२०८३ श्रावण २२

जेन-जी मुभमेन्टको कुलमान घिसिङलाई बर्खास्त गर्न माग

काठमाडौँ । जेन-जी मुभमेन्टले ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न माग गरेको छ ।

मुभमेन्टका प्रवक्ता विजय साहले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्री घिसिङलाई बर्खास्त  गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्न माग गरेको हो ।

घिसिङसमेतको संलग्नतामा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ करोड बराबर नोक्सान हुने गरी विद्युत खरिदबिक्री सम्झौता गरेको भन्दै जेन–जी मुभमेन्टले उनलाई बर्खास्त गर्न माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ- ‘ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्छ। प्राधिकरणका प्रवन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्वन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्नुपर्छ। विद्युत नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत् सम्झौताहरू सार्वजनिक गर्नुपर्छ ।’

जेन–जी मुभमेन्टले प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्न माग पनि गरेको छ ।

मुभमेन्टले जेन-जी विद्रोह अपहरण गरेर बनेको सरकारका मन्त्रीहरु देश लुट्न उद्धत रहेको पुरा यसबाट पुष्टि भएको भन्दै घिसिङ र सिलवाललाई कारवाही नगरेकठोर संघर्ष गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

Read More

मधेश प्रदेशका ७४ सांसद सरकार गठनको प्रक्रिया विरुद्ध सर्वोच्चमा

काठमाडौँ । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध सांसदहरू रिट लिए सर्वोच्च अदालत पुगेका छन् । 

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध दलहरू सर्वोच्च पुगेका हुन् । रिटमा मधेशका ७४ प्रदेश सांसदको हस्ताक्षर छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्र संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राइन्सहितका नेता सर्वोच्च पुगेका हुन् ।

१०७ सदस्यीय मधेश प्रदेशमा सरकार बनाउन ५४ सांसद आवश्यक पर्दछ । प्रदेशमा एमालेका सभामुखसहित २५, कांग्रेस २२, जसपा १९, जनमत १३, माओवादी ९, लोसपा ९, एकीकृत समाजवादीका ७, संघीय समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका एक एक सांसद छन् । यसमध्ये एमालेका सांसद दीपेन्द्र ठाकुर, जसपाका सांसद सरोजसिंह कुशवाह, लोसपाका सांसद अभिराम शर्मा निलम्बित छन् । मधेश प्रदेशसभामा हाल कायम रहेको सदस्य संख्या १०४ रहेको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले नेता सरोज यादवलाई सोमबार बर्दिबासको एउटा होटलमा मुख्यमन्त्रीको शपथ गराएपछि मधेशको राजनीति तरंगित बनेको छ । यसै विषयमा केन्द्र सरकारले एक्सन लिएर प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त समेत गरिसकेको छ ।

Read More

दिल्ली विस्फोटमा मृत्यु हुनेको संख्या १२ पुग्यो

काठमाडौँ । भारतको दिल्लीमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या १२ पुगेको छ । मृत्यु हुनेमा दुई महिला थपिएका छन् ।

बीस जना घाइतेको उपचार भइरहेको छ भने दुई जनाको शव पहिचान भइसकेको र बाँकीको डीएनए परीक्षण मार्फत पहिचान गरिने भारतीय मिडिया दैनिक भास्करले उल्लेख गरेको छ ।

सोमबार साँझ लाल किल्ला मेट्रो स्टेशनको गेट नम्बर १ नजिकै चलिरहेको कारमा शक्तिशाली विस्फोट भएको थियो । विस्फोटमा सेतो आई २- कार प्रयोग गरिएको खुलेको छ ।

कालो मास्क लगाएका एक व्यक्ति मेट्रो स्टेशन पार्किङबाट बाहिर निस्कँदै गरेको कारमा बसिरहेको देखिएको थियो । उनको पहिचान पुलवामाका निवासी डा. मोहम्मद उमर नबीको रूपमा गरिएको छ । प्रहरीले उमरले आफैंलाई विस्फोटक पदार्थले विस्फोट गराएको अनुमान गरिएको छ । कश्मीर प्रहरीले डीएनए परीक्षणको लागि पुलवामामा उनकी आमा र दुई भाइहरूलाई हिरासतमा लिएको छ ।

समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार प्रारम्भिक प्रहरी अनुसन्धानले विस्फोटमा अमोनियम नाइट्रेट, इन्धन र डेटोनेटर प्रयोग गरिएको खुलासा गरेको छ ।

यसैबीच, भुटानको दुई दिने भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले दिल्ली विस्फोटमा मारिएकाहरूलाई श्रद्धाञ्जली अर्पण गरे । उनले सम्पूर्ण राष्ट्र दिल्ली विस्फोटबाट प्रभावित परिवारहरूको साथमा उभिएको बताउदै दोषीहरूलाई नछोडने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Read More

