२०८३ श्रावण २१

एनपीएल: काठमाडौँले चितवनलाई दियो १४३ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँ गोर्खाजले १९.४ ओभरमा अलआउट हुदै १४२ रन बनाएको हो ।

काठमाडौँका लागि जोन सिम्पसनले सर्बाधिक ६० रन बनाए भने मिलिन्द कुमारले ३८ रन बनाए । त्यस्तै चितवनका बलर सोहेल तनवीरले सर्बाधिक ४ विकेट लिए भने रञ्‍जित कुमार र कमल सिंह ऐरील २-२ विकेट लिए ।

Read More

पोर्चुगलले जित्यो फिफा यु-१७ विश्वकप फुटबलको उपाधि

काठमाडौँ । पोर्चुगलले फिफा यु-१७ विश्वकप फुटबलको उपाधि जितेको छ ।

गएराती कतारको अल रेयानस्थित खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको फाइनलमा अस्ट्रियालाई १-० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले पहिलो पटक यू-१७ विश्वकपको उपाधि जितेको हो । पोर्चुगलको जितमा खेलको ३२औं मिनेटमा एनिसियो काब्रालले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

बिनो मकाइसको प्रशिक्षकत्वमा रहेको पोर्चुगल यु-१७ टोलीले पहिलो पटक युवा प्रतियोगिता जितेपछि कतारमा २०२५ फिफा यु-१७ विश्वकप पोर्चुगिज फुटबलमा नयाँ  इतिहास बनाएको छ ।

पोर्चुगलले ब्राजिलमाथि पेनाल्टी सुटआउटमा जित हासिल गरेर फाइनलमा पुगेको थियो भने अस्ट्रियाले इटालीलाई २-० ले हराएर फाइनल पुगेको थियो ।

पोर्चुगलले पहिलो पटक यू-१७ विश्वकप जितेको हो । फिफा यू-१७ विश्वकपको उपाधि सबै भन्दा बढी नाइजेरियाले ५ पटक जितेको छ भने ब्राजिलले ४ पटक, घाना र मेक्सिकोले २-२ पटक यो उपाधि जितेका छन् । त्यस्तै जर्मनी, फ्रान्स, सोभियत युनियन, साउदी अरेबिया, स्वीट्जरल्याण्ड र इङल्याण्डले एक एक पटक यो उपाधि जितेका छन् ।

Read More

एनपीएलमा आज दुई खेल हुदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछन् । आज पहिलो खेल चितवन राइनोज र काठमाडौँ गोर्खाजबीच बिहान ११: ४५ बजेदेखि हुदैछ ।

जारी एनपीएलमा चितवन राइनोजले ३ खेलमा २ जित र एक हार बेहोरेको छ र ४ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै काठमाडौँ गोर्खाजले ४ खेलमा २ जित र २ हारसहित ४ अंक हासिल गरेको छ र चौथो स्थानमा रहेको छ ।

कुशल मल्लको कप्तानीमा रहेको चितवनमा रिजन ढकाल, कलमसिंह ऐरी, देव खनाल जस्ता राष्ट्रिय खेलाडी रहेका छन् भने रवि भोपारा, सोहेल तनवीर, सैफ जैब, डेविड मलान र अल्पेस रामजानी जस्ता विदेशी खेलाडी रहेका छन् ।

त्यस्तै करण केसीको कप्तानीमा रहेको काठमाडौँ गोर्खाजमा भीम सार्की, शाहब अलाम, रशिद खान, मोहमद आदील आलम जस्ता राष्ट्रिय खेलाडी र मार्वे गेरार्ड इरासमस, जोन एन्ड्रयु सिम्पसन, मिलिन्द कुमार जस्ता विदेशी खेलाडी रहेका छन् ।

त्यसैगरी आज दोस्रो खेल कर्णाली याक्स र विराटनगर किंग्सबीच दिउसो ४ बजेदेखि खेल हुदैछ । जारी एनपीएलमा कर्णाली याक्सले ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने २ अंकसहित पाँचौं स्थानमा रहेको छ । त्यस्तै विराटनगर किंग्सले ४ खेलमा ३ जित र एक हारसहित ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

