काठमाडौं । भारतमा अध्ययनका लागि प्रदान गरिने ICCR छात्रवृत्ति पाउन चाहने विदेशी विद्यार्थीका लागि अंग्रेजी भाषासम्बन्धी नयाँ मापदण्ड लागू हुने भएको छ।
भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (ICCR) ले शैक्षिक सत्र २०२७–२८ देखि छात्रवृत्तिका सबै आवेदकले न्यूनतम अंग्रेजी दक्षता पूरा गर्नुपर्ने जनाएको छ। त्यसका लागि IELTS मा कम्तीमा ६.० ब्यान्ड वा TOEFL मा CEFR B2 अथवा सोभन्दा माथिको स्तर हासिल गरेको हुनुपर्नेछ।
विद्यार्थीलाई तयारीमा सहयोग गर्न तीनमहिने अनलाइन Advanced English Learning Course पनि सञ्चालन गरिने भएको छ। Routes2Roots ले सञ्चालन गर्ने उक्त कक्षामा उन्नत अंग्रेजीका साथै दैनिक जीवनमा आवश्यक आधारभूत हिन्दी संवाद पनि सिकाइनेछ।