२०८३ श्रावण २१

पोखरा र जापानको ओत्सुकी नगरबीच पर्वतीय नगर मित्रताका लागि समझदारी

पोखरा । पोखरा महानगरपालिका र जापानको ओत्सुकी नगरबीच अनुभव आदान प्रदान गरिएको छ । मंगलबार भएको भेटवार्तामा दुवै नगरबीच अनुभव आदानप्रदानका साथै दुइपक्षिय पर्यटन, प्रविधि, शिक्षा र सद्भावना भ्रमणका विषयमा छलफल भएको हो ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले दुवै नगरका बिचमा विकास साझेदारी र जनसम्बन्धको आयामका आधारमा पोखरा जस्तै हिमालको काखमा रहेको ओत्सुकीसँग पर्वतीय संस्कृति, रहनसहन र समग्र पर्यटन विकासका असल अभ्यासहरूको आदानप्रदान सम्बन्धमा छलफल भएको बताए । 

ओत्सुकी नगरका प्रमुख कोबायसीले त्यहाँको छिमेकी नगर होकुतोका नगर प्रमुखको तर्फबाट यसअघि पोखरा र होकुतो नगर बिचमा भएको पर्वतीय नगर मित्रताको समझदारी पत्र नगर प्रमुख आचार्यलाई हस्तान्तरण गरेका थिए ।

पोखरा र होकुतोका नागरिकहरू एक अर्काको पर्वतीय भूगोल, संस्कृति र इतिहासलाई सम्मान गर्दै द्विपक्षीय सहयात्रालाई आपसी हित, विकास साझेदारी र जनसम्बन्ध कायम प्रति प्रतिबद्ध रहने गरी पर्वतीय नगर मित्रताका लागि समझदारी भएको थियो ।

आफूलाई पोखरा निकै सुन्दर लागेको ओत्सुकी नगरका प्रमुख कोबायसीको भनाइ छ । प्राकृतिक रूपमा पोखरा र ओत्सुकीको भूगोल र वातावरणीय पक्ष एकै खालको रहेको उनले बताए । पोखरासँग सम्बन्ध स्थापनाका लागि आफू इच्छुक रहेको उनले बताए । नगरहरूका बिचमा पर्यटन आदानप्रदान, ज्ञान सीप र प्रविधिमा सहकार्यका लागि आवश्यक पहल गर्न आफूहरू तत्पर रहेको उनले बताए ।

टोलीमा ओत्सुकी नगरका प्रमुख सहित सिनियर अफिसर काजुया सुगिमोतो, होकुतो नगरको कानुन विभागका प्रमुख हाजीमी ओसिवा, उद्योग तथा पर्यटन विभागका प्रतिनिधि सिन्जी यामादा र नेपाल जापान फेन्डसिप एसोसिएसनका अध्यक्ष हिरोमी इसिओकाको सहभागिता रहेको थियो । पोखरा महानगरपालिकाको तर्फबाट नगर प्रमुख आचार्य, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज अर्याल, वरिष्ठ कानुन अधिकृत नारायण शर्मा, सूचना प्रविधि अधिकृत सुवास ढुङ्गाना र वडा सदस्य पूर्ण न्यौपानेको सहभागिता रहेको थियो ।

Read More

मधेशमा सरकार गठनविरुद्धको रिटमा कारण देखाउ आदेश, मुख्यमन्त्रीलाई महत्वपूर्ण निर्णय नगर्न निर्देशन

काठमाडौँ । सर्वोच्च अदालतले मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

रक्कीप्रसाद साह र सुजित यादवले मधेशमा सरकार गठनविरुद्ध दायर गरेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले अन्तरिम आदेश दिँदै मुख्यमन्त्री यादवलाई दीर्घकालीन महत्त्वका नीतिगत निर्णय नगर्न आदेश दिएको छ ।

साथै इजलासले यस रिटमा कारण देखाउ आदेश समेत दिदै मधेश प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्ति गर्नुको कारण सोधेको छ ।

एमाले संसदीय दल नेता यादव संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले विवादस्पद तरिकाले संविधानको धारा १६८ को ३ उपधारा अनुसार सबैभन्दा ठुलो दल एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेर एक होटलमा शपथ गराएपछि विवाद भएको छ ।

Read More

नेपाल एयरलाइन्सको महाप्रबन्धक नियुक्ति प्रक्रियाको प्रगति बारे प्रधानमन्त्री कार्कीले लिइन् जानकारी

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) मा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका हैसियतले उनले मन्त्रालयका सचिव हरि मैनालीलाई आफ्नो कार्यकक्षमा बोलाएर प्रगति विवरण माग गरेकी हुन् ।

निगममा महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रधानमन्त्री कार्कीले सचिव मैनालीकै संयोजकत्वमा गत कात्तिक १४ गते छनोट समिति गठन गरेकी थिइन् । उक्त समितिमा क्याप्टेन केबी लिम्बू विज्ञ सदस्य र मन्त्रालयकै योजना तथा प्रशासन महाशाखा प्रमुख रहने सहसचिव सदस्यसचिव थिए ।