सोमपाल कामीको कप्तानीमा गुलशन झा, नन्दन यादव, पवन सराफ, जस्ता राष्ट्रिय खेलाडी रहेको कर्णाली याक्समा जयकिशन कोलसावाला, म्याक्स ओ’डाउड, प्रियांक पञ्चाल,  मार्क वाट र नाजिबउल्लाह जद्रान जस्ता विदेशी खेलाडी समेत रहेका छन् ।

त्यस्तै सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा लोकेश बम, प्रतिश जिसी जस्ता राष्ट्रिय खेलाडी छन् भने जर्ज मुन्सी, मार्टिन गप्टिल, शुभम सुबहस रंजने, मर्चेन्ट डी लंगे, फाफ डु प्लेसिस, साम्युएल डाली हीजलेट जस्ता विदेशी खेलाडी रहेका छन् ।

Read More

एनपीएलमा पोखराको पहिलो जित, फेरी हार्यो जनकपुर

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई पराजित गरेको छ । विहिबार सम्पन्न दोस्रो खेलमा पोखराले जनकपुरलाई २५ रनले पराजित गरेको हो ।

पोखराले दिएको १५६ रनको लक्ष्य पछाएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाउदै १३० रन बनाएको थियो । जनकपुरका लागि वाने प्रनिलले सर्बाधिक ५० रन बनाए भने संजय कृष्णमुर्थीले २५ र माज सदाकतले २० रन बनाएका थिए ।त्यस्तै पोखराका बलर विपिन खत्रीले सर्बाधिक ४ विकेट लिए भने सुमीत बर्माले २ तथा कुशल भुर्तेल र जिम्मी निशामले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा ६ विकेट गुमाउदै १५५ रन बनाएको थियो । पोखराका लागि सुमित बर्माले सर्बाधिक ५० रन बनाए भने दिनेश खरेलले ३८, तृत राज दासले २९ र एडम रोसिंगटनले २४ रन बनाएका थिए । त्यसैगरी जनकपुरका बलर संजय कृष्णमुर्थीले ३ विकेट लिए भने ललित राजबंशी र अनिल शाहले एक एक विकेट लिए ।

यो यस सिजनमा पोखराको पहिलो जित हो । पोखराको ३ खेलमा एक जित र २ हारसहित २ अंक रहेको छ । त्यस्तै डिफेन्डिङ च्याम्पियन जनकपुरले लगातार तेस्रो हार बेहोरेको छ ।

Read More

बंगलादेश प्रिमियर लिगको अक्सनमा नेपालका पाँच क्रिकेटर सुचिकृत

काठमाडौँ । बंगलादेश प्रिमियर लिगको अक्सनमा नेपालका पाँच राष्ट्रिय खेलाडी सुचिकृत भएका छन् ।

नोभेम्बर ३० मा हुने अक्सनका लागि बंगलादेश क्रिकेट बोर्डले सार्बजनिक गरेको २४५ खेलाडीको सूचीमा नेपालका पाँच क्रिकेटर सुचिकृत भएका हुन् ।

नेपालबाट सन्दीप लामिछाने क्याटोगरी बी मा सुचिकृत भएका छन् भने क्याटोगरी डी मा दिपेन्द्र सिंह ऐरी, क्याटोगरी ई मा आसिफ सेख, गुलशन झा र सोमपाल कामी सुचिकृत भएका छन् ।

बंगलादेश प्रिमियर लिगमा १२ बर्षपछि अक्सन हुदैछ । यस बर्षको बंगलादेश प्रिमियर लिग डिसेम्बर १९ देखि शुरु हुदैछ । यस सिजनमा ६ फ्रेन्चाइजीले लिगमा खेल्ने बताइएको छ । जसमा रंगपुर राइडर्स, ढाका क्यापिटल्स, सिल्हेट टाइटन्स, चट्टोग्राम रोयल्स, राजशाही वारियर्स र नोआखली एक्सप्रेसले खेल्ने बताइएको छ ।

Read More

एसीसी यू-१९ प्रिमियर कप: हङकङलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

काठमाडौं । नेपाल एसीसी पुरुष यू-१९ प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ । नेपालले समुह ए अन्तर्गतको खेलमा हङकङलाई ११९ रनले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

नेपालले दिएको २७१ रनको लक्ष्य पछाएको हङकङले ४०.५ ओभरमा अल आउट हुदै १५१ रन बनाएको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाउदै २७० रन बनाएको थियो ।

