२०८३ श्रावण २३

दक्षिण अफ्रीकामाथि भारत ७ विकेटले विजयी

काठमाडौँ । भारतले दक्षिण अफ्रिकाविरुद्धको जारी टी-२० सिरिजमा दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा भारतले दक्षिण अफ्रीकालाई ७ विकेटले पराजित गरेको हो । 

दक्षिण अफ्रिकाले दिएको केवल ११७ रनको लक्ष्य पछाएको भारतले १५.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । 

भारतका लागि अभिषेक शर्माले ३५ रन बनाएका थिए भने शुभमन गिलले २८, तिलक बर्माले २६ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले २० ओभरमा अल आउट हुदै ११७ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि कप्तान एडेन मार्क्रमले सर्बाधिक ६१ रन बनाए भने डोनोभान फेरेइराले २० रन बनाएका थिए ।  त्यस्तै भारतीय बलर अर्शदिप सिंह, हर्षित राना, वरुण चक्रवर्ती र कुलदीप यादवले २-२ विकेट लिएका थिए । 

यो जितपछि भारत ५ खेलको सिरिजमा २-१ ले अगाडी भएको छ ।  अब सिरिजको चौथो खेल बुधबार लखनउमा हुने तालिका रहेको छ ।

Read More

टोटनह्याममाथि नोट्टीङघमको शानदार जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत नोट्टीङघम फरेस्टले टोटनह्याममाथि शानदार जित हासिल गरेको छ ।

आइतबार राति सम्पन्न खेलमा नोट्टीङघमले टोटनह्यामलाई ३-० गोल अन्तरले पराजित गरेको हो । नोट्टीङघमको जितमा कलुम हड्सन ओडोइले दुई गोल गरेका थिए भने एक गोल इब्राहिम सांगारेले गरेका थिए ।

यो जितपछि नोट्टीङघमको १६ खेलमा १८ अंक भएको छ र लिगमा १६औं स्थानमा उक्लिएको छ । त्यस्तै टोटनह्यामको १६ खेलमा २२ अंक रहेको छ र लिगमा ११औं स्थानमा रहेको छ ।

Read More

यू–१९ एशिया कपमा आज नेपालले बंगलादेशको सामना गर्दै

काठमाडौँ । एसीसी पुरुष यू–१९ एशिया कप अन्तर्गत आज नेपालले बंगलादेशको सामना गर्दैछ ।  दुबईस्थित आइसीसी एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार बिहान १०: ४५ बजेदेखि शुरु हुने छ ।

जारी यू-१९ एशिया कपमा नेपालले पहिलो खेलमा श्रीलंकासँग हार बेहोरेको छ । त्यस्तै बंगलादेशले भने आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो ।

नेपालले अर्को खेल डिसेम्बर १७ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ । 

एकदिवसीय फर्म्याटमा हुने एसीसी यू-१९ एशिया कपमा आइसीसीका पुर्णकालिन सदस्य देश अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका सिधै छनौट भएका छन् भने प्रिमियर कपबाट नेपाल र युएई छनौट भएका छन् । नेपाल समुह बी मा अफगानिस्तान, बंगलादेश र श्रीलंकासँग रहेको छ । 

नेपाल क्रिकेट संघ (क्यान) ले अशोक धामीको कप्तानीमा १५ सदस्यीय यू-१९ टिम युएई पठाएको छ । एशिया कप खेल्ने नेपाली टिममा अशोक धामी (कप्तान), निरज यादव (उपकप्तान), निश्चल क्षेत्री, किब्रिन श्रेष्ठ, दयानन्द मण्डल, दिलसाद अली, नितेश पटेल, चन्दन राम, भान्स क्षेत्री, अभिषेक तिवारी, सहिल पटेल, आशिष लहार, विपिन शर्मा, रोशन विक र युवराज खत्री रहेका छन् ।

