२०८३ कार्तिक १२

आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइदै

काठमाडौँ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

वि.सं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको छ ।

समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माण समेत गरेका थिए । जसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।  किराँत समाज सुधारका लागि नीति समेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको निधन वि.सं २००५ मा भएको हो ।

किराँत समाज सुधारमा उनले पुर्‍याएको योगदानको कदर गर्दै उनलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

उनको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्लाहरू ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा लगायतमा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ । राजधानीमा पनि विभिन्न कार्यक्रम गरी किराँत समुदायले महागुरु फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ ।

Read More

कागजमा सब ठिक, काममा गडबडी: नियम तोड्ने प्राइम, कुमारी, लुम्बिनी र सप्तकोशी राष्ट्र बैंकको कारबाहीमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा केन्द्रीय बैंकका निर्देशन उल्लङ्घन गरेको ठहर गर्दै चार वित्तीय संस्थामाथि कारबाही गरेको छ। कारबाहीमा परेका बैंकहरूमा प्राइम बैंक, कुमारी बैंक, लुम्बिनी विकास बैंक र सप्तकोशी डेभलपमेण्ट बैंक रहेका छन्।

राष्ट्र बैंकका अनुसार, प्राइम बैंकले केही कर्जाहरूको वर्गीकरण कर्जा भाखा नाघेको अवधिको आधारमा नगरेको, बक्यौता अवधिको आधारमा नोक्सानी व्यवस्था कायम नगरेको र क्यापिटल एडेक्वेसी फ्रेमवर्क–२०१५ बमोजिम जोखिम भार गणना नगरेको पाइएपछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सचेत गराइएको छ।

त्यस्तै, कुमारी बैंकले कालोसूचीमा रहेका व्यक्ति, फर्म वा कम्पनीहरूले फुकुवा नभएसम्म बैंकिङ कारोबार गर्न नपाउने प्रावधान उल्लङ्घन गरेको पाइएपछि सो बैंकका सीईओलाई पनि राष्ट्र बैंकले सचेत गराएको जनाएको छ।

यसैबीच, लुम्बिनी विकास बैंकमा गरिएको स्थलगत निरीक्षणपछि सञ्चालक समितिले सीईओलाई दोस्रो कार्यकालमा पुनर्नियुक्ति गर्दा अल्पावधिमा नै सेवा सुविधा वृद्धि गरेको पाइएको थियो। यो कार्य बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ (उपदफा ७) विपरीत भएकाले तत्कालीन सञ्चालक समितिलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, सप्तकोशी डेभलपमेण्ट बैंकमा निरीक्षणका क्रममा थप गरिएको कर्जा नोक्सानी व्यवस्था समायोजनपछि २०८१ असार मसान्तसम्म बैंकको पुँजी कोष अनुपात नियामकले तोकेको १० प्रतिशतको न्यूनतम मापदण्डभन्दा ४२.७ प्रतिशतले कम रहेको पाइएको थियो। २०८२ असार मसान्तको वित्तीय विवरणअनुसार बैंकको पुँजी कोष अनुपात ७.५१ प्रतिशत मात्र रहेको छ, जुन न्यूनतम अनुपातभन्दा २४.९ प्रतिशतले कम हो।

राष्ट्र बैंकले सो बैंकलाई शीघ्र सुधारात्मक कारबाही लागू गर्न निर्देशन दिएको छ। साथै, बैंकले कर्जा नोक्सानी विवरणमा त्रुटि, कोर बैंकिङ प्रणालीमा बिना कागजात कर्जा अवधि थप गरेको र रिपोर्टिङ विश्वसनीय नभएको भन्दै सीईओ दिनेश कुमार पोखरेललाई नसिहत दिएको जनाएको छ।

