२०८३ जेष्ठ २७

विद्युत प्राधिकरणको महशुल बक्यौता ५० अर्ब, प्राथमिकताका साथ उठाउन मन्त्रीको निर्देशन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको महशुल बक्यौता ५० अर्ब एक करोड भएको भन्दै 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत महशुल बक्यौता असुली प्रक्रियालाई प्राथमिकताका साथ अगाडी बढाउन निर्देशन दिएका छन् ।

प्राधिकरण सञ्चालक समिति र प्राधिकरणका उपकार्यकारी निर्देशकहरुको छुट्टाछुट्टै बैठकमा महशुल बक्यौता लामो समयदेखि अल्झिरहेको र रकमसमेत ठूलो रहेको हुँदा यसलाई छिटो फर्स्यौट गर्नुपर्ने सुझाव दिएका हुन् ।

महालेखा परीक्षकको ६३औं प्रतिवेदनमा विद्युत महशुल बक्यौता ५० अर्ब १ करोड रुपैयाँ रहेको छ ।

उनले विगतमा धेरै अध्ययन, छानविन र निर्णयहरु भइसकेको भन्दै यसमा थप निर्णयको आवश्यकता नरहेको र नियम अनुसार प्रक्रिया अनुसार गर्न निर्देशन दिएका छन् ।

डेडिकेटेड फिडर र ट्रंक लाइनका साथै इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र, सडक बत्तीलगायतका सबै क्षेत्रको बक्यौता असुली गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । उनले कानुनी प्रक्रियामा रहेको बाहेकको क्षेत्रमा बक्यौता असुली गर्न प्राधिकरण अल्मलिने नहुने बताए ।

Read More

लुम्बिनीका पाँच मन्त्रीले लिए शपथ

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारका पाँच मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमबार नव नियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।

पुनर्गठित मन्त्रिपरिषद्मा एमालेबाट चार जना र जसपाबाट एक जना गरी पाँच जना नयाँ मन्त्री नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीहरूमा तुलसी प्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजी प्रसाद घिमिरे, रत्नबहादुर खत्री र भण्डारीलाल अहिर रहेका छन् ।

जसमा तुलसी प्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

जसपाबाट मन्त्री बनाइएकोमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले भने आपत्ति जनाएको छ । सर्वोच्च अदालतले समेत जसपा नेपाललाई मान्यता दिएको अवस्थामा मुख्यमन्त्रीले आफ्ना सांसदलाई मन्त्री बनाएको भन्दै आपत्ति जनाएको छ ।

Read More

बक्स अफिसमा लाली बजारकै दबदबा, कुन फिल्मले कति कमाए ?

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको जेठ २४ गते आइतबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार परालको आगो, लालीबजार, मितज्यू, काजी रोल नम्बर१ र लाइफ ड्यामेजको बक्स अफिसको कमाई सार्बजनिक गरिएको छ ।

जस अनुसार बैशाख २५ गतेदेखि प्रदर्शन भएको लाली बजारले बक्स अफिसमा शानदार कमाई गरेको छ । फिल्मले अहिलेसम्म ८ करोड ७८ लाख ५ हजार १९८ कमाई गरेको छ । त्यस्तै यस फिल्मले २ लाख ९८ हजार २२७ टिकट बिक्री गरेको छ ।

त्यस्तै बैशाख ११ गतेदेखि प्रदर्शनमा आएको फिल्म परालको आगोले बक्स अफिसमा ४ करोड २८ लाख ११ हजार ४४५ कमाई गरेको छ । त्यस्तै यस फिल्मका एक लाख ५४ हजार १३६ टिकट बिक्रि भएका छन् ।

त्यसैगरी जेठ ८ गतेदेखि प्रदर्शनमा आएको मितज्यूले एक करोड ३१ लाख ११ हजार ८५९ कमाई गरेको छ । फिल्मका अहिलेसम्म ४५ हजार ५३३ टिकट बिक्री भएका छन् ।  त्यस्तै जेठ ८ गतेदेखि नै प्रदर्शनमा आएको काजीले भने केवल ४४ लाख ३८ हजार ९८५ कमाई गरेको छ । त्यस्तै जेठ १ गते रिलिज भएको लाइफ ड्यामेजले ३४ लाख ४० हजार कमाएको छ ।

त्यस्तै जेठ १५ गतेदेखि रिलिज भएको रोल नम्बर १ ले ९४ लाख ९१ हजार ६८० कमाई गरेको छ भने यस फिल्मले ३१ हजार ७८८ टिकट बिक्री गरेको छ ।

