२०८३ कार्तिक १०

टेस्ट क्रिकेटमा पाकिस्तानविरुद्ध बंगलादेशको शानदार जित

काठमाडौँ । बंगलादेशले पाकिस्तानविरुद्धको पहिलो टेस्ट जितेको छ । मंगलबार सम्पन्न खेलमा बंगलादेशले पाकिस्तानलाई १०४ रनले पराजित गरेको हो ।

मिरपुरमा २६८ रनको लक्ष्य पछ्याएको पाकिस्तान १६३ रनमा अलआउट भएपछि बंगलादेशले सिरिजको पहिलो खेलमा जित हासिल गरेको हो । योसँगै घरेलु टोलीले २ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

यस टेस्टमा बंगलादेशले पहिलो इनिंगमा ४१३ रन बनाएको थियो भने पाकिस्तानले पहिलो इनिंगमा ३८६ रन बनाएको थियो । त्यसपछि बंगलादेशले आफ्नो दोस्रो इनिंगमा ९ विकेट गुमाएर २४० रन बनाएपछि २६८ रनको लक्ष्य दिदै इनिंग घोषणा गरेको थियो ।

यो बंगलादेशले पाकिस्तानविरुद्ध आफ्नो घरेलु मैदानमा जितेको पहिलो टेस्ट हो भने पाकिस्तानविरुद्ध लगातार तेस्रो टेस्ट जितेको छ । बंगलादेशले यसअघि २०२४ मा पाकिस्तानलाई उसकै घरेलु मैदानमा लगातार दुई खेलमा हराएको थियो ।

अब दोस्रो तथा अन्तिम टेस्ट शनिबारदेखि सिलेटमा सुरु हुनेछ। 

Read More

नेपाल स्कटल्याण्डसँग २ रनले पराजित

कठमाडौं । स्कटल्याण्डले नेपाललाई पराजित गरेको छ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको टियु क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा नेपाल २ रनले पराजित भएको हो ।

डिएलएस मेथड अनुसार नेपालले ३९ ओभरमा २२१ रनको लक्ष्य पाएकोमा ३० ओभरमा ७ विकेट गुमाउदै २१८ रन बनाएको थियो ।  

नेपालका लागि गुलशन झाले अविजित ६१ रन बनाएका थिए भने दिपेन्द्र सिंह ऐरीले ५५ रन बनाएका थिए । त्यस्तै कप्तान रोहित पौडेलले ३२ र करण केसीले १८ रन बनाएका थिए ।  

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउदै २४३ रन बनाएको थियो । स्कटल्याण्डका लागि जर्ज मुन्सीले सर्बाधिक ७५ रन बनाएका थिए भने फिनले म्याकक्रीथले ३५, माइकल इङलिशले ३४, माइकल लिस्कले २९ र मार्क वाटले २४ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ४ विकेट लिएका थिए भने करण केसी र नन्दन यादवले २- २ विकेट लिएका थिए ।

यो जितपछि स्कटल्याण्डको लिग- २ मा २९ खेलमा ३६ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै नेपालको भने लिग- २ मा यो १५औं हार हो । नेपालले २५ खेलमा ८ जितसहित १८ अंक हासिल गरेको छ र हाल सातौं स्थानमा रहेको छ ।

Read More

विश्वकप डिभिजन लिग- २ : स्कटल्याण्डले टस जित्यो, नेपालले पहिला बलिङ गर्ने

काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र स्कटल्याण्ड आमने सामने हुदैछन् ।

टियु क्रिकेट मैदानमा हुने यस खेलमा स्कटल्याण्डले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।

यस खेलमा नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), आसिफ सेख, आरिफ सेख, गुलशन झा, सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव, अर्जुन कुमाल, विनोद भण्डारी र करण केसी रहेका छन् ।

नेपाल र स्कटल्याण्ड एकदिवसीय क्रिकेटमा यसअघि ९ पटक खेलेका छन्, जसमा नेपालले ५ र स्कटल्याण्डले ३ जित हासिल गरेका छन् भने एक खेल नतिजा बिना टुंगिएको थियो । 

जारी लिग- २ अंक तालिकामा नेपालले अहिलेसम्म २४ खेल खेलेर ८ जित र १४ हार बेहोरेको छ भने २ खेलमा अंक बाड्दा १८ अंक हासिल गरेको छ । नेपाल हाल सातौं स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डले भने अहिलेसम्म २८ खेलमा १४ जित र ८ हार तथा ६ खेलमा अंक बाड्दा ३४ अंकसहित दोस्रो स्थानमा रहेको छ । 