सचिव मैनालीले यसबीचमा कार्यविधिको काम गरेको र केही समय बाहिर पनि जानुपरेको बताए । उनले आजै समितिको पहिलो बैठक बस्ने जानकारी गराए । प्रधानमन्त्री कार्कीले ढिलो नगरी खुला प्रतिस्पर्धाका लागि दर्खास्त आह्वानको सूचना प्रकाशित गर्न निर्देशन दिएकी थिइन् ।

Read More

थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

काठमाडौँ । थाइल्याण्ड सेनाले कम्बोडियालाई विवादित सीमा क्षेत्रमा नयाँ बारुदी सुरुङ बिछ्याएको आरोप लगाएको छ । थाइल्याण्डले यी बारुदी सुरुङबाट आफ्ना धेरै सैनिकहरू गम्भीर घाइते भएको दाबि गरेको छ ।

थाइल्याण्डले सीमामा बारुदी सुरुङ बिछ्याउनुलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको शान्ति सम्झौताको उल्लङ्घनको रूपमा वर्णन गरेको छ ।

थाई सेनाका प्रवक्ता मेजर जनरल विन्थाई सुवारीले फोरेन्सिक अधिकारीहरूले कान्थरालक जिल्लामा बारुदी सुरुङले भरिएको क्षेत्रको निरीक्षण गरेको र अनुसन्धानको क्रममा, अधिकारीहरूले विस्फोटक क्रेटर र अन्य तीन बारुदी सुरुङ फेला पारेका थिए ।

सीमामा गस्ती गर्ने क्रममा बारुदी सुरुङमा पाइला टेकेर चार सैनिक घाइते भएको र एक सैनिकले आफ्नो खुट्टा गुमाएको थाई सेनाले जनाएको छ । बैंकक पोस्टका अनुसार, मेजर जनरल विन्थाईले भनेका छन्- ‘यस प्रकारको घटनाले कम्बोडियाको तनाव कम गर्ने दोहोरो मापदण्डलाई प्रतिबिम्बित गर्दछ । यसले शत्रुतालाई पनि प्रतिबिम्बित गर्दछ, जुन संयुक्त रूपमा सहमति भएको सम्झौताको उल्लङ्घन हो ।’

कम्बोडियाली रक्षा मन्त्रालयले सोमबार राति थाइल्याण्डको आरोप अस्वीकार गरेको छ । कम्बोडियाले गृहयुद्धको पुरानो बारुदी सुरुङको विस्फोटका कारण सोमबार थाई सैनिक घाइते भएको बताएको छ । कम्बोडियाले यसले सीमामा कुनै पनि नयाँ बारुदी सुरुङ बिछ्याएको छैन जसले नागरिकहरूलाई खतरामा पार्न सक्छ ।

कम्बोडियाली रक्षा मन्त्रालयले शान्ति सम्झौता र जेनेभा महासन्धिका सर्तहरूको कडाईका साथ पालना गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ । मन्त्रालयले विवादित सीमा क्षेत्रबाट भारी हतियार हटाउने र कम्बोडियाली युद्धबन्दीहरूको रिहाइ सहित कम्बोडियासँग थाइल्याण्डले सबै गतिविधिहरू निलम्बन गरेकोमा पनि चिन्ता व्यक्त गरेको छ ।

Read More

लिङ्देन र थापाबीच भेटवार्ता

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच महत्त्वपूर्ण भेटघाट भएको छ ।

मंगलबार भएको भेटवार्तामा दुवै दलबीच एकताको प्रयासस्वरूप यो भेटवार्ता भएको बताइएको छ ।

राप्रपा नेपालका अध्यक्ष थापा पछिल्लो केहि समयदेखि नै एकतामा जोड दिदै आएका छन् । राप्रपा अध्यक्ष लिङ्देनले पनि विचार मिल्ने शक्तिहरु एक हुनुपर्नेमा जोड दिदै आएका छन् ।

Read More

पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानको राजधानी इस्लामाबादको सेक्टर जी-११ मा रहेको अदालत बाहिर भएको विस्फोटमा कम्तिमा १२ जनाको मृत्यु भएको छ ।

पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले मिडियालाई बताएअनुसार घटनामा १२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । स्थानीय समय अनुसार दिउँसो १२: ३९ बजे अदालतमा आत्मघाती हमला भएको छ । 

प्रहरीले विस्फोटको स्रोत अहिलेसम्म पत्ता लगाएको छैन, तर अदालतलाई वकिल, न्यायाधीश र सर्वसाधारणबाट खाली गराइएको छ । प्रहरी र उद्धार टोलीले घटनास्थलमा प्रमाण सङ्कलन गरिरहेको छ, जबकि घाइतेहरूलाई अस्पताल लगिएको छ ।

समाचार एजेन्सी रोयटर्सले प्रहरी प्रवक्तालाई उद्धृत गर्दै केही घाइतेहरूको अवस्था गम्भीर रहेको बताएको छ ।

इस्लामाबाद जिल्ला अदालतको प्रवेशद्वार नजिकै विस्फोट भएको थियो, जहाँ सामान्यतया अदालतको कार्यवाहीमा उपस्थित हुने मानिसहरूको भीड हुन्छ ।