Read More

विद्युत प्राधिकरणको महशुल बक्यौता ५० अर्ब, प्राथमिकताका साथ उठाउन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको महशुल बक्यौता ५० अर्ब एक करोड भएको भन्दै 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत महशुल बक्यौता असुली प्रक्रियालाई प्राथमिकताका साथ अगाडी बढाउन निर्देशन दिएका छन् ।

प्राधिकरण सञ्चालक समिति र प्राधिकरणका उपकार्यकारी निर्देशकहरुको छुट्टाछुट्टै बैठकमा महशुल बक्यौता लामो समयदेखि अल्झिरहेको र रकमसमेत ठूलो रहेको हुँदा यसलाई छिटो फर्स्यौट गर्नुपर्ने सुझाव दिएका हुन् ।

महालेखा परीक्षकको ६३औं प्रतिवेदनमा विद्युत महशुल बक्यौता ५० अर्ब १ करोड रुपैयाँ रहेको छ ।

उनले विगतमा धेरै अध्ययन, छानविन र निर्णयहरु भइसकेको भन्दै यसमा थप निर्णयको आवश्यकता नरहेको र नियम अनुसार प्रक्रिया अनुसार गर्न निर्देशन दिएका छन् ।

डेडिकेटेड फिडर र ट्रंक लाइनका साथै इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र, सडक बत्तीलगायतका सबै क्षेत्रको बक्यौता असुली गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । उनले कानुनी प्रक्रियामा रहेको बाहेकको क्षेत्रमा बक्यौता असुली गर्न प्राधिकरण अल्मलिने नहुने बताए ।

Read More

जेन–जी आन्दोलनका क्रममा फरार प्रतिवादी पक्राउ

काठमाडौँ । अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् ।

तार्केश्वर नगरपालिका–१ घर भएका ४३ वर्षीय बिराज सिंह लवट (खत्री) लाई काठमाडौँ महानगरपालिका–११ सुन्धारास्थित केन्द्रीय कारागार नजिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जेन–जी आन्दोलनका क्रममा प्रहरी वृत्त बालाजुबाट फरार रहेका लवटलाई खोजतलासका क्रममा पक्राउ गरिएको हो ।

पक्राउ परेका उनलाई हाल प्रहरी वृत्त जनसेवामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

नेप्सेमा २०.२७ अंकको गिरावट, ४ अर्ब ८ करोडको कारोबार

काठमाडौँ । नेप्से आज पनि दोहोरो अंकले घटेको छ । आज सोमबार नेप्से २०.२७ अंकले घटेर २७३५.१४ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५६ कम्पनिका ९२ लाख ३६ हजार ६७७ कित्ता शेयर ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार १९० मा कारोबार भएको थियो । आज फाइनान्स बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी कालिन्चोक हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर १३.११ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी उपकार लघुवित्तको शेयर ७.१४ प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी सेन्ट्रल फाइनान्सको २० करोड ४ लाख बराबर कारोबार भएको छ भने लक्ष्मी बैंक डिभेन्चरको १७ करोड १७ लाख बराबरको कारोबार भएको छ ।

Read More

कैलाली र धादिङमा जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ

काठमाडौँ । कैलाली र धादिङका छुट्टाछुट्टै घटनामा जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–१६ मा १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय प्रदीप चन्दसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । किशोरीमाथि जबरजस्ती करणी भएको भन्ने उजुरीका आधारमा अस्थायी प्रहरी पोष्ट बेहडाबाबाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

यस्तै, धादिङको धुनिवेशी नगरपालिका–४ रुपाखेती गाउँका ३३ वर्षीय रामशरण रुपाखेतीलाई ३६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडित महिलाको उजुरीपछि इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी, धादिङकै खनियावास गाउँपालिका–१ नेक्साका २८ वर्षीय वर्णबास तामाङलाई १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा शुक्रबार राति पक्राउ गरिएको छ । किशोरीको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय दार्खाबाट खटिएको प्रहरी टोलीले उनलाई खनियावास गाउँपालिका–४ बाट नियन्त्रणमा लिएको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

हङकङलाई हराउदै नेपालले जित्यो नेपालले एशियन गेम्स छनौटको उपाधि

काठमाडौं । नेपालले एशियन गेम्सको क्रिकेटतर्फको छनौट प्रतियोगिता जितेको छ । आज भएको फाइनल खेलमा नेपाल डिएल मेथड अनुसार १९ रनले विजयी भएको हो ।

हङकङले दिएको १८९ रनको लक्ष्य पछाएको नेपालले ११.३ ओभरमा २ विकेट गुअमाउदै ११४ रन बनाएपछि बर्षाले खेल रोकिएको थियो ।

