२०८३ जेष्ठ २७

हर्क साम्पाङको आग्रह- प्रिय बालेन, भोलिको वैठकमा नेपालले भारतको सिमाना मिचेको प्रामण लिएर आउनु

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई सोमबारको संसद बैठकमा नेपालले भारतको सीमा मिचेको विवरण लिएर आउन आग्रह गरेका छन् । 

सामाजिक सञ्जालमा लेख्दै साम्पाङले नेपालले भारतको सीमा कहाँ कहाँ मिचेकोछ भोलिको बैठकमा लिएर आउन आग्रह गरेका हुन् । उनले भनेका छन्- ‘प्रिय बालेन… भोलिको वैठकमा नेपालले भारतको सिमाना कहाँकहाँ मिचेको रैछ सोको प्रामण लिएर आऊ है !’

प्रधानमन्त्री शाहले संसदमा नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरुले संसदमा विरोध गर्दै आएका छन् । 

Read More

नौ बुँदे सन्देश जारी गर्दै सकियो अन्तर व्यवस्थापिका सम्मेलन

टीकापुर । अन्तर व्यवस्थापिका एघारौं सम्मेलन नौ बुँदे टीकापुर सन्देश पत्र जारी गर्दै सकिएको छ । 

संघीय संसदका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र सात वटै प्रदेशका सभामुख, उपसभामुख, महासचिव र सचिवहरुको सहभागितामा सम्पन्न सम्मेलनपछि जारी टीकापुर सन्देशमा संघ, प्रदेश र स्थानीय तहबाट हुने कानून निर्माण र संसदीय काम कारवाहीलाई छिटो, छरितो र पारदर्शी तुल्याउन, संसदीय गतिविधिहरुमा सूचना प्रविधिमार्फत नागरिक सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । 

सन्देश पत्रमा तहगत संसद-सभाहरुवीच प्रभावकारी सहकार्य र अन्तरआवद्धताका लागि सङ्घीय संसदसँग समन्वय गर्न सबै प्रदेश सभाले संघ–प्रदेश समन्वय शाखा-इकाई स्थापना गर्ने, साथै अन्तर व्यवस्थापिका मञ्चको सचिवालयको कार्य संघीय संसद सचिवालयको प्रदेश सभा सम्पर्क तथा समन्वय शाखाले गर्ने भनिएको छ । 

सन्देश पत्रमा अन्तर व्यवस्थापिका मञ्चको बाहौ सम्मेलन कर्णाली प्रदेशमा आयोजना गर्ने उल्लेख छ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुबीकुमारी, राष्ट्रिय सभा उपाध्यक्ष डा. लिला कुमारी भण्डारी, कर्णाली प्रदेश सभा सभामुख नन्दा गुरुङ्ग, कोशी प्रदेश सभा सभामुख अम्बरबहादुर विष्टले हस्ताक्षर गरेका छन् ।  त्यस्तै गण्डकी प्रदेश सभा सभामुख कृष्णप्रसाद धिताल, मधेश प्रदेश सभा सभामुख राम आशिष यादव, लुम्बिनी प्रदेश सभा सभामुख तुलाराम घर्तीमगर, सुदूरपश्चिम प्रदेश सभा सभामुख भीमबहादुर भण्डारी, कर्णाली प्रदेश सभा उपसभामुख, यसोदा न्यौपाने, कोशी प्रदेश सभा उपसभामुख, सिर्जना दनुवार, गण्डकी प्रदेश सभा उपसभामुख विना कुमारी थापा, बागमती प्रदेश सभा उपसभामुख अप्सरा चापागाईं, मधेश प्रदेश सभा उपसभामुख, वबिताकुमारी राउत ईसर, लुम्बिनी प्रदेश सभा उपसभामुख, मेनुका खाँड के.सी.,सुदूरपश्चिम प्रदेश सभा उपसभामुख कोइलीदेवी चौधरीले सन्देश पत्रमा हस्ताक्षर गरेका छन् ।

