२०८३ श्रावण २२

नगर प्रमुख आचार्यसँग चीनको जुझाउ टेक्नोलोजी विश्वविद्यालयका प्रोफेसर झाङ विको छलफल

पोखरा । पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको सुचाउ सिटीको प्रसिद्ध विश्वविद्यालय जुझाउ टेक्नोलोजी विश्वविद्यालयका प्रोफेसर झाङ विले नगर प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेका छन् ।

सो क्रममा शिक्षा, सूचना प्रविधि, कृषि, पूर्वाधार, पर्यटनका सम्बन्धमा दुईपक्षिय समन्वय तथा सहकार्यको सम्भावनाका विाष्यमा लगायतका विषयमा छलफल भएको छ । 

साथै वैकल्पिक ऊर्जाको विकास तथा प्रवर्द्धन, पर्यटन प्रवर्द्धन, दुईपक्षिय सांस्कृतिक आदान प्रदान लगायतका विषयमा समेत छलफल भएको छ । साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुचाउ सिटीमा समेत सिधा उडान सञ्चालनका लागि त्यहाँको तर्फबाट हुनसक्ने सम्भावित पहलका विषयमा आफूले कुरा राख्ने प्रोफेसर विले बताए ।

नगरप्रमुख आचार्यले पर्यटन राजधानी पोखराको अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने गरी चीनका विभिन्न नगरहरूसँगको सहकार्यमा पोखरा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरू सञ्चालन भइरहेको उल्लेख गर्दै सुचाउ सिटी वा विश्वविद्यालयको तर्फबाट सहभागिताका लागि आग्रह गरे । शिक्षा, सूचना प्रविधि, कृषि, पूर्वाधार, पर्यटनका सम्बन्धमा दुईपक्षिय आदानमा प्रदानमा उनले जोड दिए । 

सप अवसरमा प्रोफेसर विले पोखरा महानगरपालिकासँग सहकार्यका लागि आफूहरू तत्पर रहेको बताएका थिए ।

Read More

सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडने प्रक्रिया शुरु

काठमाडौं  । राष्ट्रिय गौरबको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध(हेडवक्र्स), विद्युतगृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल—रमण जेभी, जनकपुर—९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाइएको छ । आयोजनाले ठेक्का सम्झौता किन नतोड्ने भन्दै मंगलबार सार्वजनिक सूचना जारी गरेको छ । 

ठेक्का सम्झौताको अवधि करिब ६१ प्रतिशत सकिंदा पनि भौतिक प्रगति एकदमै न्यून करिब १० प्रतिशत मात्र रहेको, प्रगति बढाउन कुनै तदारुकताका नदेखाएको,सम्झौताको प्रावधानअनुसार कामका सुधार गर्न सूचना जारी गर्दा समेत त्यसतर्फ कुनै चासो नदिएकाले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको आयोजनाले जनाएको छ । 

आयोजनाले ठेक्का सम्झौता रद्दको प्रक्रियासँगै पटेल—रमण जेभीले कार्यसम्पादन जमानत वापत राखेको २ अर्ब ४० करोड र अग्रिम भुक्तानीको १ अर्ब २० करोड गरी ३ अर्ब ६० करोड रुपैयाँ बैंक ग्यारेण्टी जफतको प्रक्रियासमेत अगाडि बढाएको छ ।  

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आयोजनामा निर्माणमा अस्वाभाविक ढिलाई देखएपछि गत ७ असोजमा मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, आयोजनाका प्रमुख,परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरेका थिए । सुरुङ निर्माण सम्पन्न भइसकेको तर बाँध, विद्युतगृहलगायतका संरचना बनाउन नसक्दा आयोजना अलपत्र परेका आयोजनालाई नयाँ सिराबाट अगाडि विकल्प नहरको बताएका थिए । 

आयोजना निर्माणका लागि पटेल—रमण जेभीसँग १४ अर्ब ८ करोड ८ करोड रुपैयाँ (करसहित)मा ठेक्का सम्झौता भएको थियो । पटेल—रमण जेभीले अनुमानित लागतभन्दा करिब ३२ प्रतिशत कम रकम कबोल गरेको थियो । निर्माण व्यवसायीले माघ २०७९बाट काम सुरु गरेको थियो । असार २०८४ भित्र निर्माण कार्य सम्पन्न गर्नु पर्ने सम्झौतामा उल्लेख थियो । तर, हालसम्मको भौतिक प्रगति करिब १० प्रतिशत मात्र छ । हालसम्म २ अर्ब १४ करोड (करिब १५ प्रतिशत) रकम भुक्तानी गरिएको छ । 

