२०८३ श्रावण १८

फलगाम आक्रमणको असर क्रिकेटमा: भारतीय खेलाडीले मिलाएनन् हात, जित सेनालाई समर्पित

काठमाडौँ । एसिया कप अन्तर्गत भारतले पाकिस्तानलाई पराजित गर्यो । दुबई अन्तर्राष्ट्रिय रंगशालामा खेलिएको खेलमा भारतले २५ बल बाँकी रहँदा पाकिस्तानलाई सात विकेटले पराजित गर्‍यो र चालू प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्‍यो ।

खेलमा कप्तान सूर्यकुमार यादवले छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए । यसपछि उनी सिधै पभिलियन फर्किए । उनले पाकिस्तानी खेलाडीहरूसँग हात मिलाएनन् । बाँकी खेलाडीहरूले पनि त्यस्तै गरे ।

पाकिस्तानका कप्तान सलमान अली आगा खेलपछि पुरस्कार समारोहमा उपस्थित भएनन् । उनका प्रशिक्षक माइक हेसनले खेलपछिको पत्रकार सम्मेलनमा तनाव बढेको स्वीकार गरे । हेसनले भने- ‘हामी हात मिलाउन चाहन्थ्यौं, तर विपक्षी टोलीले त्यसो नगरेकोमा निराश छौं । हामीले खेल्ने तरिकाबाट हामी निराश छौं, तर हामी हात मिलाउन चाहन्थ्यौं । के भयो पछि, सलमान खेलपछिको प्रस्तुतीकरणको लागि नआउनु कारण र त्यसैको प्रभाव थियो ।’  यसअघि पनि दुई कप्तानले टसको समयमा पनि हात मिलाएका थिएनन् । 

जितपछि भारतीय टी-२० कप्तान सूर्यकुमार यादवले एसिया कपमा पाकिस्तान विरुद्धको जित भारतीय सेनालाई समर्पित गरे । सूर्यकुमारले टोली पहलगाम आतंकवादी हमलामा मारिएकाहरूको परिवारसँग छ । भारत र पाकिस्तान बीचको खेललाई लिएर विवाद भएको र देशमा यो खेल बहिष्कार गर्ने माग भइरहेका बेला यो खेल खेलिएकाले यस अघि जस्तो भारत-पाकिस्तानबीचको खेलमा उत्साह देखिएको थिएन । सायद पहिलो पटक भारत पाकिस्तान क्रिकेट खेलमा स्टेडियममा सिट खाली देखिएको थियो । 

सूर्यकुमारले खेल पछि भने- ‘म केही भन्न चाहन्छु र यो सही अवसर पनि हो । हामी पहलगाम आतंकवादी हमलामा मारिएकाहरूको परिवारसँग छौं र उनीहरूसँग हाम्रो ऐक्यबद्धता व्यक्त गर्दछौं । म यो जित हाम्रा सबै सशस्त्र सेनाहरूलाई समर्पित गर्दछु जसले धेरै बहादुरी देखाए । आशा छ कि उनीहरूले भविष्यमा हामीलाई प्रेरणा दिइरहनेछन् र जब पनि हामीले उनीहरूलाई खुशी पार्ने मौका पाउँछौं, हामी उनीहरूको अनुहारमा मुस्कान ल्याउँदै रहनेछौं ।’

Read More

भलेन्सियाविरुद्ध बार्सिलोनाको आधा दर्जन गोल

काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत भलेन्सियामाथि फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई ६-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा फेर्मिन लोपेज, राफिन्हा र रोबेर्ट लेवानडोस्कीले २-२ गोल गरेका थिए ।

यस सिजनमा बार्सिलोनाको यो ४ खेलमा तेस्रो जित हो । यो जितपछि बार्सिलोनाको ४ खेलमा १० अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

त्यसैगरी भलेन्सियाको भने यस सिजनमा यो दोस्रो हार हो । यो हारपछि भलेन्सियाको ४ खेलमा ४ अंक रहेको छ र १५औं स्थानमा छ ।

