२०८३ श्रावण १२

निजी क्षेत्रसँग सहकार्यमा जोड: अर्थमन्त्री वाग्लेको स्पष्ट प्रतिबद्धता

काठमाडौं। स्वर्णिम वाग्लेले सरकार जनताको विश्वास जित्दै आर्थिक विकासलाई गति दिने दिशामा केन्द्रित रहेको बताएका छन्।

बाह्रखरी मिडिया ले काठमाडौंमा आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रममा बोल्दै उनले बहुमत प्राप्त सरकारमाथि जनताको अपेक्षा उच्च रहेको र त्यसअनुसार काम गर्नुपर्ने जिम्मेवारी आफूहरूमा आएको बताए।

उनले अहिलेको समय अर्थतन्त्रलाई सही दिशामा लैजान निर्णायक रहेको उल्लेख गर्दै मिहिनेत, विश्वास र सतर्कताका साथ काम गरे मुलुकको आर्थिक अवस्था सुधार्न सकिने धारणा राखे। साथै, बजेट निर्माण प्रक्रियामा पनि यही लक्ष्यलाई प्राथमिकता दिइएको जानकारी दिए।
अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई साझेदारका रूपमा लिएर अघि बढ्ने स्पष्ट सन्देश दिएका छन्। “व्यवसायीको सुरक्षा र लगानीको वातावरण सुनिश्चित गर्दै रोजगारी सिर्जना गर्ने उद्यमीलाई सरकारले साथ दिन्छ,” उनले भने।

सरकारको यो धारणा सार्वजनिक–निजी सहकार्यमार्फत अर्थतन्त्रलाई पुनर्जीवित गर्ने रणनीतिका रूपमा हेरिएको छ।

Read More

धरानमा सुकुमवासीको प्रदर्शन: ‘पहिला बसोबास देऊ, अनि हटाऊ’

काठमाडौं। काठमाडौँमा सुकुमवासी बस्तीमा डोजर चलाइएको घटनाको विरोधमा धरान मा प्रदर्शन भएको छ।

नेपाल बसोबास बस्ती संरक्षण समाज र बस्ती रक्षा संरक्षण परिचालन समिति को अगुवाइमा शनिबार छाता चोक मा भेला भएर प्रदर्शनकारीहरूले बजार परिक्रमा गरेका हुन्।

प्रदर्शनकारीहरूले सुकुमवासीलाई वैकल्पिक बसोबासको व्यवस्था नगरी जबर्जस्ती बस्ती हटाइएको भन्दै सरकारको कदमको विरोध गरेका छन्। उनीहरूले संविधानले सुनिश्चित गरेको आवासको हक कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।

धरानका विभिन्न वडा—१, ३, ५, ११, १३ र १५ मा सुकुमवासी बस्तीहरू रहेको बताउँदै उनीहरूले दीर्घकालीन समाधान बिना बल प्रयोगले समस्या झन् जटिल बनाउने चेतावनी दिएका छन्।

यो विरोधले सुकुमवासी व्यवस्थापनको विषय केवल काठमाडौँमा सीमित नभई देशव्यापी बहसको विषय बन्दै गएको संकेत दिएको छ।

Read More

जबरजस्ती करणी गरेको अभियोगमा रामेछापबाट पक्राउ

रामेछाप । ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उमाकुण्ड गाउँपालिका-७ बुन्देलडाँडा बस्ने ४१ वर्षीय माझी भन्ने बम बहादुर दमाईलाई प्रहरीले पक्राउ गरेको छ । 

बम बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रामेछाप समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Read More

नेकपाले सार्बजनिक गर्यो एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । नेकपाले आउँदो मंसिर  ११-१५ गते काठमाडौंमा हुने गरी एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो । 

