२०८३ कार्तिक ७

ट्रम्पका दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेट, आर्थिक साझेदारीमा छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प का दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने सँग भेटवार्ता गरेका छन्।

शनिबार भएको उक्त भेटमा नेपाल र अमेरिका बीचको आर्थिक साझेदारीलाई कसरी थप सुदृढ बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित छलफल भएको गोरले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

भेटपछि प्रतिक्रिया दिँदै गोरले नेपालमा हालै बनेको सरकारप्रति सकारात्मक धारणा व्यक्त गरेका छन्। उनले नयाँ सरकारसँग परिवर्तनका लागि बलियो जनादेश रहेको र अघि सारिएका सुधारका एजेन्डा आशाजनक देखिएको उल्लेख गरेका छन्।

गोर बिहीबार साँझ काठमाडौं आइपुगेका थिए। उनको यो भ्रमणलाई कूटनीतिक दृष्टिले अर्थपूर्ण मानिएको छ। तय कार्यक्रमअनुसार उनी शनिबार राति नयाँ दिल्ली प्रस्थान गर्नेछन्।

यो भेटले नेपाल–अमेरिका सम्बन्धमा आर्थिक सहकार्य र राजनीतिक संवादलाई थप गति दिने संकेतका रूपमा हेरिएको छ।

Read More

महेश बस्नेतपत्नी अम्बिका बस्नेतको रिहाइ माग्दै माइतीघरमा एमालेनिकटको प्रदर्शन

काठमाडौँ । नेकपा एमाले निकट महिला संगठनले शनिबार राजधानीको माइतीघर मण्डला मा धर्ना दिँदै अम्बिका बस्नेत लगायतलाई रिहा गर्न माग गरेको छ।

एमाले सचिव महेश बस्नेत की पत्नी अम्बिकासहित १० जना महिलालाई न्याय दिनुपर्ने माग राख्दै प्रदर्शन गरिएको हो। सहभागीहरूले ‘रिहा गर’, ‘छाडातन्त्र बन्द गर’ र ‘चरित्र हत्या नगर्नु’ जस्ता नारासहित प्लेकार्ड बोकेका थिए।

गत वैशाख १४ गते माइतीघरमै शोभा पाठक र अम्बिका बस्नेतबीच भएको झडपपछि प्रहरीले अम्बिकालगायतलाई पक्राउ गरेको थियो। उक्त घटनाले राजनीतिक र सामाजिक वृत्तमा चर्चा पाएको छ।

प्रदर्शनकारीहरूले अदालतबाट टुंगिएको विषयलाई फेरि उचालेर बदनाम गर्न खोजिएको आरोप लगाएका छन्। यता, बस्नेत र शोभाबीच लामो समयदेखि विवाद रहँदै आएको बताइन्छ।

यस घटनाले सडकदेखि सामाजिक सञ्जालसम्म बहस चर्किएको छ, जहाँ एक पक्ष रिहाइको मागमा उत्रिएको छ भने अर्को पक्षले कानुनी प्रक्रिया अघि बढाउनुपर्ने धारणा राख्दै आएको छ।

Read More

चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा

काठमाडौं । निर्देशक घनश्याम लामिछानेले नयाँ चलचित्र निर्देशनको घोषणा गरेका छन् । सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्र ‘तिमी मेरो म तिम्रो’लाई घनश्याम लामिछानेले निर्देशन गर्न लागका हुन् ।

राजधानीमा शुक्रबार एक कार्यक्रम गर्दै चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा गरिएको हो । चलचित्र प्रेम कथामा आधारित हुने निर्देशक लामिछानेले जानकारी दिए । नेपाली चलचित्र उद्योगमा प्रेमकथामा आधारित चलचित्रको संख्या न्यून रहेका बेला धेरै दर्शकले रुचाउने चलचित्र निर्माण गर्न लागिएको उनले बताए ।

चलचित्रको मुख्य भूमिकामा भुवन केसी, अर्जुनजंग शाही, जितु नेपाल, सन्तोष अधिकारी, रियान गिरी, नब नायिका प्रतिमा थापालगायत कलाकारको मुख्य भूमिका रहेको छ भने म्युजिक युग भुसालको छ । आस्प इन्टरटेनमेन्ट अस्ट्रेलियाको निर्माण रहने चलचित्रको को–प्रोडुसरमा राज श्रेष्ठ र आशिस थापा मगर रहेका छन् । एक्जुकेटिभ प्रोडुसरमा सन्तोष अधिकारी छन् । लाइन प्रोडुसरमा तेजविक्रम केसी रहेका छन् । नरेन्द्र मैनालीको डीओपी रहने सिनेमा मनीष गौतमले लेखेका छन् ।

