२०८३ श्रावण १०

बाजुरा र हुम्ला सीमा विवाद बारे अध्ययन गर्न सरकारले बनायो समिति

काठमाडौँ । सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न  नापी विभागका उपमहानिर्देशक सुशिल डंगोलको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट एक-एक जना प्रतिनिधि सदस्य रहनेछन् । त्यस्तै, नापी विभागका निर्देशकलाई समितिको सदस्य-सचिवको जिम्मेवारी दिइएको छ ।

बैठकमा भूमि मन्त्रालयका सचिव मदन भुजेल, प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहाल, गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहाल, नापी विभागका महानिर्देशक प्रकाश जोशी, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव भिम बुढा,नापी विभागका निर्देशक दयानन्द जोशी र नापी अधिकृत ज्योति ढकालको सहभागिता रहेको थियो । 

Read More

सरकारका प्रवक्ताले गरे पहिलो सार्वजनिक सुनुवाईः नागरिकको कुरा सुनेर मात्र सरकार अघि बढ्छ

काठमाडौँ  । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने विश्वास व्यक्त गरेका छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा आज आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा मन्त्री पोखरेलले स्थानीय जनताले उठाएको सडक, ढल, बिजुली, खानेपानी लगायत समस्या समाधानका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाए ।

सोही निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद समेत रहेका मन्त्री पोखरेलले निर्वाचनका दौरानमा महिनामा एउटा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने घोषणा गरिएअनुरुप आज काठमाडौँ महानगरपालिका वडा–४ स्थित विशाल मिलन केन्द्रमा पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम गरेका हुन् ।

सरकारको प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले नागरिकका कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति रहेको स्पष्ट पारे । उनले शिक्षा मन्त्रालयका साथै सरकारको प्राथमिकता र हालसम्म भएका कार्यसम्पादनबारे स्थानीयलाई जानकारी गराए । 

मन्त्री पोखरेलले देश भकारका सबै सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको मूल्याङ्कन गरेर अर्को वर्षदेखि प्राथमिकताको आधारमा बजेट विनियोजन लगायत अन्य स्रोत साधनको सुनिश्चितता गरिने विश्वास व्यक्त गरे । यसअघि सबै विद्यालयलाई समाज बजेट पटाउँदा समस्या उत्पन्न भएको भन्दै उनले अर्को वर्षदेखि कुन सामुदायिक विद्यालयलाई कति बजेट चाहिन्छ सोही अनुरूप बजेट पठाइने उल्लेख  गरे ।

मन्त्री पोखरेलले विश्वविद्यालयका उपकुलपति छनौट प्रक्रियालाई पारदर्शी र व्यावसायिक बनाउन विज्ञ समितिले दक्षता र विशिष्टताका आधारमा छनोट गर्ने जानकारी दिए । मन्त्री पोखरेलले सोही निर्वाचन क्षेत्रको जनप्रतिनिधिको हैसियतले स्थानीयले उठाएका सरोकार भएका विषयको गुनासो सुन्दै तीनको समाधानका लागि प्रयत्न गर्ने प्रतिबद्धता जनाए ।

सार्वजनिक सुनुवाइमा स्थानीयले विद्यालय भर्ना शुल्कदेखि क्षेत्रगत समस्या सडक, बिजुली, खाने पानीलगायतका गुनासो गरेका थिए । सो निर्वाचन क्षेत्रमा मेलम्चीको खानेपानी आई नपुगेकाले पानीको समस्या भोगिरहनुपरेको तथा जारको पानी फोहोर भएको गुनासो पोखेका थिए । उनीहरूले विद्यार्थी भर्ना शुल्क, खानेपानीको समस्या, ढल व्यवस्थापन वैज्ञानिक तरिकाले हुन नसकेको, सडक बत्ती, सिसिटिभी व्यवस्थापनका विषय सम्बोधन गर्न मन्त्री पोखरेलसमक्ष अनुरोध गरेका थिए । यस्तै त्रिवि सेवा आयोगको परीक्षा भएको छ महिना भइसक्दा पनि परीक्षाफल प्रकाशित नभएको गुनासो समेत राखेका थिए ।