नौ बुँदे सन्देश पत्र 

१- सङ्घ, प्रदेश र स्थानीय तहबाट हुने कानुन निर्माण र संसदीय काम कारबाहीलाई छिटो, छरितो र पारदर्शी तुल्याउन, संसदीय गतिविधिहरूमा सूचना प्रविधिमार्फत नागरिक सहभागिता सुनिश्चित गर्न एवम् तहगत व्यवस्थापिकाहरूबिच सहकार्य र अन्तरआवद्धतालाई सूचना प्रविधियुक्त बनाउन सङ्घीय संसद् तथा सबै प्रदेश सभाहरूले डिजिटल पार्लियामेन्ट प्रणाली स्थापना गर्ने।

२- तहगत संसद–सभाहरुबिच प्रभावकारी सहकार्य र अन्तरआवद्धताका लागि सङ्घीय सांसदसँग समन्वय गर्न सबै प्रदेश सभाले सङ्घ-प्रदेश समन्वय शाखारइकाई स्थापना गर्ने। साथै अन्तर व्यवस्थापिका मञ्चको सचिवालयको कार्य सङ्घीय संसद् सचिवालयको प्रदेश सभा सम्पर्क तथा समन्वय शाखाले गर्ने। 

३- तीनवटै तहका कानुन निर्माण एवम् व्यवस्थापिकीय काम कारबाहीलाई अनुसन्धान तथा विकास  र नवप्रवर्तनमा आधारित तुल्याउन एवम् सङ्घीय संसद्, प्रदेश सभा तथा स्थानीय तहका जनप्रतिनिधि एवं कर्मचारीहरूको क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्न सङ्घीय संसद् अन्तर्गत एक व्यवस्थापिकीय प्रतिष्ठान स्थापनाको लागि विशेष पहल गर्ने।

४- सरकारको नीति तथा कार्यक्रम, पूर्व बजेट छलफल एवम् संसदीय बजेट निर्माण कार्यलाई प्रभावकारी र नतिजामूलक बनाउन आगामी आर्थिक वर्षभित्र सङ्घीय संसद् र प्रदेश सभाबाट आवश्यक कानुनी व्यवस्था सहित संसदीय बजेट कार्यालय स्थापनाको कार्य अघि बढाउने।

५- सङ्घीय संसद् तथा प्रदेश सभाका सदस्यहरूको कार्यगत दक्षता अभिवृद्धि गरी कानुन तर्जुमाको कार्य एवम् संसदीय क्रियाकलापलाई गुणस्तरीय र प्रभावकारी तुल्याउन सङ्घीय संसद् तथा प्रदेश सभाका सदस्यहरूलाई अत्यावश्यक रहेको सहयोगी कर्मचारी व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने।

६- सङ्घ, प्रदेश र स्थानीय तहको उदाहरणीय विधायिकी अभ्यास तथा व्यवस्थापिकीय कार्य कुशलता आदान प्रदान गर्न सङ्घ, प्रदेश र स्थानीय तहका पदाधिकारी एवम् कर्मचारीहरुबीच आवश्यकता अनुसार अन्तरक्रिया, छलफल तथा समीक्षा कार्यक्रमहरू आयोजना गर्ने।

७- प्रदेश सभाहरुमा कर्मचारी व्यवस्थापनमा समस्या रहन गई सभा सञ्चालन तथा कानुन निर्माण लगायतको कार्यमा प्रत्यक्ष प्रभाव परेको सन्दर्भमा नेपालको संविधानको भाग २० मा भएको सङ्घ, प्रदेश र स्थानीय तहबिच अन्तरसम्बन्ध अन्तर्गत धारा २३१ को उपधारा (३) को व्यवस्था अनुसार प्रदेश सभाहरूको कर्मचारी व्यवस्थापन गर्न सङ्घीय संसद् र प्रदेश सभाको कर्मचारीका लागि एउटै सेवा गठन सम्बन्धी आवश्यक कानुन निर्माण गर्न नेपाल सरकारलाई अनुरोध गर्ने।

