२०८३ श्रावण २३

कोशीका क्रिकेट खेलाडी मिनेश थापाको दुर्घटनामा निधन

विराटनगर । कोशी प्रदेशका प्रतिभाशाली क्रिकेट खेलाडी मिनेश थापाको दुर्घटनामा परी असामयिक निधन भएको छ ।

विराटनगरमा भएको दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा निधन भएको हो । 

थापाको निर्धनप्रति नेपाल क्रिकेट संघ (क्यान) ले दुख व्यक्त गरेको छ । क्यानले भनेको छ- ‘कोशी प्रदेशका कुशल तथा प्रतिभाशाली क्रिकेट खेलाडी मिनश थापाको दुर्घटनामा परी भएको असामयिक निधनको दुःखद खबरले नेपाल क्रिकेट संघसहित सम्पूर्ण क्रिकेट परिवारलाई गहिरो शोकमा डुबाएको छ। दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन, आफन्तजन तथा खेलप्रेमीहरूलाई यो अपार दुःख सहन सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौं ।’

Read More

पोखरा महानगरस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौँ मेयर कप प्रतियोगिता सुरु

पोखरा । पोखरा महानगर स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौँ मेयर कप प्रतियोगिता बुधवारदेखि सुरु भएको छ । पुस ११ गतेसम्म पोखरा रंगशालमाा सञ्चालन हुने प्रतियोगितामा कुल ४ सय ४ पदकका लागि ३ हजार ३१२ विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नगर क्षेत्रमा सञ्चालनमा रहेका २ सय ६० विद्यालय मध्ये १८० भन्दा बढी विद्यालयले सहभागिता जनाएका छन् । 

प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरी ६ वटा विधामा प्रतिस्पर्धा हुनेछ। जस अनुसार भलिबलमा छात्र तर्फ ४५ विद्यालयका ४ सय ५० जना र छात्रातर्फ २३ विद्यालयका २ सय ३० जना खेलाडी सहभागी छन् । कबड्डी छात्रतर्फ २० विद्यालयका २ सय जना र छात्रातर्फ ११ विद्यालयका १ सय १० जना खेलाडी सहभागी छन् । एथलेटिक्समा कुल ८४ विद्यालयका छात्रतर्फ ३ सय ७० जना र छात्रातर्फ २ सय ६५ जनाले प्रतिस्पर्धा गर्ने छन् । कराँतेमा ४१ विद्यालयका ६४ छात्र र ७० छात्राले प्रतिस्पर्धा गर्नेछन् । तेक्वान्दोतर्फ २६ विद्यालयका ४८ छात्र र ५० छात्राले सहभागिता जनाएका छन् । उसुतर्फ २१ विद्यालयका ४० छात्र र ६५ छात्राले प्रतिस्पर्धा गर्नेछन् । मार्चपासमा ४५ विद्यालयका १ हजार ३ सय ५० विद्यार्थी सहभागी भएका छन् ।

भलिबल र कबड्डीमा प्रथमले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १२ हजार रुपैयाँ सहित पदक र प्रमाणपत्र पाउनेछन् । एथलेटिक्स एकल तर्फका प्रथमले ४ हजार, द्वितीयले २ हजार ५ सय र तृतीयले १ हजार ५ सय तथा रिले खेलमा विजेता टिमले ६ हजार, द्वितीयले ४ हजार र तृतीयले २ हजार प्राप्त गर्नेछन् । यसै गरी मार्चपासमा प्रथम टिमलाई २० हजार, द्वितीयले १५ हजार तृतीयले १० हजार र सान्त्वना हुने समूहले ५ हजार रुपैयाँ प्रदान गरिने छ ।

Read More

रोहित र विराटको घरेलु क्रिकेटमा शानदार कमब्याक, दुवैले ठोके शतक

काठमाडौँ । भारतका सिनियर क्रिकेटर रोहित शर्मा र विराट कोहली घरेलु क्रिकेटमा फर्किएर शानदार प्रदर्शन गरेका छन् ।

बुधबार विराट र रोहितले विजय हजारे ट्रफीमा आआफ्नो टिमबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका छन् । विराट कोहलीले दिल्लीबाट आन्ध्र प्रदेशविरुद्ध खेल्दै १३१ रनको शतकीय पारी खेलेर आफ्नो टिमलाई जित दिलाएका हुन् । विराट १५ वर्षपछि घरेलु क्रिकेट खेलेका हुन् । उनले अन्तिम पटक २००९/१० सिजनमा दिल्लीका लागि खेलेका थिए । 

