२०८३ श्रावण २४

न्यूजील्याण्डले जित्यो भारतविरुद्धको एकदिवसीय सिरिज

काठमाडौँ । न्यूजील्याण्डले भारतविरुद्धको एकदिवसीय सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको तेस्रो तथा अन्तिम खेलमा न्यूजील्याण्डले भारतलाई ४१ रनले पराजित गरेको हो ।

न्यूजील्याण्डले दिएको ३३८ रनको लक्ष्य पछाएको भारतले ४६ ओभरमा अल आउट हुदै २९६ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले १२४ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै नितिश कुमार रेड्डीले ५३ र हर्षित रानाले ५२ रन बनाएका थिए ।

त्यस्तै न्यूजील्याण्डका बलर ज्याक फोउलकेस र क्रिस्टियन क्लार्कले ३-३ र जयडेन लेनोक्सले २ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर ३३७ रन बनाएको थियो । न्यूजील्याण्डका लागि डार्यल मिचेलले १३७ रन बनाए भने ग्लेन फिलिपले १०६ रनको शतकीय पारी खेलेका थिए ।

योसहित न्यूजील्याण्डले एकदिवसीय २-१ ले जितेको छ । सिरिजको पहिलो खेल हारेको न्यूजील्याण्डले त्यसपछिका लगातार दुई खेल जितेर सिरिज कब्जा गरेको छ ।

Read More

न्युजील्याण्डविरुद्धको पाँच खेलको टी-२० सिरिज खेल्ने भारतीय टिमको घोषणा

काठमाडौँ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) न्युजील्याण्डविरुद्धको पाँच खेलको टी-२० सिरिजको लागि टिमको घोषणा गरेको छ । 

भारतको टी-२० टिममा श्रेयस अय्यरले कमब्याक गरेका छन् । उनले पहिलो तीन खेलका लागि भारतीय टोलीमा तिलक वर्माको स्थानमा लिएका छन् । यसबाहेक, बोर्डले वाशिंगटन सुन्दरको स्थानमा रवि बिश्नोईलाई टिममा राखेको छ । अय्यरलाई पहिलो तीन खेलको लागि टी-२० टोलीमा समावेश गरिएको छ । उनले अन्तिम पटक २०२३ मा अस्ट्रेलिया विरुद्ध भारतको लागि टी-२० खेल खेलेका थिए । त्यसबेलादेखि उनी टी-२० टोलीको हिस्सा भएका छैनन् । उनी हाल न्युजील्याण्डविरुद्धको जारी एकदिवसीय सिरीजमा तरंग बनाइरहेका छन् । भारतीय अलराउन्डर वाशिंगटन सुन्दर चोटका कारण न्युजिल्याण्ड विरुद्धको आगामी टी-२० सिरिजबाट बाहिरिएका छन् । 

पहिलो खेल २१ जनवरीमा नागपुरमा, दोस्रो खेल जनवरी २३ मा रायपुरमा, तेस्रो जनवरी २५ मा गुवाहाटीमा, चौथो जनवरी २८ मा विशाखापट्टनममा र पाँचौं जनवरी ३१ मा तिरुवनन्तपुरममा खेलिनेछ ।

टी–२० सिरिजको भारतीय टीम: सूर्यकुमार यादव (कप्तान), अभिषेक शर्मा, सञ्जु सैमसन (विकेटकीपर), श्रेयस अय्यर (पहिलो तीन टी–२०), हार्दिक पाण्डेय, शिवम दुबे, अक्षर पटेल (उपकप्तान), रिंकु सिंह, जसप्रित बुमराह, हर्षित राणा, अर्शदीप सिंह, कुलदीप यादव, वरुण चक्रवर्ती, शान किशन (विकेटकिपर), रवि बिश्नोई ।

Read More

वार्म अप खेलमा नेपाली महिला टिम आयरल्याण्डसँग पराजित

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालीफायर अघिको वार्म अप खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ । बुधबार सम्पन्न खेलमा नेपाल आयरल्यान्डसँग ९९ रनले पराजित भएको हो । 

आयरल्यान्डले दिएको २०१ रनको लक्ष्य पछ्याएको नेपाली महिला टिमले १९ ओभरमा अल आउट हुदै १०१ बनाएको थियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २०० रन बनाएको थियो । नेपालले अब शुक्रबार अमेरिकासँग दोस्रो वार्मअप खेल खेल्ने छ ।

