२०८३ श्रावण २३

साफ महिला क्लब च्याम्पियनसिप: आज इस्ट बङ्गाल र एपीएफ खेल्दै

काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत आज एपीएफ क्लबले भारतको इस्ट बङ्गालसँग खेल्दैछ । यो खेल आज नेपाली समय अनुसार दिउसो ६ बजेदेखि दशरथ रंगशालामा हुदै छ ।

जारी प्रतियोगितामा इस्ट बङ्गाल र एपीएफ दुवै फाइनलमा पुगिसकेका छन् । हाल अंक तालिकामा इस्ट बङ्गालले तिनै खेलमा जित हासिल गर्दै शिर्ष स्थानमा रहेको छ भने एपीएफले ३ खेलमा २ जित र एक बराबरी खेल्दै ७ अंकसहित दोस्रो स्थानमा छ ।

त्यस्तै पाकिस्तानको कराची सिटी, भुटानको ट्रान्सपोर्ट युनाइटेड र बंगलादेशको नासरिन प्रतियोगिताबाट बाहिरिएका छन् । 

शिर्ष स्थानमा रहेका इस्ट बङ्गाल र एपीएफबीच शनिबार फाइनल खेल हुदैछ ।

Read More

यू–१९ एशिया कप: नेपालले आज अफगानिस्तानको सामना गर्दै

काठमाडौँ । एसीसी पुरुष यू–१९ एशिया कप अन्तर्गत आज नेपालले अफगानिस्तानको सामना गर्दैछ ।  दुबईस्थित आइसीसी एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार बिहान १०: ४५ बजेदेखि शुरु हुने छ ।

जारी यू-१९ एशिया कपमा नेपाल र अफगानिस्तान दुवैले लगातार दोस्रो खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएका छन् । त्यसैले यस खेलको नतिजाले कुनै फरक भने पार्ने छैन । नेपाल र अफगानिस्तान दुवै श्रीलंका र बंगलादेशसँग पराजित भएका थिए । 

एकदिवसीय फर्म्याटमा हुने एसीसी यू-१९ एशिया कपमा आइसीसीका पुर्णकालिन सदस्य देश अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका, नेपाल र युएई खेलिरहेका छन् ।

समुह ए बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगिसकेका छन् भने समुह बी बाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् । 

नेपाल क्रिकेट संघ (क्यान) ले अशोक धामीको कप्तानीमा १५ सदस्यीय यू-१९ टिम युएई पठाएको छ । एशिया कप खेल्ने नेपाली टिममा अशोक धामी (कप्तान), निरज यादव (उपकप्तान), निश्चल क्षेत्री, किब्रिन श्रेष्ठ, दयानन्द मण्डल, दिलसाद अली, नितेश पटेल, चन्दन राम, भान्स क्षेत्री, अभिषेक तिवारी, सहिल पटेल, आशिष लहार, विपिन शर्मा, रोशन विक र युवराज खत्री रहेका छन् ।

Read More

आइपिएलको मिनी अक्सन आज हुदै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औं सिजनको लागि मिनी अक्सन आज हुदै छ । युएईको आबुधाबीमा हुने यो अक्सन नेपाली समय अनुसार आज दिउसो २: ४५ बजेदेखि शुरु हुने छ । 

१० टोलीहरूको २३७.५५ करोड भारुको पर्स रहेको यस मिनी अक्सनमा ३५० खेलाडीहरूमाथि बोली लाग्ने छ । यस अक्सनबाट केवल ७७ जना खेलाडी मात्र टिमहरुले लिने छन् । 

यस अक्सनमा ४० खेलाडीले उच्चतम आधार मूल्य २ करोड भारुमा आफ्नो नाम दर्ता गराएका छन् भने २२७ खेलाडीहरूले सबैभन्दा कम आधार मूल्य ३० लाखमा आफ्नो नाम दर्ता गराएका छन् । सूचीमा क्यामरुन ग्रीन, लियाम लिभिङस्टोन, स्टिभ स्मिथ, रवि बिश्नोई, वेंकटेश अय्यर, मथिशा पाथिराना र वानिन्दु हसरंगा जस्ता खेलाडी यस सूचीमा समावेश रहेका छन् ।

अक्सन सूचीमा अफगानिस्तान, अष्ट्रेलिया, इङ्गल्याण्ड, बंगलादेश, आयरल्याण्ड, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, नेदरल्याण्ड्स, स्कटल्याण्ड र संयुक्त राज्य अमेरिकासहित १४ देशका विदेशी खेलाडीहरू दर्ता भएका छन् । 

Read More

हर्षल पाठक राष्ट्रिय महिला क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा हर्षल पाठकलाई नियुक्त गरेको छ ।

क्यानले नेपालमै आयोजना हुन लागेको आइसीसी टी २० विश्वकपको ग्लोबल छनोट अधि पाठकलाई नेपाली राष्ट्रिय महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । 

हर्षल पाठकले यसअघि थाइल्याण्डको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन्।

Read More

श्रीलंकाका पुर्व क्रिकेट कप्तान अर्जुना रणतुंगालाई भ्रष्टाचारको आरोप

काठमाडौँ । श्रीलंकाको १९९६ क्रिकेट विश्वकप विजेता टोलीका कप्तान अर्जुना रणतुंगालाई भ्रष्टाचार र घुसखोरीको मुद्दामा पक्राउ गरिने भएको छ ।