त्यसपछि खेल हुनसक्ने अवस्था नभएपछि नेपाल डिएल मेथड अनुसार १९ रनले विजयी भएको हो ।

नेपालका लागि कुशल भुर्तेलले आज पनि आक्रामक ब्याटिंग गर्दै ४० बलमा ६५ रन बनाएका थिए । त्यस्तै रोहित पौडेलले ३५ र कप्तान दिपेन्द्र सिंह ऐरीले ९ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको थियो  । हङकङका लागि अन्शुमन राठले सर्बाधिक ८० रन बनाए भनेशाहिद वासिफले ५५ र शिव माथुरले २६ रन बनाएका थिए । त्यस्तै नेपाली बलर शेर मल्लले ४ विकेट लिए भने करण केसीले एक र सन्दीप लामिछानेले एक विकेट लिएका थिए ।

यस प्रतियोगिताबाट सेमिफाइनलमा पुगेका चारै देश नेपाल, हङकङ, ओमान र मलेसिया एशियन गेम्सका लागि छनौट भएका छन् ।

Read More

कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्षमा पाण्डेय नियुक्त

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा टंकप्रसाद पाण्डेय नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समितिको निर्णयअनुसार पाण्डेयलाई अध्यक्ष पदमा नियुक्त गरिएको हो । नवनियुक्त अध्यक्ष पाण्डेयले निजामती सेवामा करिब २५ वर्ष कार्य गर्दै महत्वपूर्ण अनुभव हासिल गरेका छन् । उनीसँग आर्थिक क्षेत्रसहित विभिन्न सरकारी तथा संस्थागत निकायमा काम गरेको अनुभव रहेको जनाइएको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुसार बैंकका नवनियुक्त अध्यक्षले नेपाल राष्ट्र बैंकका गभर्नरसामु सपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ । सोही प्रावधानअनुसार पाण्डेयले नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित कार्यक्रममा गभर्नर विश्वनाथ पौडेल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित, कार्यकारी निर्देशकहरू रामु पौडेल, गरु प्रसाद पौडेल, दीर्घबहादुर रावल तथा मुक्तिनाथ सापकोटा, निर्देशक मीरा ताल्चाभडेल, बोर्ड सचिव शरणकुमार अधिकारी, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा कम्पनी सचिव एवं प्रवक्ता हिमलाल पौडेललगायतको उपस्थिति रहेको थियो ।

नवनियुक्त अध्यक्ष पाण्डेयले बैंकको संस्थागत सुदृढीकरण, कृषि क्षेत्रको वित्तीय पहुँच विस्तार तथा सेवाको गुणस्तर अभिवृद्धिका लागि काम गर्ने अपेक्षा गरिएको बैंकले जनाएको छ ।

Read More

प्रधानमन्त्रीले माफी नमागेसम्म संसद बैठक अघि बढ्न सक्दैन- पदमा अर्याल

काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले प्रधानमन्त्री बालेन शाहले सदनमा जवाफ नदिएसम्म बैठक अगाडि बढ्न नसक्ने बताएकी छन् । 

प्रतिनिधि सभाको बैठकमा बोल्दै नेतृ अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहले माफी माग्नुपर्ने र संसदको रेकर्डबाट उक्त अभिव्यक्ति हटाउनुपर्ने माग गरेकी हुन्। 

उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेकाले निसर्त उक्त भूमि फिर्ता हुनुपर्ने माग गरेकी छन् । उनले सत्ता पक्षका सांसदहरुलाई समेत आव्हान गर्दै भनिन्- ‘एकताबद्ध भएर भूल सुधार गर्दै प्रधानमन्त्रीले क्षमा याचनासहित रेकर्ड हटाउन आवश्यक भएकाले त्यो नहुँदासम्म आज बैठक स्थगित गरियो। राष्ट्रिय संकल्प प्रस्ताव पारित गरौं।’  

साथै अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेले संसद्मा पेश गरेको आर्थिक विधेयकका पृष्ठ र करमा दर हेरफेर भएको पाइएको भन्दै आपत्ति जनाउदै तत्काल छानबिन गर्नुपर्ने माग गरेकी छन् ।  बिवाईडी गाडीको भन्सार छलि प्रकरणमा अर्थमन्त्रीको संलग्नता रहेको आरोप लगाउदै गाडीमा भन्सार छली गरेको विषय छरपष्ट भएको र यसको छानबिन हुनुपर्ने माग गरेकी छन् ।

Read More