जनवरी १८ देखि फेब्रुअरी १ सम्म नेपालमै आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देशले भाग लिदैछन् । १० मध्ये शिर्ष चार देश इङल्याण्डमा २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनौट हुनेछन् ।

Read More

एन्फाको बार्षिक बजेट पारित

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आर्थिक बर्ष २०८२-८३ का लागि बजेट पारित गरेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको कार्यसमितिको बैठकले आर्थिक बर्ष २०८२-८३ का लागि एक अर्ब ५६ करोड १७ लाख ८५ हजार १३ रुपैयाँको बजेट पारित गरेको हो ।

त्यस्तै बैठकले आर्थिक बर्ष २०८१-८२ को संघको लेखा परिक्षण प्रतिवेदन पारित गरेको प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन् ।

Read More

बार्सिलोनामा फर्किए कान्सेलो

काठमाडौँ । पोर्चुगलका डिफेन्डर जोआओ कान्सेलो अल हिलाल छोडेर बार्सिलोनामा भित्रिएका छन् ।

बार्सिलोनाले कान्सेलोलाई साउदी क्लब अल हिलालबाट यस सिजनका लागि लोनमा भित्राएको हो । यसका लागि बार्सिलोनाले अल हिलाललाई ४ मिलियन युरो तिर्ने सहमति भएको छ ।

कान्सेलो बार्सिलोनामा दोस्रो पटक आएका हुन् । उनले यसअघि २०२३-२०२४ सिजनमा लोनमै ४२ खेल खेलेका थिए । ३१ बर्षिय कान्सेलो साउदी क्लब अल हिलालमा २०२४ मा गएका थिए ।

Read More

ऋषव पन्त न्यूजील्याण्डविरुद्धको एकदिवसीय सिरिजबाट बाहिरिए

काठमाडौँ । भारत र न्यूजील्याण्डविरुद्धको एकदिवसीय सिरिज आजदेखि शुरु हुदैछ ।

सिरिज शुरु हुनु अघि भारतलाई भने केटकिपर-ब्याट्सम्यान ऋषभ पन्त अभ्यासको क्रममा घाइते भएपछि सिरिजबाट बाहिरिएपछि ठुलो धक्का लागेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले पन्त घाइते भएपछि उनको स्थानमा ध्रुव जुरेललाई टिममा समावेस गरेको छ ।

शनिबार अभ्यास सत्रको क्रममा ऋषभ पन्त अस्वस्थ भएको बताइएको छ । बीसीसीआईले बताएअनुसार त्यसको लगत्तै, मेडिकल टोलीले उनलाई एमआरआई स्क्यानको लागि लग्यो र विशेषज्ञहरूसँग विस्तृत परामर्श गरेपछि, उनको साइड स्ट्रेन भएको पत्ता लाग्यो । यसले उनलाई एकदिवसीय सिरिजबाट फिर्ता हुन् बाध्य बनायो ।

भारतले न्यूजील्याण्डविरुद्धको तीन खेलको सिरिजको पहिलो खेल आज हुदैछ भने दोस्रो खेल जनवरी १४ मा र तेस्रो खेल जनवरी १८ मा हुदैछ ।

Read More

अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलको समीकरण पुरा

काठमाडौँ । जारी अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलको समीकरण पुरा भएको छ । प्रतियोगिताको सेमिफाइनलमा इजिप्ट, नाइजेरिया, सेनेगल र मोरक्को पुगेका छन् ।

गएराती सम्पन्न खेलमा इजिप्टले आइभरी कोष्टलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो भने नाइजेरियाले अल्जेरियालाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

यसअघि मोरक्कोले क्यामरुनलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो भने  सेनेगलले मालीलाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।

अब सेमिफाइनलमा इजिप्टको सामना सेनेगलसँग हुने छ भने मोरक्कोको सामना नाइजेरियासँग हुने भएको छ । सेमिफाइनलका खेलहरु १४ जनवरीमा हुने छन् । 

Read More

एनएसजेएफ पल्सर स्पोट्स अवार्ड २०२५ सम्पन्न, ऐरी र गुरुङ उत्कृष्ट

काठमाडौँ । नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड २०२५ यस वर्ष पर्यटकीय नगरी पोखरामा भव्य समारोहका साथ सम्पन्न भएको छ।