घूसखोरी र भ्रष्टाचारको आरोपको अनुसन्धान गर्न गठित आयोगले रणतुंगालाई पक्राउ गर्न अदालतलाई जानकारी गराएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

आयोगले कोलम्बो मजिस्ट्रेट अदालतलाई जानकारी गराउदै पूर्व पेट्रोलियम मन्त्री अर्जुना रणतुंगालाई यस मुद्दामा शंकास्पद व्यक्तिको रूपमा पक्राउ गरी अदालतमा पेश गरिने बताएको हो ।

आयोगले अर्जुना रणतुंगाका भाई धम्मिका रणतुंगालाई यस प्रकरणमा पहिलो आरोपी र उनलाई दोस्रो आरोपीको रुपमा पेश गर्ने श्रीलंकाको डेली मिररले उल्लेख गरेको छ । धम्मिका रणतुंगामाथि २०१७-२०१८ को अवधिमा इन्धन खरिदका लागि तीनवटा दीर्घकालीन टेन्डरहरू रद्द गरेको र उच्च मूल्यमा स्थानीय टेन्डरहरू लागू गरेको आरोप छ।

यस कारणले गर्दा, सिलोन पेट्रोलियम कर्पोरेशनले लगभग ८० करोड श्रीलंकन ​​रुपैयाँको नोक्सान बेहोरेको बताइएको छ ।

Read More

बोर्नमाउथसँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड बोर्नमाउथसँग बराबरीमा रोकिएको छ । 

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र बोर्नमाउथ ४-४ गोलको बराबरीमा रोकिएका हुन् । 

म्यानचेस्टर युनाइटेडका लागिअमाद डियाल्लो, क्यासामिरो, ब्रुनो फर्नानडेज र माथेस चुन्हाले एक एक गोल गरेका थिए भने बोर्नमाउथका लागि एन्टोनी सेमेन्यो, एभानिल्सन, मार्कस टेभेर्नियर, एलि जुनियर क्रोउपीले एक एक गोल गरेका थिए ।

यो बराबरीपछि म्यानचेस्टर युनाइटेडको १६ खेलमा २६ अंक भएको छ र लिगमा छैटौं स्थानमा छ ।  त्यस्तै बोर्नमाउथको १६ खेलमा २१ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।

Read More

यू–१९ एशिया कप: नेपालले बंगलादेशलाई दियो १३१ रनको लक्ष्य

काठमाडौँ । नेपालले एसीसी पुरुष यू–१९ एशिया कप अन्तर्गत बंगलादेशलाई १३१ रन्को लक्ष्य दिएको छ ।

दुबईस्थित आइसीसी एकेडेमीमा जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ३१.१ ओभरमा अल आउट हुदै १३० रन बनाएको हो ।

नेपालका लागि अभिशेख तिवारीले सर्बाधिक ३० रन बनाए भने आशिष लुहारले २३, साहिल पटेलले १८ र निरज कुमार यादवले १४ रन बनाएका थिए ।

त्यस्तै बंगलादेशका बलर मोहमद सोबुजले ३ विकेट लिए भने साद इस्लाम, शाहरिआर अल अमिम र अजुजुल हाकिमले २-२ विकेट लिएका थिए ।

Read More

यू–१९ एशिया कप: बंगलादेशले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

काठमाडौँ । एसीसी पुरुष यू–१९ एशिया कप अन्तर्गत आज नेपालले बंगलादेशको सामना गर्दैछ । दुबईस्थित आइसीसी एकेडेमीमा हुने यस खेलमा बंगलादेशले टस जितेको र पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ । 

जारी यू-१९ एशिया कपमा नेपालले पहिलो खेलमा श्रीलंकासँग हार बेहोरेको छ । त्यस्तै बंगलादेशले भने आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो ।

नेपालले अर्को खेल डिसेम्बर १७ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ ।

Read More

एम्बाप्पे र रोड्रीगोको गोलमा रियल म्याड्रिड विजयी

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले डिपोर्टिभो आल्भेजलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले आल्भेजलाई २-१ गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा किलियन एम्बाप्पे र रोड्रीगोले एक एक गोल गरेका थिए । त्यस्तै आल्भेजका लागि एक गोल कार्लोस भिसेन्टले गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडले शिर्ष स्थानमा रहेको बार्सिलोनासँगको अन्तर घटाएको छ । रियलको हाल १७ खेलमा ३९ अंक रहेको छ र बार्सिलोनाभन्दा ४ अंकले पछाडी रहेको छ । त्यस्तै आल्भेजको भने यो हारपछि१६ खेलम १८ अंक भएको छ र लिगमा १२औं स्थानमा रहेको छ ।

Read More

हालाण्ड र फोडेनको गोलमा म्यानचेस्टर सिटी विजयी

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्डले दुई गोल गरेका थिए भने फिल फोडेनले एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीको १६ खेलमा ३४ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । सिटी शिर्ष स्थानमा रहेको आर्सनलभन्दा २ अंकले पछाडी रहेको छ ।

त्यसैगरी क्रिस्टल प्यालेसको भने यो हारपछि १६ खेलमा २६ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।

Read More