आयोजनाको १३.३ किलोमिटर टनेल बोरिङ मेसिनको प्रयोग गरी खनिएको थियो । सुरुङ २६ वैशाख २०८१मा छिचोलिएको थियो । सिन्धुली र रामेछापको सीमानामा रहेको सुनकोशी नदीको पानीलाई बाँध बनाएर सुरुङमार्फत मरिण नदीमा खसाली बागमती सिँचाइ आयोजनामा पुर्याइने छ । हाल सिँचाइ भएको ४५ हजार ६०० हेक्टर जमिनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको कूल १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको छ । 

सुनकोशीको पानी मरिण नदीमा पथान्तरण गरी ३१ मेगावाटको जलविद्युत उत्पादन गरिने छ । मधेश प्रदेशका उर्वर भूमि रहेका पाँच वटा जिल्लामा वर्षैभरी सिँचाइ सुविधा पुर्याइ कृषि उत्पादकत्वको बृिद्ध किसानको जीविकोपार्जनमा उल्लेख्य सुधार, जलविद्युतसमेत उत्पादन गरी सिंगो देशको अर्थतन्त्रमा टेवा दिनुको साथै प्रादेशिक सुन्तुलनमा समेत योगदान दिने भएकाले सुनकोशी मरिणलाई राष्टिय गौरव तथा रुपान्तरणकारी आयोजनाका रुपमा कार्यान्वयनमा ल्याइएको हो । आयोजनाको अनुमानित लागत ४९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।

Read More

अमेरिका-भारतबीच व्यापार सम्झौताको संकेत

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भारतसँग व्यापार सम्झौताको नजिक रहेको बताएका छन् । ट्रम्पले भारतका लागि आफ्ना राजदूत सर्जियो गोरको शपथ ग्रहण समारोहमा यस्तो बताएका हुन् ।

पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने- ‘हामी भारतसँग एउटा सम्झौता गर्दैछौं जुन हामीले पहिले गरेको भन्दा धेरै फरक छ । उनीहरूलाई अहिले मलाई मन पर्दैन, तर उनीहरूलाई फेरि हामीलाई मन पर्नेछ । हामी एक निष्पक्ष सम्झौता गर्दैछौं, एक निष्पक्ष व्यापार सम्झौता ।’

ट्रम्पले विगतमा अमेरिका र भारतबीच धेरै खराब व्यापार सम्झौताहरू भएको बताउदै भारतमा धेरै राम्रा वार्ताकार छन् र सबैको लागि राम्रो सम्झौताको धेरै नजिक छौं ।

ट्रम्पले भारतलाई ५० प्रतिशत कर लगाएपछि दुवै देशको व्यापार सम्बन्ध अहिले खराब अवस्थामा रहेको छ ।

Read More

नेपाल बैंक र दराजबीच सहकार्य, अनलाइन किनमेलमा विशेष छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र दराज नेपाल बीच अनलाइन भुक्तानी सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौताअनुसार, नेपाल बैंकका ग्राहकहरूले दराजमार्फत अनलाइन खरिद गर्दा विशेष छुट प्राप्त गर्ने भएका छन्।

सम्झौता २०८२ कार्तिक २३ गते सम्पन्न भएको हो, जसमा नेपाल बैंकका तर्फबाट निमित्त सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र दराजका तर्फबाट प्रोजेक्ट लिड (डिजिटल पेमेन्ट तथा फाइनान्स सर्भिसेस) रिशव थापा ले हस्ताक्षर गरेका छन्।