Read More

अल नासरको साउदी प्रो लिगमा लगातार दोस्रो जित

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले लगातार दोस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले अल खोलूडलाई २-० गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा साडियो माने र इनिगो मेटिनेजले एक एक गोल गरेका थिए ।

यो जितपछि अल नासरको २ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै अल खोलूडको भने यो लगातार दोस्रो हार हो ।

Read More

साफ यू-१७ च्याम्पियनसिपमा आज नेपालले श्रीलंकाको सामना गर्दै

काठमाडौँ । साफ यू-१७ च्याम्पियनसिप अन्तर्गत आज नेपालले आयोजक श्रीलंकाको सामना गर्दैछ । कोलोम्बो रेसकोर्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७ बजेदेखि शुरु हुने छ । 

सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान, भुटान र माल्दिभ्स खेल्दैछन् । नेपाल समुह ए मा श्रीलंका र बंगलादेशसँग रहेको छ ।

त्यस्तै समुह बी मा भारत, पाकिस्तान, भुटान र माल्दिभ्स रहेका छन् । नेपालले पहिलो खेल सेप्टेम्बर १५ मा श्रीलंकासँग र सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ । समुह चरणका खेलपछि शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् ।

साफ यू–१७ च्याम्पियनसिप खेल्ने नेपाली टिममा गोलकिपर पेम्बा नोर्बु भोटे, राम बोहर र विशेष बानिया रहेका छन् भने डिफेन्डरमा प्रशान्त मोक्तान, दिपेन कार्की, धिरज रावल, आदित्य राना मगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया र अनोज खड्का रहेका छन् । त्यस्तै मिडफिल्डरमा प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्टा भण्डारी, प्रतिश थापा मगर, भूपेश लामा, नसिब हेन्जन, सुशन मगर र सुजन स्याङ्तान रहेका छन् भने फरवार्डमा समीर कुमार, डिआईजी विजय शाही, निसकुमार श्रेष्ठ र रोहित श्रेष्ठ रहेका छन् ।

Read More

लिभरपुलको अपराजित यात्रा कायमै

काठमाडौँ । लिभरपुलले इङलिश प्रिमियर लिगमा अपराजित यात्रा कायम राखेको छ । आइतबार राति सम्पन्न खेलमा लिभरपुलले बर्नलीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा खेलको ९० मिनेट पछिको इन्जुरी समयमा मोहमद सलाहले पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो लिभरपुलको लगातार चौथो जित हो । लिभरपुलको ४ खेलमा १२ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यसैगरी बर्नलीको ४ खेलमा ३ अंक रहेको छ र ३ अंकसहित १७औ स्थानमा रहेको छ ।     

Read More

पाकिस्तानमाथि भारतको ७ विकेटको सहज जित

काठमाडौँ । भारतले पाकिस्तानमाथि सहज जित हासिल गरेको छ । जारी एशिया कप अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको हो ।

पाकिस्तानले दिएको १२८ रनको लक्ष्य पछाएको भारतले १५.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

भारतका लागि कप्तान सूर्यकुमार यादवले अविजित ४७ रन बनाए भने तिलक बर्मा र अभिषेक शर्माले ३१-३१ रन बनाएका थिए ।  त्यसैगरी शुभमन गिल र शिवम दुवेले १०-१० रन बनाएका थिए । त्यस्तै पाकिस्तानका बलर सैयब आयुबले ३ विकेट लिएका थिए ।

यस अघि पाकिस्तानले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १२७ रन बनाएको थियो ।

पाकिस्तानका लागि शाहीबजादा हारिसले सर्बाधिक ४० रन बनाए भने शहिन शाह अफ्रिदीले अविजित ३३ रन बनाएका थिए । त्यस्तै फखर जमानले १७ र फहीम अशरफले ११ रन बनाएका थिए । त्यसैगरी भारतीय बलर कुलदीप यादवले सर्बाधिक ३ विकेट लिए भने जसप्रित बुमराह र अक्सर पटेलले २-२ विकेट लिए । त्यस्तै हार्दिक पाण्डेय र वरुण चक्रवर्तीले एक एक विकेट लिएका थिए ।