Read More

एनपीएलका तीन उत्कृष्ट खेलाडीले पाए पल्सर N160 मोटरसाइकल

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ।

‘टु ह्विलर पार्टनर’ रहेको गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलासचन्द एण्ड कम्पनीले एनपीएल दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडी रोहितकुमार पौडेल, सन्दीप लामिछाने र शेर मल्ललाई पल्सर मोटरसाइकल (N160) पुरस्कार स्वरुप प्रदान गरेको हो।

एनपीएल दोस्रो संस्करणको उपाधि जितेको लुम्बिनी लायन्सका कप्तान तथा सबैभन्दा बढी रन बनाएका रोहितकुमार पौडेलले पल्सर मोटरसाइकल प्राप्त गरे। उनले यस सिजनमा २ सय ७६ रन जोडेका हुन्। विराटनर किंग्सका कप्तान तथा सबैभन्दा बढी विकेट लिएका सन्दीप लामिछानेलाई पनि पल्सर मोटरसाइकल प्रदान गरिएको हो। लामिछानेले १७ विकेट हात पारेका हुन्।

यस सिजनकै इमर्जिङ प्लेयरको उपमा पाएका लुम्बिनीका शेर मल्ललाई पल्सर मोटरसाइकल (N160) प्रदान गरिएको गोल्छा ग्रुपले जनाएको छ। यस टुर्नामेन्टमा सानदार बलिङ गरेका मल्लले १७ विकेट लिएका थिए। गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने: ‘कम्पनीले खेललाई सधैं प्राथमिकतामा राख्दै आएको छ, सम्झौताअनुसार उत्कृष्ट खेलाडीलाई पल्सर मोटरसाइकल दिन पाउनु खुसीको कुरा हो, ब्रान्डलाई खेलसँगै जोडेर अघि बढाउन हामी सधैं प्रतिबद्ध छौं।’

यसअघि कार्त्तिक १३ गते गोल्छा ग्रुप र नेपाल क्रिकेट संघ (क्यान) बीच एनपीएलका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गर्ने सम्झौता भएको थियो।

कीर्तिपुर अन्तर्राष्ट्रिय रंगशालामा मंसिर १ गतेदेखि सुरु भएको एनपीएलको दोस्रो संस्करण मंसिर २७ गते शनिबार सम्पन्न भएको छ।

Read More

प्रिमियर लिगमा आर्सनलसँगै लिभरपुल र चेल्सी विजयी

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले वोल्भ्समाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले वोल्भ्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा दुवै गोल आत्मघाती गोल भएका थिए । वोल्भ्सका साम जोनस्टोन र यर्सन मोस्क्यूराले आत्मघाती गोल गरेका थिए । त्यस्तै वोल्भ्सका लागि एक गोल टोलु अर्कोकोडारले गरेका थिए ।

यो जितपछि आर्सनलको १६ खेलमा ३६ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ ।

गएराती नै सम्पन्न खेलमा लिभरपुलले ब्राइटनलाई २-० ले पराजित गरेको थियो भने चेल्सीले एभर्टनलाई पनि २-० ले पराजित गरेको थियो । त्यस्तौ फुलहामले बर्नलीलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।

यो जितपछि लिभरपुलको १६ खेलमा २६ अंक भएको छ र लिगमा छैटौं स्थानमा छ भने चेल्सीको १६ खेलमा २८ अंक रहेको छ र चौथो स्थानमा रहेको छ । 

Read More

साफ महिला क्लब च्याम्पियनसिप: आज एपीएफको सामना कराची सिटीसँग

काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत आज एपीएफ क्लबले  पाकिस्तानको कराची सिटीको सामना गर्दैछ । यो खेल आज नेपाली समय अनुसार दिउसो २ बजेदेखि दशरथ रंगशालामा हुदै छ ।

जारी प्रतियोगितामा एपीएफले ३ खेलमा एक जित र एक बराबरी खेलेको छ । एपीएफले पहिलो खेलमा बंगलादेशको नासरिन क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरी खेलेको थियो । त्यसैगरी कराची सिटीले ३ खेलमा २ बराबरी र एक हार बेहोरेको छ ।

एपीएफ हाल अंकतालिकामा २ खेलमा ४ अंकसहित दोस्रो स्थानमा छ भने भारतको इस्ट बङ्गाल २ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै कराची सिटी ३ खेलमा २ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