८- सङ्घीय संसद्, प्रतिनिधि सभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष तथा प्रदेश सभाका उपसभामुखहरूको काम कारबाही एवम् भूमिकालाई अझ बढी सक्रिय एवम् प्रतिफलमूलक बनाउन के कस्ता सुधार गर्न सकिन्छ भन्ने सम्बन्धमा नेपालको संविधान र प्रचलित कानुन समेतको अध्ययन गरी तीन महिनाभित्र सुझाव सहितको प्रतिवेदन पेस गर्न राष्ट्रिय सभाका सचिव तुल बहादुर कँडेलको संयोजकत्वमा कोशी प्रदेश सभाका सचिव सुदर्शन खड्का र लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगर सदस्य रहेको अध्ययन समिति गठन गर्ने र समितिबाट प्रतिवेदन पेस भएपश्चात अन्तर व्यवस्थापिका मञ्चको बैठक बसी आवश्यक निर्णय गर्ने।

९- अन्तर व्यवस्थापिका मञ्चको बाह्रौँ सम्मेलन कर्णाली प्रदेशमा आयोजना गर्ने ।

Read More

६ खेलाडीको ज्यान गएको सिस्नेरी घटना छानबिन गर्न ५ सदस्यीय समिति गठन, २१ दिनको म्याद

काठमाडौँ । मकवानपुरको सिस्नेरीमा पहिरोका कारण ६ जना युवा खेलाडीको ज्यान गएको घटनाबारे छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले समिति गठन गरेको छ।

राखेपले खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसुधन बस्नेतको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको हो। समितिमा प्रशासन, कानुन तथा योजना शाखाका प्रतिनिधिहरू र शिक्षा तथा खेलकुद मन्त्रालयका एक कानुनी अधिकृत सदस्य रहेका छन्।

समितिलाई घटनाको विस्तृत छानबिन गरी २१ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। भोलिदेखि नै काम सुरु गर्ने तयारी गरिएको जनाइएको छ।

गत २०८१ असोज १२ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा गएको पहिरोले वात्सल्यदेवी विद्यालयस्थित एन्फा सिस्नेरी एकेडेमीका ६ जना किशोर खेलाडीको ज्यान गएको थियो।

घटनामा आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बानियाँ, अनुपम घलान र साइमल योन्जनको मृत्यु भएको थियो।

परिवारहरूले एन्फाको लापरबाहीका कारण दुर्घटना भएको आरोप लगाउँदै छानबिनको माग गर्दै आएका थिए। सोही मागपछि मन्त्रालयको निर्देशनमा राखेपले समिति गठन गरेको हो।

Read More

दिल्लीमा परराष्ट्रमन्त्रीको पत्रकार सम्मेलन- सीमा विवादमा इङल्याण्डको मध्यस्थता खोजेका होइनौं

काठमाडौँ । भारत भ्रमण सकेर नेपाल फर्किनु अघि परराष्ट्रमन्त्री शिशिर खनालले दिल्लीस्थित नेपाली दूतावासमा पत्रकार सम्मेलन गरेका छन् ।

सो अवसरमा मन्त्री खनालले पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिदै नेपाल-भारत सीमा विवादमा इङल्यान्डको मध्यस्थता नखोजेको स्पष्ट गरेका छन् ।

उनले नेपाल भारतको सीमा विवाद ऐतिहासिक रुपमा जोडिएकोले बेलायतमा रहेका प्रमाण आवश्यक पर्नसक्ने आशयमा प्रधानमन्त्रीले इङल्याण्डको उल्लेख गरेको बताउदै आफुहरुले मध्यस्थताको कुरा नगरेको बताएका छन् ।

पत्रकारसँगको कुराकानीमा उनले आफुहरुले दुई पक्षीय हितको विषय अगाडी बढाउन चाहेको बताउदै सीमा विवाद वार्ता र कुटनीतिक माध्यमबाट नै समाधान गर्न चाहेको स्पष्ट गरेका छन् । 

