२०८३ श्रावण १७

म्यानचेस्टर युनाइटेड चौथो डिभिजन क्लबसँग पराजित, कारबाओ कपबाट बाहिरियो

काठमाडौँ । म्यानचेस्टर युनाइटेड इएफएल कप (कारबाओ कप) बाट बाहिरिएको छ ।

गएराती सम्पन्न खेलमा चौथो डिभिजन क्लब ग्रिम्सबी टाउनसँग पेनाल्टी सुटआउटमा पराजित हुदै म्यानचेस्टर युनाइटेड कारबाओ कपबाट बाहिरिएको हो ।

निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टी सुटआउटमा ग्रिम्सबी टाउनले १२-११ ले जित हासिल गरेको थियो ।

निर्धारित समयमा २-० ले पछि परेको म्यानचेस्टर युनाइटेडले खेलमा कमब्याक गर्दै खेल बराबरी गरेपनि पेनाल्टी सुटआउटमा पराजित भएको थियो । ग्रिम्सबी टाउनका लागि चार्लेज बेर्नाम र टीरेल वारेनले गोल गर्दा म्यानचेस्टर युनाइटेडविरुद्ध शुरुवाती २-० को अग्रता दिलाएका थिए । त्यसपछि म्यानचेस्टर युनाइटेडका लागि खेलको ७५औ मिनेटमा ब्रायन एम्बेउमो र ह्यारी मग्युरोले गोल गर्दै खेलमा फर्काएका थिए ।

योसँगै कारबाओ कपको तेस्रो चरणमा पुगेको ग्रिम्सबी टाउनले अब दोस्रो डिभिजन क्लब शेफिल्ड वेडनसडेसँग खेल्ने छ ।  

Read More

नेपाली राष्ट्रिय क्रिकेट टिमले साउथ अस्ट्रेलियासँग दुई टी-२० खेल खेल्दै

काठमाडौँ । अस्ट्रेलियामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज दुई टी-२० खेल खेल्दैछ ।

नेपाली क्रिकेट टिमले आज साउथ अस्ट्रेलियासँग दुई टी-२० खेल खेल्न लागेको हो । आज हुने पहिलो खेल बिहान ५: ४५ देखि शुरु भएको छ भने दोस्रो खेल ९: ४५ बजेदेखि शुरु हुने तालिका रहेको छ ।

यस अघि नेपालले मंगलबार क्रिकेट एसिटीसँग खेलेका दुवै खेल जितेको थियो ।

आजको खेल पछि नेपालले अगस्त ३० मा साउथ अस्ट्रेलियासँग एक एकदिवसीय खेल खेल्ने तालिका रहेको क्यानले जनाएको छ ।

Read More

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित

काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले बंगलादेशसँग हार बेहोरेको छ । बुधबार थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न खेलमा बंगलादेशले…

आइपिएलबाट आश्विनको सन्यास

काठमाडौँ । भारतीय क्रिकेटर आर आश्विनले आइपिएलबाट सन्यास लिएका छन् । ३८ बर्षिय आश्विनले बुधबार आइपिएलबाट सन्यास लिएको घोषणा गरेका…

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग खेल्दै छ । थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने यो खेल नेपाली…

नेपालले क्रिकेट एसिटीविरुद्धका दुवै खेल जित्यो

काठमाडौँ । नेपालले क्रिकेट एसिटीविरुद्धका दुवै खेल जितेको छ । नेपालले एसिटीविरुद्धको दोस्रो खेल ६ विकेटले जितेको हो । एसिटीले…

क्रिकेट एसिटीमाथिको पहिलो खेलमा नेपाल ४१ रनले विजयी

काठमाडौँ । नेपालले क्रिकेट एसिटीमाथि ४१ रनको जित हासिल गरेको छ । नेपालले दिएको १७८ रनको लक्ष्य पछाएको क्रिकेट एसिटीले…

नेइमारसहितका प्रमुख खेलाडीलाई बाहिर राखेर ब्राजिल टिमको घोषणा

काठमाडौँ । ब्राजिलका प्रशिक्षक कार्लो एन्सोलोट्टीले नेइमार, भिनिसियस् जुनियर,रोड्रीगो र एडर मिलिटाओ जस्ता खेलाडीलाई बाहिर राखेर ब्राजिलको राष्ट्रिय फुटबल टिमको…

नेपालले क्रिकेट एसिटीलाई दियो १७८ रनको लक्ष्य

काठमाडौँ । नेपालले क्रिकेट एसिटीलाई १७८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ८ विकेट…

यस्तो छ आसामविरुद्ध खेल्ने नेपाली ए टिमको खेल तालिका

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट ए टिमले भारतकोआसाम राज्यस्तरको टिमसँग खेल्ने सिरिजको खेल तालिका सार्बजनिक भएको छ । नेपाल क्रिकेट…