२०८३ असार १३

म्यानचेस्टर सिटी एभर्टनसँग बराबरीमा रोकिएपछि आर्सनललाई राहत

काठमाडौँ । म्यानचेस्टर सिटी एभर्टनसँग बराबरीमा रोकिएपछि इङलिश प्रिमियर लिगको उपाधि दौडमा आर्सनललाई ठुलो राहत भएको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटी र एभर्टन ३-३ गोलको बराबरी खेलेका थिए ।

३-१ गोलले पछि परेको म्यानचेस्टर सिटीले खेलको ८३औं मिनेटमा इर्लिंग हालान्डा र ९० मिनेटपछिको इन्जुरी समयमा जेरेमी डोकुको गोलमा खेलमा कमब्याक गर्दै खेल बराबरी गरेको थियो । यस खेलमा सिटीका लागि डोकुले २ गोल गरेका थिए ।

त्यस्तै एभर्टनका लागि थिएर्नो बारीले २ गोल गरेका थिए भने जेक ओब्रायनले एक गोल गरेका थिए ।

यो बराबरीपछि म्यानचेस्टर सिटीको ३४ खेलमा ७१ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । शिर्ष स्थानमा रहेको आर्सनलको ३५ खेलमा ७६ अंक रहेको छ । त्यसैगरी एभर्टनको भने ३५ खेलमा ४८ अंक रहेको छ र १०औं स्थानमा छ ।

अब लिगका तीन खेल खेल्न बाँकी रहेको आर्सनलले सबै खेल जितेमा २००३-०४ पछि पहिलो पटक प्रिमियर लिगको उपाधि जित्ने छ ।

Read More

रोशी खोलामा फसेका ८९ यात्रुको सकुशल उद्धार

काठमाडौँ ।  रोशी खोलामा फसेका ८९ जना यात्रुको सकुशल उद्धार गरिएको छ ।

अविरल वर्षापछि सोमबार साँझदेखि रोशी खोलाको बहाव बढ्दा पाँच वटा माइक्रोबस बीच धारमा अड्किएका थिए । ती सवारीमा सवार ८९ जना यात्रुलाई सुरक्षा निकायको संयुक्त प्रयासमा गएराती करिब १ बजे उद्धार गरी सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

घटनाका क्रममा जोखिम बेवास्ता गर्दै सवारी चलाएको आरोपमा पाँचै माइक्रोबसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाल बीपी राजमार्गमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि सवारी आवागमन पूर्ण रुपमा बन्द गरिएको छ ।

प्रहरीले वर्षायाममा विशेष सावधानी अपनाउन आग्रह गर्दै विशेष गरी बीपी राजमार्ग प्रयोग गर्दा पूर्व जानकारी लिएर र सुरक्षाकर्मीको सुझाव पालना गर्दै यात्रा गर्न अनुरोध गरेको छ ।

Read More

आज तीन संसदीय समितिका बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधि सभा अन्तर्गतका एक र राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दैछ ।

आज प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभाका संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

आज प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहान ११ बजे बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट भए गरेका कामकारबाही र आगामी कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

त्यस्तै राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहान ११ बजे बस्ने बैठकमा गण्डकी प्रदेशमा भएको स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रमको समिक्षा गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बिहान १०: ४५ बजेदेखि शुरु हुने बैठकमा नागढुङ्गा-सिस्नेखोला सुरूङ्गमार्गको स्थलगत अवलोकन तथा अनुगमन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

Read More

आइपिएलमा लखनउमाथि मुम्बई ६ विकेटले विजयी

काठमाडौँ । मुम्बई इण्डियन्सले जारी आइपिएलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मुम्बईले लखनउलाई ६ विकेटले पराजित गरेको हो ।

लखनउले दिएको २२९ रनको लक्ष्य पछाएको मुम्बईले १८.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

मुम्बईको जितमा रोहित शर्माले सर्बाधिक ८४ रन बनाएका थिए भने रयान रिकेलटनले ८३ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २२८ रन बनाएको थियो । लखनउका लागि निकोलस पुरनले ६३ रन बनाए भने मिचेल मार्शले ४४, एडन मार्क्रमले ३१ र हिम्मत सिंहले ४० रन बनाएका थिए ।

यो जितपछि मुम्बईको १० खेलमा ६ अंक भएको छ र अंक तालिकामा नवौं स्थानमा रहेको छ । त्यस्तै लखनउको भने यस सिजनमा यो सातौं हार हो । लखनउको ९ खेलमा ४ अंक रहेको छ ।

जारी आइपिएल अन्तर्गत आज दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच खेल हुदैछ । 