यस सिरिज अन्तर्गत मे १२ मा नेपाल र स्कटल्याण्ड खेल्ने छन् भने मे १४ मा स्कटल्याण्ड र अमेरिका, मे १६ मा नेपाल र अमेरिका, मे १८ मा नेपाल र स्कटल्याण्ड, मे २० मा स्कटल्याण्ड र अमेरिका तथा मे २२ मा नेपाल र अमेरिका खेल्ने तालिका रहेको छ ।

Read More

आइपिएलमा पञ्जावको लगातार चौथो हार, दिल्ली ३ विकेटले विजयी

काठमाडौँ । दिल्ली क्यापिटल्सले जारी आइपिएलमा पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले पञ्जावलाई ३ विकेटले पराजित गरेको हो ।

पञ्जावले दिएको २११ रनको लक्ष्य पछाएको दिल्लीले १९ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । दिल्लीको जितमा कप्तान अक्सर पटेलले ५६ रन बनाए भने डेभिड मिलरले ५१, आशुतोष शर्माले २४, माधव तिवारीले १८ रन बनाएका थिए । त्यस्तै पञ्जावका बलर यश ठाकुर र अर्शदीपले २-२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जावले २० ओभरमा ५ विकेट गुमाउदै २१० रन बनाएको थियो । पञ्जावका लागि कप्तान श्रेयस अय्यरले ५९ रन बनाएका थिए भने प्रियांस आर्याले ५६ र कूपर कोन्नोलीले ३८ रन बनाएका थिए ।

यो जितपछि दिल्लीको १२ खेलमा १० अंक भएको छ । दिल्लीको अब २ खेल मात्र खेल्न बाँकी रहेकाले दुवै खेल जितेपनि प्लेअफको सम्भावना भने निकै कम रहेको छ । त्यस्तै पञ्जावले भने योसहित लगातार चार खेलमा हार बेहोरेको छ । पञ्जावको ११ खेलमा १३ अंक रहेको छ र चौथो स्थानमा झरेको छ ।

जारी आइपीएलमा आज गुजरात टाइटन्स र सनराइजर्स हैदरावादबीच खेल हुदैछ ।

Read More

विश्वकप डिभिजन लिग- २ मा आज नेपाल र स्कटल्याण्ड आमने सामने

काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र स्कटल्याण्ड आमने सामने हुदैछन् । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुदैछ ।

नेपाल र स्कटल्याण्ड एकदिवसीय क्रिकेटमा यसअघि ९ पटक खेलेका छन्, जसमा नेपालले ५ र स्कटल्याण्डले ३ जित हासिल गरेका छन् भने एक खेल नतिजा बिना टुंगिएको थियो । 

जारी लिग- २ अंक तालिकामा नेपालले अहिलेसम्म २४ खेल खेलेर ८ जित र १४ हार बेहोरेको छ भने २ खेलमा अंक बाड्दा १८ अंक हासिल गरेको छ । नेपाल हाल सातौं स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डले भने अहिलेसम्म २८ खेलमा १४ जित र ८ हार तथा ६ खेलमा अंक बाड्दा ३४ अंकसहित दोस्रो स्थानमा रहेको छ । 

यस सिरिजमा क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा यस सिरिजका लागि इशान पाण्डेलाई अवसर दिइएको छ । नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ सेख, ईशान पाण्डे, गुलशन झा, सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव, अर्जुन कुमाल, सोमपाल कामी, विनोद भण्डारी र करण केसी रहेका छन् ।

त्यस्तै स्कटल्यान्ड टोलीमा कप्तान रिची बेरिङ्टनसहित म्याथ्यु क्रस, ब्राड्ली करी, ज्यास्पर डेभिडसन, ओलिभर डेभिडसन, माइकल इङ्लिस, ओवेन गोल्ड, ज्याक जार्भिस, ओली जोन्स, माइकल लिस्क, फिन्ले म्याकक्रेथ, ब्रान्डन म्याकमुलन, जर्ज मुन्से, सफयान शरीफ र मार्क वाट रहेका छन् ।

यस सिरिज अन्तर्गत मे १२ मा नेपाल र स्कटल्याण्ड खेल्ने छन् भने मे १४ मा स्कटल्याण्ड र अमेरिका, मे १६ मा नेपाल र अमेरिका, मे १८ मा नेपाल र स्कटल्याण्ड, मे २० मा स्कटल्याण्ड र अमेरिका तथा मे २२ मा नेपाल र अमेरिका खेल्ने तालिका रहेको छ ।

Read More

इङ्ल्यान्ड टी- २० सिरिज खेल्न नेपाल आउने

काठमाडौं ।  इङ्ल्यान्डको राष्ट्रिय क्रिकेट टिम टी-२० सिरिज खेल्न नेपाल आउने भएको छ । सन् २०२७-३१ को सर्कलमा इङ्ल्यान्ड र नेपालबीचको सिरिज टियु क्रिकेट स्टेडियममा हुने भएको हो  ।

