२०८३ कार्तिक १०

फ्रान्सको २६ सदस्यीय फुटबल विश्वकप टिमको घोषणा

काठमाडौँ । सन् २०२६ को फिफा विश्वकपका लागि फ्रान्सले आफ्नो अन्तिम टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक डिडिएर डेसचाम्पले प्रारम्भिक ५५ खेलाडीको सूची सार्वजनिक नगरी सिधै २६ सदस्यीय टोली घोषणा गरेका हुन् । आगामी विश्वकप अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्दैछन् ।

फ्रान्सेली टोलीबाट मिडफिल्डर एडुआर्डो कामाभिङ्गा बाहिरिनु सबैभन्दा ठूलो आश्चर्यका रूपमा हेरिएको छ । प्रशिक्षक डेसचाम्पले कामाभिङ्गाले कठिन सिजन बिताएको र चोटका कारण कम खेल खेलेको बताएका छन् । उनले कामाभिङ्गा अझै युवा रहेको भन्दै भविष्यमा अवसर रहने संकेत पनि गरे ।

फ्रान्सेली टोलीको नेतृत्व कप्तान किलियन एम्बाप्पेले गर्नेछन् । टोलीमा उस्मान डेम्बेले, ब्राड्ली बारकोला, ओरेलियन चुआमेनी, विलियम सालिबा, माइकल ओलिसे र देजिरे दोउएजस्ता चर्चित तथा युवा खेलाडी समावेश छन् ।

फ्रान्सको विश्वकप टोलीमा गोलरक्षकतर्फ माइक मेगनान, रोबिन रिसेर र ब्रिस साम्बा रहेका छन् । रक्षापंक्तिमा मालो गुस्टो, माक्साँस लाक्रोआ, जुल्स कुन्डे, लुकास डिन्ये, इब्राहिमा कोनाते, विलियम सालिबा, दायो उपामेकानो, लुकास हर्नान्डेज र थेओ हर्नान्डेज समावेश छन् । मिडफिल्डमा ओरेलियन चुआमेनी, आद्रियन राबियो, एनगोलो कान्टे, मानु कोने र वारेन जाइरे एमरी रहेका छन् ।

आक्रमण पंक्तिमा उस्मान डेम्बेले, ब्राड्ली बारकोला, जाँ फिलिप माटेटा, रायान शेर्की, मार्कस थुराम, माग्नेस आक्लिउस, देजिरे दोउए, किलियन एम्बाप्पे र माइकल ओलिसे रहेका छन् ।

फ्रान्स विश्वकपमा समुह आइमा रहेको छ । फ्रान्सले समुह चरणमा जुन १६ मा सेनेगलसँग खेल्दै विश्वकपको शुरुवात गर्ने छ । त्यस्तै जुन २२ मा इराकसँग जुन २६ मा नर्वेसँग खेल्ने तालिका रहेको छ ।

Read More

आइपिएलमा पञ्जावको लगातार पाँचौं हार, मुम्बई ६ विकेटले विजयी

काठमाडौँ । मुम्बई इण्डियन्सले जारी आइपिएलमा पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मुम्बईले पञ्जावलाई ६ विकेटले पराजित गरेको हो ।

पञ्जावले दिएको २०१ रनको लक्ष्य पछाएको मुम्बईले १९.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

मुम्बईको जितमा तिलक बर्माले सर्बाधिक ७५ रन बनाए भने रयान रिकेलटनले ४८ रन बनाएका थिए । त्यस्तै रोहित शर्मा र विल ज्याकले २५-२५ रन बनाए भने शेरफान रुथरफोर्डले २० रन बनाएका थिए ।

त्यसैगरी पञ्जावका बलर अज्मतुल्लाह ओमरजाईले २ विकेट लिए भने मार्को जानसेन र युजवेंद्र चहलले एक एक विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जावले २० ओभरमा ८ विकेट गुमाएर २०० रन बनाएको थियो । पञ्जावका लागि प्रभसिमरन सिंहले सर्बाधिक ५७ रन बनाए भने ओज्मतुलाह ओमारजाईले ३८. प्रियांस आर्याले २२ र कूपर क्नोलीले २१ रन बनाएका थिए ।

