२०८३ श्रावण २०

बार्सिलोना विजयी हुदा रियल म्याड्रिड बराबरीमा रोकियो

काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगा अन्तगतको खेलमा विजयी भएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए भने लामिन यमलले एक गोल गरेका थिए । त्यस्तै सेल्टा भिगोका लागि सर्जियो कारेइरा र बोर्जा इगलेसियासले एक एक गोल गरेका थिए ।

यस खेलमा फ्रान्की डी जोंगले ९० मिनेटपछिको इन्जुरी समयमा दोहोरो पहेलो कार्ड पाउदै रातो कार्ड पाएका थिए ।

त्यस्तै स्पेनिस लिगमा गएराती नै भएको खेलमा रियल म्याड्रिड भने रायो भल्लेकानोसँग गोल रहित बराबरीमा रोकिएको छ ।

बार्सिलोनाको यो जितपछि १२ खेलमा २८ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै रियल म्याड्रिडको भने १२ खेलमा ३१ अंक रहेको छ र शिर्ष स्थानमा रहेको छ ।

Read More

शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए

काठमाडौँ । क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

भेषावकरले आइतबार हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएसँगै सन्यास लिएको बताएका छन् ।

भेषावकरको कप्तानीमा नेपालले हङकङ सिक्सेस खेलेको हो । उनले यस प्रतियोगिताअघि नै प्रतियोगिता खेलेपछि सन्यास लिने बताएका थिए ।

३७ बर्षिय भेषावकरले नेपालका लागि ४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् र उनले कुल ६६ रन बनाएका छन् । त्यस्तै उनले २० टी- २० खेल खेलेका छन्, जसमा ३२५ रन बनाएका छन् । उनले नेपालको राष्ट्रिय टिमबाट अन्तिम पटक २०२२ मा आयरल्याण्डविरुद्ध टी-२० खेल खेलेका थिए ।

उनले नेपालका लागि पहिलो खेल भने २००४ मा युएईविरुद्ध फर्स्ट क्लास खेलमा डेभ्यु गरेका थिए ।     

Read More

साउदी लिगमा अल नासरको अपराजित यात्रा कायमै

काठमाडौँ । अल नासरले साउदी प्रो लिग अन्तर्गत आफ्नो अपराजित यात्रा कायम राखेको छ ।

शनिबार राति सम्पन्न खेलमा अल नासरले नेओम एससीलाई ३-१ गोल अन्तरले पराजित गर्दै लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको हो ।

अल नासरको जितमा एंगेलो गाब्रियल, क्रिस्टियानो रोनाल्डो र जोआओ फेलिक्सले एक एक गोल गरेका थिए । त्यस्तै नेओमका लागि एक गोल अहमद अबडो जाबेरले गरेका थिए । यस खेलमा लुसियानो रोड्रीगेजले खेलको ५६औं मिनेटमा रातो कार्ड पाएपछि नेओम १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि अल नासरको ८ खेलमा २४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै नेओमको ८ खेलमा १३ अंक रहेको छ र लिगमा हाल सातौं स्थानमा रहेको छ ।

Read More

बराबरीमा रोकिए म्यानचेस्टर युनाइटेड र टोटनह्याम

काठमाडौँ । म्यानचेस्टर युनाइटेड इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा टोटनह्यामसँग बराबरीमा रोकिएको छ ।

शनिबार राति सम्पन्न रोमाञ्चक खेलको ९० मिनेटपछिको इन्जुरी समयमा दुवैले एक एक गोल गर्दै खेल बराबरी गरेका हुन् ।

यस खेलमा म्यानचेस्टर युनाइटेडका लागि ब्रयान एमबेउमा र माथिस डि लाइटले एक एक गोल गरेका थिए भने भने टोटनह्यामका लागि माथिस टेल र रिचार्लिसनले एक एक गोल गरेका थिए ।

यो बराबरीपछि टोटनह्यामको ११ खेलमा १८ अंक भएको छ र लिगमा तेस्रो स्थानमा छ भने म्यानचेस्टर युनाइटेडको ११ खेलमा १८ अंक नै छ र सातौं स्थानमा रहेको छ ।