काठमाडौँबाहिर पहिलोपटक आयोजना गरिएको यस ऐतिहासिक संस्करणले नेपाली खेलकुदको उत्सवलाई अझ विशेष बनाएको छ।

पोखराको राष्ट्रिय सभा हलमा आयोजित समारोहमा २०२५ भरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शन गर्दै देशको खेलकुद प्रतिष्ठा उच्च बनाउने खेलाडी, प्रशिक्षक तथा खेलकुद क्षेत्रसँग आबद्ध विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

यस वर्ष वर्षका उत्कृष्ट पुरुष खेलाडी को उपाधि क्रिकेटर दीपेन्द्रसिंह ऐरी ले प्राप्त गरेका छन्। उनलाई गोल्छा समूहका निर्देशक अभिमन्यु गोल्छाले अवार्ड तथा पुरस्कार प्रदान गरे। ऐरीले अवार्डसँगै पल्सर एनएस २०० एबीएस मोटरसाइकल प्राप्त गरेका छन्।

त्यसैगरी, कराते खेलाडी एरिका गुरुङ वर्षकी उत्कृष्ट महिला खेलाडी घोषित भइन्। अन्तर्राष्ट्रिय स्तरमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै नेपाली करातेलाई चिनाउने योगदानको उच्च कदरस्वरूप उनलाई यो सम्मान प्रदान गरिएको हो।

नेपाली खेलकुदको विकासमा दीर्घकालीन योगदान पु¥याएका वरिष्ठ खेलाडी खड्गबहादुर रानाभाट लाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो भने वरिष्ठ प्रशिक्षक तुलसी कुमार गुरुङ लाई स्पेशल अवार्ड बाट सम्मानित गरियो।

अन्य विधाअन्तर्गत पिपुल्स च्वाइस अवार्ड, वर्षका उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, पारा–एथलेटिक्सतर्फका उत्कृष्ट खेलाडी तथा विभिन्न खेल विधामा उल्लेखनीय प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत सम्मान गरिएको थियो।

सम्मानित हुने खेलाडी तथा व्यक्तित्वहरूमा एनएसजेएफ ट्रेलब्लेजर अफ द इयर पलेशा गोवर्दन (पारा तेक्वान्दो), वर्षका उत्कृष्ट प्रशिक्षक कबिराज नेगी (पारा तेक्वान्दो), वर्षका उत्कृष्ट युवा खेलाडी पूजा महतो (क्रिकेट), पिपुल्स च्वाइस अवार्ड हिमाल सुनारी (भलिबल), पारा खेलाडी सम्मान प्रवा आङ्दाम्बे, वर्षको उत्कृष्ट टोली खो–खो (पुरुष/महिला) तथा एसियाली खेलकुद पत्रकार पुरस्कार राना हसन रहेका छन्।

कार्यक्रममा संघीय सरकारका खेलकुद मन्त्री, राष्ट्रिय खेलकुद परिषद् (एनएससी) का पदाधिकारी, कास्की जिल्लाकी प्रमुख जिल्ला अधिकारी, पोखरा महानगरपालिकाकी उपमेयर, एनएसजेएफका पदाधिकारी तथा सदस्यहरूका साथै राष्ट्रिय खेलाडी, प्रशिक्षक, खेलप्रेमी र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

एनएसजेएफले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोट्स अवार्ड नेपाली खेलकुद क्षेत्रकै सबैभन्दा प्रतिष्ठित अवार्डहरूमध्ये एकका रूपमा स्थापित हुँदै गएको छ। आगामी वर्षहरूमा पनि पारदर्शी र वस्तुनिष्ठ मूल्याङ्कन प्रणालीमार्फत योग्य खेलाडी तथा खेलकुदकर्मीलाई सम्मान गर्दै खेलकुद पत्रकारिता र खेलाडीबीचको सम्बन्धलाई अझ सुदृढ बनाइने आयोजकले जनाएका छन्।

Read More

बिसिसीआईले संचालन गर्ने महिला प्रिमियर लिगको चौथो सिजन आजदेखि

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) ले संचालन गर्ने महिला प्रिमियर लिगको चौथो सिजन आजदेखि शुरु हुदै छ ।

पहिलो खेल डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच हुनेछ। खेल साँझ ७:३० बजे नवी मुम्बईस्थित डिवाई पाटिल स्टेडियममा खेलिनेछ ।

