२०८३ श्रावण ११

सानिगाड हाइड्रोको आइपिओ जेठ १४ देखि

काठमाडौँ । सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि जेठ १४ गतेदेखि प्राथमिक शेयर निष्कासन (आइपिओ) गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ७४ हजार कित्ता शेयर बिक्री खुला गर्न लागेको हो ।

कम्पनीका अनुसार प्राथमिक शेयरमा जेठ २० गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै शेयर बिक्री नभएमा निष्कासन अवधि जेठ २८ गतेसम्म लम्ब्याइनेछ ।

कम्पनीको जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । यसमध्ये ३० प्रतिशत अर्थात् ८५ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

कुल जारी पूँजीमध्ये १० प्रतिशत अर्थात् २८ लाख ५० हजार कित्ता शेयर बझाङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दालाई यसअघि नै वितरण गरिएको थियो । बाँकी २० प्रतिशत अर्थात् ५७ लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको हो ।

सर्वसाधारणतर्फ छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात् ५ लाख ७० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो ।

त्यसैगरी कुल निष्कासनमध्ये ३ प्रतिशत अर्थात् १ लाख ७१ हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् २ लाख ८५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी ४६ लाख ७४ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला गरिनेछ ।

यस निष्कासनको बिक्री प्रबन्धक एलएस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

इक्रा नेपालले सानिगाड हाइड्रो लिमिटेडको निष्कासनकर्ता मूल्याङ्कन स्तर वृद्धि गर्दै ‘डबल बी माइनस’ प्रदान गरेको छ । यसअघि कम्पनीलाई ‘बी प्लस’ स्तर दिइएको थियो । यस्तो मूल्याङ्कन भएका संस्थालाई वित्तीय दायित्व समयमै भुक्तानी गर्न मध्यम जोखिम भएको मानिन्छ ।

सानिगाड हाइड्रो लिमिटेड सन् २००७ डिसेम्बरमा निजी कम्पनीका रूपमा स्थापना भएको थियो । पछि सन् २०२१ जुलाई १४ मा सार्वजनिक कम्पनीमा रूपान्तरण गरिएको हो । कम्पनीले सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा ३८ दशमलव ४६ मेगावाट क्षमताको माथिल्लो कालंगा गाड जलविद्युत आयोजना सञ्चालनमा ल्याइसकेको छ ।

Read More

नेप्सेमा सामान्य गिरावट, २ अर्ब ४५ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामान्य गिरावट भएको छ । आज सोमबार नेप्से १.०३ अंकले घटेर २७३०.९१ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३९ कम्पनिका ५८ लाख २८ हजार ६०४ कित्ता शेयर २ अर्ब ४५ करोड ८ लाख ७८ हजार ४४९ मा कारोबार भएको थियो । आज बैंकिंग, विकास बैंक, हाइड्रो, लगानी र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी इन्ह्वा हाइड्रोको शेयर ८.४२ प्रतिशतले बढेको छ भने बुन्गल हाइड्रोको शेयर ६.३२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी निफ्रा उर्जा ऋणपत्रको शेयर ५.२६ प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी साहस उर्जाको ८ करोड ४३ लाखको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको ७ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।

Read More

एलन मस्कको स्पेसएक्सले ल्याउँदै छ विश्वकै ठूलो आईपीओ

काठमाडौँ । एलन मस्कको अन्तरिक्ष प्रविधि कम्पनी स्पेस एक्सले विश्वकै ठूलोमध्ये एक मानिने आईपीओ ल्याउने तयारी गरेको छ। कम्पनीले आगामी जुन १२ मा सेयर बजारमा प्रवेश गर्दै ८० अर्ब अमेरिकी डलरभन्दा बढी रकम उठाउने लक्ष्य राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

हाल निजी कम्पनीका रूपमा सञ्चालन भइरहेको स्पेसएक्सले रकेट प्रक्षेपण, मानव अन्तरिक्ष यात्रा र ‘स्टारलिंक’ इन्टरनेट सेवामार्फत विश्वभर ठूलो प्रभाव बनाइसकेको छ। पछिल्ला वर्षहरूमा कम्पनीको मूल्यांकन तीव्र रूपमा बढ्दै गएको छ।

आईपीओ सार्वजनिक भएमा लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था, आम्दानी, ऋण, नाफा-नोक्सान तथा भविष्यका योजनाबारे विस्तृत विवरण हेर्न पाउनेछन्। विशेषगरी स्पेसएक्सको ‘स्टारलिंक’ सेवा र मस्कले सुरु गरेको एआई कम्पनी एक्स एआई प्रति लगानीकर्ताको चासो बढेको बताइएको छ।

स्पेसएक्स आईपीओको खबर बाहिरिएसँगै अन्तरिक्ष प्रविधिसम्बन्धी कम्पनीहरूको सेयर बजारमा पनि उछाल आएको छ। अमेरिकी कम्पनी रकेट ल्याबको सेयर मूल्य मात्रै ८ प्रतिशतभन्दा बढीले बढेको अन्तर्राष्ट्रिय रिपोर्टमा उल्लेख छ।