उक्त अफर २०८२ कार्तिक २५ (२०२५ नोभेम्बर ११) देखि २०८२ मंसिर ६ (२०२५ नोभेम्बर २२) सम्म लागू हुनेछ। सम्झौता अनुसार, नेपाल बैंकका ग्राहकहरूले डेबिट कार्डमार्फत अग्रिम भुक्तानी गर्दा अधिकतम १५% (वा रु १,५०० सम्म) र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गर्दा अधिकतम २०% (वा रु २,००० सम्म) छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरूले उक्त सुविधा पाउन आफ्नो कार्डमा ई–कमर्स सेवा सक्रिय गर्नुपर्नेछ, जुन बैंकको कुनै पनि शाखाबाट गर्न सकिनेछ। बैंकले आफ्ना ग्राहकहरूलाई ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको आवेदन दिन आग्रह गरेको छ।

Read More

सिरियाली राष्ट्रपति अल-शारालाई ट्रम्पले गरे ह्वाइट हाउसमा स्वागत

काठमाडौँ । सिरियाली राष्ट्रपति अहमद अल-शारा हाल अमेरिकाको भ्रमणमा छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेका छन् । ट्रम्पले उनलाई ह्वाइट हाउसमा न्यानो स्वागत गरे । 

१९४६ मा सिरियाको स्वतन्त्रता पछि यो सिरियाली नेताको ह्वाइट हाउसको पहिलो आधिकारिक भ्रमण हो । अल-शाराले गत वर्ष डिसेम्बरमा बसर अल-असदको सरकारलाई अपदस्थ गर्ने विद्रोही सेनाको नेतृत्व गरेका थिए र जनवरीमा अन्तरिम नेता नियुक्त भए ।

अल-शारा र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको कुराकानी ह्वाइट हाउसको ओभल अफिसमा भएको थियो । यद्यपि, बैठक प्रेसको लागि बन्द गरिएको थियो र अल-शारा ह्वाइट हाउसको पश्चिम प्रवेशद्वारबाट प्रवेश गरे, जुन अन्य विदेशी नेताहरूको लागि प्रयोग गरिँदैन ।

बैठकको बारेमा, ह्वाइट हाउसका प्रवक्ता क्यारोलिन लेविटले सिरियाली राष्ट्रपतिको भ्रमण विश्वव्यापी शान्ति प्रवर्द्धन गर्न कुनै पनि नेतासँगको भेटघाटको श्रृंखलाको एक हिस्सा भएको बताइन् । ट्रम्पले अल-शाराले अहिलेसम्म राम्रो काम गरिरहेको र प्रतिबन्धहरू खुकुलो पारेदेखि अमेरिकाले सिरियासँग उल्लेखनीय प्रगति देखेको प्रतिक्रिया दिएका छन् ।

यस बैठकको मुख्य उद्देश्य इस्लामिक स्टेट (आइएसआइएस) विरुद्धको अमेरिकी नेतृत्वको विश्वव्यापी गठबन्धनमा सिरियालाई समावेश गर्नु हो । यसले सिरियाली सेना र कुर्दिश नेतृत्वको सशस्त्र बलहरू बीचको सहयोग बढाउनेछ । यद्यपि, यी सेनाहरू पहिले नै देशको उत्तरपूर्वी भागमा आइएसआइएससँग लडिरहेका छन् ।

अल-शाराले अमेरिका र कांग्रेसले पुरानो प्रतिबन्धहरू स्थायी रूपमा हटाउने चाहेका छन् । हाल, ट्रम्पले सिजर ऐन अन्तर्गत लगाइएका प्रतिबन्धहरूलाई अस्थायी रूपमा माफ गरेका छन्, तर स्थायी रूपमा हटाउन कंग्रेसको स्वीकृति आवश्यक छ । सिरियाली समर्थकहरू र लगानीकर्ताहरू सर्तहरू सहित प्रतिबन्धहरू हटाउनाले लगानीलाई रोक्न सक्छ, किनकि कम्पनीहरूले पछि फेरि सजाय पाउने डर हुनेछ ।

यसअघि संयुक्त राष्ट्र सुरक्षा परिषद्ले पनि अल-शारा र अन्य अधिकारीहरूमाथिको प्रतिबन्ध हटाउने पक्षमा मतदान गरेको थियो । अमेरिकी कूटनीतिज्ञहरूका अनुसार, यसले सिरिया बसर अल-असदको पतन पछि नयाँ युगमा प्रवेश गरिरहेको संकेत गरेको छ । त्यसैले, अल-शाराको भ्रमणले अमेरिका र सिरियाबीच लामो समयदेखि पग्लिएको कूटनीतिक र सैन्य सहयोगमा सुधार हुने अपेक्षा गरिएको छ । ह्वाइट हाउसले यो भ्रमण दुई देशबीचको विश्वास र सहयोग बढाउने दिशामा एक महत्त्वपूर्ण कदम भएको बताएको छ ।

