२०८३ साउन २६ गते (११ अगस्ट २०२६), मंगलवार: श्रावण कृष्णपक्ष चतुर्दशी तिथि। पुनर्वसु नक्षत्र, बिहान १०ः१४ बजेपछि तिष्य नक्षत्र। चन्द्रराशि कर्कट।आजको दिन समग्रमा विभिन्न राशिका जातकका लागि उतार–चढावपूर्ण रहने देखिन्छ। ग्रह–नक्षत्रको प्रभावअनुसार कतिपय राशिका लागि नयाँ अवसर प्राप्त हुने, रोकिएका काम अघि बढ्ने र आर्थिक लाभ हासिल गर्ने सम्भावना देखिन्छ भने केही राशिले भने खर्च, स्वास्थ्य, कामको दबाब तथा निर्णयमा सावधानी अपनाउनुपर्नेछ। आज गरेका कामको तत्काल परिणामभन्दा त्यसले भविष्यमा पार्ने प्रभावलाई समेत विचार गरेर अघि बढ्नु उपयुक्त हुनेछ। विशेषगरी महत्त्वपूर्ण योजना र व्यक्तिगत रणनीति सबैसँग खुलासा नगरी समय, परिस्थिति र व्यक्तिको मूल्यांकन गरेर निर्णय लिनु लाभदायक रहनेछ। मेहनत, धैर्य र सही व्यक्तिको सहयोगलाई सदुपयोग गर्न सके चुनौतीपूर्ण परिस्थितिलाई पनि अवसरमा बदल्न सकिनेछ।
मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मान्यजनको मार्गदर्शन अनुचित लाग्न सक्छ। कमजोर विकल्प रोज्दा महत्त्वपूर्ण अवसर गुम्ने सम्भावना छ। सानो कमजोरीले समेत काममा बाधा पुर्याउन सक्छ। तत्कालको फाइदा हेर्दा भविष्यमा घाटा हुनसक्ने भएकाले निर्णय गर्दा दीर्घकालीन पक्षलाई ध्यान दिनुहोला। विशेष योजना तत्काल सार्वजनिक नगर्नु राम्रो हुनेछ। भविष्यका लागि स्रोत–साधनको जोहो गर्नुपर्ने समय छ। पेसा–व्यवसायमा आंशिक लाभ लिन सफल भइनेछ। फाइदा लिन केही काम दोहोर्याएर गर्नुपर्ने हुन सक्छ।
वृष – Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम अघि बढ्नेछन् भने नयाँ काम सुरु गर्न पनि अनुकूल समय छ। उद्योग तथा व्यापारबाट विशेष लाभ मिल्नेछ। शत्रु तथा प्रतिस्पर्धीमाथि विजय हासिल गर्न सकिनेछ। आम्दानीमा उल्लेख्य वृद्धि हुने सम्भावना छ। आफ्नो कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। कृषिक्षेत्रमा सामान्य र व्यवसायमा राम्रो लाभ उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने अवसर प्राप्त हुन सक्छ।
मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा
बोलीको लय नमिल्दा सहयोगीहरूबाट केही गुनासो आउन सक्छ। तथापि शुभचिन्तकहरूको साथ र सहयोग जुट्ने भएकाले काममा उत्साह बढ्नेछ। निरन्तरको लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सुधार्न काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आलोचकहरूले समेत तपाईंको कामको प्रशंसा गर्नेछन्। प्रेम तथा मित्रताको सम्बन्ध अझ प्रगाढ बन्नेछ।
कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समय केही फुर्सदिलो रहने भएकाले रमाइलो भेटघाट र सामाजिक गतिविधिमा सहभागी हुने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा, मान–सम्मान तथा सामाजिक प्रभाव बढ्नेछ। काममा साथ दिने व्यक्तिहरूको संख्या बढ्नेछ। रचनात्मक तथा नयाँ कामको शुभारम्भ गर्न सकिनेछ। इच्छाशक्ति बलियो बन्नुका साथै उल्लेखनीय वा कीर्तिमानी काम गरेर यश प्राप्त गर्ने अवसर मिल्न सक्छ। प्रेम र मित्रताको बन्धन अझ कसिलो हुनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजन तथा आत्मीय वातावरणको आनन्द लिन पाइनेछ।
सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खर्चिलो काम गर्नुपर्दा आर्थिक अभाव महसुस हुन सक्छ। धेरै परिश्रम गरे पनि अपेक्षाअनुसार प्रतिफल नपाउँदा चित्त बुझाउनुपर्ने अवस्था आउन सक्छ। लाभ नहुने कामको जिम्मेवारीसमेत वहन गर्नुपर्ने हुन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने सम्भावना छ। आम्दानी भए पनि खर्च बढ्दा समस्या आउन सक्छ। प्रयत्न गरे सरसापट वा आर्थिक सहयोग भने जुटाउन सकिनेछ। लामो यात्राको अवसर प्राप्त हुनेछ भने भविष्यमा लाभ दिने कुनै कामको सुरुवात हुन सक्छ।