विश्लेषकहरूका अनुसार स्पेसएक्सको बजार प्रवेशले केही वर्षदेखि सुस्त रहेको प्रविधि कम्पनीहरूको आईपीओ बजारलाई फेरि चलायमान बनाउन सक्छ। हालसम्म कम्पनीले भने आईपीओबारे औपचारिक प्रतिक्रिया दिएको छैन।

Read More

नेप्सेमा १०.०७ अंकले घट्यो, ३ अर्ब २९ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज विहिबार नेप्से १०.०७ अंकले घटेर २७३०.१७ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३७ कम्पनिका ७९ लाख ५८ हजार ७५२ कित्ता शेयर ३ अर्ब २९ करोड २ लाख ४४   हजार ६१९ मा कारोबार भएको थियो । आज जीवन वीमा, म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी युनियन हाइड्रोको शेयरमा ९.७९ प्रतिशतले बढेको छ भने क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर ९.२२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एशियन हाइड्रोको शेयर ९.८९ प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी हिमालयन रिइन्सुरेन्सको ३७ करोड ६८ लाखको कारोबार भएको छ भने सहास उर्जाको १८ करोड ७७ लाख बराबरको कारोबार भएको छ ।

Read More

नेप्सेमा सामान्य गिरावट, २ अर्ब ८० करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज बुधबार नेप्से ४.१५ अंकले घटेर २७४०. २५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३९ कम्पनिका ५६ लाख ४३ हजार २८८ कित्ता शेयर २ अर्ब ८० करोड ७४ लाख ४६  हजार ३६१ मा कारोबार भएको थियो । आज उत्पादन र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी एशियन हाइड्रोको शेयरमा ११.४२ प्रतिशतले बढेको छ भने धवलागिरी लघुवित्तको शेयर ११.१७ प्रतिशतले घटेको छ । 

त्यस्तै आज सबै भन्दा बढी एसवाईप्यानलको २७ करोड ७९ लाखको कारोबार भएको छ भने  रिढी पावरको ९ करोड ८५ लाख बराबरको कारोबार भएको छ ।

Read More

याम्बालिङ हाइड्रोको आइपिओ बाँडफाँड

काठमाडौँ । याम्बालिङ हाइड्रोपावर लिमिटेडको साधारण शेयर निष्कासनको बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको नक्सालस्थित कार्यालयमा बुधबार आइपिओ बाँडफाँड गरिएको हो ।

कम्पनीले सर्वसाधारणका लागि वैशाख १६ गतेदेखि २२ गतेसम्म १७ लाख ४३ हजार कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो ।

कम्पनीको जारी पुँजी ७० करोड रुपैयाँ रहेको छ । यसमध्ये ४० प्रतिशत अर्थात् २८ लाख कित्ता शेयर सर्वसाधारणलाई छुट्याइएको छ । कुल जारी पुँजीमध्ये १० प्रतिशत अर्थात् ७ लाख कित्ता शेयर सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दालाई वितरण गरिएको थियो । बाँकी ३० प्रतिशत अर्थात् २१ लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको हो । सर्वसाधारणतर्फ छुट्याइएको २१ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सुरक्षित गरिएको थियो । त्यस्तै २ प्रतिशत अर्थात् ४२ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी १७ लाख ४३ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री गरिएको हो ।

यस निष्कासनमा २९ लाख ३८ हजार ८२  योग्य आवेदनबाट ३ करोड १९ लाख ५६ हजार ९१० कित्ताका लागि आवेदन परेको थियो । यस्तै ४४ हजार ४१६ वटा आवेदन भने रद्द भएका छन् ।

बाँडफाँड परिणामअनुसार गोलाप्रथामार्फत १ लाख ७४ हजार ३०० जना लगानीकर्ताले जनही १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

आइपिओको नतिजा सिडीएसीको आइपिओ रिजल्ट र मेरोशेयरको वेभसाइटमा हेर्न सकिने  निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।

Read More

मोदीले सुन नकिन्न गरेको आग्रहपछि घट्यो गहना कम्पनीहरूको सेयर

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशी मुद्रा जोगाउन नागरिकलाई सुन खरिद नगर्न आग्रह गरेपछि सोमबार भारतीय सेयर बजारमा गहना कम्पनीहरूको सेयरमा ठूलो गिरावट आएको छ ।

प्रमुख गहना कम्पनीहरूको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले घटेको देखिएको छ । सबैभन्दा धेरै गिरावट स्काई गोल्डको सेयरमा देखिएको छ । कम्पनीको सेयर मूल्य करिब १२ प्रतिशतले घटेर ४७५ भारतीय रुपैयाँमा पुगेको छ ।

त्यस्तै, सेनको कम्पनीको सेयर झण्डै ११ प्रतिशतले घटेर ३२५. ०५ रुपैयाँमा झरेको छ । यसअघि उक्त कम्पनीको सेयर मूल्य ३६५. ४० रुपैयाँ रहेको थियो । कल्याण ज्वेलर्सको सेयर पनि करिब १० प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य ४२४. ५५ रुपैयाँबाट घटेर ३८२. १० रुपैयाँमा पुगेको छ ।