नेकपाले सार्वजनिक गरेको कार्यतालिका अनुसार आउँदो असार र साउन मसान्तसम्म पार्टी सदस्यता नविकरण र नयाँ सदस्यता वितरण, भदौं १५ गतेसम्म वडा तहका अधिवेशनहरु सम्पन्न गर्ने, भदौं १६ देखि भदौं मसान्तसम्म पालिका तहका अधिवेशन सम्पन्न गर्ने, असोज मसान्तसम्म जिल्लास्तरका अधिवेशन सम्पन्न गर्ने, कातिक १५ सम्म प्रदेशस्तरका अधिवेशन सम्पन्न गर्ने जनाएको छ ।

नेकपाले पार्टीको सबै तहका अधिवेशन तथा एकता राष्ट्रिय महाधिवेशनसम्बन्धी दस्तावेज तथा कार्यविधिको तयारी केन्द्रीय कार्यसमिति वैठकको निर्णयबाट गरिने जनाएको छ ।  २०८२ चैत १९ देखि सुरु भई १० दिन सञ्चालन भई बैसाख १४ मा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालको अध्यक्षतामा बसेको वैठकले पार्टीको वैचारिक। सांगठनिक तथा समसामयिक राजनीतिक विषयमा गरिएका निर्णयहरु समेत सार्वजनिक गरिएको छ । 

पार्टीको तत्कालीन कार्ययोजना अन्तर्गत वैचारिक, राजनीतिक, सांगठनिक र साँस्कृतिक स्पष्टतासहित पार्टी पुनर्गठन प्रक्रिया अघि बढाउँदै मंसिर १५ गते हुने एकता राष्ट्रिय महाधिवेशनबाट पूर्णता दिइने जनाइएको छ । यस्तै पार्टीको वडादेखि केन्द्रसम्मका कमिटीहरुमा अनुभवी, प्रौढ र युवा तथा नवयुवाहरुको समावेशीता रहने, जसमा नवयुवाहरुको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउने निर्णय गरिएको छ ।

यस्तै नेकपाको तर्फबाट संविधान संशोधन सुझाव कार्यदल गठन गरिएको छ । जसमा देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रनध्वज लिम्बू, रेखा शर्मा, गणेश विश्वकर्मा, वरिष्ठ अधिवक्ता डा. मुक्तिनारायण प्रधान, वरिष्ठ अधिवक्ता डा. खिमलाल देवकोटा, डम्बरविक्रम कार्की, अधिवक्ता जेगदेव चौधरी र डा. रामबहादुर चौधरी रहेका छन् । 

Read More

अवैध रुपले भारततर्फ लैजाँदै गरेको ६ हजार ९ केजी स्याउसहित तीन गाडी नियन्त्रणमा

बीरगन्ज । महोत्तरीको मनराशिसवा नगरपालिका–२ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले ६ हजार ९ स्याउसहित तीन वटा पिकअप गाडी नियन्त्रणमा लिएको छ ।

नेपालबाट अवैध रुपले भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा प्रदेश ०२–०२–००१ च ०७२२, प्रदेश १–०४–००१ च ०४१४ र मधेश प्रदेश ०४–००१ च ०३८० नम्बरको गाडीमा राखी लैजाँदै गरेको ३४५ कार्टुन  स्याउ सशस्त्र प्रहरी बल नेपाल नं. ९ महोत्तरी गण तथा मातहत युनिटले नियन्त्रणमा लिएको हो ।

बरामद गाडी तथा स्याउ आवश्यक कारवाहीको लागि भन्सार बुझाउने प्रक्रियामा रहेको छ ।

Read More

इरान युद्धमा मध्यपूर्वका १६ अमेरिकी सैन्य अड्डामा क्षति

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा इरानका हमलाबाट ठूलो क्षति पुगेको खुलेको छ। सिएनएनको अनुसन्धान प्रतिवेदनअनुसार इरानले विभिन्न देशमा रहेका अमेरिकी अड्डाहरूलाई लक्षित गरी अहिलेसम्मकै गम्भीर क्षति पुर्‍याएको जनाएको छ ।

