२०८३ श्रावण २३

एसेज सिरिजमा अस्ट्रेलियाको लगातार तेस्रो जित

काठमाडौँ । अस्ट्रेलियाले इङल्याण्डविरुद्धको एसेज सिरिजमा लगातार तेस्रो जित हासिल गरेको छ ।

आइतबार बिहान तेस्रो टेस्टको पाँचौ दिन अस्ट्रेलियाले इङल्याण्डलाई ८२ रनले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको ४३५ रनको लक्ष्य पछाएको इङल्याण्ड ३५२ रन बनाएर अलआउट भएको थियो ।

यसअघि अस्ट्रेलियाले पहिलो इनिंगमा ३७१ र दोस्रो इनिंगमा ३४९ रन बनाएको थियो । त्यस्तै इङल्याण्डले पहिलो इनिंगमा २८६ रन बनाएको थियो ।

यो जितपछि अस्ट्रेलियाले ५ खेलको सिरिज ३-० ले जितेर सिरिज आफ्नो नाममा गरेको छ । अब सिरिजको चौथो खेल डिसेम्बर २६ मा मेलबर्नमा हुने छ । यस टेस्टलाई बक्सिङ डे टेस्ट पनि भनिन्छ । 

Read More

वैभवीलाई भारतको कालिम्पोङमा तीन स्वर्ण

काठमाडौँ । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी  छिन् । खेलमा वैभवीले क्योरुगी, पुम्से र स्पीड किक तिनै विधामा स्वर्ण पदक जितेकी छन् ।

भारतको पश्चिम बंगाल राज्यको कालिम्पोङस्थित मल्टी स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा वैभवीले भारतीय खेलाडीलाई पछि पार्दै क्योरुगी विधामा स्वर्ण पदक जितेकी हुन् । त्यसैगरी वैभवीले पुम्से र स्पीड किक बिधामा पनि स्वर्ण पदक जितेकी छन् ।

प्रतियोगिता अल इण्डिया तेक्वान्दो फेडरेसन र युनाइटेड एमेच्योर तेक्वान्दो एकेडेमी भारतको साथमा त्यहाँको प्रतिष्ठित दुर्गाज तेक्वान्दो एसोसिएसनले हरेक वर्ष आयोजना गर्ने गर्दछ । यस प्रतियोगितामा तीन स्वर्ण पदक जित्ने वैभवी एकमात्र खेलाडी बनेकी छन् ।

Read More

बेलिङ्घम र एम्बाप्पेको गोलमा रियल म्याड्रिड विजयी

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले सेभियालाई पराजित गरेक छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले सेभियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा जुड बेलिङ्घम र किलियन एम्बाप्पेले एक एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडको १८ खेलमा ४२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । १७ खेल खेलेको बार्सिलोनाको ४३ अंक रहेको छ । त्यस्तै सेभियाको १७ खेलमा २० अंक रहेको छ र हाल लिगमा नवौं स्थानमा छ ।

Read More

एभर्टनमाथि आर्सनलको जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले एभर्टनलाई पराजित गरेको छ ।

गएराती समपन्न खेलमा आर्सनलले एभर्टनलाई १-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा खेलको २७औं मिनेटमा भिक्टर ग्योकेरेजले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि आर्सनल प्रिमियर लिगको शिर्ष स्थानमा कायम रहेको छ । आर्सनलको १७ खेलमा ३९ अंक रहेको छ । त्यसैगरी एभर्टनको भने १७ खेलमा २४ अंक रहेको छ र लिगमा १०औं स्थानमा छ ।

Read More

हारबाट जोगियो चेल्सी, न्यूक्यासलसँग बराबरीमा रोकियो

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी न्यूक्यासल युनाइटेडसँग बराबरीमा रोकिएको छ ।

गएराती सम्पन्न खेलमा चेल्सी र न्यूक्यासल युनाइटेड २-२ गोलको बराबरीमा रोकिएको हो । चेल्सीले खेलमा २-० ले पछि परेको अवस्थामा दुई गोल गरेर खेलमा कमब्याक गर्दै खेल बराबरी गरेको हो । चेल्सीका लागि रीस जेम्स र जोआओ पेड्रोले एक एक गोल गरेका थिए । यसअघि न्यूक्यासल युनाइटेडका लागि दुवै गोल निक वोल्टेमेडले गरेका थिए ।