शुक्रबार भारत भ्रमणमा दिल्ली पुहेका मन्त्री खनालले शनिबार विदेशमन्त्री एस जयशंकरसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यस्तै उनले शुक्रबार भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग समेत भेटवार्ता गरेका थिए ।

Read More

ठमेलमा एकसाथ देखिए बलिउड कलाकार आयुष्मान खुराना र नेपाली गायक सुशान्त केसी, फ्यानहरू उत्साहित

काठमाडौँ । बलिउडका लोकप्रिय अभिनेता तथा गायक आयुष्मान खुराना यतिबेला काठमाडौं भ्रमणमा छन्। नेपाल भ्रमणमा रहेका खुराना शनिबार राति ठमेलमा नेपाली कलाकारसँग देखिए ।

ठमेल स्थित ‘थर्टी थ्री डिग्री वेस्ट स्काइबार’ को दोस्रो वार्षिकोत्सव समारोहमा उनी विशेष अतिथिका रूपमा सहभागी भएका थिए। सो अवसरमा उनले गायक सुशान्त केसीसँग समय बिताउँदै कुराकानी गरेको दृश्य देखिएको छ ।

कार्यक्रमका क्रममा खिचिएका फोटो र भिडियोहरूमा आयुष्मान नेपाली पाहुनासँग सहज रूपमा घुलमिल भएको देखिन्छ। नेपालमा पनि ठूलो संख्यामा प्रशंसक रहेका खुरानाको उपस्थितिले कार्यक्रम थप आकर्षक बनेको थियो।

आयुष्मान खुरानाले सन् २०१२ मा विकी डोनर फिल्मबाट बलिउड करियर सुरु गरेका हुन्। त्यसपछि अन्धाधुन, बधाई हो, आर्टिकल १५, ड्रिम गर्ल, बाला, शुभ मंगल ज्यादा सावधान र डाक्टर जी जस्ता सफल फिल्ममार्फत उनले आफ्नो छुट्टै पहिचान बनाएका छन्।

अभिनयसँगै संगीतमा पनि सक्रिय खुरानाले विकी डोनर को चर्चित गीत “पानी दा रंग” बाट गायकका रूपमा ठूलो सफलता पाएका थिए। उक्त गीतका लागि उनले फिल्मफेयर उत्कृष्ट पुरुष पार्श्वगायक पुरस्कारसमेत जितेका थिए।

त्यसपछि उनले “मिट्टी दी खुशबू”, “नज्म नज्म” र “नैना दा क्या कसूर” जस्ता गीतमार्फत संगीत क्षेत्रमा पनि आफ्नो बलियो छाप छोडेका छन्।

Read More

बलिवुड अभिनेत्री जान्हवीको कथित च्याट लिकपछि हङ्गामा

काठमाडौँ । बलिवुड अभिनेत्री जान्हवी कपूरसँग सम्बन्धित भनिएका केही च्याटका स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएका छन् । ती स्क्रिनसटमा जान्हवीले चलचित्र ‘पेद्दी’को छायांकनका क्रममा आफूले गरेका केही दृश्यबारे चिन्ता व्यक्त गरेको दाबी गरिएको छ ।

जान्हवीका केही प्रशंसक समूहहरूले सार्वजनिक गरेका ती स्क्रिनसटमा अभिनेत्रीले एक व्यक्तिसँग कुराकानी गर्दै छायांकनका क्रममा केही दृश्यप्रति पटक–पटक आपत्ति जनाएको उल्लेख गरिएको छ ।

भाइरल भएका स्क्रिनसटहरू गत अक्टोबर ३० का भएको दाबी गरिएको छ । ती च्याटमा जान्हवीले विशेष गरी केही क्यामेरा एंगल प्रयोग नगर्न आग्रह गरेको उल्लेख छ । एक सन्देशमा उनले भनेकी छन्- ‘मैले यस्ता अश्लील दृश्य नलिन भनेकी थिए ।’