स्थानीय जनताको गुनासो सुनिसकेपछि शिक्षामन्त्री पोखरेलले विद्यार्थी भर्नाबारे स्थानीय तहलाई पत्राचार भई तोकिएबमोजिम गर्न निर्देशन दिइएको बताए । उनले खानेपानीको विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण  विभागसँग  समन्वय गरेर पानीको गुणस्तर मापन गरी सफा खानेपानीको सुनिश्चित गरिने बताए । त्यसै गरी सडक बत्ती र सिसिटिभीको विषयमा काठमाडौँ महानगरपालिकासँग समन्वय गरेर चाडै समाधान गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री पोखरेलले उपकुलपतिको छनोट प्रक्रिया सकिए लगत्तै त्रिवि सेवा आयोग लगायत सबै परीक्षाको परीक्षाफल नियमित समयमा ल्याइने विश्वास व्यक्त गरे ।

काठमाडौँ क्षेत्र नं ५ मा १५ वडामध्ये हरेक महिना कम्तीमा एक–एक वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम गरी जनताको गुनासो सुन्ने र सम्बोधन गर्ने गरी अघि बढेको मन्त्री पोखरेलले उल्लेख गरे । उनले आफ्नो मन्त्रालय र सरकारको कामबारे जनतालाई सुसूचित गराइने कार्यक्रमलाई निरन्तरता दिइने पनि बताए ।

Read More

प्रिमियर लिगमा उक्लियो हल सिटी

काठमाडौँ । हल सिटी इंग्लिस प्रिमियर लिगमा उक्लिएको छ। शनिबार वेम्ब्ली रंगशालामा भएको च्याम्पियनसिप प्लेअफको फाइनलमा मिडल्सब्रोलाई १–० ले हराउँदै हल सिटी शीर्ष डिभिजनमा पुगेको हो।

खेलको इन्जुरी समयमा ओली म्याकबर्नीले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए। उनले थपिएको समयको पाँचौं मिनेटमा गरेको गोल नै खेलको एकमात्र गोल बन्यो। यससँगै हल सिटीले कभेन्ट्री सिटी र इप्सविच टाउनसँगै आगामी सिजन प्रिमियर लिगमा खेल्ने पक्का गरेको छ।

प्लेअफअघि इंग्लिस फुटबलमा जासुसी विवादले ठूलो चर्चा पाएको थियो। सेमिफाइनल जितेको साउथह्याम्पटनलाई प्रतिद्वन्द्वीमाथि अवैध निगरानी गरेको आरोपमा फाइनलबाट हटाइएको थियो । त्यसपछि हल सिटीले मिडल्सब्रोसँग उपाधि भिडन्त खेलेको हो । च्याम्पियनसिपमा छैटौं स्थानमा रहेर प्लेअफ जित्दै प्रिमियर लिग पुग्ने हल सिटी सन् २०१० पछि पहिलो टोली बनेको छ। टोलीले प्लेअफभर कुनै गोल पनि खाएन ।

जितपछि प्रशिक्षक सर्गेई याकिरोभिचले टोलीको संघर्ष र धैर्यका कारण सफलता सम्भव भएको बताए। निर्णायक गोलकर्ता म्याकबर्नीले टोलीले एउटा अवसर पाउने विश्वास राखेको र त्यही अवसरलाई गोलमा परिणत गरेको प्रतिक्रिया दिए ।

हल सिटी २०१६-१७ सिजनपछि प्रिमियर लिगमा फर्किएको छ । त्यस्तै यस सिजनमा कोभेन्ट्री सिटी र आईपीस्विच टाउन प्रिमियर लिगमा प्रमोट भएका छन् ।  

त्यस्ता यससिजनमा वोल्भ्स र बर्नली प्रिमियर लिगबाट रेलिगेट भइसकेको छ भने रेलिगेट हुने तेस्रो टिमको टुंगो आज राति हुने लिगको अन्तिम खेलबाट लाग्ने छ ।

Read More

इयू टी-२० बेल्जियममा गुलशन र इशान खेल्ने

काठमाडौँ । आगामी जुन ६ देखि १४ सम्म बेल्जियममा हुने इयू टी-२० बेल्जियममा नेपालका गुलशन झा र इशान पाण्डे खेल्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार झा र पाण्डेजेबी बर्गेजबाट प्रतियोगितामा सहभागी हुने भएका छन् ।

यस प्रतियोगितामा नेपालका आसिफ सेख, लोकेस बम, रोहित पौडेल, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, सन्दीप लामिछाने पनि छनौट भएको भए पनि नेपालले सिंगापुरमा जुन ९ सम्म एशियन गेम्स क्वालिफायर्स खेल्नुपर्ने भएपछि नेपालबाट झा र पाण्डेले सहभागिता जनाउने भएका छन् ।

