२०८३ श्रावण १२

प्रधानमन्त्री ओली चीन प्रस्थान: लिपुलेक मुद्दा उठाउने विश्वास, यस्तो छ भ्रमण तालिका

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन्।

तियानजिनमा हुने सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन आज बिहान ७ बजे उनी चीन प्रस्थान गरेका छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीन र रुसका राष्ट्रपतिसहित ६ देशका सरकार प्रमुखसँग द्विपक्षीय वार्ता गर्ने टुंगो लागेको छ। ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटघाट गर्ने कार्यक्रम छ।

एससीओ सम्मेलन १५ र १६ भदौमा उत्तरी चीनको तियान्जिनमा आयोजना हुँदैछ। त्यसको उद्घाटन चिनियाँ राष्ट्रपति सीले गर्दैछन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य मुलुकका सरकार तथा राष्ट्रप्रमुख समेत उपस्थित हुनेछन्। मन्त्रालयका अनुसार, त्यसक्रममा ओलीले चिनियाँ राष्ट्रपति सीसँग अलग्गै भेटवार्ता समेत गर्नेछन् भने १७ भदौमा उनले तिआन्जिनमा आयोजना हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन समेत गर्नेछन्।

त्यसक्रममा उनले विभिन्न मुलुकका नेताहरूसँग समेत भेटवार्ता गर्ने कार्यक्रममा छ। सोही क्रममा उनले चीनका उपराष्ट्रपति हान झेङसँग समेत भेटवार्ता गर्ने छन्।

त्यसक्रममा प्रधानमन्त्री ओली जापानी आक्रमणविरुद्ध चीनको प्रतिरोध युद्ध र विश्वव्यापी फासिवादविरोधी युद्धमा विजय प्राप्तिको ८० औं वार्षिकोत्सव कार्यक्रममा समेत सहभागी हुने भनिएको छ।

मन्त्रालयका अनुसार भ्रमणका क्रममा ओलीले चीनका राष्ट्रपति तथा भारतका प्रधानमन्त्रीसँग लिपुलेक मुद्दालाई कूटनीतिक तवरले उठाउने छन् । प्रधानमन्त्रीले चीन भ्रमण बारे प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गरे पश्चात संचारकर्मीसग भ्रमणका क्रममा लिपुलेक मुद्दालाई बिशेष रुपमा उठान गर्ने विश्वास दिलाएका थिए ।

भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी छन्।

प्रधानमन्त्री ओलीको भदौ १८ गते बेलुकी साढे १० बजे स्वदेश फर्कने कार्यक्रम छ।

Read More

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

बिहान ११ बजेदेखि शुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।  

Read More

मनाङको प्रदेश सभाको उपनिर्वाचन कार्तिक १७ मै हुने

काठमाडौँ । मनाङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ को गण्डकी प्रदेशको प्रदेश सभा सदस्य पदको निर्वाचन कार्तिक १७ गते हुने भएको छ ।

निर्वाचन आयोगले राजीव गुरुङ (दीपक मनाङे) को सांसद पद गएपछि खाली भएको स्थानमा कार्तिक १७ गते उपनिर्वाचन हुने निर्णय गरको जानकारी दिएको छ ।  

सर्वोच्च अदालतले २०८१ कार्तिक २० गतेदेखि रिक्त भएको प्रदेश सभा सचिवालय, गण्डकी प्रदेश, पोखराबाट जानकारी हुन आएको र प्रदेश सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहदै प्रदेश सभाको कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने नेपालको संविधानको धारा १७६ को उपधारा ८ अनुसार उपनिर्वाचनको मिति तोकिएको आयोगले जानकारी दिएको छ ।

साथै आयोगले २०८२ असार १६ गते रूपन्देही जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचनको मिति तोकिएपश्चात् देशभर अद्यावधिक भई मिति भदौ २५ गतेमा प्रकाशन हुने अन्तिम मतदाता नामावलीलाई नै यस उपनिर्वाचनमा समेत प्रयोग गरिने र मतदाताको उमेर अठार वर्ष पुग्ने निर्दिष्ट मिति कात्तिक १६  गतेलाई तोक्ने निर्णय समेत आयोगबाट भएको जनाएको छ । 

Read More

देशका सबै स्थानीय तह रिक्त वा निमित्त प्रमुख प्रशासकीय अधिकृत मुक्त भएको मन्त्री न्यौपानेको दाबि

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय भगवती न्यौपानेले मुलुकका सबै स्थानीय तह रिक्त वा निमित्त प्रमुख प्रशासकीय अधिकृत मुक्त भएको दाबि गरेकी छन् ।  

