२०८३ श्रावण १५

मनाङको प्रदेश सभाको उपनिर्वाचन कार्तिक १७ मै हुने

काठमाडौँ । मनाङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ को गण्डकी प्रदेशको प्रदेश सभा सदस्य पदको निर्वाचन कार्तिक १७ गते हुने भएको छ ।

निर्वाचन आयोगले राजीव गुरुङ (दीपक मनाङे) को सांसद पद गएपछि खाली भएको स्थानमा कार्तिक १७ गते उपनिर्वाचन हुने निर्णय गरको जानकारी दिएको छ ।  

सर्वोच्च अदालतले २०८१ कार्तिक २० गतेदेखि रिक्त भएको प्रदेश सभा सचिवालय, गण्डकी प्रदेश, पोखराबाट जानकारी हुन आएको र प्रदेश सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहदै प्रदेश सभाको कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने नेपालको संविधानको धारा १७६ को उपधारा ८ अनुसार उपनिर्वाचनको मिति तोकिएको आयोगले जानकारी दिएको छ ।

साथै आयोगले २०८२ असार १६ गते रूपन्देही जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचनको मिति तोकिएपश्चात् देशभर अद्यावधिक भई मिति भदौ २५ गतेमा प्रकाशन हुने अन्तिम मतदाता नामावलीलाई नै यस उपनिर्वाचनमा समेत प्रयोग गरिने र मतदाताको उमेर अठार वर्ष पुग्ने निर्दिष्ट मिति कात्तिक १६  गतेलाई तोक्ने निर्णय समेत आयोगबाट भएको जनाएको छ । 

Read More

देशका सबै स्थानीय तह रिक्त वा निमित्त प्रमुख प्रशासकीय अधिकृत मुक्त भएको मन्त्री न्यौपानेको दाबि

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय भगवती न्यौपानेले मुलुकका सबै स्थानीय तह रिक्त वा निमित्त प्रमुख प्रशासकीय अधिकृत मुक्त भएको दाबि गरेकी छन् ।  

मन्त्री न्यौपानेको सचिवालयले स्थानीय तह पुनर्संरचना पश्चात् पहिलोपटक देशभरका नगरपालिका तथा गाउँपालिकामा रिक्त वा निमित्त प्रमुख प्रशासकीय अधिकृतको संख्या शून्य पारिएको दाबि गरिएको छ । 

यसअघि १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेकोमा मन्त्री न्यौपानेको आगमनपछि अब सम्पूर्ण स्थानीय तहहरुमा दरबन्दीअनुसारका प्रमुख प्रशासकीय अधिकृत खटाइएकाले मन्त्रालयको दाबी रहेको छ ।

‘मन्त्रालयले दरवन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाएको हुदाँ यस अघि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिईएको आर्थिक वा प्रशासनिक जिम्मेवारी स्वतः रद्ध भएको छ । यससँगै कर्मचारी सरुवामा हुने बाह्य चलखेलको अन्त्य, चक्रिय सरुवा प्रणाली कार्यान्वयनमा सहजता, सुगममा मात्र बस्ने प्रवृत्ति रोकथाम, दुर्गममा समेत सेवाको पहुँच विस्तार, प्रशासनिक न्यायको अनुभूति, सेवा प्रवाहको गति र कार्यकुशलतामा वृद्धि, सुशासन प्रवर्द्धन, साथै जनप्रतिनिधिबाट प्रमुख प्रशासकीय अधिकृतभन्दा व्यक्ति विशेष रोज्ने प्रवृत्ति अन्त्य हुने अपेक्षा गरिएको छ । सहसचिव प्रमुख प्रशासकीय अधिकृत हुने मध्ये ९ वटा उपमहानगरपालिका र १ वटा महानगरपालिकामा समेत छिट्टै दरवन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाउने तयारी भईरहेको छ ।’मन्त्री न्यौपानेको  सचिवालयले भनेको छ । 

Read More

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

बिहान १०: १५ बजेदेखि शुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।  

Read More

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

आज दिउसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री ओलीले आसन्न विदेश भ्रमणको बारेमा संसदलाई जानकारी गराउने बताइएको छ । प्रधानमन्त्री ‌ओली भदौ १४ गते सांघाई सहयोग संगठन शिखर सम्मेलनमा भाग लिन चीन भ्रमणमा जादै छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबारको सम्बोधनमा लिपुलेक बारे भारत र चीनबीच हालै भएको सहमति बारे नेपालको धारणा र आगामी रणनीति बारे संसदमा बोल्ने बताइएको छ ।

Read More

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको राष्ट्रिय सभाको बैठक दिउसो १: १५ बजेदेखि शुरु हुदैछ ।

आजको बैठकमा अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । त्यस्तै आज विधायन व्यवस्थापन समितिका माननीय सभापति तुलसा कुमारी दाहालले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्था समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आज राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी आज सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

Read More

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठक दिउसो १ बजेदेखि शुरु हुने तालिका रहेको छ ।

आजको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आज सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाई समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी व्यवस्थापन कार्य अन्तर्गत आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने तथा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Read More

प्रधानमन्त्री ओलीले शुक्रबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

विहिबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतहरुसँगको छलफलमा शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने जानकारी गराइएको हो ।

