२०८३ श्रावण २६

प्रधानमन्त्री बालेनलाई सदनमा आएर सीमासम्बन्धी अभिव्यक्तिको जवाफ दिन माग

काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई सीमासम्बन्धी विवादित अभिव्यक्तिबारे सदनमा उपस्थित भएर जवाफ दिन माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रधानमन्त्रीले आफ्नो नैतिक जिम्मेवारी बहन गर्दै सदनमा आएर स्पष्टीकरण दिनुपर्ने बताए।

देशमा विभिन्न बहानामा अराजक गतिविधि बढ्दै गएको र नागरिक सुरक्षा, न्याय तथा सुविधाबाट वञ्चित हुनुपरेको उनको भनाइ थियो। उनले यस्तो अवस्था प्रधानमन्त्री शाहको गैरजिम्मेवार कार्यशैलीका कारण सिर्जना भएको आरोप लगाए।

राईले प्रधानमन्त्रीलाई ‘बालहठ’ त्यागेर सदनमा उपस्थित भई आफूले दिएको अभिव्यक्तिबारे जवाफ दिन आग्रह गरे।