Read More

विश्वकप डिभिजन लिग- २ मा आज नेपाल र ओमान आमने सामने

काठमाडौँ । जारी आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ को सिरिज अन्तर्गत आज नेपाल र ओमानबीच खेल हुदैछ । यो यस सिरिजको अन्तिम खेल हो । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साँढे ९ बजेदेखि शुरु हुदैछ ।

जारी सिरिजमा नेपालले युएईविरुद्धका दुवै खेलमा जित हासिल गरेको छ भने यसअघिको ओमानविरुद्धको खेलमा हार बेहोरेको थियो । त्यस्तै ओमानले युएईविरुद्धका दुवै खेलमा हार बेहोरेको थियो भने नेपाललाई पहिलो खेलमा पराजित गरेको थियो ।

लिग-२ मा भने ओमान २७ खेलमा ३१ अंकसहित तेस्रो स्थानमा छ । त्यस्तै नेपाल भने २३ खेलमा १६ अंक रहेको छ र सातौं स्थानमा रहेको छ ।

त्यस्तै एकदिवसीय खेलमा नेपाल र ओमान अहिलेसम्म ८ पटक आमने सामने भएका छन् । जसमा ओमानले ५ खेल जितेको छ भने नेपालले ३ खेल जितेको छ ।

यो सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप-कप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ सेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र कारण केसी रहेका छन् ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

हाल देशभर पूर्णतया बादल लागेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धैरे स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा भईरहेको छ ।

आज दिउँसो देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ, तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।  कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।  

त्यस्तै आज राती  कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी प्रदेशमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

Read More

२०८३ बैशाख २२ गते मंगलबार: आजको राशिफल

आजको राशिफल बिस २०८३ बैशाख २२ गते मंगलबार ईस २०२६ मे ५ नेपाल सम्बत ११४६ वछलाथ्व तृतीया, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, जेष्ठ कृष्ण पक्ष चतुर्थी, चन्द्रमा बृश्विक राशिमा, ज्येष्ठा नक्षत्र, शिव योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २३ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ४० मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा बृश्विक राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आज कामकाजमा प्रगति हुने संकेत छ। रोकिएका कामहरू अघि बढ्न सक्छन् र सहकर्मीबाट सहयोग मिल्नेछ। नयाँ जिम्मेवारी आउन सक्ने भएकाले तयारीका साथ अघि बढ्नु राम्रो हुनेछ। आर्थिक पक्ष सामान्य रहे पनि खर्च बढ्न सक्छ, त्यसैले बचततर्फ ध्यान दिनु आवश्यक छ। परिवारमा सानो मतभेद हुन सक्छ, तर धैर्य राखे समाधान हुनेछ। प्रेम सम्बन्धमा खुला संवादले सम्बन्ध अझ राम्रो बनाउनेछ। सामाजिक भेटघाटले मन हल्का बनाउनेछ। स्वास्थ्यमा थकान महसुस हुन सक्छ, आराम आवश्यक छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –

आज काममा व्यस्तता बढ्न सक्छ। मेहनत अनुसार नतिजा ढिलो आउन सक्छ, त्यसैले हतार नगर्नु राम्रो हुन्छ। आर्थिक पक्षमा खर्च बढ्ने देखिन्छ, विशेष गरी घरायसी आवश्यकतामा। परिवारबाट साथ मिल्नेछ, जसले मनोबल बढाउनेछ। प्रेम सम्बन्धमा समझदारी राख्नु राम्रो हुनेछ। साथीभाइसँग भेटघाटको अवसर मिल्न सक्छ। स्वास्थ्यमा कमजोरी वा पाचनसम्बन्धी समस्या देखिन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आज नयाँ अवसर प्राप्त हुने सम्भावना छ। काममा प्रगति हुनेछ र साथीभाइबाट सहयोग मिल्नेछ। व्यापार वा नयाँ योजना सुरु गर्ने सोच सफल हुन सक्छ। आर्थिक पक्षमा सुधार आउने संकेत छ। परिवारमा खुसीको वातावरण बन्न सक्छ। प्रेम सम्बन्धमा नजिकिन मौका मिल्नेछ। यात्रा गर्ने अवसर पनि आउन सक्छ। स्वास्थ्य सामान्य रहनेछ, तर खानपानमा ध्यान दिनु राम्रो हुन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आज घरपरिवारमा ध्यान दिनुपर्ने दिन छ। काममा सामान्य प्रगति हुनेछ, तर मन अलि संवेदनशील रहन सक्छ। आर्थिक पक्ष सामान्य रहनेछ, तर खर्च नियन्त्रणमा राख्नु आवश्यक छ। परिवारसँग सानो मतभेद हुन सक्छ, त्यसैले संयम अपनाउनु राम्रो हुन्छ। प्रेम सम्बन्धमा धैर्य आवश्यक छ। पुराना साथीहरूसँग भेट हुन सक्छ। स्वास्थ्यमा थकान वा टाउको दुखाइ देखिन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आज आत्मविश्वास बढ्नेछ र काममा सफलता मिल्नेछ। नयाँ अवसर प्राप्त हुन सक्छ, जसले भविष्यका लागि राम्रो आधार तयार गर्नेछ। आर्थिक पक्षमा सुधार आउने संकेत छ। परिवारसँग समय बिताउन सकिनेछ, जसले सम्बन्ध बलियो बनाउनेछ। प्रेम सम्बन्धमा सकारात्मकता रहनेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ, ऊर्जा कायम रहनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) –

