२०८३ श्रावण १७

आसामविरुद्ध नेपाल ए को लगातार दोस्रो जित

काठमाडौं । नेपाल ए ले आसाम राज्य टिमलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा नेपाल ए ले आसामलाई ९ रनले पराजित गरेको हो ।  

नेपाल ए ले दिएको १९७ रनको लक्ष्य पछाएको आसाम राज्य टिमले २० ओभरमा अल आउट हुदै १८७ रन बनाएको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले २० ओभरमा ६ विकेट गुमाउदै १९६ रन बनाएको थियो । नेपाल ए का लागि सन्दीप जोराले सर्बाधिक ७४ रन बनाएका थिए भने मोहमद आदील आलमले ३५, तृत दासले ३३ र कप्तान अनिल शाहले ३१ रन बनाएका थिए ।

यो जितपछि ५ खेलको सिरिजमा नेपाल ए २-१ ले अगाडी भएको छ । अब सिरिजको चौथो खेल भोली हुदै छ ।

Read More

प्रशिक्षक राहुल द्रविडले छोडे राजस्थान रोयल्स

काठमाडौँ । प्रशिक्षक राहुल द्रविडले आइपीएल फ्रेन्चाइजी राजस्थान रोयल्स छोडेका छन् । फ्रेन्चाइजीले शनिबार द्रविड टिमबाट अलग भएको घोषणा गरेको हो ।

राजस्थानले द्रविडले आइपीएल २०२६ सिजन अगाडि फ्रेन्चाइजीको मुख्य प्रशिक्षकको रूपमा आफ्नो कार्यकाल पूरा गरेका छन् ।

द्रविडलाई गत वर्ष सेप्टेम्बरमा राजस्थानको मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो । भारतीय टोलीलाई २०२४ को टी-२० विश्वकपको विजेता बनाएपछि द्रविडले राजस्थान रोयल्ससँग सम्झौता गरेका थिए । पूर्व ब्याट्सम्यान राहुल द्रविडको राजस्थान रोयल्ससँग लामो सम्बन्ध रहेको छ । उनले आइपीएलमा राजस्थानबाट खेलेका पनि थिए र उनले कप्तानी पनि गरेका छन् । उनको नेतृत्वमा राजस्थानले २०१२ र २०१३ मा खेलेको थियो । साथै, उनी २०१४ र २०१५ मा टोलीको मेन्टर पनि थिए । यसपछि, २०१६ मा, अनुभवी दिल्ली डेयरडेभिल्स (अहिले क्यापिटल्स) मा सामेल भए । द्रविड फेरि राजस्थान फ्रान्चाइजसँग जोडिएका थिए, तर यस पटक उनको यात्रा एक वर्षमै सकिएको छ ।

मिडिया रिपोर्टका अनुसार राजस्थान रोयल्सले द्रविडलाई प्रशिक्षकबह्न्दा बढी भूमिका दिन अफर गरेपनि उनले सो प्रस्ताव अस्वीकार गरेको बताइएको छ ।

Read More

कप्तान रोहितको शतकमा साउथ अस्ट्रेलियामाथि नेपाल २ विकेटले विजयी

काठमाडौँ । नेपालले साउथ अस्ट्रेलियालाई पराजित गरेको छ । शनिबार सम्पन्न एकदिवसीय खेलमा नेपालले साउथ अस्ट्रेलियालाई २ विकेटले पराजित गरेको हो ।

साउथ अस्ट्रेलियाले दिएको २४३ रनको लक्ष्य पछाएको नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।  

नेपाललाई जिताउने क्रममा कप्तान रोहित पौडेलले १०१ रनको शतकीय पारी खेलेका थिए भने सोमपाल कामीले महत्वपूर्ण अविजित ३८ रनको योगदान गरेका थिए । रोहित र सोमपालले नवौं विकेटका लागि ८३ रनको साझेदारी गरेर नेपाललाई जित दिलाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको साउथ अस्ट्रेलियाले ४५ ओभरमा अल आउट हुदै २४२ रन बनाएको थियो ।

