२०८३ कार्तिक १२

सामाजिक सञ्जाललाई दर्ता हुन सरकारको सात दिने अल्टिमेटम

काठमाडौं । सरकारले सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि सार्वजनिकरूपमा आह्वान गर्ने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा भदौ ९ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० तथा सर्वोच्च अदालतको आदेश बमोजिम सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जवाफदेही बनाउन सात दिनको म्याद दिई सञ्चार मन्त्रालयमा सूचीकरणको लागि सार्वजनिक रूपमा आह्वान गर्ने निर्णय भएको जानकारी दिए ।

तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणको लागि सम्पर्कमासमेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रिय गराउने सरकारले निर्णय गरेको प्रवक्ता गुरुङले बताए । तर, सूचीकरण गरेमा सामाजिक सञ्जाललाई पुनः सक्रिय गराउन सञ्चार मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।

Read More

राज्य व्यवस्था समितिको सभापतिमा निर्वाचित न्यौपानेले लिइन् शपथ

काठमाडौं । राज्य व्यवस्था तथा शासन समितिको सभापति कांग्रेस सांसद इश्वरी न्यौपाने निर्वाचित भएकी छन् । एकल उम्मेदवारी परेको न्यौपानेलाई…

ऊर्जा मन्त्री र तीन सचिवबीच कार्यसम्पादन सम्झौता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता गरेको छ। मन्त्री दीपक खड्का र…