राष्ट्र बैंकले सबै बैंकका सञ्चालक समितिलाई निरीक्षणमा भेटिएका कमजोरीहरू तत्काल सुधार गर्न, त्यस्ता गल्तीहरू पुनः दोहोरिन नदिन र सीईओहरूलाई प्रत्यक्ष रूपमा सुधारका लागि जिम्मेवार रहन लिखित आदेश जारी गरेको छ।

Read More

सबै मिलेर निकास खोज्नुपर्छ, नत्र स्थिति झन् बिग्रन्छ: स्थानीय जनप्रतिनिधिहरूसँग प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरुसँग छलफल गरेकी छिन् ।

प्रधानमन्त्री कार्कीले गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका राष्ट्रिय महासंघका पदाधिकारीसँग आज दिउँसो बालुवाटारमा छलफल गरेकी हुन् । उनले पछिल्लो समय उत्पन्न परिस्थितिमा स्थानीय सरकारले गरिरहेका काम कारबाही, भोग्नुपरेका समस्या र निर्वाचनको तयारीका सम्बन्धमा छलफल तथा परामर्श गरेकी हुन् ।

संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्वको भावनासहित अघि बढ्ने विषयमा उपस्थित सबैको एकमत थियो। आगामी निर्वाचनको वातावरण बनाउनका लागि मुलुकमा सुशासन र शान्ति सुव्यवस्था कायम गराउन पनि सहकार्य गर्नुपर्ने उनीहरुको धारणा थियो। स्थानीय तहका जनप्रतिनिधिहरुले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले निर्वाचनको वातावरण बनाउन खेलिरहेको भूमिकाको सह्राहना गर्दै आशा जगाउने काम गरेकोमा प्रसन्नता पनि व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल र कानुनमन्त्री अनिलकुमार सिन्हाको पनि उपस्थिति थियो। गृहमन्त्री अर्यालले असामान्य परिस्थितिमा आएको यो सरकारले शान्ति सुव्यवस्थाका निम्ति स्थानीय सरकारले गर्न सक्ने सहयोगका निम्ति आग्रह गरे । स्थानीय सरकारले केही हतियार र करिब ५ हजार कैदीबन्दीको खोजी सरकारले गरिरहेकाले त्यसबारे सूचना उपलब्ध गराउन सक्ने भएकाले त्यसका निम्ति सहयोग गर्न उनले आग्रह गरे ।

स्थानीय जनप्रतिनिधिहरुले हालै सरकारले मितव्ययिता कायम गर्न जारी गरेको मार्गदर्शनका कारण करारका कर्मचारी राख्न नपाएको र ठेक्का लागिसकेका योजना पनि अनिश्चित भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराए । उनीहरुले तीनै तहका सरकारहरुबीच समन्वय गर्न गठित संयन्त्रहरुका बैठक राखी क्रियाशील गराउन पनि प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए ।

प्रधानमन्त्री कार्कीले स्थानीय सरकारको सहयोग र समन्वयमै अगाडि बढ्ने विश्वास दिलाईन् । निर्वाचन सम्पन्न गर्न स्थानीय सरकारको अझ बढी भूमिका हुने भएकाले पनि समन्वय र सहकार्यबाटै अघि बढ्ने उनले बताईन् । उनले भनिन्,‘निर्वाचनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुन्छ। निर्वाचनको वातावरण बनाउन र तयारी गर्न तपाईँहरुसँग समन्वय र सहकार्य नगरी हुन्न। तपाईँहरुका चासो हामी सम्बोधन गर्छौँ। गर्नैपर्छ। चिन्ता नगर्नुहोस्। आफ्नो काममा निर्धक्कसँग अगाडि बढ्नुहोस्। अहिले सबै मिलेर यो परिस्थितिको निकास निकाल्नुपर्छ।’