Read More

अन्टार्कटिकाको हेक्टोरिया ग्लेशियर पग्लियो, दुई महिनामा लगभग आधा बरफ गुमायो

काठमाडौँ । अन्टार्कटिकाको हेक्टोरिया ग्लेशियरले दुई महिनामा लगभग आधा बरफ गुमाएको छ । यो अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा छिटो र सबैभन्दा डरलाग्दो हिमनदी पतन हो ।

कोलोराडो बोल्डर विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अनुसन्धानले पत्ता लगाएको छ कि हिमनदी अचानक यसको मुनि समतल चट्टानको सतहको कारण तैरिन थाल्यो र यो केही हप्तामा आठ किलोमिटर पछि हट्यो । यो घटना जलवायु परिवर्तन र समुद्री सतह वृद्धिको लागि एक गम्भीर विश्वव्यापी संकेत हो ।

वैज्ञानिकहरूले स्वीकार गर्छन्, दुई महिनामा हिमशिलाको पतन एक गम्भीर समस्या हो । पूर्वी अन्टार्कटिकामा अवस्थित हेक्टोरिया ग्लेशियरले २०२३ को सुरुमा मात्र दुई महिनामा ११५ वर्ग माइल बरफ गुमायो, यो एक नयाँ चेतावनी हो ।

नेचर जियोसाइन्समा प्रकाशित एक रिपोर्टले वैज्ञानिकहरूले विभिन्न उपग्रहहरूबाट डेटा संयोजन गरेर सम्पूर्ण घटनाको विश्लेषण गरेको बताउँछ । यदि उपग्रह छविहरू तीन-महिनाको अन्तरालमा लिइएको भए, यो द्रुत परिवर्तन पत्ता लाग्ने थिएन । ‘जब हामीले २०२४ को सुरुवातमा यो दृश्य प्रत्यक्ष देख्यौं, तब हाम्रो आँखाले विश्वास गर्न गाह्रो भयो। वास्तविक दृश्य हामीले उपग्रहहरूमा देखेको भन्दा पनि भयानक थियो । यसले हामीलाई हल्लायो,’ सिरेजका प्रमुख अनुसन्धानकर्ताले भनेका छन् ।

वैज्ञानिक समुदायले यो घटनालाई पृथ्वीको जलवायु प्रणालीको अस्थिरताको स्पष्ट संकेतको रूपमा हेरिरहेको छ । यो अन्टार्कटिकाको बरफको पाना भविष्यको लागि मात्र होइन, विश्वव्यापी जलवायु नीतिको लागि पनि चिन्ताको विषय हो । अनुसन्धानकर्ताहरूले चेतावनी दिएका छन् कि यदि अन्य ठूला हिमनदीहरूमा यस्तै घटनाहरू दोहोरिए भने, विश्वव्यापी समुद्री सतह वृद्धि तीव्र हुन सक्छ र अपरिवर्तनीय हुन सक्छ । हेक्टोरिया ग्लेशियरको पतन केवल एक वैज्ञानिक घटना मात्र होइन, तर मानवजन्य जलवायु परिवर्तनको जीवित उदाहरण हो ।

Read More

टोकियोमा हुने समर डेफलिम्पिक्समा लक्की र सुष्माले भाग लिने

काठमाडौँ । जापानको टोकियोमा हुने समर डेफलिम्पिक्समा नेपाली जुडो खेलाडीले भाग लिने भएका छन् ।

नोभेम्बर १५ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा पुरुष ६० केजीमा लक्की चौधरी तथा महिला ५२ केजीमा सुष्मा तामाङले भाग लिने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले समर डेफलिम्पिक्समा सहभागी हुने नेपाली जुडो टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।

टोली प्रमुख धर्मकुमार श्रेष्ठ, व्यवस्थापक रोजिना श्रेष्ठ र प्रशिक्षक सन्जित डंगोल रहेका छन् ।