Read More

कर्णाली कोरिडोर अनिश्चितकालका लागि बन्द

सुर्खेत । सीमा विवादका कारण कर्णाली करिडोर अनिश्चितकालीन रूपमा बन्द गरिएको छ । जेठ ५ गते भएको झडपको विषयलाई लिएर बाजुराका युवाहरूले कर्णाली करिडोरअन्तर्गत पिलुचौर–कवाडी सडक खण्ड पुनः अवरुद्ध गरेका हुन् ।

सडक बन्द भएपछि हुम्ला आवतजावत गर्ने सवारीसाधन रोकिएका छन् भने यात्रु तथा ढुवानी प्रभावित बनेको छ । विवाद समाधानका लागि स्थानीय तह, प्रशासन र सरोकारवाला पक्षबीच छलफल भइरहेको जनाइएको छ। 

जेठ ८ गते हिमाली युवा क्लब तथा हिमाली गाउँपालिकाका राजनितिक दल र जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायबीचको बैठकमा २४ घण्टाका लागि सम्झौता गरिएको थियो तर हाल सम्म उक्त मागहरुमा कुनै पनि कार्यान्वयन नभएको र अझ थप हिमाली गाउँपालिका वडा नम्बर ३ का स्थानीयहरुको घरहरुमा सोही लुटपाट र तोडफोड गर्ने कार्य गरिरहेको बताउदै दोषीलाई काराही र माग पुरा नभएसम्म कोरिडोर बन्द हुने घोषणा गरिएको छ ।

मागहरु:

१- हिमाली गाउँपालिका वडा नं. ०३ को लाम्पाटामा भएको घटनाको स्थलगत अनुगमन गरि सर्जिमन मुचल्का बनाउने ।

२- हुम्ला जिल्ला खार्पूनाथ गा.पा. वडा नं. २ र ३, सर्केगाड गा.पा. वडा नं. २ र उक्त घटनामा संलग्न भएका जो कोहि दोषिहरुलाई कानुनी दायरामा ल्याउनुका साथै स्थानिय व्यक्ति र घुम्न गएका पर्यटकहरुको लुटिएका व्यक्तिगत र सार्वजनिक सम्पतिहरुको क्षेतिपूर्ति पिडितहरुलाई उपलब्ध गराउने ।

३- हिमाली गाउँपालिका वडा नं. ०३ लाम्पाटामा भएको घटनामा निर्मम कुटपिट गरिएका स्थानियहरुको उपचारका लागि पिडक पक्षले जिम्मा लिइ पिडित पक्षलाई उपचारको पूर्ण क्षेतिपूर्ति उपलब्ध गराउने ।

४- हिमाली गाउँपालिका वडा नं. ३ लाम्पाटा च्याचौरका बिस्थापित परिवारलाई स्थापति गरि घरको सम्पूर्ण लुटिएको धनसम्पति असुल गराई सुरक्षाको प्रत्याभुति दिलाउने र ।

५- हिमाली गाउँपालिका वडा नं. ३ च्याचौरमा निर्माणाधिन प्रहरी चौकी भवन निर्माणका नष्ट भएका सामानहरुको क्षेतिपूर्ति असुल गरि भवन निर्माण कार्यका लगि आवश्यक प्रकृया तुरुन्तै अगाडी बढाउने ।

Read More

सिंगापुरमा हुने एशियन गेम्स क्वालिफायर्सका लागि दिपेन्द्रको कप्तानीमा टिमको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सिंगापुरमा हुने पुरुष एशियन गेम्स क्वालिफायर्सका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा राष्ट्रिय टिमको घोषणा गरेको छ ।

क्यानले दिपेन्द्रको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा दिपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेस बम, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ सेख, सोमपाल कामी, करण केसी र साहब आलम रहेका छन् ।

पुरुष एशियन गेम्स क्वालिफायर्समा नेपालसहित ८ देशले भाग लिदैछन् । जसमा समुह ए मा नेपाल, मलेसिया, कतार र चीन रहेका छन् भने समुह बी मा ओमान, हङकङ, बहराइन र सिंगापुर रहेका छन् ।

प्रतियोगितामा नेपालले ३१ मे मा चीनसँग, जुन २ मा कतारसँग र जुन ४ मा मलेसियासँग खेल्ने तालिका रहेको छ ।

टी-२० फर्म्याटमा खेलिने यस प्रतियोगितामा सेमिफाइनलमा पुग्ने चार देश एशियन गेम्समा छनौट हुने एसियन क्रिकेट काउन्सिलले जनाएको छ । एशियन गेम्समा कुल १० देशले भाग लिदैछन् । जसमा जापान आयोजकको रुपमा सहभागी हुदैछन् भने आइसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वत छनौट भएका छन् ।

