२०८३ जेष्ठ २७

रवि लामिछानेले बोलाएको सर्बदलीय बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्बदलीय बैठक आज बस्दैछ ।

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार समसामयिक राजनीतिका बिषयमा छलफल गर्न लामिछानेले सर्बदलीय बैठक बोलाएका हुन् । 

बैठक आज बिहान ९ बजेदेखि संसद सचिवालय सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्ने बताइएको छ । बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबाट पार्टी अध्यक्ष तथा सभापतिसहित दुई जना सहभागी हुन आमन्त्रण गरिएको बुर्लाकोटीले जानकारी दिएका छन् । 

Read More

आज राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

आज बिहान ११ बजे देखि बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा कर्णाली प्रदेशमा भएको स्थलगत अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदनमाथि छलफल हुने कार्यतालिका रहेको छ ।

त्यस्तै आज बिहान ११ बजेदेखि शुरु हुने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा नागढुङ्गा-सिस्नेखोला सुरूङ्गमार्ग सम्बन्धमा विभाग र आयोजनासँग छलफल हुने कार्यसूची रहेको छ । 

Read More

फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७.८ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्डानाओमा सोमबार बिहान ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकाको भूगर्भ सर्वेक्षण संस्थाका अनुसार भूकम्प जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा केन्द्रित भएर गएको हो ।

भूकम्पपछि फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प अध्ययन संस्थाले सुनामीको चेतावनी जारी गरेको छ । संस्थाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ तत्काल स्थानान्तरण हुन आग्रह गरेको छ ।

भूकम्पबाट भएको क्षतिको विवरण भने तत्काल प्राप्त हुन सकेको छैन । सम्बन्धित निकायहरूले प्रभावित क्षेत्रको अवस्था मूल्याङ्कन गरिरहेको बताएका छन् ।

Read More

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसुची

काठमाडौँ  । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुदैछ । 

आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । आजको बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आज आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने र भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । त्यस्तै अर्थमन्त्री डा. वाग्लेले विनियोजन विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, विनियोजन विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी अर्थमन्त्री डा. वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने राष्ट्र ऋण उठाउने विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै उनले आजै नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ नम्बर ८१’ पेस गर्ने तथा अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ पेस गर्ने कार्यसूची रहेको छ ।

Read More

एशियन गेम्सको छनौटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै

काठमाडौँ । सिंगापुरमा जारी एशियन गेम्सको क्रिकेटतर्फको छनौट प्रतियोगिताको फाइनलमा आज नेपाल र हङकङ भिड्ने भएका छन् ।

फाइनल खेल आज नेपाली समय अनुसार सवा १२ बजेदेखि शुरु हुदैछ । 

आज भएका सेमिफाइनलमा विजयी भएसँगै नेपाल र हङकङ फाइनलमा भिड्ने भएका हुन् । नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ भने हङकङले मलेसियालाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ ।

त्यस्तै आज सेमिफाइनलमा पराजित भएका ओमान र मलेसिया तेस्रो स्थानका लागि खेल्दैछन् । तेस्रो स्थानको खेल विहान सवा ७ बजे हुने छ ।

सेमिफाइनलमा पुगेका चारै देश नेपाल, हङकङ, ओमान र मलेसिया एशियन गेम्सका लागि छनौट भएका छन् ।  

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल तथा तराई भू-भागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत  बागमती र  गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा तथा बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भू-भागमा मुख्यतया सफा रहने छ।  कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत, बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ । 

त्यस्तै आज राती कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल, पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ तथा तराई भू-भागमा मूख्यतया सफा रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरूमा, बागमती र  गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा कर्णाली प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

Read More

२०८३ जेठ २५ गते सोमबार: आजको राशिफल

आजको राशिफल बिस २०८३ जेठ २५ गते सोमबार ईस २०२६ जुन ८ नेपाल सम्बत ११४६ अनालागा अष्टमी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, जेठ कृष्ण अष्टमी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, विश्कुम्भ योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ८ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५८ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर ३२ मिनेटदेखि ७ बजेर १४ मिनेटसम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

मेष

आजको दिन काममा गति आउनेछ र रोकिएका योजना अघि बढ्न सक्छन्। तपाईंको निर्णय क्षमताले राम्रो नतिजा दिलाउने सम्भावना छ। नयाँ जिम्मेवारी आउन सक्छ, जसले भविष्यमा फाइदा दिनेछ। आर्थिक पक्ष सामान्य सुधारतर्फ देखिए पनि खर्चमा नियन्त्रण आवश्यक हुनेछ। परिवारमा सानो खुसीको वातावरण बन्न सक्छ। मनमा उत्साह बढ्नेछ र आत्मविश्वास मजबुत रहनेछ।

वृष

आज धैर्य र संयमले फाइदा दिलाउने दिन हो। कार्यक्षेत्रमा साना अवरोध आए पनि समाधान निकाल्न सकिनेछ। पुरानो प्रयासको परिणाम विस्तारै देखिन सक्छ। आर्थिक अवस्था स्थिर रहनेछ। घरपरिवारमा समझदारी बढ्नेछ र सम्बन्ध मजबुत बन्नेछ। अनावश्यक बहसबाट टाढा रहनु राम्रो हुन्छ। मानसिक रूपमा शान्त रहन प्रयास गर्नु लाभदायक हुनेछ।