बिदाइका अवसरमा राखेप कार्यकारी समितिका सदस्यद्वय भानबहादुर चन्द र सुवर्ण श्रेष्ठ, राखेपका सदस्य जगतसिंह धामी र खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलको उपस्थिति रहेको थियो ।

Read More

दिल्ली विस्फोट: अमेरिकी दुताबासले जारी गर्यो सुरक्षा अलर्ट

काठमाडौँ । भारतको दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेशन नजिकै भएको कार विस्फोटपछि भारतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकक लागि सुरक्षा सतर्कता जारी गरेको छ ।

दुताबासले आफ्ना नागरिकहरुलाई दिल्लीको लाल किल्ला र चाँदनी चौक वरपरका क्षेत्रहरूबाट बच्न र भीडभाडबाट बच्न सल्लाह दिएको छ ।

दुताबासले भनेको छ- ‘नोभेम्बर १०, २०२५ मा, दिल्लीको लाल किल्ला मेट्रो स्टेशन नजिकै कार विस्फोट भएको थियो, जसमा स्थानीय मिडियाले धेरै हताहत भएको रिपोर्ट गरेका थिए । विस्फोटको कारण अझै थाहा नभए पनि, भारत सरकारले धेरै राज्यहरूलाई उच्च सतर्कतामा राखेको छ ।’

यसका साथै, अपडेटको लागि स्थानीय मिडियाको निगरानी गर्न र आफ्नो वरपरको बारेमा सचेत रहन सल्लाह दिएको छ ।

सोमबार साँझ भएको विस्फोटमा १० जनाको मृत्य भएको थियो ।

Read More

भारतको बिहार विधानसभा चुनावको दोस्रो चरणको मतदान आज

काठमाडौँ । भारतको बिहार विधानसभा चुनावको दोस्रो चरणको मतदान आज हुदैछ । आज विहारका १२२ सिटका लागि मतदान हुन लागेको हो ।

आज ४५ हजार ३९९ मतदान केन्द्रहरूमा मतदान हुने बताइएको छ । १२२ सिटका लागि १३०२ उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन् ।  यी मध्ये ११६५ पुरुष उम्मेदवार, १३६ महिला उम्मेदवार र एक तेस्रो लिङ्गी छन् । जबकि दोस्रो चरणमा ३ करोड ७० लाख मतदाताले मतदान गर्नेछन् । जसमा १ करोड ९५ लाख पुरुष मतदाता छन् भने १ करोड ७४ लाख महिला मतदाता छन् । त्यस्तै ४ लाख ४ हजार अपाङ्ग मतदाता छन् । त्यसैगरी ६३ हजार ३७३ सेवा मतदाता, ९४३ तेस्रो लिङ्गी र ४३ एनआरआई मतदाता रहेका छन् । 

यसअघि १२१ सिटका लागि पहिलो चरणको मतदान गत विहिबार भएको थियो । विधानसभा चुनावको नतिजा नोभेम्बर १४ मा घोषणा गरिदैछ । पहिलो चरणमा रेकर्ड ६४.६६ प्रतिशत मतदान भएको रेकर्ड गरिएको थियो । यो विहारमा भएको विधान सभा निर्वाचनको अहिलेसम्म भएको सबैभन्दा धेरै मतदान हो ।

बिहार बिधान सभामा २४३ सिट रहेका विहार विधान सभामा यसअघि २०२० मा भएको निर्वाचनमा बिहारमा तेजश्वी यादव नेतृत्वको आरजेडीले ७५ सिट जितेको थियो भने भारतीय जनता पार्टीले ७४ र नितिश कुमारको जेडीयूले ४३ सिट जितेको थियो ।

Read More

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक आज बिहान ११: ३० बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

आइतबार बस्नुपर्ने बैठक पूर्व केन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनको शोकमा कांग्रेसले आजसम्मका लागि बैठक स्थगित गरेको थियो ।

असोज २८ बाट सुरु भएको कांग्रेस बैठकमा महाधिवेशन कहिले गर्ने भन्नेमा विभाजित भएका छन् । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् । 

कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ गतेदेखि जारी रहेको छ ।

Read More