Read More

प्रधानमन्त्री बालेनलाई रक्षा बमको तिखो प्रहार: “ज्ञानको अहंकार छोड, जिम्मेवारी निभाऊ”

काठमाडौँ । रक्षा बम ले प्रधानमन्त्री बालेन्द्र शाह माथि कडा टिप्पणी गर्दै ‘ज्ञानको अहंकार’ नदेखाउन सार्वजनिक रूपमा चेतावनी दिएकी छन्।

सामाजिक सञ्जालमार्फत उनले सरकारको शैलीप्रति असन्तुष्टि जनाउँदै निर्देशन र बल प्रयोगले देश नचल्ने स्पष्ट सन्देश दिएकी हुन्। “जनताभन्दा ज्ञानी कोही हुँदैन,” भन्दै उनले नेतृत्वले नम्रता र उत्तरदायित्व देखाउनुपर्ने बताइन्।

उनले अझै तीखो रूपमा आरोप लगाउँदै नेतृत्वका निर्णयका कारण जनताले दुःख भोग्नुपरेको संकेत गरेकी छन्। बुद्ध जन्मेको देशमा शासन करुणा र संवेदनशीलतामा आधारित हुनुपर्ने उनको जोड छ।

उनको अभिव्यक्तिले पछिल्लो समय नेतृत्वको कार्यशैलीमाथि उठिरहेका प्रश्नलाई थप चर्काएको छ।

Read More

रास्वपाको सचिवालय बैठक आइतबार, समसामयिक विषयमा छलफल हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ले सचिवालय बैठक बोलाएको छ।

पार्टी सभापति रवि लामिछाने ले आइतबारका लागि पार्टी कार्यालय बनस्थलीमा बैठक आह्वान गरेका हुन्। बैठक दिउँसो साढे १२ बजे बस्ने बताइएको छ।

प्रवक्ता मनिष झाले बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जानकारी दिएका छन्।

Read More

सरकारको नयाँ व्यवस्था: अबदेखि जग्गाको रोक्का र फुकुवाका लागि मालपोत जानु नपर्ने

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग ले जग्गाको रोक्का र फुकुवा प्रक्रिया अब पूर्ण रूपमा अनलाइनमार्फत गर्ने व्यवस्था लागू गर्ने भएको छ।

नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले अब धितोबन्धकी रोक्का वा फुकुवाका लागि मालपोत कार्यालय धाउनुपर्ने छैन। बैंक तथा वित्तीय संस्थामार्फत हुने सबै प्रक्रिया डिजिटल प्रणालीबाटै सम्पन्न गरिनेछ।

सरकारले छिटो, सहज र बिचौलियामुक्त सेवा दिने लक्ष्यसहित यो प्रणाली ल्याएको हो। साथै सेवालाई समयबद्ध, पारदर्शी र ‘मुहारबिहीन’ बनाउने उद्देश्य राखिएको छ।

विभागका अनुसार यो व्यवस्था वैशाख २१ गतेदेखि अनिवार्य रूपमा लागू हुनेछ।

Read More

अमेरिकाले आफ्ना साझेदार देशहरूलाई करिब ८ अर्ब ६० करोड डलरको हतियार बिक्री गर्ने

काठमाडौँ । अमेरिकाले मध्यपूर्वका आफ्ना साझेदार देशहरूलाई करिब ८ अर्ब ६० करोड अमेरिकी डलर बराबरका हतियार बिक्री गर्ने निर्णयलाई स्वीकृति दिएको छ। यो निर्णय इजरायल-इरानबीचको तनाव र पछिल्लो समय लागू युद्धविरामपछि करिब तीन हप्तापछि सार्वजनिक भएको हो ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार यो हतियार सम्झौतामा इजरायल, कतार, कुवेत र संयुक्त अरब इमिरेट्स (यूएई) समावेश छन् ।

सम्झौताअनुसार कतारलाई पैट्रियट हवाई तथा क्षेप्यास्त्र रक्षा प्रणालीसँग सम्बन्धित उपकरण र सहयोग सेवा उपलब्ध गराइनेछ, जसको मूल्य ४ अर्ब डलरभन्दा बढी छ। त्यस्तै, कतारलाई एडभान्स्ड प्रेसिजन किल वेपन सिस्टम पनि दिइनेछ, जसको मूल्य करिब ९९ करोड २४ लाख डलर तोकिएको छ।

