२०८३ जेष्ठ २७

ओलिसको ह्याट्रिकमा फ्रान्स विजयी

काठमाडौं । फ्रान्सले विश्वकप अघिको मैत्रीपूर्ण खेलमा उत्तरी आयरल्याण्डलाई पराजित गरेको छ । 

गएराती सम्पन्न खेलमा फ्रान्सले उत्तरी आयरल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । फ्रान्सको जितमा माइकल ओलिसले ह्याट्रिक गरेका थिए । उनले खेलको ४३औं, ४९औं र ७५औं मिनेटमा गोल गरेका थिए । त्यस्तै उत्तरी आयरल्याण्डका लागि प्याट्रिक केलीले एक गोल फर्काएका थिए । 

विश्वकपमा समुह आई मा रहेको फ्रान्सले आफ्नो पहिलो खेल अब जुन १७ मा सेनेगलविरुद्ध खेल्ने तालिका रहेको छ ।  त्यस्तै फ्रान्सले जुन २३ मा इराकसँग र जुन २७ मा नर्वेसँग खेल्ने तालिका रहेको छ । 

Read More

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार दिउसो १: १५ बजेदेखि शुरु हुदैछ । 

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक बर्ष २०८३-८४ को राजश्व र व्ययको बार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस भन्ने प्रस्ताव पेश गर्ने र आर्थिक बर्ष २०८३-८४ को राजश्व र व्ययको बार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।

Read More

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजेदेखि बैठक शुरु हुदैछ । 

आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । आजको बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आज आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने र भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । 

त्यस्तै अर्थमन्त्री डा. वाग्लेले विनियोजन विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, विनियोजन विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी अर्थमन्त्री डा. वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने राष्ट्र ऋण उठाउने विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै उनले आजै नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै आजको बैठकमा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले राष्ट्रिय सभामा उत्पति भएको ‘चलचित्र विधेयक २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै आजको बैठकमा सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको नाम मनोनयन गरेको जाकारी गराउने कार्यसूची छ भने सभामुखले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ राष्ट्रिय सभाबाट अवधि भित्र फिर्ता नभएको जानकारी गराउने कार्यसूची रहेको छ ।

विपक्षी दलहरुले प्रधानमन्त्रीले संसदमा सीमा बारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउदै संसदमा अवरोध गरिरहेकाले संसदका नियमित कार्यसूची प्रभावित बनेका छन् ।

Read More

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।

बिहान ९ बजे बस्ने बैठकमा आदिवासी जनजाति आयोगको कामकारवाही सम्बन्धमा आयोगका पदाधिकारीहरूसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ । बैठक सिंहदरबारको सङ्‍घीय संसद् सचिवालयस्थित महिला तथा सामाजिक मामिला समितिको सभाकक्षमा हुने समितिले जनाएको छ ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले  हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी, बागमती, गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा बाँकी भू-भागमा आंशिक बादल लागेको छ। कोशी, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भू- भागमा साधारणतया बादल लाग्नेछ र सुदूरपश्चिम प्रदेशको तराईमा आंशिक बादल लाग्नेछ।  कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको तराई भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू-भागका एक -दुई  स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ । 

त्यस्तै आज राति कोशी प्रदेश लगायत  बागमती र  गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा तथा बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भू-भागमा मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र  गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश र बाँकी हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । 

Read More

२०८३ जेठ २६ गते मंगलबार: आजको राशिफल

आजको राशिफल बिस २०८३ जेठ २६ गते मंगलबार ईस २०२६ जुन ९ नेपाल सम्बत ११४६ अनालागा नवमी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, जेठ कृष्ण नवमी, चन्द्रमा मीन राशिमा, पूर्वभाद्रपदा नक्षत्र, प्रीति योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ८ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ ।

मेष

आज तपाईंको दिन आत्मविश्वास र सक्रियताले भरिएको रहनेछ। काममा रोकिएका योजना अघि बढ्ने सम्भावना छ र नयाँ जिम्मेवारी पनि आउन सक्छ। ती जिम्मेवारी पूरा गर्न तपाईं सक्षम देखिनुहुनेछ। आर्थिक पक्ष सामान्य रूपमा सुधारतर्फ देखिए पनि अनावश्यक खर्च बढ्न सक्छ, त्यसैले सचेत रहनु राम्रो हुन्छ। परिवारभित्र सानो खुसीको माहोल बन्न सक्छ र घरायसी वातावरण सहज रहनेछ। साथीभाइ वा सहकर्मीसँगको सम्बन्ध राम्रो रहनेछ। स्वास्थ्य सामान्य रहनेछ तर आरामको कमीले थकान महसुस हुन सक्छ।