दलीय पद्धतिमा दललाई बाहेक गरेर अघि बढ्न नसकिने पनि उनले स्पष्ट पारिन् । ‘दलीय पद्धतिमा दल त हुन्छन् नै। दल नभई हुँदैन। माथि दलका कुरा हुन्छन्। तल स्थानीय तहमा विकासका कुरा हुन्छन्। यी कुराबीच सन्तुलन मिलाएर लैजानुपर्छ,’ उनले भनिन्,‘आफ्नो काम गर्न छाड्नुहुँदैन। हामीले नै सुधार गर्दै लैजानुपर्छ। ५ वर्षमा २ चुनाव होला भनेर पनि कसैले कल्पना गरेको थिएन। यो हठात् हुन गयो। यो यथार्थ स्वीकार गरेर अघि बढ्नुपर्छ। मुलुक हाम्रै हो। हामीले नै सुधारेर जानुपर्छ।’

प्रधानमन्त्री कार्कीले जेनजीलाई पनि पार्टी बनाएर चुनावमा प्रतिस्पर्धा गर्न आफूले सुझाएको जानकारी दिईन् । उनले भनिन्, ‘जेनजी छोराछोरी पनि हाम्रै हुन्। पुरानाले बढी ओगटिदिए। मनोमानी गरे। त्यसले विद्रोह जन्मियो। अब दलसँग रिसाएर हुँदैन। तपाईँहरु पनि दल बनाएर जानुहोस् भनेर जेनजीहरुलाई भनेको छु। आफ्नाआफ्ना एजेन्डा लिएर चुनावमा जाने र शान्तिपूर्ण तवरले आफ्ना सुधारका कार्यक्रम लागू गर्ने दिशामा हामी अघि बढ्नुपर्छ।’ राजनीतिमा संस्कार र अनुशासन पनि अनिवार्य रहेको उनको धारणा थियो। गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डे र नगरपालिका राष्ट्रिय महासंघका अध्यक्ष भीमप्रसाद ढुंगानासहित विभिन्न पदाधिकारीहरुको उपस्थिति थियो।

Read More

यस्तो छ आजको मौसम पुर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । त्यस्तै आज राती गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले उल्लेख गरेको छ ।

Read More

प्रेम, धन र करियरमा आज यी राशिहरु चम्किँदै

आज कार्तिक २५ गते मंगलबार ई.सं. २०२५ नोभेम्बर ११ नेपाल सम्बत ११४६ कछलाथ्व सप्तमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, मङ्सिर शुक्ल पक्ष सप्तमी, चन्द्रमा कर्कट राशिमा, तिष्य नक्षत्र, शुभ योग, विष्टि करण ।

आज नेपालमा सुर्योदय बिहान ६: २२ बजे र सूर्यास्त साँझ ५ बजेर १५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ ।

