा दक्षिण अफ्रीकाको यो ४ खेमा तेस्रो जित हो । यो जितपछि दक्षिण अफ्रिका ४ खेलमा ६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै बंगलादेशको भने यो ४ खेमा तेस्रो हार हो । ४ खेलमा २ अंक रहेको बंगलादेश छैटौं स्थानमा छ ।

Read More

नेपाल र भियतनामबीचको दोस्रो खेल आज

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँग दोस्रो खेल आज खेल्दैछ । यो खेल भियतनामको गो डाव स्टेडियममा नेपाली समय अनुसार ६: १५ बजेदेखि शुरु हुदैछ ।

यसअघि असोज २३ गते खेलेको खेलमा नेपाल भियतनामसँग ३-१ गोल अन्तरले पराजित भएको थियो । 

भियतनाम नेपालभन्दा बलियो टिम हो । फिफा वरियतामा भियतनाम हाल ११४ औं स्थानमा रहेको छ । जबकी नेपाल हाल १७६औं स्थानमा छ । नेपाल र भियतनामबीचको खेल २००३ पछि पहिलो पटक लगातार दोस्रो खेल खेल्दैछ । २००३ मा खेलेका दुवै खेलमा नेपाल पराजित भएको थियो ।  नेपाल पहिलो खेल ५-० ले र २-० ले पराजित भएको थियो ।

आज हुने नेपालको होम खेल हो । दशरथ रंगशालालाई एएफसीले अयोग्य ठहर गरेपछि दुवै खेल भियतनाममै हुन लागेको हो ।

एएफसी एसियन कप छनोट खेल्न किरणकुमार लिम्बूको कप्तानीमा २३ सदस्यीय टोली भियतनाम पुगेको छ ।  नेपाली टिममा किरण लिम्बू (कप्तान) अभिषेक लिम्बू, अनन्त तमाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की, दिनेश हेन्जन, जिलेस्पीजङ कार्की,  कृतिकरत्न छुन्जु, कुशल देउवा, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ छन् ।

एएफसी एसियन कप छनोटमा नेपालले यस अघि खेलेका तीनै खेलमा हार बेहोरेको छ । नेपालले मलेसियासँग २-० र लाओससँग २-१ ले हार बेहोरेको छ । त्यस्तै भियतनामले खेलेका ३ खेलमा ३ जित र एक हार बेहोरेको छ । भियतनाम मलेसियासँग ४-० ले पराजित भएको थियो भने लाओसलाई ५-० ले पराजित गरेको थियो ।

Read More