क्यानका सचिव पारस खड्काले टियु क्रिकेट मैदानमा इङल्याण्डविरुद्ध नेपाल खेलेको हेर्न पर्खिन नसक्ने भन्दै आफ्नो उत्साह व्यक्त गरेका छन् ।

इङ्गल्याण्ड नेपाल आउने मिति बारे अहिले क्यान छलफल मै रहेको बताइएको छ ।

नेपाल र इङ्ल्यान्ड पछिल्लो पटक भारतको मुम्बईमा टी-२० विश्वकप अन्तर्गतको खेल खेलेका थिए, जुन खेलमा इङ्ल्यान्ड केवल ४ रनले विजयी भएको थियो । सो खेलपछि इङल्याण्डको जित भन्दा नेपालको प्रदर्शनको बढी चर्चा भएको थियो ।

Read More

सन्दीप जोराको शतकमा नेपाल ए ले अमेरिकालाई दियो २६५ रनको लक्ष्य

काठमाडौं । नेपाल ए ले अभ्यास खेलमा अमेरिकालाई २६५ रनको लक्ष्य दिएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपालले पहिला ब्याटिंग गर्दै ४९.५ ओभर अल आउट हुदै २६४ रन बनाएको हो ।

नेपालका लागि सन्दीप जोराले शतकीय पारि खेलेका थिए । सन्दीपले ११५ बलमा १११ रन बनाएका थिए । त्यस्तै बसिर अहमदले ३८, मयन यादवले २४, पवन सराफले २० रनको योगदान दिएका थिए ।

त्यस्तै अमेरिकाका बलर सौरभ नेत्राभल्करले ३ विकेट लिए भने जसदीप सिंहले २ विकेट लिएका थिए ।

Read More

वेस्ट ह्यामविरुद्ध आर्सनलको महत्वपूर्ण जित

काठमाडौँ । आर्सनलले इङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्यामविरुद्ध महत्वपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले वेस्ट ह्याम युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा खेलको ८३औं मिनेटमा लीन्द्रो ट्रोसार्डले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि आर्सनल यस सिजनको लिग उपाधि जित्ने लक्ष्यतर्फ एक कदम गाडी बढेको छ । आर्सनलको ३६ खेलमा ७९ अंक भएको छ र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा ५ अंकले अगाडी भएको छ । त्यस्तै म्यानचेस्टर सिटीले भने एक खेल कम खेल्दै ३५ खेलमा ७४ अंकसहित आर्सनललाई पछ्याइरहेको छ ।

अब आर्सनलले लिगका बाँकी दुई खेल बर्नली र क्रिस्टल प्यालेससँग खेल्ने छ भने म्यानचेस्टर सिटीले बाँकी तीन खेल क्रिस्टल प्यालेस, बोर्नमाउथ र एस्टन भिल्लासँग खेल्ने तालिका रहेको छ ।

Read More

आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरु शिर्ष स्थानमा, हारसँगै मुम्बई बाहिरियो

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरुले जारी आइपिएलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले लखनउलाई २ विकेटले पराजित गरेको हो ।

मुम्बईले दिएको १६७ रनको लक्ष्य पछाएको बैंगलुरुले २० ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

बैंगलुरुको जितमा क्रुनाल पाण्डेयले सर्बाधिक ७३ रन बनाएका थिए भने ज्याकब बेठेलले २७, जितेश शर्माले १८ र देवदत्त पाडिकलले १२ रन बनाएका थिए । त्यस्तै मुम्बईका बलर क्रोबिन बोस्चले ४ विकेट लिए भने दीपक चहरले २ विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको मुम्बईले तिलक बर्माको ५७ र नमन धीरको ४७ रनको मद्धतले २० ओभरमा ७ विकेट गुमाउदै १६६ रन बनाएको थियो । त्यस्तै बैंगलुरुका बलर भुवनेश्वर कुमारले ४ विकेट लिएका थिए ।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको ११ खेलमा १४ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै मुम्बई इण्डियन्स भने यस सिजनको प्लेअफको दौडबाट बाहिरिएको छ ।

जारी आइपिएल अन्तर्गत आज पञ्जाव किंग्स र दिल्ली क्यापिटल्ससँग हुदैछ ।  

Read More

एल क्लासिकोमा रियल म्याड्रिडलाई हराउदै बार्सिलोनाले जित्यो ला लिगा

काठमाडौँ । बार्सिलोनाले एल क्लासिकोमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई २–० ले पराजित गर्दै लगातार स्पेनीस ला लिगा उपाधि जितेको छ ।

