काठमाडौं । भारतीय दूतावासले नर्सिङ क्षेत्रमा अनुभव भएका योग्य उम्मेदवारका लागि रोजगारीको अवसर खुलाएको छ। दूतावास अन्तर्गतको एक्स–सर्भिसमेन कन्ट्रिब्युटरी हेल्थ स्किम (ECHS) पोलिक्लिनिक, कोहलपुरका लागि एक जना नर्सिङ असिस्टेन्ट माग गरिएको छ ।
करारमा नियुक्त हुने उक्त पदका लागि मासिक ५८ हजार ४ सय रुपैयाँ पारिश्रमिक तोकिएको छ। आवेदन दिन उम्मेदवारको उमेर ५३ वर्षभन्दा बढी हुनु नहुने र BSc Nursing वा GNM Diploma/Class I Nursing Assistants Course उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, कम्तीमा पाँच वर्षको कार्यअनुभव आवश्यक पर्नेछ।
विशेषगरी नर्सिङसम्बन्धी थप डिग्री वा डिप्लोमा तथा १० वर्षभन्दा बढी कार्यअनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ। योग्य उम्मेदवारलाई प्रारम्भिक छनोटपछि अन्तर्वार्ताका लागि फोनमार्फत जानकारी दिइनेछ।
नियुक्ति एक वर्षका लागि करारमा हुनेछ। छनोट प्रक्रियामा योग्यताका आधारमा प्रतिस्पर्धा गराइनेछ भने आवश्यक योग्यता पुगेका भारतीय पूर्वसैनिकलाई प्राथमिकता दिइने दूतावासले जनाएको छ।
आवेदन बुझाउने अन्तिम मिति २०२६ सेप्टेम्बर ११ तोकिएको छ ।