यो यस सिजनमा मुम्बईको चौथो जित हो । १२ खेलमा ८ अंक हासिल गरेको मुम्बई हाल नवौं स्थानमा छ । त्यस्तै पञ्जाको भने यस सिजनमा लगातार यो पाँचौं हार हो । १२ खेलमा १३ अंकसहित पञ्जा चौथो स्थानमा रहेको छ ।

Read More

स्कटल्याण्डले अमेरिकालाई दियो ३२२ रनको विशाल लक्ष्य

काठमाडौँ । स्कटल्याण्डले अमेरिकालाई ३२२ रनको विशाल लक्ष्य दिएको छ ।

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गत टियु क्रिकेट मैदानमा जारी सिरिज अन्तर्गतको खेलमा स्कटल्याण्डले टस हारेर पहिला ब्याटिंग गर्दै ४७ ओभरमा ६ विकेट गुमाएर ३२१ रन बनाएको हो । बर्षाले प्रभावित हुदा यो खेल ४७ ओभरमा खेलाइएको छ ।    

स्कटल्याण्डल्यान का लागि फिनले म्याकक्रीथले सर्बाधिक ७७ रन बनाए भने म्याथ्यु क्रसले ५८ र ब्राण्डम म्याकुलेनले ५५ रन बनाएका थिए । त्यस्तै अमेरिकी बलर सौरभ नेत्राभल्कर र जसदीप सिंहले २-२ विकेट लिएका थिए ।

Read More

मेसीको ह्याट्रिकमा इन्टर मियामी विजयी

काठमाडौँ । इन्टर मियामीले अमेरिकन मेजर लिग सकर अन्तर्गतको खेलमा एफसी सिन्सिनाटीलाई पराजित गरेको छ ।

विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले सिन्सिनाटीलाई ५-३ गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको जितमा लियोनेल मेसीले ह्याट्रिक गरेका थिए । ३-२ गोलले पछि परेको अवस्थामा इन्टर मियामीले खेलमा कमब्याक गर्दै जित निकालेको थियो ।

इन्टर मियामीका लागि मेसीको ह्याट्रिकका अलावा माटेओ सिलभेट्टी र जर्मन बेर्टेरामेले एक एक गोल गरेका थिए । सिन्सिनाटीका लागि केभिन डेनकी, पाभेल बुचा र एभान्डरले एक एक गोल गरेका थिए ।

यो जितपछि एमएलएसको इस्टर्न कन्फेरेन्समा इन्टर मियामीको १३ खेलमा २५ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै सिन्सिनाटीको भने १३ खेलमा १६ अंक रहेको छ र आठौँ स्थानमा रहेको छ ।

Read More

म्यानचेस्टर सिटीको जितपछि आर्सनलमाथि दबाब बढ्यो

काठमाडौँ ।  इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई पराजति गरेको छ । 

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले प्यालेसलाई ३-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा एन्टोनी सेमेन्यो, ओमार मार्मोउश र सेभिन्होले एक एक गोल गरेका थिए । 

यो जितपछि म्यानचेस्टर सिटीले शिर्ष स्थानमा रहेको आर्सनललाई दबाब बढाएको छ ।  अब लिगमा २ खेल खेल्न बाँकी हुदा आर्सनल ३६ खेलमा ७९ अंकसहित शिर्ष स्थानमा छ भने म्यानचेस्टर सीटी ३६ खेलमा ७७ अंकसहित दोस्रो स्थानमा रहेको छ । 

अब म्यानचेस्टर सिटीले मे २० मा बोर्नमाउथ र मे २४ मा एस्टन भिल्लासँग खेल्ने तालिका रहेको छ भने आर्सनलले मे १९ मा बर्नली र मे २४ मा क्रिस्टल प्यालेससँग खेल्ने तालिका रहेको छ । 

Read More

आइपिएलमा कोलकोतालाई हराउदै बैंगलुरु शिर्ष स्थानमा

काठमाडौँ  । रोयल च्यालेन्जर्स बैंगलुरुले जारी आइपिएलमा कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले कोलकोतालाई ६ विकेटले पराजित गरेको हो ।