यो जितपछि नेपालले समुह ए मा दुवै खेलमा जित हासिल गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । नेपालले अब सेमिफाइनलमा मलेसियाको सामना गर्ने छ । सेमिफाइनल खेल शनिबार हुने तालिका रहेको छ ।

प्रतियोगिताका शिर्ष तीन देशले डिसेम्बरमा युएईमा हुने यू-१९ एशिया कपमा छनौट हुने छन् । यू-१९ एशिया कपका लागि आइसीसीका पुर्णकालिन सदस्य देश अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका सिधै छनौट भएका छन् ।

Read More

पोखराले जनकपुर बोल्ट्सलाई दियो १५६ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा ६ विकेट गुमाउदै १५५ रन बनाएको हो ।

पोखराका लागि सुमित बर्माले सर्बाधिक ५० रन बनाए भने दिनेश खरेलले ३८, तृत राज दासले २९ र एडम रोसिंगटनले २४ रन बनाएका थिए ।

त्यसैगरी जनकपुरका बलर संजय कृष्णमुर्थीले ३ विकेट लिए भने ललित राजबंशी र अनिल शाहले एक एक विकेट लिए ।

Read More

एनपीएलमा सुदूरपश्चिमको लगातार चौथो जित, लुम्बिनी ७ विकेटले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ । विहिबार सम्पन्न खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको हो । 

लुम्बिनीले दिएको १४४ रनको लक्ष्य पछाएको सुदूरपश्चिम रोयल्सले १८.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्बाधिक ६९ रन बनाए भने आरिफ सेखले ३९ रनको योगदान दिएका थिए । त्यस्तै लुम्बिनीका बलर रुबेन ट्रम्पेलम्यान, अभिषेक गौतम र तिलक भण्डारीले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लुम्बिनीले १९.४ ओभरमा अल आउट हुदै १४३ रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३५ रन बनाए भने दिलिप नाथले ३१, डि आर्ची शर्ट र सुमित महर्जनले १८-१८ रन बनाएका थिए । त्यस्तै सुदूरपश्चिमका बलर अविनाश बोहोरा र हरमित सिंहले ३-३ विकेट लिएका थिए भने हेमन्त धामीले २ र स्कट कुगेलाइनले एक विकेट लिएका थिए ।

यो सुदूरपश्चिम रोयल्सको लगातार चौथो जित हो । सुदूरपश्चिमको ४ खेलमा ८ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै लुम्बिनीको भने यो तेस्रो हार हो । ४ खेलमा लुम्बिनीले केवल एक खेल जितेको छ भने तीन खेलमा हार बेहोरेर केवल २ अंक बटुलेको छ ।

Read More

एसीसी यू-१९ प्रिमियर कप: नेपालले हङकङलाई दियो २७१ रनको लक्ष्य

काठमाडौं । एसीसी पुरुष यू-१९ प्रिमियर कप अन्तर्गत नेपालले हङकङलाई २७१ रन्को लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाउदै २७० रन बनाएको हो  ।

नेपालका लागि कप्तान अशोक धामीले सर्बाधिक ७३ रन बनाएका थिए भने दार्श सुनारले ४५, दिलसाद अलीले ३२, किब्रिन श्रेष्ठले २५, भन्स क्षेत्रीले २४, निरज कुमार यादवले २२, रोशन विश्वकर्माले २१ रन बनाएका थिए  ।

त्यस्तै हङकङका बलर डानियल माप र अभिमन्यु गनेसानले २-२ विकेट लिएका थिए  । 

Read More

लुम्बिनीले सुदूरपश्चिमलाई दियो १४४ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको लुम्बिनीले १९.४ ओभरमा अल आउट हुदै १४३ रन बनाएको हो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३५ रन बनाए भने दिलिप नाथले ३१, डि आर्ची शर्ट र सुमित महर्जनले १८-१८ रन बनाएका थिए ।

त्यस्तै सुदूरपश्चिमका बलर अविनाश बोहोरा र हरमित सिंहले ३-३ विकेट लिएका थिए भने हेमन्त धामीले २ र स्कट कुगेलाइनले एक विकेट लिएका थिए ।

Read More