यो प्रतियोगितामा भारतको लगातार दोस्रो जित हो । त्यस्तै पाकिस्तानले भने २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

एशिया कप अन्तर्गत अर्को खेल आज युएई र ओमानबीच हुदै छ ।

Read More

भारतविरुद्ध पाकिस्तानले टस जितेर पहिला ब्याटिंग गर्दै

काठमाडौँ । पाकिस्तानले एशिया कप अन्तर्गत भारतविरुद्धको खेलमा टस जितेको छ ।

दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यस खेलमा पाकिस्तानका कप्तान सलमान आगाले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै भारतले पहिला बलिङ गर्ने भएको छ ।

यस खेलमा भारतका अभिषेक शर्मा, शुभमन गिल, सञ्जु सैमसन (विकेट), सूर्यकुमार यादव (कप्तान), तिलक वर्मा, शिवम दुबे, हार्दिक पाण्ड्या, अक्षर पटेल, कुलदीप यादव, जसप्रित बुमराह र वरुण चक्रवर्ती खेल्दै छन् । 

त्यस्तै पाकिस्तानका साहिबजादा फरहान, सैम अयुब, फखर जमान, सलमान आगा (कप्तान), हसन नवाज, मोहम्मद हरिस (विकेटकीपर), मोहम्मद नवाज, फहीम अशरफ, शाहीन शाह अफ्रिदी, सुफियान मुकीम र अबरार अहमद खेल्दैछन् । 

Read More

भारत र पाकिस्तान क्रिकेटमा देखिएन उत्साह

काठमाडौँ । एसिया कप खेल बहिष्कार गर्नुपर्ने माग चर्को रुपमा उठिरहेका बेला आज हुन लागेको भारत र पाकिस्तानको खेलको उत्साहमा कमि देखिएको छ । विश्व क्रिकेटमै ठुला प्रतिद्वन्दी मानिने भारत र पाकिस्तानबीच अपरेशन सिन्दूर पछि पहिलो पटक क्रिकेट मैदानमा आमने सामने हुदै छन् । यो खेल नेपाली समय अनुसार राति ८: १५ बजे देखि शुरु हुदैछ ।

खास गरि भारतमा यस खेलको बारेमा विरोधका आवाजहरू उठिरहेका छन् । सामाजिक सञ्जालमा पाकिस्तानविरुद्ध खेल्न नहुने आवाज उठिरहेका बेला भारत सरकारले भने यो खेल खेल्न अनुमति दिएको छ । यस पटक यस खेललाई लिएर फ्यानहरूमा उत्साह अलि कम देखिएको छ । गत अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलापछि भारतले अपरेशन सिन्दूरको साथ सैन्य अपरेशन सुरु गरेको थियो, जसपछि भारत र पाकिस्तान बीच विवाद बढेको थियो । यस कारण, खेल बहिष्कार गर्ने माग उठेको छ ।

खेलको लागि हजारौं टिकटहरू अहिले पनि बिक्रि नभएको पाइएको छ र शुक्रबार भारतको अभ्यास सत्रमा धेरै कम दर्शकहरू उपस्थित भएका थिए । टिकट खुलेको केहि मिनेटमै सोल्ड आउट हुने र फ्यानहरु बेकाबू हुने भारत पाकिस्तानबीचको क्रिकेटको त्यो रोमान्चकता हराउनुलाई अचम्म मानिएको छ ।

यस एशिया कपमा समूह चरणको आफ्नो पहिलो खेलमा भारतले युएईलाई ९ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको छ भने पाकिस्तानले ओमानलाई ९३ रनले पराजित गरेर विजयी सुरुवात गरेको थियो । 

भारत र पाकिस्तानबीच अहिलेसम्म १३ टी-२० खेल भएका छन् । जसमा अहिलेसम्म १० खेल भारतले जितेको छ भने पाकिस्तानले ३ खेल जितेको छ । 

