२०८३ श्रावण २४

उस्मान डेम्बेलेलाई साउदी लिगको बम्पर अफर

काठमाडौँ । फ्रान्सका राइट विंगर उस्मान डेम्बेलेका लागि साउदी प्रो लिगले बम्पर अफर गरेको छ ।

पिएसजीका डेम्बेलेलाई साउदी प्रो लिगमा आउनका लागि सय मिलियन युरोको प्रारिश्रमिक प्रस्ताव गरिएको रिपोर्टले सनसनी मच्चाएको छ । बेलुन डो अर विजेता डेम्बेलेको पीएसजीमा २०२८ को जुन ३० सम्म सम्झौता रहेको छ । उनी पीएसजीका महत्वपूर्ण खेलाडी भएपनि अहिले उनले पीएसजीमा परिश्रमिक बढाउन दबाब दिएको रिपोर्ट बाहिर आएको छ । पिएसजी र डेम्बेलेबीच पारिश्रमिक बढाउने र सम्झौता नवीकरण गर्ने छलफल नमिलेको खबर बाहिर आएपछि साउदी प्रो लिगले उनका लागि सय मिलियन युरोको प्रस्ताव गरेको रिपोर्ट गरिएको छ ।

यससँगै डेम्बेलेको आगमन पछि क्लबको इतिहासमै पहिलो पटक च्याम्पियन्स लिग जितेको पीएसजीले उनलाई गुमाउन सक्ने सम्भावना बढेको बताइएको छ ।

२०२३ मा बार्सिलोनाबाट पीएसजी आएका डेम्बेलेले अहिलेसम्म ११५ खेल खेल्दै ४९ गोल गरेका छन् । उनले पिएसजीलाई २०२४-२५ को च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए भने उनले दुई सिजन लिग वान जिताएका छन् । त्यस्तै युइएफए सुपर कपको उपाधि सहित युइएफए इन्टरकन्टिनेन्टल कप समेत जिताएका छन् । त्यस्तै २०२५ मा भएको फिफा क्लब विश्वकपमा पिएसजी उपविजेता समेत बनेको थियो ।

Read More

विश्वकप ग्लोबल क्वालिफार्यस: नेदरल्याण्डसले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यस अन्तर्गत नेपालले आज नेदरल्याण्डससँग खेल्दैछ ।

समुह बी अन्तर्गतको यस खेलमा नेदरल्याण्डसले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ । यो खेल टियु क्रिकेट मैदानमा शुरु भएको छ ।

जारी प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ भने नेदरल्याण्डसले यस अघि खेलेका आफ्ना दुवै खेलमा जित हासिल गरेको छ ।

Read More

रोनाल्डो र घरीबको गोलमा अल नासर विजयी

काठमाडौँ । साउदी प्रो लिग अन्तगत अल नासरले दमाकविरुद्ध जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले दमाकलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा अब्दुलरहमान घरीब र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । त्यसैगरी दमाकका लागि जमल हर्कासले एक गोल गरेका थिए ।

यो जितपछि अल नासरको साउदी लिगमा १६ खेलमा ३७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै दमाकको १६ खेलमा ११ अंक रहेको छ र लिगमा १५औं स्थानमा रहेको छ ।

Read More

न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा भारतको विजयी शुरुवात

काठमाडौँ । भारतले न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । बुधबार रातिसम्म खेलमा भारतले न्यूजील्याण्डलाई ४८ रनले पराजित गरेको हो ।

भारतले दिएको २३९ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १९० रन बनाएको थियो ।

न्यूजील्याण्डका लागि ग्लेन फिलिपले सर्बाधिक ७८ रन बनाएका थिए भने मार्क चाम्पम्यानले ३९, डार्यल मिचेलले २८ रन बनाएका थिए ।

