काठमाडौँ । गणतन्त्र दिवसको अवसर पारेर सुकुमबासीहरूले काठमाडौँको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गरेका छन्। आफूहरूलाई जबरजस्ती उठीबास लगाइएको आरोप लगाउँदै उनीहरूले भूमिको अधिकार सुनिश्चित गर्न माग गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले “गणतन्त्र जिन्दावाद”, “गणतन्त्र मुर्दावाद”, “सिंहदरबार रमायो–सुकुमबासी रुवायो”, “नेताको महल ठीक–गरिबको टहरा बेठिक”, “हो सरकार हो–मेरो भोट खोइ”, तथा “जनताको सरकार कि डोजरे सरकार?” जस्ता नारासहितका प्लेकार्ड बोकेका थिए।
उनीहरूको विरोध मार्च माइतीघरबाट सुरु भई बिजुलीबजार हुँदै नयाँ बानेश्वरसम्म पुगेको थियो।