कन्या – Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
व्यापार, साझेदारी तथा सट्टापट्टाबाट लाभ मिल्नेछ। मिहिनेतका माध्यमबाट आयस्रोत बढाउन सकिनेछ। व्यापारमा अड्किएको रकम उठ्ने सम्भावना छ। भविष्यका लागि लगानी बढाउन पनि अनुकूल समय छ। तर अवसरवादीहरूले तपाईंका कमजोरीको फाइदा उठाउन सक्ने भएकाले सचेत रहनुहोला। आंशिक लाभ भए पनि कुनै काम पूरा गर्न अनुमानभन्दा बढी लगानी र समय लाग्न सक्छ। सरसापटमा केही रकम बाहिरिन सक्ने सम्भावना छ।
तुला – Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
राम्रो कर्मफल प्राप्त हुने भएकाले मन प्रसन्न रहनेछ। समाजले महत्त्वपूर्ण पद वा जिम्मेवारी प्रदान गर्न सक्छ। निरन्तर मिहिनेतले जीवनशैलीमै सकारात्मक परिवर्तन ल्याउन सकिनेछ। व्यापारबाट पनि राम्रो लाभ मिल्नेछ। प्रतिष्ठित व्यक्तिहरूसँग निकटता बढ्नेछ र काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुन सक्छ। अरूलाई प्रभावित पार्दै दाम, इनाम तथा प्रतिष्ठा कमाउने अवसर छ। उल्लेखनीय वा कीर्तिमानी काममा सफलता प्राप्त हुन सक्छ।
वृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन विशेष सजग रहनुपर्नेछ। परिस्थिति अनुकूल रहे पनि अरूका लागि आफ्नो बुद्धि र समय खर्च गर्नुपर्ने अवस्था आउन सक्छ। श्रमको उचित मूल्यांकन भए पनि त्यसको प्रतिफल हात पार्न केही समय लाग्नेछ। अरूको करकाप वा दबाबमा काम गर्न बाध्य हुन सकिन्छ। यद्यपि अरूका लागि गरिएको कामले अन्ततः आफूलाई पनि फाइदा पुर्याउनेछ। समस्या पर्दा सहयोग गर्ने व्यक्ति सहजै भेटिनेछन्।
धनु – Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
अवसर प्राप्त गर्न दौडधुप गर्नुपर्नेछ। तत्काल लाभ नदेखिए पनि भविष्यका लागि महत्त्वपूर्ण काम गर्ने समय हो। कामको चाप बढ्नेछ, तर स्वास्थ्य कमजोर रहन सक्ने भएकाले आफ्नो शरीर र आराममा ध्यान दिनुहोला। आर्थिक दृष्टिले पनि दिन केही कमजोर रहन सक्छ। परिस्थितिले चुनौतीसँग सम्झौता गर्न बाध्य बनाउन सक्छ। केही जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने अवस्था आउन सक्छ। समस्या खुलेर राख्दा सहयोगीहरूको साथ प्राप्त हुनेछ।
मकर – Capricorn
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
भविष्यका लागि नयाँ अवसर खोज्ने समय छ। पेसा–व्यवसायमा विशेष लाभ लिन सकिनेछ। व्यापार विस्तारसँगै आम्दानीमा पनि उल्लेख्य वृद्धि हुनेछ। विभिन्न भौतिक साधन जुट्ने सम्भावना छ। कामको सिलसिलामा यात्राको अवसर मिल्न सक्छ। नयाँ ज्ञान तथा सीप सिक्ने मौका प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखद रहनेछ। प्रियजनसँगको भेटघाटले दिनलाई अझ रमाइलो बनाउनेछ। आतिथ्यपूर्ण व्यवहार तथा सम्मान प्राप्त हुनेछ।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
स्रोत–साधन जुट्नाले मिहिनेती व्यक्तिका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरू पछि हट्नेछन्। आफ्नो पराक्रम र क्षमताका आधारमा अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम सुरु गर्न सकिनेछ। रोकिएका काम बन्न थालेपछि उत्साह बढ्नेछ। निरन्तरको मिहिनेतले प्रतिस्पर्धाको दौडमा समेत सफलता दिलाउन सक्छ।
मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याएर गर्नुपर्ने हुन सक्छ। संघर्षका बीच कर्मयोग अघि बढ्नेछ। कामका लागि पर्याप्त समय दिन नसकिए पनि आफ्नो योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिले स्वतन्त्रतामा केही बाधा पुर्याउन सक्छ। तथापि सानो प्रयासले पनि लाभ बढाउन सकिनेछ। व्यापारबाट फाइदा हुनेछ। अध्ययनप्रतिको लगाव बढ्दा बौद्धिक क्षेत्र थप फराकिलो बन्नेछ। तत्कालको परिणामभन्दा भविष्यका लागि आधार तयार गर्ने काममा ध्यान दिनु उपयुक्त हुनेछ।