यो बराबरीपछि चेल्सीको १७ खेलमा २९ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ । त्यस्तै न्यूक्यासलको १७ खेलमा २३ अंक रहेको छ र लिगमा ११औं स्थानमा रहेको छ ।

Read More

म्यानचेस्टर सिटी, न्यूक्यासल र चेल्सी लिग कपको सेमिफाइनलमा

काठमाडौं । म्यानचेस्टर सिटी, न्यूक्यासल युनाइटेड र चेल्सी यस बर्षको लिग कपको सेमिफाइनलमा पुगेका छन् ।

गएराती सम्पन्न क्वाटरफाइनलका खेलमा चेल्सीले कार्डिफ सिटीलाई ३-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । त्यस्तै म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले पराजित गरेको थियो भने न्यूक्यासल युनाईटेडले फुलह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

अब क्वाटरफाइनल अन्तर्गत आर्सनल र क्रिस्टल प्यालेसबीचको खेलबाट सेमिफाइनल खेल्ने चौथो टिमको टुंगो लाग्ने छ ।

सेमिफाइनलमा म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडको सामना गर्ने भएको छ भने चेल्सीले आर्सनल वा क्रिस्टल प्यालेसको सामना गर्ने भएको छ ।

Read More

फिफाले २०२६ फुटबल विश्वकपको पुरस्कार रकम ५० प्रतिशतले बढायो

काठमाडौँ । फिफाले अर्को वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकप फुटबलमा सहभागी देशहरूलाई प्रदान गरिने पुरस्कार रकममा ५० प्रतिशत वृद्धिको घोषणा गरेको छ । फिफाले विश्वकपमा कुल पुरस्कार रकम ७२७ मिलियन डलर अनुमोदन गरेको छ ।

२०२६ को विश्वकप विजेता देशले ५० मिलियन डलर प्राप्त गर्ने छ भने उपविजेताले ३३ मिलियन डलर पाउने छ । त्यस्तै तेस्रो हुनेले २९ मिलियन, चौथो हुनेले २७ मिलियन डलर पाउने भएको छ ।

त्यसैगरी पाँचौदेखि आठौँ स्थानसम्मले १९ मिलियन डलर, नवौंदेखि १६औं स्थानसम्मले १५ मिलियन डलर, १७औं देखि ३२औं स्थानसम्मले ११ मिलियन डलर र ३३औं देखि ४८औंसम्मको देशले ९ मिलियन डलर पाउने भएको छ ।

यसका अतिरिक्त फिफाले हरेक सहभागी टिमलाई विश्वकपको तयारीका लागि १.५ मिलियन डलर अतिरिक्त प्रदान गर्ने छ ।

२०२६ को विश्वकप विज्ञापन अधिकार र टिकट बिक्रीको हिसाबले ठूलो आम्दानी गर्ने प्रतियोगिता हुनेछ र यसले फिफालाई कम्तिमा १० बिलियन डलर आम्दानी गर्ने अपेक्षा गरिएको छ ।

२०२२ को फिफा विश्वकपमा ४४० मिलियन डलर पुरस्कार स्वरूप वितरण गरिएको थियो भने विश्वकप विजेता अर्जेन्टिनाले ४२ मिलियन डलर पाएको थियो ।

Read More

यू–१९ एशिया कप: नेपालले अफगानिस्तानलाई दियो १२५ रनको लक्ष्य

काठमाडौँ । एसीसी पुरुष यू–१९ एशिया कप अन्तर्गत नेपालले अफगानिस्तानलाई १२५ रनको लक्ष्य दिएको छ ।

दुबईस्थित आइसीसी एकेडेमीमा जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४६.४ ओभरमा अल आउट हुदै १२४ रन बनाएको हो ।

नेपालका लागि दिलसाद अलीले सर्बाधिक ३२ रन बनाए भने चन्दन रामले २७, अभिषेक तिवारीले २० र रोशन विश्वकर्माले १२ रन बनाएका थिए ।