उनले आफूले आपत्ति जनाउँदा अभिनेता राम चरणले पनि साथ दिएको दाबी गरेकी छन् । च्याटमा, ‘राम सर निकै राम्रो हुनुहुन्छ । उहाँले पनि निर्देशकलाई यस्ता कोणबाट दृश्य नलिन भन्नुभएको थियो । त्यसपछि उहाँ पनि निकै रिसाउनुभएको थियो ।’

अर्को च्याटमा जान्हवीले दक्षिण भारतीय चलचित्र उद्योगको कार्यशैलीबारे टिप्पणी गरेको दाबी गरिएको छ । उनले, ‘दक्षिण भारतीय चलचित्र उद्योगमा यस्तै हुन्छ,’ लेखेको बताइएको छ । प्रशंसक समूहहरूले चलचित्र ‘गेम चेन्जर’मा अभिनेत्री कियारा आडवाणीमाथि भएको आलोचनाको प्रसङ्ग पनि उठाएका थिए । त्यसको जवाफमा जान्हवीले, ‘त्यसभन्दा पनि धेरै थियो, तर राम सरले स्पष्ट रूपमा अस्वीकार गर्नुभयो,’ भनेको दाबी गरिएको छ । जब एक प्रशंसकले एउटै नायकसँग काम गर्ने अभिनेत्रीहरूसँग यस्ता घटना किन दोहोरिरहन्छन् भनेर प्रश्न गरेका थिए, जान्हवीले पुनः दक्षिण भारतीय चलचित्र उद्योगमा यस्ता कुरा भइरहने दाबी गरेको बताइएको छ ।

भाइरल च्याटमा सहमतिसम्बन्धी विषय पनि उठाइएको छ। एक सन्देशमा जान्हवीले, ‘तपाईंलाई थाहा छैन, म के भोगिरहेकी छु । म उनीहरूलाई बुझाउने प्रयास गरिरहेकी छु ।’ उनले केही अभिनेत्रीका अभिभावकहरू पनि छायांकनस्थलमा उपस्थित हुने गरेको उल्लेख गर्दै अभिनेत्री श्रीलिलाको उदाहरण दिएको दाबी गरिएको छ । साथै, आफ्ना पिता बोनी कपूर छायांकनस्थलमा आए स्थिति अझ जटिल हुन सक्ने कुरा पनि उल्लेख गरेको बताइएको छ ।

जान्हवीले क्लोजअप दृश्य भनिए पनि क्यामेरा अन्यत्र केन्द्रित गरिने गरेको आरोप लगाएको दाबी गरिएको छ । च्याटमा उनले यस्ता विषयमा विश्वास गर्न नसकिने उल्लेख गरेकी छन् । चलचित्र प्रदर्शनपछि जान्हवीको भूमिकालाई लिएर सामाजिक सञ्जालमा प्रश्न उठ्न थालेका थिए । केही दृश्यको आलोचना बढेपछि निर्देशक बुची बाबु सनाले माफी माग्दै जान्हवीसँग सम्बन्धित केही दृश्यमा परिवर्तन गरिने बताएका छन् ।

यद्यपि, भाइरल भएका च्याटका स्क्रिनसटको आधिकारिक पुष्टि भने अहिलेसम्म भएको छैन । जान्हवी कपूर वा उनको टोलीले यस विषयमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । 

तीन दिनअघि रिलिज भएको फिल्म पेड्डीले भारतमा डेढ सय करोड कमाई गरेको छ ।  

Read More

अमेरिकाले युद्धविराम तोडेको इरानको आरोप

काठमाडौँ । इरानको विदेश मन्त्रालयले अमेरिकामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ । मन्त्रालयले तनाव कम गर्ने प्रयास गर्नुको सट्टा अमेरिकाले आफ्नो सैन्य कारबाहीमार्फत सम्पूर्ण क्षेत्रको सुरक्षालाई जोखिममा पारेको जनाएको छ ।