त्यस्तै अर्का सिनियर खेलाडी रोहित शर्मा ७ बर्षपछि मुम्बईका लागि खेल्दै १५५ रनको शतकीय पारी खेलेका छन् । सिक्किमविरुद्ध खेल्दै रोहितले मुम्बईको जितमा महत्वपूर्ण भूमिका निभाएका थिए । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले राष्ट्रिय टिमका सबै खेलाडीले घरेलु क्रिकेटको विजय हजारे ट्रफीमा खेल्न अनिवार्य गरेपछि रोहित विराट बर्षौं पछि घरेलु क्रिकेट खेलेका हुन् ।

Read More

चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट

ललितपुर ।  ललितपुर ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ पौष २२ गते बाट हुने भएको छ । पाँच दिन सम्म संचालन हुने प्रतियोगिता ललितपुरस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा संचालन हुने छ ।

ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन रहने प्रतियोगितामा पुरुष एकल र महिला एकल खुला, उच्च २० बरियता बाहेकको पुरुष युगल, यु–१७ पुरुष तथा महिला एकल खुला, ४५ बर्ष माथिको मास्टर युगल खुला गरि ६ विधामा करिव ४ सय खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले अनुमान गरेका छन् ।

तीन संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको यस प्रतियोगितामा यस पटक पुरस्कार रासीमा बृद्धि गरिएको सचिव रदीप महर्जनले जानकारी गराए । अघिल्लो संसकरणमा पुरुष एकल, महिला एकल र पुरुष युगल तर्फ शिर्ष तीन स्थान हासिल गर्नेले नगद ४० हजार, २० हजार र १० हजार प्राप्त गरेकोमा यस पटक पुरस्कार रकममा थप गरि ५० हजार, २५ हजार र १० हजार गरिएको महर्जनले बताए । यस्तै यु–१७ पुरुष तथा महिलाका शिर्ष तीन स्थान हात पार्नेले नगद २० हजार, १० हजार र ५ हजार तथा मास्टर युगल तर्फका बिजेताले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सय सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई विहानको खाजा तथा खानाको ब्यवस्था आयोजक स्वयंले गर्नेछन् ।

अनुमानित ३२ लाख २० हजार ५ सयको अनुमानित लागत रहेको प्रतियोगिताको पुरस्कार रासी ४ लाख २५ हजार रहेको छ ।

Read More

आर्सनल लिग कपको सेमिफाइनलमा

काठमाडौं । आर्सनल यस बर्षको लिग कपको सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न क्वाटरफाइनलको खेलमा क्रिस्टल प्यालेसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आर्सनल सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवैले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टी सुटआउटमा आर्सनल ८-७ ले विजयी भएको थियो ।

अब आर्सनलले सेमिफाइनलमा चेल्सीको सामना गर्ने भएको छ । अर्को सेमिफाइनलमा म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडको सामना गर्ने भएको छ ।

सेमिफाइनलका खेल जनवरी १३-१४ र फेब्रुअरी ३-४ मा हुने छन् । 

Read More

भारतीय क्रिकेट बोर्डले घरेलु खेलमा महिला खेलाडीलाई पुरुष सरह खेल फिस दिने

काठमाडौँ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसीआई) ले महिला क्रिकेटरहरूको घरेलु खेल फिस बढाउने निर्णय गरेको छ ।

क्रिकबजका अनुसार, महिला खेलाडीहरूले अब प्रथम श्रेणी र एकदिवसीय खेलको लागि ५० हजार भारु पाउनेछन् भने टी-२० खेल खेलेको लागि २५ हजार पाउनेछन् । बोर्डले पहिले नै अन्तर्राष्ट्रिय खेलको लागि महिला खेलाडीहरूको शुल्क पुरुष खेलाडीहरूसँग बराबर गरिसकेको छ ।

योसँगै अब, घरेलु क्रिकेटमा महिला र पुरुष खेलाडीहरूलाई समान खेल फिस दिइनेछ । एकदिवसीय र प्रथम श्रेणी क्रिकेटमा प्लेइङ एघारको हिस्सा रहेका खेलाडीहरूले ५० हजार पाउनेछन्, जबकि बेन्चमा रहेका खेलाडीहरूले २५ हजार पाउनेछन् । टी-२० खेलमा प्लेइङ एघारमा रहेका खेलाडीहरूले २५ हजार पाउनेछन्, जबकि बेन्चमा रहेका खेलाडीहरूले १२ हजार ५०० पाउनेछन् ।

पहिले महिला खेलाडीहरूले टी-२०, एकदिवसीय र प्रथम श्रेणी खेलहरूमा प्लेइङ इलेभेनको भाग भएबापत २० हजार मात्र पाउँथे भने बेन्चमा रहेका खेलाडीहरूलाई १० हजार दिइन्थ्यो ।

