२०८३ जेष्ठ २८

कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्साललाई स्थानीयको घेराबन्दी, नाराबाजी गर्दै विरोध

काठमाडौँ । सिरहा–धनुषा जोड्ने हुलाकी राजमार्गस्थित कमला पुलको निरीक्षणका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल स्थानीयको विरोधको सामना गर्नुपरेको छ।

पुलको अवस्था बुझ्न पुगेका मन्त्री लम्सालविरुद्ध स्थानीय बासिन्दाले नाराबाजी गर्दै असन्तुष्टि जनाएका थिए। लामो समयदेखि पुल निर्माण र व्यवस्थापनमा देखिएको ढिलाइप्रति आक्रोशित स्थानीयले मन्त्रीलाई घेराबन्दीसमेत गरेका थिए।

स्थिति तनावपूर्ण बनेपछि मन्त्रीको टोली केही समय अवरोधमा परेको बताइएको छ।