वृष

आज धैर्य र संयमले राम्रो परिणाम दिलाउने दिन हो। काममा साना अवरोध आउन सक्छन् तर तपाईंको अनुभवले समाधान निकाल्न सहयोग गर्नेछ। आर्थिक अवस्था स्थिर रहनेछ र पुराना प्रयासबाट केही फाइदा प्राप्त हुन सक्छ। परिवारभित्र आपसी समझदारी बढ्नेछ र सम्बन्ध अझ बलियो बन्नेछ। कुनै पुरानो विषय समाधानतर्फ जाने सम्भावना छ। मानसिक रूपमा शान्त रहनु लाभदायक हुनेछ। स्वास्थ्य सामान्य रहनेछ, विशेषगरी खानपानमा ध्यान दिनु आवश्यक छ।

मिथुन

आज तपाईं व्यस्त रहनुहुनेछ र धेरै जिम्मेवारी एकैपटक सम्हाल्नुपर्ने हुन सक्छ। कार्यक्षेत्रमा सहकर्मीको सहयोगले काम सहज बन्नेछ र केही महत्वपूर्ण काम सम्पन्न हुनेछन्। आर्थिक पक्ष सामान्य रहनेछ तर खर्च बढ्न सक्ने संकेत छन्, त्यसैले योजना बनाएर चल्नु राम्रो हुन्छ। परिवारसँग समय बिताउँदा मन हल्का हुनेछ। नयाँ व्यक्तिसँगको भेट भविष्यका लागि उपयोगी बन्न सक्छ। मानसिक रूपमा उत्साह बढ्नेछ तर तनावबाट बच्न आवश्यक छ।

कर्कट

आज परिवारसँग समय बिताउने अवसर मिल्नेछ र घरमा खुसीको वातावरण बन्न सक्छ। लामो समयदेखि चलिरहेको तनाव कम हुँदै जानेछ। कार्यक्षेत्रमा तपाईंको मेहनत र लगनशीलताको कदर हुन सक्छ। रोकिएका कामहरू अघि बढ्ने सम्भावना छ। आर्थिक पक्षमा सुधार देखिन सक्छ। स्वास्थ्य सामान्य रहनेछ र मानसिक रूपमा सन्तुलित महसुस हुनेछ। आत्मविश्वास बढ्ने दिन हो र नयाँ योजना सोच्ने अवसर मिल्नेछ।

सिंह

आज नेतृत्व क्षमता प्रदर्शन गर्ने राम्रो अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा तपाईंको विचार र निर्णयलाई महत्व दिइनेछ। आर्थिक पक्ष राम्रो देखिए पनि ठूलो निर्णय गर्दा सावधानी अपनाउनु आवश्यक छ। सामाजिक क्षेत्रमा सम्मान बढ्न सक्छ र तपाईंको प्रभाव विस्तार हुनेछ। परिवारको सहयोगले मनोबल बढ्नेछ। प्रेम सम्बन्धमा समझदारी बढ्ने सम्भावना छ। स्वास्थ्य राम्रो रहनेछ र ऊर्जा उच्च रहनेछ।

कन्या

आज अध्ययन, सिकाइ र बौद्धिक कार्यका लागि राम्रो दिन हो। नयाँ ज्ञान प्राप्त गर्ने वा सीप विकास गर्ने अवसर मिल्न सक्छ। काममा स्थिरता देखिए पनि निरन्तर प्रयास आवश्यक हुनेछ। आर्थिक अवस्था सामान्य रहनेछ। परिवारमा सानो खुसीको वातावरण बन्न सक्छ र सम्बन्धमा समझदारी कायम रहनेछ। यात्रा वा बाहिरी कामबाट लाभ मिल्न सक्छ। स्वास्थ्यमा सामान्य थकान हुन सक्छ, त्यसैले आराममा ध्यान दिनु राम्रो हुन्छ।