कोलकोताले दिएको १९३ रनको लक्ष्य पछाएको बैंगलुरुले १९.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

बैंगलुरुको जितमा विराट कोहलीले शतकीय पारी खेलेका थिए । विराटले ६० बल खेल्दै अविजित १०५ रन बनाएका थिए । यो खेल खेलेपछि उनी सबैभन्दा बढी २७९ आइपिएल खेल खेल्ने पहिलो खेलाडी बनेका छन् । त्यस्तै बैंगलुरुका लागि देवदत्त पाडिकलले ३९ रन बनाएका थिए ।

त्यसैगरी कोलकोताका बलर कार्तिक त्यागिले ३ विकेट लिए भने सुनिल नारनले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ४ विकेट गुमाएर १९२ रन बनाएको थियो । कोलकोताका लागि अंगकृश रघुबंशीले सर्बाधिक ७१ रन बनाएका थिए भने रिंकु सिंहले अविजित ४९ रन बनाएका थिए । त्यस्तै क्यामरुन ग्रीनले ३२, कप्तान आजिख्य रहानेले १९ र फिन एलेनले १८ रन बनाएका थिए ।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरु १२ खेलमा १६ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै कोलकोताको भने ११ खेलमा ९ अंक रहेको छ र आठौँ स्थानमा रहेको छ । यो हारले कोलकोताको प्लेअफको सम्भावना कठिन भएको छ ।

Read More

विश्वकप डिभिजन लिग- २ मा आज अमेरिका र स्कटल्याण्ड भिड्दै

काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज स्कटल्याण्ड र अमेरिका खेल्दैछन् । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुदैछ ।

जारी सिरिजको पहिलो खेलमा स्कटल्याण्डले घरेलु टोली नेपाललाई २ रनले पराजित गरेर सुखद शुरुवात गरेको छ । त्यस्तै अमेरिकाले सिरिजमा पहिलो खेल खेल्दैछ ।

एकदिवसीय खेलमा अमेरिका र स्कटल्याण्ड अहिलेसम्म ८ पटक आमने सामने भएका छन् । जसमा स्कटल्याण्डले ५ र अमेरिकाले ३ खेल जितेका छन् । पछिल्लो पटक दुवै २०२४ को अक्टोबरमा खेलेका थिए, जुन खेल स्कटल्याण्डले ७१ रनले जितेको थियो ।

जारी विश्वकप डिभिजन लिग- २ मा हाल अमेरिका २४ खेलमा ३६ अंकसहित शिर्ष स्थानमा रहेको छ भने स्कटल्याण्ड पनि २९ खेलमा ३६ अंकसहित रनरेटका आधारमा दोस्रो स्थानमा रहेको छ ।

यस सिरिज अन्तर्गत अर्को खेल मे १६ मा नेपाल र अमेरिका, मे १८ मा नेपाल र स्कटल्याण्ड, मे २० मा स्कटल्याण्ड र अमेरिका तथा मे २२ मा नेपाल र अमेरिका खेल्ने तालिका रहेको छ ।

Read More

पिएसजीले जित्यो लगातार पाँचौं पटक लिग वानको उपाधि

काठमाडौँ । पिएसजीले सन् २०२५–२६ सिजनको फ्रेन्च लिग वानको उपाधि जितेको छ । प्रशिक्षक लुइस एनरिकेको टोलीले दोस्रो स्थानमा रहेको लेन्सलाई २–० ले हराउँदै लगातार पाँचौँ पटक लिग उपाधि कब्जा गरेको हो ।

स्टेड बोलार्ट डेलिलिसमा भएको खेलमा पिएसजीलाई जित दिलाउन ख्भिचा क्वारात्स्खेलियाले पहिलो गोल गरेका थिए भने इन्जुरी समयमा इब्राहिम म्बायेले अर्को गोल थप्दै टोलीको जित पक्का गरेका थिए । गोलरक्षक मात्भेई साफोनोभले चार महत्वपूर्ण बचाउ गर्दै टोलीलाई क्लिन सिट दिलाएका थिए ।