आज महागुरु फाल्गुनन्द जयन्ती रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
कार्यालयीय काममा खासै परिश्रम गर्नु पर्दैन, तर आज घरपरिवारका सदस्य, नातागोता वा आफन्तको भावनालाई समेट्न सकेमा मात्र थप सन्तुष्टि मिल्नेछ । शङ्कालु बानी र विश्वासको कमीले आपसी समन्वय कमजोर बन्नसक्छ । भावनाप्रधान दिन हो, सकेसम्म एकअर्काप्रति समर्पित हुनु बुद्धिमानी हुनेछ । गर्दै नगरेको र थोरै सहभागिता जनाएको कुनै काममा फँस्नसक्ने समय छ, अथवा कुनै झूठो आक्षेप व्यहोर्नुपर्ने वा झगडा हुने दिन हो । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
कार्ययोजना र व्यवस्थापन पक्षमा समन्वय गरी अघि बढ्दा थप लाभ हुनेछ, अर्काको जिम्मामा काम छाडेर अन्त भुलिने हुँदा काम बिग्रन सक्छ । माइतीपक्ष वा दिदीबहिनीका बारेमा कुनै शुभ समाचार प्राप्त हुनेछ । धार्मिक प्रयोजनको काम वा सामाजिक क्रियाकलापमा पनि दौडधूप गर्नुपर्ने दिन हो । मिहिनेतको राम्रो नतिजा प्राप्त हुने समय हो, सोचेको उपलब्धी हात पार्नाले साथीभाइ र अभिभावकका बीचमा आत्मसम्मान झल्किने अवसर मिल्नेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
अचानक कुनै मित्रसँग भेटघाट हुने अथवा कुनै नयाँ अवसरको उपयोग गर्ने दिन हो, प्रभावशाली कुराकानीका माध्यमबाट तपाईंले आफ्नो अन्तर्वार्ता, प्रजेन्टेसन, र बैठकहरूमा अरुमाथि राम्रो छाप छोड्न सक्नुहुन्छ । उपहार वा धन प्राप्त हुने दिन हो, त्यस्तै सिनियर कर्मचारी वा हाकिमसमेत खुसी हुनेछन् । कुनै काम फुत्काउनु छ भने प्रयास गर्नुहोला । मनले चाहेको व्यक्तिबाट कुनै नौलो कुरा सुन्न पाउँदा अझ हर्षित हुने वा कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने समय हो । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
प्रत्येक काममा बाधा आउने र ढिलो हुने सम्भावना छ । कहिलेकाँही असुरक्षाको हीनभावना विकसित हुनसक्छ । कामको बोझ बढ्नेछ । उधारोमा गएको धन वा ऋणकारोबार मुख्य विषय बन्नसक्छ, यद्यपि चिकित्सा क्षेत्र, औषधी, काष्ठ, फर्निचर आदि कारोबार छ भने प्रशस्त लाभ पाउन सक्नुहुन्छ । जीवनसाथी र परिवारका सदस्यहरूको पूर्ण सहयोग रहने दिन छ । तर तपाईंको हठ र जिद गर्ने बानी छ भने समस्या निम्तिनसक्ने समय हो । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
मनको हठ र कुण्ठामा भुलिने समय छ, तर पढाइ छाडेर अन्त भुलिनु भविष्य बिगार्ने कुरा हो भन्ने हेक्का राख्नुपर्छ । खर्चको मात्रामा अचानक बृद्धि हुनसक्छ, अझ नजिकैको आफन्त वा मनमिल्ने साथीसँगको साझेदारीमा कुनै कारोबार गर्नुछ भने आज सावधानीपूर्वक कदम चाल्नु आवश्यक देखिन्छ, अन्यथा आर्थिक क्षति हुने दिन हो । सेवाग्राही वा सिनियरसँग कुनै पनि बहसमा नअलमलिनु होला, नत्र सामान्य मानेको कुराले नै पछि तनाव बढाउने खतरा देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
नयाँ योजना कार्यान्वयन गर्ने दिन हो, दीर्घ प्रयोजनको लाभमूलक काम अघि सार्ने हो भने योजना बनाउने, साझेदार र मतियारका बीचमा छलफल गर्ने र प्रशासनिक तौरतरिका बुझ्ने समय आएको छ । शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ । आँट र हिम्मतले काम लिन सकेमा मनग्ये फाइदा हुनेछ । सबै कार्य योजनानुसार सम्पन्न हुँदै जानेछन्, आपसी समन्वय र आन्तरिक सुख बढ्ने समय छ, पार्टनरसँग सानोतिनो यात्राको कार्यक्रम बन्नसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