Read More

हङकङ क्रिकेट सिक्सेसमा अफगानिस्तानसँग नेपाल पराजित

काठमाडौँ । ‘हङकङ क्रिकेट सिक्सेस’ अन्तर्गतको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । शुक्रबार भएको खेलमा अफगानिस्तानले नेपाललाई १७ रनले पराजित गरेको हो ।

अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछाएको नेपालले ६ ओभरमा २ विकेट गुमाउदै ९५ रन बनाएको थियो ।

नेपालका लागि सन्दीप जोराले ५३ रन बनाएका थिए भने रशिद खानले ११ रन बनाए भने आदील आलम पनि ११ रन बनाएका थिए । 

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ६ ओभरमा ५ विकेट गुमाउदै ११२ रन बनाएको थियो ।

यस खेलमा नेपालका बलर रशिद खानले ह्याट्रिक लिएका थिए । रशिदले पाँचौं ओभरमा ह्याट्रिक लिएका हुन् । रशिदले यस खेलमा कुल ४ विकेट लिएका थिए । त्यस्तै लोकेश बमले एक विकेट लिएका थिए । यस खेलमा अफगानिस्तानका करिम जन्नतले सर्बाधिक ३५ रन बनाए भने फरमुल्लाह साफीले ३० र कप्तान गुल्बादीन नैबले २२ रन बनाएका थिए । 

अब नेपालले अर्को खेल भोली बिहान ६ बजे दक्षिण अफ्रीकासँग खेल्ने तालिका छ ।

Read More

हङकङ क्रिकेट सिक्सेस: अफगानिस्तानले नेपाललाई दियो ११३ रनको लक्ष्य

काठमाडौँ । ‘हङकङ क्रिकेट सिक्सेस’ अन्तर्गतको खेलमा अफगानिस्तानले नेपाललाई ११३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ६ ओभरमा ५ विकेट गुमाउदै ११२ रन बनाएको हो ।

यस खेलमा नेपालका बलर रशिद खानले ह्याट्रिक लिएका थिए । रशिदले पाँचौं ओभरमा ह्याट्रिक लिएका हुन् । रशिदले यस खेलमा कुल ४ विकेट लिएका थिए । त्यस्तै लोकेश बमले एक विकेट लिएका थिए ।

यस खेलमा अफगानिस्तानका करिम जन्नतले सर्बाधिक ३५ रन बनाए भने फरमुल्लाह साफीले ३० र कप्तान गुल्बादीन नैबले २२ रन बनाएका थिए ।

Read More

हङकङ सिक्सेसमा आज नेपाल अफगानिस्तानविरुद्ध खेल्दै

काठमाडौं । ‘हङकङ क्रिकेट सिक्सेस’ प्रतियोगिता आजदेखि शुरु हुदै छ । आज नेपालले पहिलो खेलमा अफगानिस्तानको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार बिहान ८: ४५ बजेदेखि शुरु हुदैछ । 

नेपाल क्रिकेट संघ (क्यान) ले हङकङ चाइनामा आयोजना हुने ‘हङकङ क्रिकेट सिक्सेस’ प्रतियोगितामा सहभागी हुने शरद भेस्वाकरको कप्तानीमा ७ सदस्यीय टिम त्यसतर्फ पठाएको छ ।

नेपाली टिममा शरद भेस्वाकर (कप्तान), सन्दीप जोरा, मोहमद आदिल आलम, लोकेस बम, बसिर अहमद, रसिद खान र रुपेश कुमार सिंह रहेका छन् ।

क्यानले यस प्रतियोगितापछि शरद भेस्वाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने जानकारी दिएको छ ।

‘हङकङ क्रिकेट सिक्सेस मा नेपालसहित अफगानिस्तान, दक्षिण अफ्रीका, अस्ट्रेलिया युएई, इङल्याण्ड, बह्र्ट, कुवेत, पाकिस्तान, बंगलादेश, हङकङ र श्रीलंका खेल्दैछन् । 