आज काममा ध्यान दिनुपर्ने दिन छ। मेहनत अनुसार नतिजा मिल्नेछ, तर धैर्य आवश्यक छ। आर्थिक पक्षमा खर्च बढ्न सक्छ, त्यसैले योजनाबद्ध खर्च गर्नु राम्रो हुन्छ। परिवारबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्धमा सामान्य अवस्था रहनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ। स्वास्थ्यमा सानो समस्या, विशेष गरी पाचनसम्बन्धी, देखिन सक्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आज योजना सफल हुने संकेत छ। काममा प्रगति हुनेछ र नयाँ अवसर मिल्नेछ। आर्थिक पक्षमा सुधार आउनेछ। परिवारमा खुसीको वातावरण रहनेछ। साथीभाइसँग रमाइलो भेटघाट हुन सक्छ। प्रेम सम्बन्धमा नजिकिन मौका मिल्नेछ। सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। स्वास्थ्य सामान्य रहनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज मन अलि अस्थिर रहन सक्छ। काममा ध्यान दिनुपर्नेछ, नत्र अवसर गुम्न सक्छ। आर्थिक पक्षमा खर्च बढ्न सक्छ, त्यसैले सावधानी अपनाउनु आवश्यक छ। परिवारसँग सानो विवाद हुन सक्छ, संयम अपनाउनु राम्रो हुन्छ। प्रेम सम्बन्धमा समझदारी आवश्यक छ। एक्लोपन महसुस हुन सक्छ, साथीभाइसँग कुरा गर्दा राहत मिल्नेछ। स्वास्थ्यमा कमजोरी देखिन सक्छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) –

आज नयाँ अवसर आउने सम्भावना छ। काममा प्रगति हुनेछ र साथीभाइबाट सहयोग मिल्नेछ। आर्थिक पक्षमा सुधार देखिन्छ। परिवारसँग रमाइलो समय बित्नेछ। यात्रा गर्ने अवसर मिल्न सक्छ। प्रेम सम्बन्धमा सकारात्मकता रहनेछ। नयाँ योजना सुरु गर्न उपयुक्त दिन हुन सक्छ। स्वास्थ्य सामान्य रहनेछ।

मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि) –

आज जिम्मेवारी बढ्न सक्छ। काममा ध्यान दिनुपर्नेछ र मेहनत आवश्यक छ। आर्थिक पक्ष सामान्य रहनेछ, तर बचतमा ध्यान दिनु राम्रो हुन्छ। परिवारबाट साथ सहयोग मिल्नेछ। प्रेम सम्बन्धमा स्थिरता रहनेछ। कार्यक्षेत्रमा सम्मान बढ्न सक्छ। स्वास्थ्यमा थकान महसुस हुन सक्छ, आराम आवश्यक छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) –

आज नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। काममा प्रगति हुनेछ र नयाँ सोच आउन सक्छ। आर्थिक पक्ष सामान्य रहनेछ। परिवारसँग समय बिताउन सकिनेछ। प्रेम सम्बन्धमा सहजता रहनेछ। यात्रा गर्ने सम्भावना देखिन्छ। सामाजिक सम्बन्ध बलियो बन्नेछन्। स्वास्थ्य राम्रो रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) –

आज सावधानी अपनाउनु पर्ने दिन छ। काममा ध्यान दिनुपर्नेछ, नत्र ढिलाइ हुन सक्छ। आर्थिक पक्षमा खर्च बढ्न सक्छ, त्यसैले सोचेर खर्च गर्नु राम्रो हुन्छ। परिवारबाट साथ मिल्नेछ। प्रेम सम्बन्धमा सामान्य अवस्था रहनेछ। पुराना काम पूरा गर्ने अवसर मिल्नेछ। स्वास्थ्यमा कमजोरी वा थकान देखिन सक्छ।

Read More