Read More

त्रिविको जग्गा फिर्ता ल्याउने प्रक्रिया बारे प्रधानमन्त्री कार्कीको चासो

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले आज दिउँसो सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेलसमेतको उपस्थितिमा त्रिविका उपकुलपति प्रा दीपक अर्याल, रेक्टर प्रा खड्ग केसी,  रजिस्ट्रार प्रा केदारप्रसाद रिजाललगायतसँग छलफल गरेकी हुन् । छलफलमा छलफलमा मुख्य सचिव एकनारायण अर्याल, जग्गा खोजबिन समितिका पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

प्रधानमन्त्री कार्कीले प्रतिवेदन कार्यान्वयनमा हालसम्म भएको प्रगतिबारे जानकारी माग गर्दै आगामी प्रक्रियाका विषयमा चासो राखेकी थिइन् । उनले प्रतिवेदन सार्वजनिक भएपछि के कति फिर्ता आयो, फिर्ता हुने प्रक्रिया कसरी अघि बढेको छ र दोषीमाथि कारबाहीको प्रक्रिया केके भयो भनेर जिज्ञासा राखेकी थिइन् ।

त्रिविका पदाधिकारीले विश्वविद्यालयको जग्गा ओगटेर बसेकाहरुलाई हटाउन र अपचलन भएर गएको जग्गाको लगत कायम गर्न सरकारको सहयोगको अपेक्षा रहेको बताए । 

गृहमन्त्री अर्यालले लगत कायम गर्ने प्रक्रियामा विश्वविद्यालय आफै अग्रसर हुनुपर्ने र किर्ते गरी जग्गा हडपिएको छ भने प्रत्येक घटनाको अलगअलग मुद्दाका रुपमा सीआईबी लगायत निकायमा जाहेरी दिनुपर्ने बताए । जग्गा अपचलनमा सीआईबीको विशेषज्ञता र अनुभव पनि रहेकाले कारबाही अघि बढाउन तयार रहेको उनको भनाइ थियो।

मुख्य सचिव एकनारायण अर्यालले प्रतिवेदनमा औँल्याइएका विषयमध्ये ६० प्रतिशत काम विश्वविद्यालय आफैले गर्न सक्ने बताए । सबै कामका लागि सरकारको मुख ताक्न नहुने उनको धारणा थियो। 

शिक्षामन्त्री पुनले यो विषय धेरै नतन्काइकन गर्न सक्ने काम तुरुन्तै गरिहाल्नुपर्ने र यसका लागि सबै सरोकारवाला निकायहरुको प्रतिनिधि रहने गरी कार्यदल बनाउनुपर्ने प्रस्ताव राखे ।

प्रधानमन्त्री कार्कीले असम्बन्धित संघसंस्था र व्यक्तिहरुले त्रिविको जग्गा ओगट्ने, बल भएकै आधारमा मिचेर खाने र बेचबिखन समेत गर्ने प्रवृत्ति तत्काल रोक्न निर्देशन दिए । साथै यसमा जोजो दोषी भए पनि तत्काल कठघरामा उभ्याउनुपर्ने उनको निर्देशन छ ।

Read More

मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्ण नियुक्त, पद तथा गोपनियताको लिए शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई नियुक्त गरेका छन् । सरकारको सिफारीस अनुसार राष्ट्रपति पौडेलले कर्णलाई संविधानको धारा १६३ को उपधारा (२) बमोजिम कर्ण मधेश प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

लाभलाई राष्ट्रपति पौडेलले आजै पद तथा गोपनियताको शपथ समेत गराएका छन् । शपथ कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।  

कर्णलाई राजनीतिक विश्लेषक र मधेश मामिलाका जानकार मानिन्छ । उनले अर्थशास्त्रमा पीएचडी गरेका छन् । उनी २०७८ सालमा राष्ट्रिय योजना आयोगका सदस्यसमेत भएका थिए । सरकारले सोमबार मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको थियो ।

Read More

नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामान्य बढेको छ । मंगलबार नेप्से ३.२१ अंकले बढेर २५६५. १६ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२७ कम्पनिका ७९ लाख ४७ हजार ५८ कित्ता शेयर ३ अर्ब ६२ करोड ५१ लाख ७५ हजार ११० मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, होटल्स, लगानी, माइक्रोफाइनान्स र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज शाइन रेसुंगा डिभन्चेर, बन्दीपुर केवलकारको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने सागर डिस्टिलरी र माबिलुंग इनर्जीको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै बुङ्गल हाइड्रोको शेयर ९.९८ प्रतिशतले बढेको छ ।  त्यस्तै आज एसवीआई बैंक डिभेन्चरको शेयरमा ९.३९ प्रतिशतले घटेको छ ।   

त्यस्तै आज सबै भन्दा बढी सहास उर्जाको ३५ करोड ५८ लाख कारोबार भएको छ भने राढ़ी बिद्युतको ३२ करोड ३२ लाख बराबर कारोबार भएको छ ।

Read More

कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

काठमाडौँ । कार्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका १७ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ भने बैठकले मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृत दिने निर्णय लगायत कुल १७ निर्णय गरेको छ ।

Read More