प्रतिवेदनका अनुसार कुवेतस्थित क्याम्प ब्यूहरिङजस्ता अमेरिकी सैन्य केन्द्र, जुन पहिले मरुभूमिमा सानो सहरजस्तै सक्रिय थियो, अहिले लगभग खाली र क्षतिग्रस्त अवस्थामा पुगेको छ । इरानले मिसाइल र ड्रोन प्रयोग गरी हप्तौँसम्म निरन्तर आक्रमण गर्दै यी अड्डाहरूलाई निशाना बनाएको उल्लेख गरिएको छ ।

इरानले कम्तीमा ८ देशमा रहेका १६ वटा अमेरिकी सैन्य अड्डामा क्षति पुर्‍याएको बताइएको छ । तीमध्ये धेरै अड्डा प्रयोगयोग्य नरहेको उल्लेख छ । एक अमेरिकी स्रोतका अनुसार यति छिटो र यति सटीक आक्रमण पहिले कहिल्यै देखिएको थिएन ।

यी हमलामा इरानले महँगा सैन्य उपकरणहरूलाई समेत लक्षित गरेको छ । उदाहरणका रूपमा बोइङ ई-३ सेन्ट्री जस्तो निगरानी विमान, जसको मूल्य करिब ५० करोड डलर रहेको बताइन्छ, त्यसलाई पनि निशाना बनाइएको छ । साथै स्याटेलाइट सञ्चार प्रणाली जोगाउने ‘रेडोम’ र रडार प्रणालीहरू पनि ठूलो मात्रामा नष्ट गरिएका छन्, जुन हवाई सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण मानिन्छन् ।

प्रतिवेदनले इरानको आक्रमण क्षमतामा प्रविधिगत सुधार पनि मुख्य कारण भएको उल्लेख गरेको छ । सन् २०२४ मा तेहरानले चीनको टीईई-०१बी स्याटेलाइट प्राप्त गरेपछि उच्च गुणस्तरका तस्बिर प्राप्त गर्न सक्ने र अझ सटीक रूपमा निशाना लगाउन सक्ने क्षमता बढेको बताइएको छ ।

यस अवस्थाले खाडी क्षेत्रका देशहरूलाई नयाँ द्विविधामा पारेको छ । एकातिर सुरक्षाका लागि उनीहरू अमेरिकामाथि निर्भर छन् भने अर्कोतर्फ अमेरिकी सैन्य अड्डाहरू पहिले जत्तिकै सुरक्षित नरहेको र सजिलै निशाना बन्न सक्ने अवस्था स्पष्ट भएको विश्लेषण गरिएको छ ।

Read More

दलहरुलाई संसद् सचिवालयकाे पत्र: सांसदहरूलाई स्वकीय सचिव चाहिए लिखित माग गर्नु

काठमाडौँ । संघीय संसद् सचिवालयले सांसदहरूका लागि स्वकीय सचिवको सुविधा आवश्यक परेमा सम्बन्धित दलहरूले औपचारिक रूपमा लिखित माग गर्नुपर्ने नयाँ प्रक्रिया अघि सारेको छ।

संघीय संसद् सचिवालय ले यही व्यवस्था कार्यान्वयनका लागि संसदीय दलहरूलाई पत्राचार गरेको हो। सचिवालयका अनुसार अब सांसदका लागि स्वकीय सचिवको व्यवस्था गर्न दलहरूको औपचारिक माग अनिवार्य हुनेछ।

प्रतिनिधिसभाका सचिव हर्कराज राई ले वैशाख १४ गते नै दलहरूलाई पत्र पठाउँदै प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्। पत्रमा स्वकीय सचिव व्यवस्थापनका लागि सबै दल र स्वतन्त्र सांसदहरूको तर्फबाट लिखित अनुरोध आवश्यक हुने उल्लेख छ।

यो व्यवस्था प्रतिनिधिसभामा रहेका नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत सबै दलहरूमा लागू हुनेछ।

सचिवालयका अनुसार दलहरूले माग पठाएपछि त्यसलाई संकलन गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइनेछ। यससँगै सांसदको सुविधा व्यवस्थापन अब औपचारिक प्रक्रियामा आधारित हुने संकेत देखिएको छ।

