२०८३ असार ११

काभ्रेमा टिपरले च्यापिँदा जेसिबी सहचालकको मृत्यु

काठमाडौँ । काभ्रेको मण्डनदेउपुर नगरपालिका–१२, ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा टिपरले च्यापिँदा एक जेसिबी सहचालकको मृत्यु भएको छ।

गए राति बालुवा लोड गर्ने क्रममा बा४ख ९८२५ नम्बरको टिपर ब्याक गर्दै गर्दा सोही स्थानमा रोकिएको बा४ख ९९०९ नम्बरको अर्को टिपरबीच १९ वर्षीय देवेन्द्र तामाङ च्यापिएका थिए। उनी पाँचखाल नगरपालिका–८, होक्सेका बासिन्दा रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घटनापछि एक जना टिपर चालक फरार छन् भने अर्का चालकलाई नियन्त्रणमा लिइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।