कारोबारमा राम्रै प्रतिफल प्राप्त हुनेछ, कुनै नयाँ प्रस्ताव वा योजना छ भने साझेदार र प्रतिस्पद्र्धीसँग अन्तक्र्रिया गरी अनुभव बटुल्नु महत्त्वपूणर् मानिन्छ । दाम्पत्य जीवन सुखमय नै रहनेछ, तर थप जिम्मेबारी र दायित्व बढ्ने समय छ, घरपरिवारभित्रकै वा आफन्तको काममा अलि बढी खट्नुपर्ने दिन हो । मिहिनेत गर्नुपर्ने दिन हो, कुनै परीक्षा वा प्रतिस्पद्र्धामा सहभागी हुनुछ भने निराश नभई प्रयास गर्नुहोस्, रिजल्ट तपाईंको पक्षमा आउने छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
अचानक परिस्थिति फेरिएर इच्छाएको जिम्मेबारी प्राप्त हुनेछ । वैकल्पिक आम्दानीका निमित्त कुनै नयाँ कारोबारप्रति आकर्षण देखाएमा समेत लाभ पाउन सकिने छ । शरीर हलुका र मन प्रसन्न रहनेछ, लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी भएको छैन भने अब निराश हुनुपर्दैन, भेटघाटको अनुकूलता मिल्नेछ । गरेको मिहिनेत र भएका प्रयासको राम्रो परिणाम प्राप्त हुने राम्रो दिन छ । मन अध्यात्म र दार्शनिकतातर्फ मोडिने छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
पार्टनरको चासो र चिन्तामा मात्र केन्द्रित हुने समय होइन, केही समय आफ्नो मनको खुसी र सुस्वास्थ्यका निम्ति छुट्याएको राम्रो हुन्छ । कुनै महत्त्वपूणर् चिजबिज हराउने वा नाश हुने खतरा छ । सिनियर स्टाफ, हाकिम वा गुरुजनसँगको सम्बन्धमा नकारात्मकता देखिने छ । सहयोगीको साथ पाइँदैन, एैनमौकामा बन्नै लागेको काम पनि बिग्रनसक्छ, उता शरीरमा पनि कमजोरी देखिने छ, तथापि कारोबारमा आफैं खटेको जाती हुन्छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
आन्तरिक तिर्सनाको परिपूर्ति हुने दिन हो । पतिपत्नीका बीचमा समझदारी बढ्नेछ । आज कुनै भनुँ भनुँ लागेको कुरा बताउने दिन हो । जागरुकता र इच्छा बढ्ने समय हो, तपाईं कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला, भविष्यमा काम दिनेछ । रामरमाइलो र रमझमप्रति मनको आकर्षण रहने सुन्दर दिन छ । मनमा नयाँ उमङ्ग पलाउने छ । विवाहयोग्य उमेर छ र अविवाहित हुनुहुन्छ भने कुनै व्यक्तिप्रति विशेष आकर्षणसमेत बढ्न सक्छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
घमण्ड र क्रोधमा बृद्धि हुनसक्छ, तर पनि व्यक्तिगत कार्य र पारिवारिक जिम्मेबारीका बीच तालमेल मिलाउन सकेमा विवाद एवं अपजसबाट बच्न सकिन्छ । आइपरेका चुनौती र परीक्षाहरूमा खरो उत्रेर अघि बढ्ने समय हो, आजको दिनअध्ययनप्रति मात्र होइन, स्वास्थ्यस्थिति एवं आहार÷विहारप्रति पनि ध्यान दिनु ठीक हुन्छ । लोकप्रियता बढ्ने तथा साझेदारी व्यवसायमा लाभ पाउने समय हो, तथापि अधिकार प्राप्ति वा भविष्यको चिन्ताले सताउन सक्छ, पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्, तापनि चुनौती चिर्दै काम बनाउन सकिने छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
मनको कुरो साथीले बुझिदिंदा आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नेछ, एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय हो । सोच्ने सामथ्र्यमा कमी भएको आभास हुनेछ, एकान्तमा मात्र मन रमाउने दिन हो, तर आज सामाजिकता र सहकार्यमा ध्यान दिनु ठीक हुन्छ । सांसारिक सुखप्रतिको झुकाव बढ्नेछ । जुनियर स्टाफको अभावमा कारोवार प्रभावित बन्नसक्छ, तर घरका कनिष्ठ नातेदारको सहयोग लिन सकिने छ ।

Read More