विदेश मन्त्रालयले अमेरिकाले सिरिक क्षेत्र र केश्म द्वीपस्थित इरानका तटीय राडार तथा निगरानी केन्द्रहरूमा आक्रमण गरेको दाबी गरेको छ । इरानले उक्त कारबाहीलाई युद्धविरामको स्पष्ट उल्लंघन भनेको छ ।

इरानले यी आक्रमणपछि उत्पन्न हुने कुनै पनि परिस्थिति र त्यसका परिणामको पूर्ण जिम्मेवारी अमेरिकाले लिनुपर्ने चेतावनी समेत दिएको छ ।

यता अमेरिकाले भने होर्मुज जलडमरूमध्य क्षेत्रमा आफ्ना सेनाले इरानका दुई आक्रमणकारी ड्रोन खसालेको दाबी गरेको छ । अमेरिकी केन्द्रीय कमान्डका अनुसार ती ड्रोन अन्तर्राष्ट्रिय समुद्री यातायातका लागि खतरा बन्दै गएका थिए ।

केन्द्रीय कमान्डले जारी गरेको वक्तव्यमा अमेरिकी सेनाले दुई वटा ‘एकतर्फी आक्रमणका लागि प्रयोग गरिने ड्रोन’ लाई अवरोध गरी नष्ट गरेको जनाएको छ । अमेरिकी सेनाका अनुसार ती ड्रोन होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने अन्तर्राष्ट्रिय जहाजहरूको सुरक्षाका लागि जोखिमपूर्ण थिए ।

यद्यपि अमेरिकी सेनाले ती ड्रोन कहाँबाट उडाइएको थियो र कुन हतियार प्रणाली प्रयोग गरेर खसालिएको थियो भन्नेबारे जानकारी दिएको छैन।

केन्द्रीय कमान्डले क्षेत्रभर तैनाथ अमेरिकी सेना इरानबाट हुन सक्ने कुनै पनि आक्रामक गतिविधिको जवाफ दिन पूर्ण रूपमा तयार रहेको जनाएको छ।

Read More

खाद्य स्वच्छता सुधारमा सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनस्वास्थ्य सुधारका लागि खाद्य स्वच्छता प्रणालीलाई सुदृढ बनाउने सरकारको प्रतिबद्धता दोहोर्याएकी छिन्।

विश्व खाद्य स्वच्छता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले खाद्यजन्य रोगहरू अहिले गम्भीर जनस्वास्थ्य चुनौती बनेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरकार सक्रिय रूपमा काम गरिरहेको बताइन्।

मन्त्री मेहताका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखिएको छ। साथै खाद्य परीक्षण प्रयोगशालाको क्षमता विस्तार, जोखिममा आधारित बजार अनुगमन र आवश्यक नीतिगत सुधारलाई पनि तीव्रता दिइने उनले बताइन्।

उनले खाद्य उत्पादनदेखि उपभोगसम्म सबै चरणमा स्वच्छता कायम राख्नु सरकारको दायित्व भएको उल्लेख गर्दै असल कृषि अभ्यास, असल उत्पादन अभ्यास र उचित भण्डारण प्रणाली अपनाउनुपर्नेमा जोड दिइन्।

यस्ता अभ्यासले गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउन सहयोग गर्ने र अस्वस्थ खानपानका कारण हुने स्वास्थ्य तथा आर्थिक क्षति घटाउन मद्दत पुग्ने उनको भनाइ छ।

मन्त्री मेहताले यस दिवसले खाद्य श्रृंखलामा संलग्न सबै सरोकारवालालाई स्वच्छ खानपानप्रति थप जिम्मेवार बनाउन प्रेरणा मिलोस् भन्ने अपेक्षा व्यक्त गरेकी छिन्।

यस वर्ष विश्वभर “सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको पहिचान” भन्ने नारासहित दिवस मनाइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार दूषित खानाका कारण प्रत्येक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने र करिब ४ लाख २० हजारको मृत्यु हुने गरेको तथ्यांक छ।