त्यस्तै बोर्डले राज्य र क्षेत्रीय टोलीहरूको लागि खेल्ने जुनियर खेलाडीहरूको खेल शुल्क पनि बढाइएको छ । अब, एकदिवसीय र प्रथम श्रेणी खेलहरूमा प्लेइङ इलेभेनमा रहेका खेलाडीहरूले २५ हजार पाउनेछन्, र बेन्चमा रहेका खेलाडीहरूले १२ हजार ५०० पाउनेछन् । टी-२० खेलहरूको लागि, प्लेइङ इलेभेनमा रहेका खेलाडीहरूले १२ हजार ५०० पाउनेछन् र अतिरिक्त खेलाडीहरूले ६ हजार २५० पाउनेछन् ।

त्यस्तै बोर्डले पहिले घरेलु सिजनको लिग चरणमा खेलेबापत वरिष्ठ महिला खेलाडीहरूले २ लाख पाउने गरेको बताएको छ । अब, खेलाडीहरूले चार एकदिवसीय खेल खेले बापत २ लाख पाउने छन् । खेलाडीहरूले अब एक सिजनको लागि ५ देखि ७ लाख कमाउनेछन् । खेलहरूको संख्या बढ्दै जाँदा खेलाडीहरूको कमाई पनि बढ्ने भएको छ ।

Read More

एस्टन भिल्लासँग म्यानचेस्टर युनाइटेड पराजित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडमाथि जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

एस्टन भिल्लाको जितमा दुवै गोल मोर्गन रोजर्सले गरेका थिए । त्यस्तै म्यानचेस्टर युनाइटेडका लागि एक गोल माथेस चुन्हाले गरेका थिए ।

यो जितपछि एस्टन भिल्ला लिगमा १७ खेलमा ३६ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै म्यानचेस्टर युनाइटेड भने १७ खेलमा २६ अंकसहित सातौं स्थानमा रहेको छ ।

Read More

राफिन्हा र यमलको गोलमा बार्सिलोना विजयी

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भिल्ला रियललाई पराजित गरेको छ  । गएराती सम्पन्न खेलमा बार्सिलोनाले भिल्ला रियललाई २-० गोल अन्तरले पराजित गरेको हो  ।

बार्सिलोनाको जितमा राफिन्हा र लामिन यमलले एक एक गोल गरेका थिए  । यस खेलमा खेलको ३९औं मिनेटमा रेनाटो भेइगाले रातो कार्ड पाउदा भिल्ला रियल १० खेलाडीमा समिति भएको थियो  ।

यो जितपछि बार्सिलोनाको १८ खेलमा ४६ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको १८ खेलमा ४२ अंक रहेको छ । त्यस्तै भिल्ला रियलको १६ खेलमा ३६ अंक रहेको छ  ।

Read More

जिरोनामाथि एटलेटिको म्याड्रिडको सहज जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले जिरोनालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले  जिरोनालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिको म्याड्रिडको जितमा कोके, कोनोर गल्लाघेर र एन्टोनी ग्रीजम्यानले एक एक गोल गरेका थिए ।

यो जितपछि एटलेटिको म्याड्रिडको १८ खेलमा ३७ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी जिरोनाको १७ खेलमा १५ अंक रहेको छ र लिगमा १८औं स्थानमा झरेको छ ।

Read More

भारतलाई हराउदै पाकिस्तानले जित्यो यू–१९ एशिया कपको उपाधि

काठमाडौँ । एसीसी पुरुष यू–१९ एशिया कपको उपाधि पाकिस्तानले जितेको छ । आइतबार भएको फाइनल खेलमा भारतलाई १९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तानले उपाधि जितेको हो ।

पाकिस्तानले दिएको विशाल ३४८ रनको लक्ष्य पछाएको भारत २६.२ ओभरमा अलआउट हुदै १५६ रन बनाएको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले समीर मिनहासको १७२ रनको शतकीय पारीको सहयोगमा ५० ओभरमा ८ विकेट गुमाउदै ३४७ रन बनाएको थियो ।

पाकिस्तानले योसँगै दोस्रो पटक यू-१९ एशिया कपको उपाधि जितेको छ । यू-१९ एशिया कपको उपाधि सबैभन्दा बढी भारतले ८ पटक जितेको छ भने बंगलादेशले पनि २ पटक जितेको छ । त्यस्तै अफगानिस्तानले पनि एक पटक यो उपाधि जितेको छ ।

यस एशिया कपमा नेपालले पनि भाग लिएको थियो । नेपालले समुह चरणका सबै खेलमा हार बेहोर्दै बाहिरिएको थियो ।

Read More