त्यस्तै भारतका बलर वरुण चक्रवर्ती र शिभम दुबेले २ विकेट लिएका थिए भने अर्शदीप सिंह, हार्दिक पाण्डेय, अक्सर पटेलले एक एक विकेट लिएका थिए ।        

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर २३८ रन बनाएका थिए । भारतका अभिषेक शर्माले ८४ रन बनाएका थिए भने रिंकु सिंहले अविजित ४४ रन बनाएका थिए । त्यस्तै कप्तान सुर्यकुमार यादवले ३२ रन बनाए र हार्दिक पाण्डेयले २५ रन बनाएका थिए । त्यस्तै न्यूजील्याण्डका बलर जाकोब डफी र काइल जामिएन्सनले २-२ विकेट लिएका थिए । त्यस्तै क्रिस्टियन क्लार्क, इश सोढ़ी र मिचेल सान्टनरले एक एक विकेट लिएका थिए ।

यो जितपछि ५ खेलको सिरिजमा भारत १-० ले अगाडी भएको छ । अब सिरिजको अर्को खेल जनवरी २३ मा हुने तालिका रहेको छ ।

Read More

महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसमा आज चार खेल हुदै, नेपालको सामना नेदरल्याण्डससँग

काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यस अन्तर्गत आज चार खेल हुदैछन् ।

आज समुह बी अन्तर्गत नेपालले बिहान ९ बजेदेखि नेपाल र नेदरल्याण्डसबीच टियु क्रिकेट मैदानमा खेल हुदैछ । जारी प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ भने नेदरल्याण्डसले यस अघि खेलेका आफ्ना दुवै खेलमा जित हासिल गरेको छ ।

त्यस्तै समुह ए अन्तर्गत आज अर्को खेल बिहान ९ बजे बंगलादेश र नामिबियाबीच माथिल्लो मुलपानी मैदानमा हुदैछ । बंगलादेशले यसअघि खेलेका दुवै खेलमा जित हासिल गरेको छ भने नामिबियाले आफ्नो पहिलो खेलमा हार बेहेरेको छ ।

त्यसैगरी समुह ए अन्तर्गत आज दिउसो १ बजे टियु क्रिकेट मैदानमा आयरल्याण्ड र अमेरिकाबीच खेल हुदैछ । आयरल्याण्डले आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ भने २ खेल खेलेको अमेरिकाले एक जित र एक हार बेहोरेको छ ।

त्यस्तै समुह बी अन्तर्गत आजै दिउसो १ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा स्कटल्याण्ड र जिम्बाबेबीच खेल हुदैछ । स्कटल्याण्डले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ भने जिम्बाबेले आफ्ना दुवै खेलमा हार बेहोरेको छ ।

Read More

मोनाकोविरुद्ध रियल म्याड्रिडको आधा दर्जन गोल

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले मोनाकोलाई ६-१ गोलले जितेको हो ।

रियल म्याड्रिडको जितमा किलियन एम्बाप्पेले २ गोल गरेका थिए भने भिनिसियस जुनियर, जुड बेलिङघम र फ्रान्को मस्टानटुओनोले एक एक गोल गरेका थिए । त्यस्तै रियलका लागि मोनाकोका थिलो केहरेरले एक गोल आत्मघाती गोल गरेका थिए ।

त्यस्तै मोनाकोका लागि जोर्डन तेजले एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडको च्याम्पिन्स लिगमा ७ खेलमा १५ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै मोनाकोको ७ खेलमा ९ अंक रहेको छ र हाल २०औं स्थानमा रहेको छ ।

Read More

नेपाली राष्ट्रिय क्रिकेट टिम पहिलो अभ्यास खेलमा श्रीलंका ए सँग पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका ए सँगको पहिलो अभ्यास खेलमा पराजित भएको छ ।

मंगलबार सम्पन्न अभ्यास खेलमा श्रीलंका ए ले नेपाललाई ६ विकेटले पराजित गरेको हो । नेपालले दिएको १८६ रनको लक्ष्य पछाएको श्रीलंका ए ले १८ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि नेपालले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १८५ रन बनाएको थियो ।