स्वस्तिक लघुवित्तको शेयर नेप्सेमा सुचिकृत

काठमाडौँ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ लाख ७७ हजार ५०० कित्ता शेयर नेप्सेमा सुचिकृत भएको छ । यसमा प्रमोटरहरूले राखेका शेयरहरू र सर्वसाधारणलाई जारी गरिएको शेयर पनि समावेश रहेको छ ।

पहिलो कारोबारको लागि खुला दायरा १७१.७८ देखि ५१५.३४ रहेको छ । यदि कम्पनीले नेप्सेसँग सम्झौतामा हस्ताक्षर गरेमा, शेयरहरू भोलिपल्ट दोस्रो बजारमा कारोबार हुनेछन् ।

कुल ५ लाख ७७ हजार ५०० कित्ता शेयरहरू मध्ये, १०० रुपैयाँको बराबर मूल्यको एक लाख ९५ हजार १९५ कित्ता आईपीओ शेयरहरू सर्वसाधारणलाई ३० साउन-३ भदौ, २०८२ मा जारी गरिएको थियो ।

सुचिकृत शेयरहरू नेप्सेमा ‘SWASTIK’ नामबाट कारोबार गरिने जानकारी दिइएको छ ।

Read More

दुई दिने भ्रमणका लागि भुटान पुगे मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि भुटान पुगेका छन् । भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेले विमानस्थलमा प्रधानमन्त्री मोदीलाई स्वागत गरेका छन् ।

प्रधानमन्त्री मोदीले भुटान पुगेर भनेका छन्- ‘म भुटान पुगेको छु । स्वागतको लागि म प्रधानमन्त्री तोब्गेप्रति आभारी छु । यो भ्रमणले दुई देशबीचको मित्रता र सहयोगको गहिरो बन्धनलाई प्रतिबिम्बित गर्दछ ।’

प्रधानमन्त्री मोदीले उनको भ्रमणले दुई देशबीचको घनिष्ठ सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

Read More

काठमाडौँ महानगरमा धुलोरहित सडक कार्यक्रमअन्तर्गत करिब ८ किलोमिटर सडकमा काम हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरलाई धुलोमुक्त बनाउने कार्यक्रम अन्तर्गत सहरमा विग्रेका सडकको मर्मत, ढल मर्मत, खाल्टाखुल्टी भएका सडकमा कालोपत्रे तथा ढलान गरिरहेको छ । महानगर गौरव योजना अन्तर्गत वडाबाट आएको मागका आधारमा काम गरिने ‘धुलोरहित सडक’ कार्यक्रमअन्तर्गत पश्चिम क्षेत्रमा करिब ८ किलोमिटर सडक सुधार योजना कार्यान्वयन थालिएको छ ।

धुलोरहित सडक कार्यक्रम पश्चिम क्षेत्रका फोकल पर्सन, वरिष्ठ इञ्जिनियर माधव काफ्लेका अनुसार लामो समयदेखि स्वामित्व विवादमा रहेको बालाजु बाइपासबाट बालाजु उद्यान हुँदै बालाजु चोकसम्मको १ हजार १६० मिटर लामो सडक पनि कालोपत्रे हुनेछ । स्थानीयबासीले आफ्नो नामको जग्गा सडकमा रहेको दावी गरिरहेको यो विवादित सडक खण्डको करिब १९० मिटर सडक गएको महिना कालोपत्रे गरिएको छ । यो सडक खण्डमा ९ मिटरदेखि १४ मिटरसम्मको चौडाइ छ । 

बालाजु सडकसँगै विष्णुमती कोरिडोरअन्तर्गत वडा नम्बर १३, १४, १५ र १६ क्षेत्र, कुलेश्वर टेकु सडक, भगवती मन्दिर (कुमारी क्लव), कुलेश्वर लिङ्क मार्ग, शितला स्कुलदेखि नागरिक बजार चोक (जामाचो मार्ग), सोह्रखुट्टे पकनाजोल, चाक्सीबारी देखि जेपी चोकसम्म, कुलेश्वर फलफुल बजार, बालाजु हाइटको गणेश मन्दिर देखि नागार्जुन पर्खालसम्म, शितला मार्गदेखि पहिरा लिङ्क मार्ग, उमा महेश्वर मार्ग, रवि भवन, बल्खुको सर्भिस ट्रयाकसहितका सडकमा काम हुनेछ । 

पूर्वाधार सुधार गरेर काठमाडौँलाई धुलोरहित सहर बनाउने महानगरपालिकाको ‘धुलोरहित सडक’ कार्यक्रम ३ वर्षसम्म सञ्चालन हुने वहुवर्षिय योजना हो । यसका लागि हरेक वर्ष करिब १ अर्व रुपियाँ खर्च हुने अनुमान गरिएको छ । 