Read More

इनरुवादेखि देवानगञ्जसम्म हुरीले मकैखेतीमा क्षति, लगानी जोखिममा

काठमाडौँ । बुधबार राति आएको हुरीले सुनसरीका विभिन्न क्षेत्रमा मकैखेतीमा उल्लेख्य क्षति पुर्‍याएको छ। इनरुवा, भोक्राहा, हरिनगर र देवानगञ्ज लगायत स्थानमा व्यावसायिक रूपमा गरिएको खेतीमा हुरीले असर गरेको किसानहरूले बताएका छन्।

भोक्राहा–६ का किसान नगेन्द्रकुमार साह का अनुसार मकैबाट राम्रो आम्दानी हुने अपेक्षासहित गरिएको लगानी अहिले जोखिममा परेको छ। “डेढ लाख रुपैयाँ जति खर्च भएको थियो, चार लाखसम्म आम्दानीको आशा थियो, तर अब लगानी नै डुब्ने अवस्था आयो,” उनले भने।

कृषि ज्ञान केन्द्र का प्रमुख निलकमल सिंहका अनुसार जिल्लामा पछिल्लो समय गहुँबाट मकैखेतीतर्फ किसानको आकर्षण बढ्दो छ। तर, यस्ता प्राकृतिक विपद्ले उत्पादनमा असर पुर्‍याउने गरेको छ। यस पटक हुरीका कारण १० देखि २० प्रतिशतसम्म उत्पादन घट्ने प्रारम्भिक अनुमान गरिएको छ।

हाल क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको जनाइएको छ। जिल्लामा चालु आर्थिक वर्षमा ११ हजार २०० हेक्टर क्षेत्रफलमा हिउँदे र वसन्ते मकैखेती गरिएको थियो।

Read More

धोबी खोला करिडोरमा डोजर, पक्की घरहरू भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० अन्तर्गत धोबी खोला करिडोरको देवीनगर क्षेत्रमा अतिक्रमण गरेर बनाइएका पक्की घरहरू भत्काउन सुरु गरिएको छ।

महानगर प्रहरीका अनुसार आजदेखि उक्त क्षेत्रमा डोजर परिचालन गरी घरटहरा हटाउने अभियान अघि बढाइएको हो। विष्णु जोशी ले बागमती र सहायक नदी किनारमा बनेका अवैध बस्ती हटाउने अभियानअन्तर्गत यो कारबाही गरिएको जानकारी दिए।

यसअघि शुक्रबार बल्खु र कालिमाटी क्षेत्रका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती पनि हटाइएको थियो। महानगरका अनुसार हालसम्म उपत्यकामा करिब दुई हजारभन्दा बढी अतिक्रमित संरचना हटाइसकिएको छ।

डोजर अभियानसँगै प्रभावित परिवारलाई अस्थायी रूपमा ‘होल्डिङ सेन्टर’मा राख्ने व्यवस्था गरिएको छ। साथै दशरथ रङ्गशाला, त्रिपुरेश्वरमा भूमिहीन परिवारको विवरण सङ्कलन भइरहेको छ।

नदी किनारको अतिक्रमण हटाउने यो अभियानलाई महानगरले दीर्घकालीन व्यवस्थापन र जोखिम न्यूनीकरणसँग जोडेको जनाएको छ, तर यसले स्थानीय तहमा बहस र चिन्ता पनि उस्तै बढाएको छ।

Read More

राष्ट्रपति पौडेलबाट थप तीन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन अध्यादेश जारी गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले स्वास्थ्य विज्ञान प्रतिष्‍ठान, सार्वजनिक पदाधिकारीको पदमुक्ति र विश्‍वविद्यालयसम्बन्धि अध्यादेश जारी गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा स्वास्थ्य विज्ञान प्रतिष्‍ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्‍वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३  जारी गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपति पौडेलले यसअघि सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन), सहकारी सम्बन्धी र  सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका थिए । 

सरकारले सिफारिस गरेका  सरकारले सिफारिश गरेका संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन र केही नेपाल ऐनलाई संशोधन, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश  जारी गर्न अझै बाँकी रहेको छ ।  

Read More