Read More

मेटाको १० प्रतिशत कर्मचारी हटाउदै, इमेल पठाउन शुरु

काठमाडौँ । मार्क जुकरबर्ग नेतृत्वको मेटाले कर्मचारी कटौतीको नयाँ चरण सुरु गरेको छ । कृत्रिम बौद्धिकता क्षेत्रमा अर्बौं डलर लगानी गर्ने योजनाबीच कम्पनीले करिब आठ हजार कर्मचारीलाई इमेल पठाउन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

सबैभन्दा पहिले सिंगापुरस्थित टोलीका कर्मचारी प्रभावित भएको बताइएको छ । सिंगापुर कार्यालयका कर्मचारीले बिहान चार बजे इमेलमार्फत जागिर गुमाएको सूचना पाएका थिए ।

प्रतिवेदनअनुसार मेटाले आफ्नो कुल जनशक्तिको करिब दस प्रतिशत कटौती गर्ने तयारी गरेको छ । अर्कोतर्फ कम्पनीले कृत्रिम बौद्धिकता क्षेत्रमा ठूलो लगानी बढाउने योजना अघि सारेको छ ।

ब्लुमबर्गको प्रतिवेदनअनुसार मेटाले कर्मचारी कटौतीसम्बन्धी इमेल सिंगापुर समयअनुसार बिहान चार बजे र नेपाली समयअनुसार राति पौने २ बजे पठाएको थियो । केही समयअघिसम्म कम्पनीमा विश्वभर करिब अठहत्तर हजार कर्मचारी कार्यरत थिए । अहिले भने यो संख्या लगातार घटिरहेको छ।

सन् २०२६ मा कर्मचारी कटौती गर्ने विश्वका ठूला प्रविधि कम्पनीहरूले यसको मुख्य कारण कृत्रिम बौद्धिकतालाई बनाइरहेका छन् । गुगल, माइक्रोसफ्ट, अमेजन र ओराकलजस्ता कम्पनीहरूले पनि कृत्रिम बौद्धिकतामा लगानी बढाउने नाममा ठूलो संख्यामा कर्मचारी हटाइसकेका छन् ।

तथ्यांकअनुसार विश्वका प्रमुख प्रविधि कम्पनीहरूले यस वर्षको सुरुआती महिनामै नब्बे हजारभन्दा बढी कर्मचारी हटाइसकेका छन् । प्रतिवेदनमा मेटाले विभिन्न समय क्षेत्रमा रहेका कर्मचारीलाई चरणबद्ध रूपमा इमेल पठाउने उल्लेख गरिएको छ ।

कम्पनीले अमेरिका, बेलायत तथा अन्य देशका कर्मचारीलाई बुधबार घरबाटै काम गर्न निर्देशन दिएको छ । कर्मचारी कटौतीसँगै मेटाले करिब सात हजार कर्मचारीलाई कृत्रिम बौद्धिकतासम्बन्धी टोलीमा स्थानान्तरण गर्ने तयारी गरेको छ । साथै साना टोलीमा व्यवस्थापक पदसमेत घटाइने बताइएको छ । सबैभन्दा बढी असर इन्जिनियरिङ र उत्पादन विकास टोलीमा पर्ने अनुमान गरिएको छ ।

विश्लेषकहरूका अनुसार आगामी केही महिनामा यस्ता थप चरण देखिन सक्ने सम्भावना छ । मेटा अहिले सामान्य कृत्रिम बौद्धिकताबाट ‘एजेन्टिक’ कृत्रिम बौद्धिकतातर्फ अघि बढिरहेको छ । कम्पनीले मानिसको दैनिक जीवनमा उपयोगी हुने स्वचालित कृत्रिम सहायक प्रणाली विकास गर्ने काम गरिरहेको बताइएको छ ।

फाइनान्सियल टाइम्सको हालैको प्रतिवेदनअनुसार मेटा व्यक्तिगत आवश्यकताअनुसार काम गर्ने नयाँ कृत्रिम बौद्धिक सहायक प्रणाली निर्माणमा जुटेको छ । यी प्रणालीले कम्पनीका तीन अर्बभन्दा बढी प्रयोगकर्ताको दैनिक काममा सहयोग गर्ने अपेक्षा गरिएको छ ।