प्रधानमन्त्री ओलीले आसन्न विदेश भ्रमणको बारेमा संसदलाई जानकारी गराउने बताइएको छ । प्रधानमन्त्री ‌ओली भदौ १४ गते सांघाई सहयोग संगठन शिखर सम्मेलनमा भाग लिन चीन भ्रमणमा जादैछन् ।

प्रधानमन्त्री ओलीले शुक्रबारको सम्बोधनमा लिपुलेक बारे भारत र चीनबीच हालै भएको सहमति बारे नेपालको धारणा र आगामी रणनीति बारे संसदमा बोल्ने बताइएको छ ।

Read More

संसदको क्यालेन्डर तय गर्न सचेतकहरुसँग छलफलमा सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले भदौं महिनाको संसदको क्यालेन्डर तय गर्न सचेतकहरुसँग छलफल गरेका छन् ।

सिंहदरबारमा जारी छलफलमा प्रमुख ५ दलका प्रमुख सचेतकहरू उपस्थित रहेको सभामुखको सचिवालयले जनाएको छ ।

बैठकमा नेपाली कांग्रेसम नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका प्रमुख सचेतक र प्रतिनिधि सहभागी रहेका छन् ।

Read More

सञ्चार मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्मलाई सात दिन भित्र दर्ता हुन निकाल्यो सुचना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल कम्पनिलाई सात दिन भित्र दर्ता हुन आव्हान गरेको छ ।

विहिबार मन्त्रालयले एक सूचना प्रकाशित गर्दै नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण नभएका सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले यस सूचना प्रकाशित भएको मितिले सात दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अनिवार्य रूपमा सूचीकरण गर्न आग्रह गरेको हो ।

मन्त्रालयले तोकिएको समयसीमा भित्र सूचीकरण नगर्ने वा सूचीकरणको प्रयोजनका लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाल प्लेटफर्महरूलाई क्रमशः नेपालभित्र निष्क्रिय गराउने र सूचीकरण गरेमा सोही क्षणदेखि पुनः सक्रिय गराउने गरी नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको उल्लेख छ ।

मन्त्रालयको सूचना:
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना मितिः २०८२।०५।१२ अदालतको अवहेलनासम्बन्धी मुद्दा ( मुद्दा नं. ०८०- (CF – ००१२) मा सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासले स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सञ्चालनपूर्व अनिवार्य रूपमा सम्बन्धित साधिकार निकायमा सूचीकरण गर्न/गराउन नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको हुँदा, सो आदेशको पालना स्वरूप नेपाल सरकार (मन्त्रिपरिषद्) ले मिति २०८२।०५।०९ गते गरेको निर्णय देहाय अनुसार सार्वजनिक जानकारी गराइन्छ।

नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण नभएका सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले यस सूचना प्रकाशित भएको मितिले सात (७) दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अनिवार्य रूपमा सूचीकरण गर्नुपर्नेछ । साथै, नेपालभित्र सम्पर्क बिन्दु (Point of Cont act ), आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारी तोक्न समेत सरोकारवाला सबैमा सूचित गरिन्छ । यस सूचनाबमोजिम तोकिएको समयसीमा भित्र सूचीकरण नगर्ने वा सूचीकरणको प्रयोजनका लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाल प्लेटफर्महरूलाई क्रमशः नेपालभित्र निष्क्रिय गराउने र सूचीकरण गरेमा सोही क्षणदेखि पुनः सक्रिय गराउने गरी नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको व्यहोरा समेत यसैमार्फत सार्वजनिक गरिन्छ ।

यसैगरी, नेपालमा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले नेपाल सरकारले जारी गरेको सामाजिक संजालको प्रयोग व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम सचार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्नो प्लेटफर्मको सूचीकरणका लागि सोही निर्देशिकाको अनुसूची १ अनुसारको ढाँचा प्रयोग गरी तोकिएका कागजातहरू संलग्नसहित निवेदन दिनुपर्नेछ । साथै, सूचीकरणका लागि इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारी तोक्नुपर्नेछ भन्ने कुरा समेत यसैमार्फत स्पष्ट पारिन्छ।

Read More

आईटी क्षेत्रमा दुई लाखसम्मको तलब व्यवस्था, दक्ष जनशक्ति अब विदेश नजाने प्रधानमन्त्रीको आशा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको बताउदै यसले दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधि प्रणालीको विकास तथा परामर्श सेवाको लागत अनुमान सम्बन्धि नर्म्स, २०८२ जारी गर्दै सूचना प्रविधि क्षेत्रमा काम गर्नेको न्युनतम पारिश्रमिक ४० हजारदेखि २ लाखसम्म तोके पछि प्रधानमन्त्री ओलीको यस्तो भनाई आएको हो ।

प्रधानमन्त्री ओलीले भनेका छन्-
सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको छ । यसबाट अनलाइन मार्फत सरकारी सेवा विस्तार गर्दा काममा ढिलासुस्ती गर्ने, घुस र कमिसन लिने प्रवृत्ति नियन्त्रण हुनेछ भने सूचना प्रविधिको दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोकिने छ। यसले सफ्टवेयर प्रणाली विकासको लागत अनुमानलाई यथार्थपरक बनाउने छ। आईटी पढेको हाम्रो जनशक्तिका लागि यो सुखद् कदम हो।

Read More