काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सांसद हर्क साम्पाङले संसद्मा सरकारको जवाफदेहितामाथि प्रश्न उठाउँदै तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्रीले सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग लामो समयदेखि उठाइए पनि कुनै सुनुवाइ नभएको बताए। उनले प्रधानमन्त्री संसद्मा उपस्थित भएर आफ्नो भनाइ स्पष्ट नगर्ने र सभामुखले समेत आवश्यक रुलिङ नगर्ने अवस्थाले संसदीय प्रक्रियामाथि प्रश्न उठेको टिप्पणी गरे।
उनले यस्तो अवस्थाप्रति आक्रोश व्यक्त गर्दै “यो देश ढुंगाको हो कि मान्छेको?” भन्ने प्रश्नसमेत उठाए।
साम्पाङले पद, पोशाक वा भौतिक सुविधाले मात्र मानिसलाई मानवीय नबनाउने भन्दै जिम्मेवारी, नैतिकता र जवाफदेहिताले मात्र नेतृत्वलाई अर्थपूर्ण बनाउने धारणा राखे। उनले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने आवश्यकता दोहोर्याए।