यो २८ दिने प्रतियोगितामा पाँच टोलीबीच २२ खेलको हुनेछ । एलिमिनेटर फेब्रुअरी ३ मा बडोदरामा र फाइनल फेब्रुअरी ५ मा हुनेछ। खेलहरू दुई स्थानमा खेलिनेछन् । 

नयाँ सिजन अघि पाँच टोलीमध्ये दुईले आफ्नो कप्तान परिवर्तन गरेका छन्।

महिला प्रिमियर लिग सधैं जस्तै लिग ढाँचामा खेलिनेछ । सबै पाँच टोलीले एकअर्का विरुद्ध दुई खेल खेल्नेछन् । यसको अर्थ प्रत्येक टोलीले प्रतियोगितामा आठ खेल खेल्नेछन् । लिग चरण पछि, अंक तालिकामा शीर्ष स्थानमा रहेको टोली सिधै फाइनलमा पुग्नेछ । दोस्रो र तेस्रो टोलीले एलिमिनेटरमा खेल्नेछन्, जसको विजेता पनि फाइनलको लागि छनोट हुनेछ । चौथो र पाँचौं टोली बाहिरिनेछ ।

यस पटक, प्रतियोगिता चारको सट्टा दुई स्थानमा मात्र खेलाइनेछ । मुम्बईको डीवाई पाटिल स्टेडियमले पहिलो ११ खेल आयोजना गर्नेछ र बडोदराको कोटाम्बी स्टेडियमले अन्तिम ११ खेल आयोजना गर्नेछ । प्लेअफका दुवै खेल बडोदरामा हुनेछन् ।

चौथो सिजनमा पाँच टोलीहरू सहभागी छन्, जसमा मुम्बई इन्डियन्स, रोयल च्यालेन्जर्स बैंगलोर, दिल्ली क्यापिटल्स, यूपी वारियर्स र गुजरात जायन्ट्स । मुम्बई, गुजरात र बेंगलुरु बाहेक, अन्य सबै टोलीहरूले आफ्नो कप्तान परिवर्तन गरेका छन् । दिल्लीको कप्तानी जेमिमा रोड्रिगेजले गर्नेछिन् । उत्तर प्रदेशको कप्तानी मेग ल्यानिङले गर्नेछिन्, जसले यसअघि तीनै सिजनमा दिल्लीलाई फाइनलमा पुर्‍याएकी थिइन् ।

मुम्बई इन्डियन्स महिला महिला प्रिमियर लिगमा सबैभन्दा सफल टिम हो । मुम्बई तीनै सिजनमा प्लेअफमा पुगेको छ र दुई पटक उपाधि जितेको छ । टोली २०२४ मा मात्र फाइनलमा पुग्न असफल भयो, जब एमआई एलिमिनेटरमा आरसीबीसँग हारेको थियो । आरसीबीले त्यो सिजनको उपाधि जितेको थियो । गुजरात र यूपी टोलीहरू अहिलेसम्म कुनै पनि फाइनलमा पुग्न सकेका छैनन् ।

तीनै सिजन जस्तै, विजेता टोलीले ६ करोड भारु पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ३ करोड प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट खेलाडी, धेरै छक्का प्रहार गर्ने र उत्कृष्ट स्ट्राइक रेटले ५-५ लाख प्राप्त गर्नेछन् ।

Read More

रियल म्याड्रिड स्पेनिस सुपरकोपाको फाइनलमा, उपाधिका लागि बार्सिलोनासँग भिड्ने

काठमाडौँ । रियल म्याड्रिड स्पेनिस सुपरकोपाको फाइनलमा पुगेको छ ।

साउदी अरेबियामा जारी स्पेनिस सुपर कोपाको सेमिफाइनलमा रियल म्याड्रिडले एटलेटिको म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

रियल म्याड्रिडको जितमा फेडेरिको भलभेर्डे र रोड्रीगोले एक एक गोल गरेका थिए । त्यसैगरी एटलेटिकोका लागि एक गोल एलेक्जेन्डर सार्लोथले गरेका थिए ।

यसअघि अर्को सेमिफाइनलमा बार्सिलोनाले एथलेटिक क्लबलाई पराजित गरेर फाइनलमा पुगेको छ ।

अब फाइनल खेल जनवरी ११ मा बार्सिलोना र रियल म्याड्रिडबीच एल क्लासिकोको रुपमा हुने भएको छ ।

Read More