नेपाली बलर सोमपाल कामी र नन्दन यादवले ३- विकेट लिएका थिए भने रुपेश सिंह, सन्दीप लामिछाने र शाहाब आलमले एक एक विकेट लिएका थिए ।

अभ्यास खेलमा नेपाली टिमले साउथ अस्ट्रेलियासँग यसअघि खेलेका दुवै टी-२० खेलमा हार बेहोरेको थियो । नेपालले यसअघि क्रिकेट एसिटीसँग खेलेका दुवै खेल जितेको थियो । योसंगै नेपाली राष्ट्रिय क्रिकेट टिमको अस्ट्रेलिया टूर सकिएको छ । 

Read More

साउथ अस्ट्रेलियाले नेपाललाई दियो २४३ रनको लक्ष्य

काठमाडौँ । साउथ अस्ट्रेलियाले नेपाललाई २४३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको साउथ अस्ट्रेलियाले ४५ ओभरमा अल आउट हुदै २४२ रन बनाएको हो ।

नेपाली बलर सोमपाल कामी र नन्दन यादवले ३- विकेट लिएका थिए भने रुपेश सिंह, सन्दीप लामिछाने र शाहाब आलमले एक एक विकेट लिएका थिए ।

अभ्यास खेलमा नेपाली टिमले साउथ अस्ट्रेलियासँग यसअघि खेलेका दुवै टी-२० खेलमा हार बेहोरेको थियो । नेपालले यसअघि क्रिकेट एसिटीसँग खेलेका दुवै खेल जितेको थियो ।

Read More

अल हिलालको साउदी प्रो लिगमा विजयी शुरुवात

काठमाडौँ । अल हिलालले साउदी प्रो लिगमा विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा अल हिलालले अल रियादलाई २-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

अल हिलालको जितमा मोटेब अल हार्बी र माल्कमले एक एक गोल गरेका थिए । अल हिलालले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

योसँगै साउदी लिगमा अल हिलालसहित अल नासर, अल खालीज, अल इत्तिफाक अल अहली साउदी, डामाक र अल हाज्मले विजयी शुरुवात गरेका  छन् ।

Read More

त्रिकोणात्मक टी-२० सिरिजमा पाकिस्तानको विजयी शुरुवात

काठमाडौँ । पाकिस्तानले युएईमा शुरु भएको त्रिकोणात्मक टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा पाकिस्तानले अफगानिस्तानलाई ३९ रनले पराजित गरेको हो ।

पाकिस्तानले दिएको १८३ रनको लक्ष्य पछाएको अफगानिस्तानले १९.५ ओभरमा अल आउट हुदै १४३ रङ बनाएको थियो ।

अफगानिस्तानका लागिकप्तान राशिद खानले ३९ रन बनाए भने रहमतुल्लाह गुरबाजले ३८ रन बनाएका थिए । त्यसैगरी पाकिस्तानी बलर हरिस राउफले ४ विकेट लिए भने शाहीन शाह अफ्रिदी, मोहमद नवाज र सुफियान मुक्वीनले २-२ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले कप्तान सलमान आघाको ५३ र मोहमद नवाजको २१ तथा फखर जमानको २० रनको मद्धतले २० ओभरमा ७ विकेट गुमाएर १८२ रन बनाएको थियो । त्यस्तै अफगानिस्तानका बलर फारीद अहमदले २ विकेट लिए भने राशिद खान, मोहमद नावी, अज्मतुल्लाह ओमारजाई, मुजीब उर रहमानले एक एक विकेट लिएका थिए ।

त्रिकोणात्मक सिरिज अन्तर्गत आज पाकिस्तान र युएईबीच खेल हुदैछ ।

Read More

फेलिक्सको ह्याट्रिकमा अल नासरको शानदार जित

काठमाडौँ । अल नासरले साउदी प्रो लिगको नयाँ सिजनमा शानदार शुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले अल-तावाउन एफसीलाई ५-० गोल अन्तरले पराजित गर्दै सिजनको शानदार शुरुवात गरेको हो ।