Read More

काँग्रेस देउवा पक्षको सुदूरपश्चिमस्तरीय भेला धनगढीमा

धनगढी ।  नेपाली कांग्रेस संस्थापन इतर पक्षको भेला धनगढीमा सुरु भएको छ ।

आइतबार संस्थापन इतर पक्ष नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको आयोजनामा भेला सुरु भएको हो । भेलामा नेपाली कांग्रेस पार्टी सुदूरपश्चिमका सभापति वीरबहादुर बलायर, नेता रमेश लेखक, एनपी साउद, नैनसिंह महरलगायतका देउवा पक्षका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ ।

विशेष महाधिवेशनपछि नै असन्तुष्ट रहदै आएका देउवा पक्षका नेताहरुले प्रदेश भेला गर्दै वर्तमान नेतृत्वलाई सहमतिको दबाब दिदै पार्टी खोल्नुपरे पनि त्यसको तयारी स्वरूप भेला आयोजना गरिरहेका छन् । 

Read More

नेपाल सरकारको चीनमा खानी विस्फोटको घटनाप्रति दुख व्यक्त

काठमाडौँ । नेपाल सरकारले चीनमा खानी विस्फोटमा ८२ जनाको मृत्यु भएको घटनाप्रति दुख व्यक्त गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चीनको शान्सी क्षेत्रमा भएको दुःखद खानी दुर्घटनामा धेरै जनाले ज्यान गुमाएको खबरले अत्यन्त दुःखी बनाएको बताएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भनेको छ- ‘चीनको शान्सी क्षेत्रमा भएको दुःखद खानी दुर्घटनामा धेरै जनाले ज्यान गुमाएको खबरले अत्यन्त दुःखी बनाएको छ । दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं । हराइरहेका व्यक्तिहरूको सकुशल उद्धार होस् भन्ने प्रार्थना गर्दछौं र यस कठिन घडीमा नेपाल चीनसँग ऐक्यबद्ध रहेको छ ।’

उत्तरी चीनको शान्सी क्षेत्रको खानीमा विस्फोट हुदा यसअघि ९० भन्दा बढीको मृत्यु भएको बताइए पनि चिनियाँ मिडियाले ८२ जनाको मृत्यु भएको बताएका छन् । सो खानीमा करिब २५० कामदारले काम गरिरहेको समयमा विस्फोट भएको बताइएको छ ।

Read More

पोखराको फिर्केखोला आसपासमा चल्यो डोजर

पोखरा । पोखराको मध्य भाग भएर बग्ने फिर्केखोलाको खोलाघर क्षेत्रमा डोजर चलेको छ ।

खोलाघरको सीमाभित्र परेका अस्थायी तथा स्थायी सबै संरचना हटाउन आजदेखि शुरु गरिएको छ । 

२०८० साल आषाढमा गरिएको प्राविधिक नापजाँचपछि गाडिएका खम्बाका आधारमा सीमांकन गरिएको क्षेत्रभित्र बनेका सबै प्रकारका संरचना हटाइने महानगरले जनाएको छ । महानगरले फिर्केखोलाको संरक्षण, विकास र सौन्दर्यकरणलाई ध्यानमा राख्दै यो अभियानमा सहयोग गर्न सबै पक्षलाई आग्रह गरेको छ । सरोकारवाला निकाय, नागरिक समाज, राजनीतिक दल, सामाजिक संघसंस्था, टोल विकास समिति, आमा समूह, युवा क्लब, सुरक्षा निकायलगायत सम्पूर्ण नगरवासीलाई सहयोगका लागि पोखरा महानगरपालिकाले हार्दिक अपिल गरेको छ ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यका अनुसार फिर्केखोलाको दायाँ–बायाँ धेरै स्थानमा उत्तर–दक्षिण सडक रहेकाले मोटरेबल करिडोरभन्दा फुट ट्रेल, साइकल लेन, बिहान र साँझ हिँड्ने पैदल मार्ग तथा आकर्षक घुमफिर स्थलका रूपमा विकास गर्नु उपयुक्त हुने विज्ञहरूको सुझावपछि यस्तो निर्णय गरिएको हो ।

उनका अनुसार लामो छलफलपछि खोलाघरको १० मिटर मापदण्ड घटाएर ६ मिटर कायम गरिएको छ । अब फिर्केखोलालाई प्राकृतिक रूपमा बग्न दिने र त्यसलाई व्यवस्थित रूपमा संरक्षण गर्ने अभियानमा सबै पक्षको साथ रहने अपेक्षा महानगरले गरेको छ ।

Read More