मन्त्री न्यौपानेको सचिवालयले स्थानीय तह पुनर्संरचना पश्चात् पहिलोपटक देशभरका नगरपालिका तथा गाउँपालिकामा रिक्त वा निमित्त प्रमुख प्रशासकीय अधिकृतको संख्या शून्य पारिएको दाबि गरिएको छ । 

यसअघि १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेकोमा मन्त्री न्यौपानेको आगमनपछि अब सम्पूर्ण स्थानीय तहहरुमा दरबन्दीअनुसारका प्रमुख प्रशासकीय अधिकृत खटाइएकाले मन्त्रालयको दाबी रहेको छ ।

‘मन्त्रालयले दरवन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाएको हुदाँ यस अघि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिईएको आर्थिक वा प्रशासनिक जिम्मेवारी स्वतः रद्ध भएको छ । यससँगै कर्मचारी सरुवामा हुने बाह्य चलखेलको अन्त्य, चक्रिय सरुवा प्रणाली कार्यान्वयनमा सहजता, सुगममा मात्र बस्ने प्रवृत्ति रोकथाम, दुर्गममा समेत सेवाको पहुँच विस्तार, प्रशासनिक न्यायको अनुभूति, सेवा प्रवाहको गति र कार्यकुशलतामा वृद्धि, सुशासन प्रवर्द्धन, साथै जनप्रतिनिधिबाट प्रमुख प्रशासकीय अधिकृतभन्दा व्यक्ति विशेष रोज्ने प्रवृत्ति अन्त्य हुने अपेक्षा गरिएको छ । सहसचिव प्रमुख प्रशासकीय अधिकृत हुने मध्ये ९ वटा उपमहानगरपालिका र १ वटा महानगरपालिकामा समेत छिट्टै दरवन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाउने तयारी भईरहेको छ ।’मन्त्री न्यौपानेको  सचिवालयले भनेको छ । 

Read More

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

बिहान १०: १५ बजेदेखि शुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।  

Read More

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

आज दिउसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री ओलीले आसन्न विदेश भ्रमणको बारेमा संसदलाई जानकारी गराउने बताइएको छ । प्रधानमन्त्री ‌ओली भदौ १४ गते सांघाई सहयोग संगठन शिखर सम्मेलनमा भाग लिन चीन भ्रमणमा जादै छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबारको सम्बोधनमा लिपुलेक बारे भारत र चीनबीच हालै भएको सहमति बारे नेपालको धारणा र आगामी रणनीति बारे संसदमा बोल्ने बताइएको छ ।

Read More

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको राष्ट्रिय सभाको बैठक दिउसो १: १५ बजेदेखि शुरु हुदैछ ।

आजको बैठकमा अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । त्यस्तै आज विधायन व्यवस्थापन समितिका माननीय सभापति तुलसा कुमारी दाहालले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्था समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आज राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी आज सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

Read More

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठक दिउसो १ बजेदेखि शुरु हुने तालिका रहेको छ ।

आजको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आज सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाई समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी व्यवस्थापन कार्य अन्तर्गत आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने तथा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Read More

प्रधानमन्त्री ओलीले शुक्रबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

विहिबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतहरुसँगको छलफलमा शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने जानकारी गराइएको हो ।

प्रधानमन्त्री ओलीले आसन्न विदेश भ्रमणको बारेमा संसदलाई जानकारी गराउने बताइएको छ । प्रधानमन्त्री ‌ओली भदौ १४ गते सांघाई सहयोग संगठन शिखर सम्मेलनमा भाग लिन चीन भ्रमणमा जादैछन् ।

प्रधानमन्त्री ओलीले शुक्रबारको सम्बोधनमा लिपुलेक बारे भारत र चीनबीच हालै भएको सहमति बारे नेपालको धारणा र आगामी रणनीति बारे संसदमा बोल्ने बताइएको छ ।

Read More

संसदको क्यालेन्डर तय गर्न सचेतकहरुसँग छलफलमा सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले भदौं महिनाको संसदको क्यालेन्डर तय गर्न सचेतकहरुसँग छलफल गरेका छन् ।

सिंहदरबारमा जारी छलफलमा प्रमुख ५ दलका प्रमुख सचेतकहरू उपस्थित रहेको सभामुखको सचिवालयले जनाएको छ ।

बैठकमा नेपाली कांग्रेसम नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका प्रमुख सचेतक र प्रतिनिधि सहभागी रहेका छन् ।

Read More