Read More

२४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु, १०९ घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ४ जनाको मृत्यु भएको छ भने कोशी प्रदेशम बागमती र सुदूरपश्चिम प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १०९ जना घाइते भएका छन् । जस अनुसार कोशी प्रदेशमा ३९ जना घाइते भएका छन् भने मधेश प्रदेशमा २१ जना, काठमाडौँमा १६ जना घाइते भएका छन् भने काठमाडौँबाहेक बागमती प्रदेशमा २२ जना घाइते भएका छन् । त्यस्तै सुदूरपश्चिममा ७ जना घाइते भएका छन् भने कर्णालीमा ४ जना घाइते भएका छन् ।

Read More

हलिउडका चर्चित निर्देशक स्पिलबर्गले गरे ‘अब्सेस्ड’ र ‘ब्याकरूम्स’ को प्रशंसा

काठमाडौँ । हलिउडका चर्चित निर्देशक स्टीभन स्पिलबर्गले हालै प्रदर्शनमा आएका दुई कम बजेटका फिल्मको खुलेर प्रशंसा गरेका छन् । उनले फिल्म ‘अब्सेस्ड’ र ‘ब्याकरूम्स’ नामका फिल्मलाई निकै राम्रो भन्दै निर्माताप्रति खुसी व्यक्त गरेका हुन् ।

७९ वर्षका स्पिलबर्गले पछिल्लो समय आफूले मन पराएका फिल्महरूबारे टिप्पणी गर्ने क्रममा यी दुई फिल्मको विशेष चर्चा गरेका हुन् । दुवै फिल्म कम बजेटमा बनेर पनि राम्रो आम्दानी गरिरहेका छन् ।

हालै ‘डिस्क्लोजर डे’ फिल्मको विशेष प्रदर्शनमा स्पिलबर्ग रातो कार्पेटमा सहभागी भएका थिए । उक्त फिल्म २०२६ जुन १२ मा प्रदर्शन हुने तय छ ।

कार्यक्रमका क्रममा उनले ‘पप ड्रप’ सँग कुरा गर्दै भने, ‘म उनीहरूको सफलतामा निकै खुसी छु। यो साँच्चै उत्कृष्ट कुरा हो ।’

उनले थप जोड दिँदै भने, ‘कम बजेटमा बनेर पनि यति राम्रो प्रदर्शन हुनु ठूलो उपलब्धि हो। ‘अब्सेस्ड’ को बजेट करिब १० लाख डलरभन्दा कम थियो भने ‘ब्याकरूम्स’को बजेट करिब ९ देखि १० लाख डलर जति अनुमान गरिएको छ । तर पनि दुवै फिल्मले राम्रो नतिजा दिइरहेका छन्, म यसको प्रशंसा गर्छु।’ स्पिलबर्गले आफूले ‘ब्याकरूम्स’ अझै नहेरेको तर समय मिलेपछि हेर्ने बताए । उनले भने, ‘अब्सेस्ड’ मैले हेरेँ, र मलाई निकै मन पर्यो ।’

मिडिया रिपोर्टअनुसार दुवै फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरिरहेका छन् । यी फिल्महरूले राम्रो कथा भए ठूलो स्टार वा ठूलो बजेट अनिवार्य नहुने देखाएको विश्लेषण गरिएको छ । यी दुवै फिल्मका निर्देशक पनि निकै युवा छन्। ‘अब्सेस्ड’ निर्देशन गर्ने करी बार्कर मात्र २६ वर्षका हुन् भने ‘ब्याकरूम्स’का निर्देशक केन पार्सन्स २० वर्षका छन् । उनीहरूको सफलताले फिल्म क्षेत्रमा नयाँ पुस्ताको सम्भावना अझै बलियो देखिएको छ ।

बक्स अफिस मोजोका अनुसार अब्सेस्ड’ ले अहिलेसम्म १७८ मिलियन डलर कमाएको छ भने ब्याकरूम्स’ ले विश्वभर १५४ मिलियन डलर कमाई गरेको छ । 

Read More