काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री आगामी नोभेम्बर ४ अर्थात् कात्तिक १८ गते नेपाल आउने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमणको तयारीका लागि उनको भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
मिश्री नेपाल आउनुअघि नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पनि काठमाडौं आइपुग्ने तयारीमा छन्।
प्रधानमन्त्री शाह आगामी मंसिरको पहिलो साता भारत भ्रमणमा जाने तयारी भइरहेको बताइए पनि दुवै देशले औपचारिक मिति सार्वजनिक गरेका छैनन्। भ्रमणको तयारीमा नेपाल र भारतका परराष्ट्र निकायले आवश्यक समन्वय गरिरहेका छन्।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार मिश्रीले प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेपछि दुई देशबीचको सहमतिमा भारत भ्रमणको मिति तय हुने सम्भावना छ।