मिथुन

आज कामको चाप बढ्न सक्छ तर परिणाम पनि राम्रो आउनेछ। धेरै जिम्मेवारी एकैपटक सम्हाल्नुपर्ने अवस्था आउन सक्छ। सहकर्मी वा साथीको सहयोग उपयोगी बन्नेछ। आर्थिक पक्ष सामान्य रहनेछ, तर खर्च बढ्न सक्ने संकेत छन्। परिवारसँग समय बिताउँदा मन हल्का हुनेछ। नयाँ व्यक्तिसँगको भेट लाभदायक बन्न सक्छ।

कर्कट

आज परिवारसँगको सम्बन्ध अझ नजिकिनेछ। घरमा खुसी र शान्त वातावरण बन्न सक्छ। पुराना तनाव कम हुँदै जाने संकेत छन्। कार्यक्षेत्रमा तपाईंको मेहनतको कदर हुन सक्छ। आर्थिक पक्षमा सुधार देखिन सक्छ। स्वास्थ्य सामान्य रहनेछ र मानसिक शान्ति प्राप्त हुनेछ। आत्मविश्वास बढ्ने दिन हो।

सिंह

आज नेतृत्व क्षमता देखाउने राम्रो अवसर मिल्नेछ। कार्यक्षेत्रमा तपाईंको विचारलाई महत्व दिइनेछ। आर्थिक रूपमा दिन राम्रो देखिन्छ, तर ठूला निर्णय गर्दा सावधानी आवश्यक छ। सामाजिक क्षेत्रमा सम्मान बढ्न सक्छ। परिवारको सहयोगले मनोबल बलियो हुनेछ। ऊर्जा उच्च रहनेछ र काममा उत्साह बढ्नेछ।

कन्या

आज अध्ययन र सिकाइका लागि राम्रो दिन हो। नयाँ ज्ञान प्राप्त गर्ने अवसर मिल्न सक्छ। काममा सुधार देखिए पनि धैर्य आवश्यक हुनेछ। आर्थिक अवस्था सामान्य रहनेछ। परिवारमा सानो खुसीको माहोल बन्न सक्छ। यात्रा वा बाहिरी कामबाट लाभ मिल्ने सम्भावना छ। स्वास्थ्यमा सामान्य ध्यान दिनु राम्रो हुन्छ।

तुला

आज आर्थिक पक्षमा सुधारका संकेत देखिन्छन्। रोकिएको रकम प्राप्त हुन सक्छ वा नयाँ आम्दानीको बाटो खुल्न सक्छ। काममा सहकर्मीको सहयोग मिल्नेछ। परिवारमा खुसीको वातावरण रहनेछ। सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। आत्मविश्वास बढ्ने भएकाले नयाँ योजना सुरु गर्न उपयुक्त दिन हो।

वृश्चिक

आज मेहनतको राम्रो फल प्राप्त हुने दिन हो। प्रतिस्पर्धामा सफलता मिल्न सक्छ। आर्थिक लाभका अवसर देखिन सक्छन्। परिवारमा खुसीको समाचार आउन सक्छ। सम्बन्धमा विश्वास बढ्नेछ। नयाँ सोच वा योजना भविष्यका लागि उपयोगी बन्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ।

धनु

आज उत्साह र ऊर्जा उच्च रहनेछ। नयाँ अवसरहरू प्राप्त हुन सक्छन्। काममा प्रगति देखिनेछ। यात्रा वा बाहिरी कामबाट फाइदा मिल्न सक्छ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। परिवारसँग सम्बन्ध राम्रो रहनेछ। आत्मविश्वासले दिनलाई सफल बनाउनेछ।

मकर

आज जिम्मेवारी बढ्न सक्छ तर धैर्यले काम सहज बनाउनेछ। खर्चमा ध्यान दिनु आवश्यक छ। परिवारको सहयोगले मनोबल बढ्नेछ। काममा अतिरिक्त दबाब आउन सक्छ। स्वास्थ्यमा थकान हुन सक्छ, आराम आवश्यक छ। दिनको अन्त्यतिर सन्तोष मिल्नेछ।

कुम्भ

आज नयाँ योजना सुरु गर्न उपयुक्त दिन हो। काममा प्रगति देखिनेछ। साथीभाइको सहयोग मिल्नेछ। आर्थिक पक्षमा सुधार आउने संकेत छन्। परिवारमा खुसीको वातावरण रहनेछ। सामाजिक सम्बन्ध विस्तार हुनेछ। आत्मविश्वास बढ्ने दिन हो।

मीन

आज मिश्रित दिन रहनेछ। केही काम सहज बन्नेछन् भने केहीमा धैर्य आवश्यक हुनेछ। आर्थिक पक्षमा सावधानी अपनाउनु राम्रो हुन्छ। परिवारको साथले मन शान्त रहनेछ। निर्णय गर्दा हतार नगर्नु राम्रो हुन्छ। अन्त्यतिर राम्रो संकेत वा समाचार प्राप्त हुन सक्छ ।

Read More