त्यस्तै टाइटन कम्पनीको सेयर प्रारम्भिक कारोबारमै करिब ८ प्रतिशतले घटेर ४१५०. १० रुपैयाँसम्म झरेको थियो ।

सोमबार बिहान १० बजेतिर सेन्सेक्स १. ३५ प्रतिशतले घटेर ७६२८२. २८ अंकमा कारोबार भइरहेको थियो भने निफ्टी १. २३ प्रतिशतले घटेर २३८७७. ८० अंकमा पुगेको थियो । क्षेत्रगत सूचकहरू पनि रातो चिन्हमा कारोबार भइरहेका थिए । विशेषगरी निफ्टी उपभोक्ता टिकाउ वस्तु समूह सबैभन्दा धेरै प्रभावित भएको देखिएको छ । उक्त क्षेत्रगत सूचक ३ प्रतिशतभन्दा बढीले घटेको थियो ।

Read More

नेप्सेमा २७.४९ अंकको वृद्धि, ३ अर्ब २८ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज शुक्रबार नेप्से २७.४९ अंकले बढेर २७४५.६५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३५ कम्पनिका ७४ लाख ७८ हजार ५६२ कित्ता शेयर ३ अर्ब २८ करोड ६८ लाख ७० हजार ५५९ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी त्रिशुली जलविद्युतको शेयरमा १० प्रतिशतको वृद्धि भएको छ भने होटल फरेस्ट इनको शेयर ७.९० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी स्वाबलम्बन लघुवित्तको शेयर ६. ५४ प्रतिशतले घटेको छ । 

त्यस्तै आज सबै भन्दा बढी होटल फरेस्ट इनको १३ करोड ८६ लाखको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको १३ करोड ६४ लाख बराबरको कारोबार भएको छ ।

Read More

सोपान फार्मास्युटिकल्सको आइपिओ बाँडफाँड

काठमाडौँ । सोपान फार्मास्युटिकल्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँड सम्पन्न भएको छ । बुधबार काठमाडौँको बालुवाटारस्थित निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड सम्पन्न गरिएको हो।

कम्पनीले सर्वसाधारणका लागि ३४ लाख ७४ हजार ९ सय कित्ता सेयर आइपिओका रूपमा निष्कासन गरेको थियो । यो निष्कासन २०८३ साल बैशाख ३ गतेदेखि ८ गतेसम्म खुला गरिएको थियो।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । त्यसको २५ प्रतिशत अर्थात् ४२ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । त्यसमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ४ प्रतिशत अर्थात् १ लाख ७१ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् २ लाख १४ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी ३४ लाख ७४ हजार ९ सय कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।

यस आईपीओमा कुल २७ लाख ३० हजार ९८७ योग्य लगानीकर्ताबाट २ करोड ९९ लाख ६ हजार ५२० कित्ता सेयर माग भएको थियो । त्यस्तै ३७ हजार ७ सय ५६ आवेदन भने अयोग्य ठहरिएका थिए।

बाँडफाँडपछि लक्की ड्रमार्फत ३ लाख ४७ हजार ४९० आवेदकले १०-१० कित्ता सेयर पाएका छन् । आइपिओको नतिजा सिडीएसीको आइपिओ रिजल्ट र मेरोशेयरको वेभसाइटमा हेर्न सकिने  निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

Read More

याम्बालिङ हाइड्रोको आइपिओ आजदेखि खुला

काठमाडौँ । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आइपिओ) खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा १७ लाख ४३ हजार कित्ता शेयर बिक्रीका लागि सार्वजनिक निष्कासन गरेको हो । यो आइपिओ वैशाख २२ गतेसम्म खुला रहनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा वैशाख ३० गतेसम्म म्याद थप गरिने बताइएको छ ।

कम्पनीको जारी पुँजी ७० करोड रुपैयाँ रहेको छ । यसमध्ये ४० प्रतिशत अर्थात् २८ लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

कुल निष्कासनमध्ये १० प्रतिशत अर्थात् ७ लाख कित्ता शेयर सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो । बाँकी ३० प्रतिशत अर्थात् २१ लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको हो ।

सर्वसाधारणतर्फ छुट्याइएको २१ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरिएको छ ।

यस्तै, २ प्रतिशत अर्थात् ४२ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी १७ लाख ४३ हजार कित्ता शेयर आजदेखि सर्वसाधारणका लागि खुला गरिएको हो ।

यस सार्वजनिक निष्कासनको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

केयर रेटिङ्स नेपाल लिमिटेडले याम्बालिङ हाइड्रोपावरलाई ‘केयर-एनपी बीबी माइनस’ जारीकर्ता रेटिङ पुनः पुष्टि गरेको छ। यो रेटिङ भएका संस्थालाई वित्तीय दायित्व समयमै पूरा गर्न मध्यम जोखिम भएको मानिन्छ ।

कम्पनीले सिन्धुपाल्चोकमा ७ दशमलव २७ मेगावाट क्षमताको याम्बालिङ खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ र गत फागुन ८ गतेदेखि व्यावसायिक उत्पादनमा आएको कम्पनीले जनाएको छ ।

Read More