कुवेतलाई करिब २ अर्ब ५० करोड डलर बराबरको इण्टिग्रेटेड ब्याटल कमान्ड सिस्टम बेच्ने स्वीकृति दिइएको छ। इजरायललाई पनि ९९ करोड २० लाख डलरभन्दा बढी मूल्यको एडभान्स्ड प्रेसिजन किल वेपन सिस्टम उपलब्ध गराइने भएको छ। त्यसैगरी, यूएईलाई पनि सोही प्रकारको प्रणाली बिक्री गर्ने अनुमति दिइएको छ, जसको मूल्य १४ करोड ७० लाख डलरभन्दा बढी रहेको बताइएको छ। अमेरिकाको यो निर्णयले मध्यपूर्वमा सुरक्षा सहयोग र सैन्य सम्बन्धलाई थप मजबुत बनाउने संकेत गरेको विश्लेषण गरिएको छ।

Read More

आङ्देम्बे र राष्ट्रपतिबीच भेटवार्ता: विपक्षी धारणा लिएर शीतल निवास पुगे आङ्देम्बे

काठमाडौँ । नेपाली कांग्रेस का संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले शनिबार बिहान राष्ट्रपति रामचन्द्र पौडेल सँग भेटवार्ता गरेका छन्।

आङ्देम्बेले राष्ट्रपतिसँगको भेटमा समसामयिक राजनीतिक अवस्था तथा विशेषगरी अध्यादेशसम्बन्धी विषयमा छलफल गरेका हुन्।

भेटका क्रममा उनले सरकारले सिफारिस गरेका अध्यादेशबारे विपक्षी दलहरूको धारणा राष्ट्रपतिलाई अवगत गराएका थिए। हालसम्म सरकारका तर्फबाट सिफारिस गरिएका केही अध्यादेश जारी भइसकेका छन् भने बाँकीबारे विवाद जारी छ।

विपक्षी दलहरूले भने विवादित अध्यादेशहरू फिर्ता लिन आग्रह गर्ने तयारी गरिरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Read More

पेस्तोल तथा लागूऔषध सहित चार जना पक्राउ

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-५ लगायत काठमाडौंको विभिन्न स्थानबाट पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन ३ थान, सोही पेस्तोलको गोली ४ राउण्ड, एसएलआर हतियारको गोली २ राउण्ड र नियन्त्रित लागूऔषध ट्रामाडोल १६ हजार ७ सय ५० ट्याब्लेट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-५ बस्ने २३ वर्षीय कबिर देउला, ४२ वर्षीया सबिना पोडे, २६ वर्षीय सन्सार सिटौला र ललितपुर गोदावरी नगरपालिका-११ बस्ने २६ वर्षीय सुबास साही रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियार र लागूऔषध सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

काठमाडौँका सुकुमबासी बस्ती हटाउने अभियान तीव्र, यी चार स्थानमा आज पनि चल्दैछ डोजर

काठमाडौँ । काठमाडौँका विभिन्न क्षेत्रमा सुकुमबासी तथा नदी किनारका बस्ती हटाउने सरकारी अभियान शनिबार पनि जारी छ। आज स्वयम्भू, बालाजु, माछापोखरी र अनामनगर आसपासका बस्तीमा डोजर चलाइएको छ।

प्रहरीको बाक्लो उपस्थितिमा बिहानैदेखि सुरु गरिएको कारबाहीअन्तर्गत नदी किनार र अतिक्रमित क्षेत्रमा बनेका घर–टहरा हटाइँदै छन्। यसअघि शुक्रबार टेकु, बल्खु, शंखमुल र बंशीघाट मा समेत सयौँ संरचना भत्काइएको थियो।

सरकारले सुकुमबासी व्यवस्थापनको उद्देश्यले अभियान अघि बढाएको बताए पनि पहिचान नगरी बस्ती हटाइएको भन्दै आलोचना बढेको छ। डोजर अभियानपछि नदी किनारमा बसोबास गर्ने अन्य नागरिकसमेत त्रसित बनेका छन्।

संभावित क्षतिबाट जोगिन कतिपय बासिन्दाले आफ्नो घरमा जग्गाधनी प्रमाणपत्र टाँसेर ‘यो वैध हो’ भन्ने संकेत गर्न थालेका छन्, जसले वर्तमान अवस्थाको संवेदनशीलता झनै उजागर गरेको छ।

Read More