भारत र पाकिस्तान अन्तिम पटक २०२४ को टी-२० विश्वकपमा टी-२० मा आमनेसामने भएका थिए । दुई टोलीबीचको सो खेल न्यूयोर्कमा खेलिएको थियो र भारतले ६ रनले जितेको थियो ।  यद्यपि, २०२४ को टी-२० विश्वकप र हालको टोलीमा धेरै भिन्नता छ र भारत-पाकिस्तान टोलीमा पनि परिवर्तन आएको छ । भारतले अन्तिम पटक रोहित शर्माको कप्तानीमा खेलेको थियो भने पाकिस्तानको नेतृत्व बाबर आजमले गरेका थिए । रोहितले अब टी-२० अन्तर्राष्ट्रियबाट सन्यास लिएका छन् भने बाबरले एसिया कपको लागि टोलीमा स्थान पाएका छैनन् । त्यसैले भारत र पाकिस्तानका टोलीहरू अब नयाँ कप्तानको नेतृत्वमा यो खेलमा प्रवेश गर्नेछन् । भारतको नेतृत्व सूर्यकुमार यादवले गरिरहेका छन् भने पाकिस्तानको नेतृत्व सलमान अली आगाले गरिरहेका छन् ।

भारतीय टिम:
सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), तिलक वर्मा, रिंकु सिंह, शिवम दुबे, हार्दिक पाण्ड्या, अभिषेक शर्मा, अक्षर पटेल, जितेश शर्मा (विकेटकिपर), सञ्जु सैमसन (विकेटकिपर), जसप्रित बुमराह, अर्शदीप सिंह, कुलदीप यादव, वरुण चक्रवर्ती र हर्षित राणा ।

पाकिस्तानको टिम:
सलमान आगा (कप्तान), फखर जमान, खुशदिल शाह, सैम अयुब, हसन नवाज, हुसैन तलत, फहीम अशरफ, मोहम्मद नवाज, मोहम्मद हारिस (विकेटकिपर), साहिबजादा फरहान (विकेटकीपर), हसन अली, हरिस रउफ, अबरार अहमद, सलमान मिर्जा, सुफियान मुकीम, मोहम्मद वासिम र शाहिन शाह अफरिदी ।

Read More

नोट्टीङघममाथि आर्सनलको सहज जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले अर्को जित हासिल गरेको छ  । 

शनिबार सम्पन्न खेलमा आर्सनलले नोट्टीङघम फरेस्टलाई ३-० गोल अन्तरले पराजित गरेको हो  । 

आर्सनलको जितमा मार्टिन जुबिमेंडीले २ गोल गरेका थिए भने एक गोल भिक्टर ग्योकेरेसले एक गोल गरेका थिए ।

यो जितपछि आर्सनलको ४ खेलमा ९ अंक भएको छ र लिगमा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै नोट्टीङघमको भने यो दोस्रो हार हो । नोट्टीङघमको ४ खेलमा ४ अंक रहेको छ र हाल १२औं स्थानमा रहेको छ ।

Read More

जेनजी आन्दोलनमा क्रिकेट खेलाडीको पनि मृत्यु

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा एक क्रिकेट खेलाडीको पनि मृत्यु भएको छ  ।

नेपाल क्रिकेट संघ (क्यान) ले जेनजी आन्दोलनका क्रममा बाँके जिल्ला क्रिकेटका खेलाडी सुलभराज श्रेष्ठको पनि मृत्यु भएको जानकारी दिएको छ ।

क्यानले श्रेष्ठको असामयिक निधन भएको खबरले सबैलाई गहिरो दुःख र स्तब्ध बनाएको उल्लेख गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

साथै क्यानले देशमा पछिल्लो दिनहरूमा विकसित भएको घटनाक्रम र  सोहि दौरान आन्दोलनको क्रममा सहादत प्राप्त गर्नु हुने सम्पूर्णमा श्रद्धाञ्जली व्यक्त गरेको छ ।

Read More