‘हङकङ क्रिकेट सिक्सेसमा नेपाल समुह ए मा अफगानिस्तान र दक्षिण अफ्रिका रहेका छन् । नेपालको अर्को खेल नोभेम्बर ८ मा दक्षिण अफ्रीकासँग खेल्ने तालिका रहेको छ ।

Read More

भारतीय पुर्व क्रिकेटर रैना र धवनको करोडौंको सम्पत्ति जफत 

काठमाडौँ । पूर्व भारतीय क्रिकेटर सुरेश रैना र शिखर धवनको समस्या बढेको छ । बिहीबार, प्रवर्तन निर्देशनालय (इडी) ले बेटिंग एप मुद्दाको सम्बन्धमा दुवैको ११.१४ करोड भारुको सम्पत्ति जफत गरेको छ ।

भारतीय मिडियाहरुका अनुसार धवनको अचल सम्पत्ति र रैनाको म्युचुअल फन्डमा लगानी गरेको ६.६४ करोड भारु जफत गर्न मनी लान्ड्रिंग रोकथाम ऐन अन्तर्गत अस्थायी आदेश जारी गरिएको छ ।

पूर्व क्रिकेटर सुरेश रैना र शिखर धवनलाई हालै प्रवर्तन निर्देशनालय (इडी) ले सोधपुछ गरेको थियो । उनीहरूको बयान रेकर्ड गरिएको थियो । इडीले हाल अवैध बेटिंग एपहरूसँग सम्बन्धित धेरै मुद्दाहरूको अनुसन्धान गरिरहेको छ । एजेन्सीले यस्ता बेटिंग एपहरू गैरकानूनी मात्र होइनन् तर ठूलो मात्रामा मनी लान्ड्रिंगलाई पनि सहज बनाउने विश्वास छ । यी एपहरूमा लाखौं व्यक्ति र लगानीकर्ताहरूलाई करोडौं रुपैयाँ ठगी गरेको वा पर्याप्त कर छली छल्ने आरोप छ । इडीले यस मामिलामा आफ्नो कारबाही तीव्र बनाउदै कैयौं फिल्म स्टार र क्रिकेटरहरू देखाइएका विज्ञापनहरू बारे अनुसन्धान गरिरहेको छ । यस सम्बन्धमा, क्रिकेटर र फिल्म उद्योगका सेलिब्रेटीको भूमिकाको अनुसन्धानलाई पनि अगाडि बढाइएको बताइएको छ ।

ईडीको अनुसन्धानले रैना र धवनले जानाजानी बेटिंग एप र यसका प्रतिनिधिहरूलाई प्रवर्द्धन गर्न विदेशी संस्थाहरूसँग समर्थन सम्झौता गरेको देखिएपछि सम्पत्ति जफत गर्ने कदम चालेको उल्लेख छ । यी दुई बाहेक, ईडीले यस अनुसन्धानको एक भागको रूपमा युवराज सिंह र रोबिन उथप्पा, अभिनेता सोनु सूद, उर्वशी रौतेला, मिमी चक्रवर्ती र अंकुश हाजरा (बंगाली अभिनेता) लगायतसँग पनि सोधपुछ गरेको थियो ।

Read More

बिक्री हुदै आइपिएल फ्रान्चाइजी आरसिबि, शुरु भयो प्रक्रिया

काठमाडौँ । बहुराष्ट्रिय अल्कोहलयुक्त पेय पदार्थ कम्पनी र आईपीएल र डब्लुपीएलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) को मालिक डियाजियोले फ्रान्चाइजीमा आफ्नो हिस्सेदारी बेच्ने दिशामा पहिलो कदम चालेको छ ।

बुधबार भारतको बजार नियामक, सेक्युरिटीज एण्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) सँगको फाइलिङमा, डियाजियोले पुरुष र महिला टोलीहरूको स्वामित्व राख्ने अभिभावक कम्पनी रोयल च्यालेन्जर्स स्पोर्ट्स प्राइभेट लिमिटेड (आरसीएसपीएल) मार्फत आरसीबीमा आफ्नो लगानीको ‘रणनीतिक समीक्षा’ गरिरहेको बताएको छ ।