लिग खेलपछि शिर्ष दुई स्थानमा रहने क्लबबीच फाइनल खेल हुने छ ।

Read More

टी-२० सिरिज: भारतमाथि दक्षिण अफ्रिका ५१ रनले विजयी

काठमाडौ । दक्षिण अफ्रिकाले भारतविरुद्धको जारी टी-२० सिरिजमा कमब्याक गरेको छ । गएराती सम्पन्न सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रीकाले भारतलाई ५१ रनले पराजित गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको २१४ रनको लक्ष्य पछाएको भारतले १९.१ ओभरमा अलआउट हुदै १६२ रन मात्र बनाएको थियो । भारतका लागि तिलक बर्माले सर्बाधिक ६२ रन बनाए भने जितेश शर्माले २७, अक्सर पटेलले २१ र हार्दिक पाण्डेयले २० रन बनाएका थिए ।

त्यस्तै दक्षिण अफ्रिकाका बलर ओटनेइल बार्टम्यानले ४ विकेट लिए भने लुंगी एंगीडी, मार्को जानसेन र लुठो सिपाम्लाले २-२ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ४ विकेट गुमाउदै २१३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि क्वेंटन डिककले सर्बाधिक ९० रन बनाए भने डोनोभान फेरेइराले ३०, कप्तान एडेन मार्क्रमले २९ रन बनाएका थिए ।

यो जितपछि ५ खेलको सिरिज १-१ को बराबरी भएको छ । यस अघि सिरिजको पहिलो खेल भारतले जितेको थियो । अब सिरिजको तेस्रो खेल आईतबार धर्मशालामा खेल्ने तालिका रहेको छ ।

Read More

च्याम्पियन्स लिगमा आर्सनलको अपराजित यात्रा कायमै

काठमाडौँ । आर्सनल युइएफए च्याम्पियन्स लिगमा यस सिजनमा अपराजित रहेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले क्लब ब्रुगेलाई ३-० गोल अन्तरले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको हो ।

आर्सनलको जितमा नोनी माडुइकेले २ गोल गरेका थिए भने गाब्रियल मार्टिनेलीले एक गोल गरेका थिए ।

यो जितपछि आर्सनलको ६ खेलमा १८ अंक भएको छ र अंकतालिकामा शिर्ष स्थानमा रहेको छ । त्यस्तै क्लब ब्रुगेको भने६ खेलमा ४ अंक मात्र रहेको छ र हाल ३१औं स्थानमा झरेको छ ।

Read More

रियल म्याड्रिडमाथि म्यानचेस्टर सिटी विजयी

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा नीको ओरेइली र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए । त्यस्तै रियल म्याड्रिडका लागि रोड्रीगोले एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीको ६ खेलमा १३ अंक भएको छ र तालिकामा चौथो स्थानमा रहेको छ । त्यस्तै रियल म्याड्रिडको भने ६ खेलमा १२ अंक रहेको छ र अंकतालिकामा सातौं स्थानमा रहेको छ ।

Read More

एनपीएलको दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दोस्रो क्वालिफायर अन्तर्गतको खेल हुदैछ । दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच दिउसो ४ बजेदेखि शुरु हुदैछ ।

विराटनगर किंग्स पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएर दोस्रो क्वालिफायर खेल्न लागेको हो । त्यस्तै लुम्बिनी लायन्सले इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गरेर दोस्रो क्वालिफायर खेल्न लागेको हो ।

लुम्बिनीबाट कप्तान रोहित पौडेल, डिआर्ची शर्ट, शेर मल्ल, दिलिपनाथ र सन्दीप जोरलगायतक खेलाडी रहेका छन् भने सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा लोकेश बम, प्रतिश जिसी जस्ता राष्ट्रिय खेलाडी छन् भने जर्ज मुन्सी, मार्टिन गप्टिल, शुभम सुबहस रंजने, मर्चेन्ट डी लंगे, फाफ डु प्लेसिस जस्ता विदेशी खेलाडी रहेका छन् ।

Read More