योसँगै पिएसजीले लगातार पाँच पटक लिग उपाधि जित्ने नयाँ क्लब कीर्तिमान बनाएको छ । यसअघि क्लबले सन् २०१२ देखि २०१६ सम्म लगातार चार पटक उपाधि जितेको थियो । कतारी लगानी समूहले क्लब सम्हालेपछि पिएसजीले १५ सिजनमा १२ पटक लिग जितिसकेको छ ।

पिएसजीको यो समग्र १४औँ फ्रान्सेली शीर्ष डिभिजन उपाधि हो । यससँगै उसले सेन्ट एटिनभन्दा चार उपाधिको अग्रता बनाएको छ । कतारी स्वामित्वपछि मोन्टपेलियर, मोनाको र लिलिले मात्रै पिएसजीको वर्चस्व तोडेका छन् ।

अब पिएसजीले मे ३० मा हुने च्याम्पियन्स लिग फाइनलमा आर्सनलसँग खेल्नेछ । यता लेन्सले मे २२ मा फ्रेन्च कप फाइनलमा निससँग प्रतिस्पर्धा गर्नेछ ।

Read More

साउदी प्रो लिगमा अल नासर अल हिलालसँग बराबरीमा रोकियो

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासर र अल हिलाल बराबरीमा रोकिएका छन् । गएराती सम्पन्न खेलमा अल नासर र अल हिलाल १-१ गोलको बराबरीमा रोकिएका हुन् । 

यस खेलमा खेलको ३७औं मिनेटमा मोहमद सिमाकनको गोलमा ल नासरले अग्रता लिएको भएपनि खेलको ९० मिनेटपछिको इन्जुरी समयमा अल नासरकै बेन्टोको आत्मघाती गोलमा अल हिलालले बराबरी गोल गर्दै अल नासरलाई उपाधि जित्नबाट एक खेलका लागि रोकेको थियो ।

यो बराबरीपछि अल नासरको ३३ खेलमा ८३ अंक भएको छ र शिर्ष स्थानमा छ भने अल हिलालले ३२ खेलमा ७८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

अब लिग उपाधिको निर्णय भने अल नासरको अन्तिम खेलबाट मात्र हुने हुने भएको छ । अल नासरले अब मे २१ मा अन्तिम खेल अल दामकसँग खेल्ने तालिका रहेको छ । त्यस्तै त्यसअघि अल हिललले मे १६ मा अल नेओमसँग खेल्ने खेलमा हार बेहोरेमा पनि अल नासरले उपाधि जित्ने छ ।

Read More

आइपिएलमा सनराइजर्समाथि गुजरातको फराकिलो जित

काठमाडौँ । गुजरात टाइटन्सले जारी आइपिएलमा सनराइजर्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा गुजरातले सनराइजर्सलाई ८२ रनले पराजित गरेको हो । गुजरातले दिएको १६९ रनको लक्ष्य पछाएको सनराइजर्स १४.५ ओभरमा अल आउट हुदै ८६ रन मात्र बनाएको थियो ।

सनराइजर्सका लागि कप्तान पाट कमिन्सले सर्बाधिक १९ रन बनाए भने सलिल अरोराले १६ र हेइनरिच क्लासेनले १४ रन बनाएका थिए । त्यस्तै गुजरातका बलर कागीसो रबाडा र जासन होल्डरले ३-३ र प्रसिद्ध कृष्णले २ विकेट लिएका थिए । त्यस्तै मोहमद सिराज र रशिद खानले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाउदै १६८ रन बनाएको थियो । गुजरातका लागि साइ सुदर्शनले सर्बाधिक ६१, वाशिंटन सुन्दरले ५० र निशान्त सिन्धुले २२ रन बनाएका थिए ।

त्यस्तै सनराइजर्सका बलर प्रफुल हिंगे र सकिब हसनले २-२ विकेट लिएका थिए ।

यो जितपछि गुजरात अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । गुजरातको १२ खेलमा १६ अंक रहेको छ । त्यस्तै सनराइजर्सको भने १२ खेलमा १४ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ ।

जारी आइपिएल अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलोर र कोलकोता नाइट राइडर्सबीच खेल हुदैछ ।

Read More