नेपालले श्रीलंकामा अब जनवरी २२ र जनवरी २४ मा अभ्यास खेल खेल्ने तालिका छ । 

त्यसपछि नेपाली टिम भारत जाने छ । भारतमा मुम्बई क्रिकेट एसोसियसन प्रेसिडेन्ट एघारसँग जनवरी २९ मा अभ्यास खेल खेल्ने छ भने जनवरी ३१ मा सिसिआईसँग खेल्ने क्यानले जानकारी दिएको छ ।

Read More

महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यस अन्तर्गत आज चार खेल हुदै

काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यस अन्तर्गत आज चार खेल हुदैछन् । 

आज बिहान ९ बजेदेखि टियु क्रिकेट मैदानमा पिएनजी र बंगलादेशबीच खेल हुदैछ भने दिउसो १ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा जिम्बाबे र थाइल्याण्डबीच खेल हुदैछ । त्यस्तै बिहान ९ बजेदेखि टियु क्रिकेट मैदानमा स्कटल्याण्ड र नेदरल्याण्डसबीच खेल हुदैछ भने दिउसो १ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा नामिबिया र अमेरिकाबीच खेल हुदैछ ।      

यसअघि आइतबार सम्पन्न पहिलो दिनको खेलमा समुह ए का आयरल्याण्ड र बंगलादेश विजयी भएका थिए भने समुह बी बाट थाइल्याण्ड र नेदरल्याण्डस विजयी भएका थिए ।

नेपालले आफ्नो पहिलो खेलमा थाइल्याण्डसँग हार बेहोरेको थियो भने दोस्रो खेल विहिबार नेदरल्याण्डसविरुद्ध खेल्दैछ ।

Read More

बार्सिलोना रियल सोसियडाडसँग स्तब्ध

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना रियल सोसियडाडसँग पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा रियल सोसियडाडले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो । रियल सोसियडाडको जितमा मिकेल ओयारजाबाल र गोन्कालो गुएडेजले एक एक गोल गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि एक गोल मार्कस राशफोर्डले गरेका थिए ।

यस खेलमा खेलको ८८औं मिनेटमा कार्लोस सोलेरले रातो कार्ड पाउदा रियल सोसियडाड १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि रियल सोसियडाडको २० खेलमा २४ अंक भएको छ र लिगमा आठौ स्थानमा उक्लिएको छ । त्यस्तै बार्सिलोनाको भने २० खेलमा ४९ अंक भएको छ । यस हारले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडसँगको अंक दूरी एक मात्र रहेको छ । रियल म्याड्रिडको २० खेलमा ४८ अंक रहेको छ ।

Read More

सेनेगलले जित्यो अफ्रिका कप अफ नेसन्सको उपाधि

काठमाडौँ । सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा सेनेगलले मोरक्कोलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

सेनेगलको जितमा खेलको ९४औं मिनेटमा पेप ग्वेले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा निर्धारित ९० मिनेटको समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि ३० मिनेटको अतिरक्त समय खेलाइएको थियो । अतिरिक्त समयको चौथो मिनेटमा नै सेनेगलले गोल गरेको थियो ।

यो सेनेगलको अफ्रिका कप अफ नेसन्सको दोस्रो उपाधि हो । यसअघि सेनेगलले २०२१ मा अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको थियो । त्यस्तै २००२ र २०१९ मा फाइनलमा पुगेर उपविजेता बनेको थियो ।

त्यस्तै मोरक्कोले भने १९७६ मा एक पटक उपाधि जितेको थियो भने त्यसयता अफ्रिका कप अफ नेसन्सको उपाधि जित्न सकेको छैन । यसअघि मोरक्को २००४ मा अफ्रिका कप अफ नेसन्सको फाइनलमा पुगेको थियो

Read More