तुला

आज आर्थिक पक्षमा सुधारका संकेत देखिन्छन् र रोकिएको रकम प्राप्त हुने सम्भावना छ। कार्यक्षेत्रमा सहकर्मी र साथीभाइको सहयोगले काम सहज बन्नेछ। नयाँ अवसरहरू प्राप्त हुन सक्छन् जसले भविष्यमा फाइदा पुर्‍याउनेछ। परिवारमा खुसीको वातावरण रहनेछ र सामाजिक सक्रियता बढ्नेछ। आत्मविश्वास बढ्ने भएकाले नयाँ योजना सुरु गर्न उपयुक्त समय हो। स्वास्थ्य सामान्य रहनेछ र मन प्रसन्न रहनेछ।

वृश्चिक

आज मेहनत र लगनशीलताको राम्रो प्रतिफल प्राप्त हुने दिन हो। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्ने सम्भावना छ। आर्थिक पक्ष सन्तोषजनक रहनेछ र नयाँ अवसरहरू देखा पर्न सक्छन्। परिवारमा खुसीको समाचार आउने सम्भावना छ। सम्बन्धमा विश्वास र समझदारी कायम रहनु आवश्यक हुनेछ। नयाँ योजना वा सोचले भविष्यमा राम्रो दिशा दिन सक्छ। स्वास्थ्य सामान्य रहनेछ र मानसिक रूपमा सन्तुलन कायम हुनेछ।

धनु

आज उत्साह र ऊर्जा उच्च रहनेछ र काममा राम्रो प्रगति देखिनेछ। नयाँ अवसरहरू प्राप्त हुने सम्भावना छ र यात्रा वा बाहिरी कामबाट लाभ मिल्न सक्छ। आर्थिक पक्षमा सुधार देखिनेछ। सामाजिक क्षेत्रमा सम्मान र प्रतिष्ठा बढ्न सक्छ। परिवारसँग सम्बन्ध राम्रो रहनेछ र आत्मविश्वास बलियो हुनेछ। नयाँ काम सुरु गर्न वा पुराना योजना विस्तार गर्न उपयुक्त दिन हो।

मकर

आज जिम्मेवारी बढ्न सक्छ तर तपाईंको धैर्य र योजनाबद्ध कामले सफलता दिलाउनेछ। कार्यक्षेत्रमा अतिरिक्त दबाब आउन सक्छ तर व्यवस्थापन गर्न सकिनेछ। आर्थिक पक्ष सामान्य रहनेछ, खर्चमा नियन्त्रण आवश्यक छ। परिवारको साथले मनोबल बढाउनेछ। स्वास्थ्यमा थकान वा आलस्य महसुस हुन सक्छ, त्यसैले आराम आवश्यक छ। दीर्घकालीन योजनामा प्रगति देखिन सक्छ।

कुम्भ

आज नयाँ योजना सुरु गर्न उपयुक्त दिन हो र कार्यक्षेत्रमा प्रगति देखिनेछ। रोकिएका कामहरू अघि बढ्न सक्छन् र सहकर्मीको सहयोग प्राप्त हुनेछ। आर्थिक पक्षमा सुधार आउने संकेत छन्। परिवारमा खुसीको वातावरण रहनेछ र सामाजिक सम्बन्ध विस्तार हुनेछ। आत्मविश्वास बढ्नेछ र नयाँ निर्णय लिन सहज हुनेछ। मानसिक रूपमा सकारात्मक ऊर्जा रहनेछ र दिन सफल बन्न सक्छ।

मीन

आज मिश्रित परिणाम दिने दिन हो। केही काम सहज बन्नेछन् भने केहीमा धैर्य आवश्यक हुनेछ। आर्थिक पक्षमा सावधानी अपनाउनु राम्रो हुन्छ र अनावश्यक खर्चबाट बच्नु आवश्यक छ। परिवारको सहयोगले मन शान्त रहनेछ। पुराना कामहरू पूरा गर्ने अवसर मिल्न सक्छ। नयाँ योजना अघि बढाउनुअघि राम्रोसँग सोच्नु लाभदायक हुनेछ। दिनको अन्त्यतिर सकारात्मक संकेत वा राम्रो समाचार प्राप्त हुन सक्छ ।

Read More