त्यस्तै अफगानिस्तानका बलर जुतिल्लाह शाहीनले ३ विकेट लिए भने अब्दुल अजिज, नूरिस्तानी ओमारजाई र वाहिदुल्लाह जद्रानले २-२ विकेट लिएका थिए ।

जारी यू-१९ एशिया कपमा नेपाल र अफगानिस्तान दुवैले लगातार दोस्रो खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएका छन् । त्यसैले यस खेलको नतिजाले कुनै फरक भने पार्ने छैन । नेपाल र अफगानिस्तान दुवै श्रीलंका र बंगलादेशसँग पराजित भएका थिए । 

एकदिवसीय फर्म्याटमा हुने एसीसी यू-१९ एशिया कपमा आइसीसीका पुर्णकालिन सदस्य देश अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका, नेपाल र युएई खेलिरहेका छन् ।

समुह ए बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगिसकेका छन् भने समुह बी बाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् । 

Read More

डेम्बेलेले जिते फिफाको वर्षको उत्कृष्ट खेलाडीको अवार्ड

काठमाडौँ । फ्रान्सका फरवार्ड उस्मान डेम्बेले फिफाको बर्ष खेलाडी बनेका छन्  । २८ बर्षिय पीएसजीका फरवार्डले यस बर्षको फिफाको ‘द बेस्ट’ अवार्ड जितेका हुन्  ।

उनले २०२४ मा पीएसजीका लागि ३५ गोल गरेका थिए भने पीएसजीलाई लिग वान र च्याम्पियन्स लिगको उपाधि जिताएका थिए । उनले गत सेप्टेम्बरमा यस बर्षको बेलुन डो अर अवार्ड समेत जितेका थिए ।

डेम्बेलेले बार्सिलोनाका लामिन यमल र रियल म्याड्रिडका किलियन एम्बाप्पेलाई पछि पार्दै यो अवार्ड जितेका हुन् । यो अवार्ड अगस्त २०२४ देखि अगस्त २०२५ सम्मको प्रदर्शनलाई आधार मानेर दिइएको फिफाले जनाएको छ । साथै यस अवार्डका लागि फिफाका सदस्य देशका राष्ट्रिय टिमका प्रशिक्षक र कप्तानले मतदान गरेका थिए ।

Read More

पीएसजीविरुद्धको कानुनी लडाई एम्बाप्पेले जिते, ६३ मिलियन डलर पाउने

काठमाडौँ । फ्रान्सका सुपरस्टार फुटबलर किलियन एम्बाप्पेले पुर्व क्लब पीएसजीविरुद्धको कानुनी लडाई जितेका छन् ।

अदालतमा चलिरहेको बोनससम्बन्धि मुद्धामा पीएसजीले एम्बाप्पेलाई ६३ मिलियन डलर तिर्न आदेश दिएको छ ।

यो आदेशसँगै लामो समयदेखि एम्बाप्पे र पीएसजीबीच चलिरहेको विवादको अन्त्य भएको छ । एम्बाप्पेले पीएसजीले आफ्नो अन्तिम समयको पारिश्रमिक र बोनस नदिएको भन्दै अदालत गएका थिए । अनुसन्धानको क्रममा अदालतले २०२४ को अप्रिल, मे र जुनको पारिश्रमिक र बोनस नदिएको पाइएको जनाएको छ ।

त्यस्तै अदालतले पीएसजीले एम्बाप्पेविरुद्ध दायर गरेको ५१८ मिलियन डलरको मानहानी मुद्धा खारेज गरिदिएको छ । पीएसजीले एम्बाप्पे फ्री-ट्रान्सफरमा रियल म्याड्रिड जादा क्लबलाई नोक्सान भएको भन्दै सो मुद्धा दायर गरेको थियो ।

एम्बाप्पे पीएसजीमा २०१७ देखि २०२४ सम्म खेलेका थिए । २०२३-२४ को सिजन पछि उनी रियल म्याड्रिडमा फ्री-ट्रान्सफरमा गएका थिए ।

Read More