पहिलो हाफमा १-० ले अगाडी रहेको अल नासरले दोस्रो हाफमा ४ गोल थपेको थियो ।

अल नासरको जितमा जोआओ फेलिक्सले लिगको डेभ्यु खेलमा ह्याट्रिक गरेका थिए । त्यस्तै क्रिस्टियानो रोनाल्डो र किंग्सले कोम्यानले एक एक गोल गरेका थिए । कोम्यानको पनि यो लिगमा डेभ्यु गोल हो ।

Read More

जिम्बाबेमाथि श्रीलंकाको ७ रनको रोमाञ्चक जित

काठमाडौँ ।  श्रीलंकाले जिम्बाबेलाई एकदिवसीय सिरिजको पहिलो खेलमा पराजित गरेको छ । हरारेमा शुक्रबार राति सम्पन्न खेलमा श्रीलंकाले जिम्बाबेलाई ७ रनले पराजित गरेको हो ।

श्रीलंकाले दिएको २९९ रनको लक्ष्य पछाएको जिम्बाबेले ५० ओभरमा ८ विकेट गुमाउदै २९१ रन बनाएपछि खेल ७ रनले हारेको थियो ।

जिम्बाबेका लागि सिकन्दर राजाले सर्बाधिक ९२ रन बनाएका थिए भने बेन कुरानले ७०, कप्तान सीन विलियम्सले ५७ र टोनी मुनीओन्गाले ४३ रन बनाएका थिए ।

त्यस्तै श्रीलंकाका बलर दिलशान मदुशंकाले सर्बाधिक ४ विकेट लिएका थिए भने असिथा फेर्नान्डोले ह्याट्रिक लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले ५० ओभरमा ६ विकेट गुमाएर २९८ रन बनाएको थियो । श्रीलंकाका लागि पाथुम निसान्काले सर्बाधिक ७६ रन बनाए भने जनिथ लियानांगेले अविजित ७० रन बनाए भने कमिन्दु मेन्डिसले ५७ रन बनाएका थिए ।

यो जितपछि श्रीलंकाले २ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुदैछ ।

Read More

नेपालले आज साउथ अस्ट्रेलियासँग एकदिवसीय खेल खेल्दै

काठमाडौँ । अस्ट्रेलियामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज साउथ अस्ट्रेलियासँग एकदिवसीय खेल खेल्दैछ । यो खेल नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि शुरु भएको छ ।

नेपाली टिमले साउथ अस्ट्रेलियासँग यसअघि खेलेका दुवै टी-२० खेलमा हार बेहोरेको थियो । नेपालले यसअघि क्रिकेट एसिटीसँग खेलेका दुवै खेल जितेको थियो ।

हाल रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम अस्ट्रेलियामा रहेको छ । नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र शहाब आलम रहेका छन् ।

Read More

इन्टर मियामी लिग कपको फाइनलमा

काठमाडौँ । इन्टर मियामी लिग कपको फाइनलमा पुगेको छ । विहिबार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा इन्टर मियामीले ओर्लान्डो सिटीलाई ३-१ गोल अन्तरले पराजित गर्दै लिग कपको फाइनलमा पुगेको हो ।

इन्टर मियामीको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए भने एक गोल टेलास्को सेगोभियाले गरेका थिए । त्यस्तै ओर्लान्डोका लागि एक गोल मार्को पासालिकले गरेका थिए । यस खेलमा खेलको ७५औं मिनेटमा डेभिड ब्रेकालोले रातो कार्ड पाएपछि ओर्लान्डो सिटी १० खेलाडीमा सिमित भएको थियो ।

अब इन्टर मियामीले एलए ग्यालेक्सी र सीटल सोन्डर्स एफसीसँगको विजेतासँग फाइनलमा खेल्ने छ । फाइनल खेल ३१ अगस्तमा हुने छ ।

यो लिग कपको पाँचौं संस्करण हो भने इन्टर मियामीले २०२३ को लिग कप जितेको थियो । 

Read More