महानगरपालिकाको भौगोलिक क्षेत्रलाई ४ भागमा विभाजन गरेर हरेक क्षेत्रका लागि एउटा प्याकेज बनाइएको छ । यसअन्तर्गत पूर्व क्षेत्रमा वडा नं. ६, ७, ८, ९, १०, ३१ र ३२  गरी ७ वटा वडा पर्छन् । यी वडामा काम गर्न करिव ९० करोड रुपियाँको लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट यसको कार्यादेश रकम ७९ करोड ५७ लाख रुपियाँ रहेको छ । कामको जिम्मा वल्र्डवाइड–कोहिनुर–रमिता जेभिले पाएको छ । निर्माण पक्षसँग २०८१ असोज १४ गते सम्झौता भएको हो । सम्झौताको अवधि २०८३ असार मसान्तसम्म हो । 

पश्चिम क्षेत्रमा वडा नम्बर १३, १४, १५ र १६ पर्छन् । यस क्षेत्रका लागि पीआर के एण्ड के जी एण्ड अम्बुजासँग ६५ करोड ५७ लाख रुपियाँमा सम्झौता भएको छ । यस क्षेत्रका लागि ७४ करोड ९९ लाख रुपियाँ लागत अनुमान गरिएको थियो । 

निर्माण पक्षलाई २०८२ बैशाख ४ गते कार्यादेश दिइएको छ । यो कामको म्याद २०८४ वैशाख मसान्तसम्ममा रहेको छ । 

उत्तर क्षेत्रमा वडा नं. १, २, ३, ४, ५, २६, २८, २९ र ३० पर्छन् । यस क्षेत्रको कामका लागि आव्हान गरिएको सार्वजनिक बोलपत्रको सूचनाबाट आएका निर्माण पक्षमध्ये ढुकुछु–आरए जेभिले कामको जिम्मा पाएको छ । निर्माण पक्षसँग २०८१ असार ७ गते सम्झौता भएको हो । सम्झौताको अवधि २०८३ असार मसान्तसम्म हो । करिब ९० करोड रुपैयाँ लागत अनुमान गरिएको योजनाका लागि सार्वजनिक खरिद प्रक्रियाबाट ७३ करोड रुपैयाँमा सम्झौता भएको छ । 

मध्य क्षेत्रमा भित्री वडाहरु, वडा नं. ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ पर्छन् । यस क्षेत्रको कामका लागि करिब ४५ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । यसमा बोलपत्रमार्फत करिब ३४ करोड ३३ लाख रुपैयाँ कबोल गर्ने अर्याल–युएसजी–आरएस लक्ष्मी जेभिले कामको जिम्मा पाएको छ । निर्माण पक्षसँग २०८१ जेठ २९ गते सम्झौता भएको हो । सम्झौताको अवधि २०८४ जेठ मसान्तसम्म हो ।

Read More

दिल्ली विस्फोटबाट स्तब्ध छु, दु:खको घडीमा नेपाल भारतको साथमा छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले भारतको नयाँ दिल्लीमा भएको विस्फोटबाट स्तब्ध र मर्माहत भएको बताएकी छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले दुःखको घडीमा नेपाल भारतसँग ऐक्यबद्धतामा उभिएको उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्: 
हिजो साँझ भएको दुखद दिल्ली विस्फोटबाट म स्तब्ध र मर्माहत भएको छु । शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछु। यस दुःखको घडीमा नेपाल भारतसँग ऐक्यबद्धतामा उभिएको छ ।

Read More

मधेश सरकार गठनविरुद्धको रिट न्यायाधीश ढुंगानाको इजलासमा

काठमाडौँ । मधेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिटको पेसी आज तोकिएको छ ।

रक्कीप्रसाद साह र सुजित यादवले मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर दायर गरेको रिटको पेसी न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा परेको छ ।

दायर रिटमा संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार बन्न सक्ने अवस्था रहेकोमा ३ अनुसार प्रदेश प्रमुखले सरकार गठन गर्नु असंवैधानिक रहेको रिटमा जिकिर गरिएको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले विवादस्पद तरिकाले संविधानको धारा १६८ को ३ उपधारा अनुसार सबैभन्दा ठुलो दल एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेर एक होटलमा शपथ गराएपछि विवाद भएको छ ।

Read More

सुन तोलामा ४९ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ४९ सयले बढेर तोलाको २ लाख ४६ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ४१ हजार ५ सयमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०५ रुपैयाँले बढेर ३१७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ३०६५ मा कारोबार भएको थियो ।

Read More

राष्ट्रपति पौडेलबाट मधेश प्रदेश प्रमुख पदमुक्त

काठमाडौँ । राष्‍ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सोमबारको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मधेश प्रदेशका प्रदेश प्रमुख भण्डारीलाई आज पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

Read More