आइतबार राति भएको जितसँगै बार्सिलोना शीर्ष स्थानमा १४ अंकको स्पष्ट अग्रता बनाउँदै तीन खेल बाँकी रहँदै लिग च्याम्पियन बनेको हो । बार्सिलोनाको जितमा मार्कस रासफोर्ड र फेरान टोरेसले सुरुआती गोल गरेका थिए । ती दुई गोल नै टोलीलाई उपाधि दिलाउन पर्याप्त बनेको थियो ।

ला लिगाको इतिहासमा एल क्लासिकोको नतिजाबाट प्रत्यक्ष रूपमा उपाधि निर्धारण भएको यो दोस्रो अवसर हो । यसअघि सन् १९३२ मा दुवै टोलीबीच २–२ को बराबरी भएपछि रियल म्याड्रिड च्याम्पियन बनेको थियो ।

तीन वर्षसम्म ला लिगा जित्न नसकेको बार्सिलोनाले पछिल्ला चार सिजनमध्ये तीन पटक उपाधि जितेको छ । सन् २०२४ मा जाभी हेर्नान्डेजको स्थानमा आएका फ्लिकले प्रशिक्षक बनेपछि दुवै सिजनमा ला लिगा जितेका छन् ।

बार्सिलोनाले कुल २९ पटक ला लिगा जितिसकेको छ । यस सूचीमा ३६ उपाधिसहित रियल म्याड्रिड शीर्ष स्थानमा छ भने एट्लेटिको म्याड्रिड ११ उपाधिसहित तेस्रो स्थानमा रहेको छ । फ्लिकको नेतृत्वमा बार्सिलोनाले हालसम्म पाँच उपाधि जितिसकेको छ । टोलीले दुवै सिजन स्पेनी सुपर कप जितेको थियो भने गत वर्ष कोपा डेल रे पनि हात पारेको थियो ।

त्यस्तै बार्सिलोनाले लगातार ५५ खेलमा गोल गर्ने कीर्तिमान पनि कायम राखेको छ । यो सन् २०१२–१३ को बार्सिलोनापछि दोस्रो उत्कृष्ट प्रदर्शन हो । उक्त सिजन बार्सिलोनाले लगातार ६४ खेलमा गोल गरेको थियो ।

युरोपेली प्रतियोगितामा भने फ्लिकको टोली सफल हुन सकेको छैन । गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा इन्टर मिलानसँग पराजित भएको बार्सिलोना यस वर्ष क्वार्टरफाइनलमा एट्लेटिकोसँग बाहिरिएको थियो ।

घरेलु प्रतियोगितामा भने बार्सिलोनाको प्रदर्शन प्रभावशाली रह्यो । अक्टोबरमा सान्टियागो बेर्नाबेउमा भएको एल क्लासिकोमा रियलसँग पराजित हुँदा बार्सिलोना शीर्ष स्थानभन्दा पाँच अंकले पछाडि परेको थियो । तर डिसेम्बरसम्म बार्सिलोनाले पुनः शीर्ष स्थान कब्जा गर्‍यो । त्यसक्रममा रियलले पाँच लिग खेलमध्ये केवल एक खेल जित्न सकेको थियो । कमजोर प्रदर्शनकै कारण प्रशिक्षक जाभी अलोन्सो पदमुक्त भएका थिए ।

सिजनभर अंक तालिकामा उतारचढाव जारी रह्यो । जनवरीमा रियल सोसिडाडसँग र फेब्रुअरीमा जिरोनासँग पराजित भएपछि बार्सिलोनाले अग्रता गुमाएको थियो । त्यसपछि लगातार आठ लिग खेल जितेर रियल फेरि शीर्ष स्थानमा पुगेको थियो । तर रियलले लय कायम राख्न सकेन । ओसासुना, गेटाफे र मायोर्कासँग हार तथा जिरोनासँग बराबरीपछि बार्सिलोनाले सात खेल बाँकी रहँदा नौ अंकको बलियो अग्रता बनाएको थियो । रियल बेटिससँग अंक बाँडिएपछि बार्सिलोनाको अग्रता अझ बढ्यो । गत साता ओसासुनामाथि प्राप्त जित बार्सिलोनाको लगातार दशौं लिग विजय थियो, जसले टोलीलाई अस्थायी रूपमा १४ अंकले अगाडि पुर्‍याएको थियो । मे ३ मा रियलले इस्पानियोललाई हराउँदै अन्तर ११ अंकमा झारेपछि बार्सिलोनाको उपाधि उत्सव केही समयका लागि रोकिएको थियो । तर आइतबारको एल क्लासिको हारपछि रियलले उपाधि दौड जोगाउन सकेन ।

यो नतिजासँगै लगातार दोस्रो सिजन रियल म्याड्रिड कुनै पनि प्रतियोगितामा उपाधिविहीन बनेको छ ।

Read More