समीक्षा मार्च ३१, २०२६ सम्ममा पूरा हुने अपेक्षा गरिएको छ, जुन भारतको आर्थिक वर्षको अन्त्य हो । (आरसीएसपीएल युनाइटेड स्पिरिट्स लिमिटेड (यूएसएल) को पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो जुन डायजियोको स्वामित्वमा छ) ।

युनाइटेड स्पिरिट्सका प्रबन्ध निर्देशक र सीईओ प्रवीण सोमेश्वरले सेबी फाइलिङमा भनेका छन् – ‘आरसीएसपीएल युएसएलको लागि एक मूल्यवान र रणनीतिक सम्पत्ति भएको छ, यद्यपि, यो हाम्रो अल्कोहल (मदिरा र पेय पदार्थ) व्यवसायको लागि गैर-मुख्य हो । यो कदमले आरसीएसपीएलको सर्वोत्तम हितलाई ध्यानमा राख्दै, सरोकारवालाहरूको लागि दिगो दीर्घकालीन मूल्य सुनिश्चित गर्न हाम्रो भारत पोर्टफोलियो समीक्षा गर्ने युएसएल र डियाजियोको प्रतिबद्धतालाई बलियो बनाएको छ  ।’

हालैका वर्षहरूमा उल्लेखनीय दबाबमा रहेको डियाजियोको मुख्य विश्वव्यापी व्यवसायमा संघर्षको बीचमा यो कदम आएको हो । यस वर्ष जुनमा सेबी फाइलिङमा, कम्पनीले आरसिबीको बिक्रीको रिपोर्टलाई अस्वीकार गरेको थियो ।

यद्यपि, डियाजियोले अब विश्वव्यापी रूपमा अवरोधहरूको सामना गरेपछि आफ्नो पुर्व अडानमा परिवर्तन भएको देखिएको छ ।

आरसिबीले आफ्नो पहिलो आइपिएल उपाधि जितेको एक दिन पछि जुनमा बेंगलुरुको एम. चिन्नास्वामी स्टेडियम बाहिर भएको घातक भागदौड पछि सम्भावित विनिवेशको बारेमा अनुमानहरू तीव्र भएका थिए । सबैभन्दा लोकप्रिय आईपीएल टोलीहरू मध्ये, २००८ मा प्रतियोगिता सुरु हुँदा आरसीबी दोस्रो सबैभन्दा महँगो फ्रान्चाइजी थियो । युएसएलका तत्कालीन अध्यक्ष विजय माल्याले २००७ मा १११.६ मिलियन अमेरिकी डलरमा फ्रान्चाइजी किनेका थिए, २०१६ मा निर्देशकको पद त्याग्नुअघि, डियाजियो कम्पनीको एकमात्र मालिक बनेको थियो ।

यद्यपि, यो विकसित घटनाक्रमले खेलाडीको अक्सनसहित आगामी आईपीएल र डब्लुपीएल सिजनहरूको लागि आरसीबीको योजनामा ​​कुनै प्रभाव नपार्ने स्पष्ट गरिएको छ । कुनै पनि नयाँ मालिकले आईपीएलबाट पनि अनुमति लिनुपर्नेछ र यो प्रक्रिया २०२६ को आईपीएल सिजनभन्दा पहिला सकिने बताइएको छ ।

डब्लुपीएल २०२६ जनवरीमा सुरु हुने तालिका छ, जबकि आईपीएल मार्चमा सुरु भएर मे महिनासम्म चल्ने अपेक्षा गरिएको छ ।

Read More

एन्फाविरुद्ध सडकमा आए खेलाडी

काठमाडौँ । नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ए डिभिजन लिगको कार्यतालिका सच्याउन एक साताको अल्टिमेटम दिएको छ ।

विहिबार एन्फा कार्यलय घेराउ गर्न गएका खेलाडी र पुर्व खेलाडीहरुले एन्फालाई ए डिभिजनको लिगको तालिका सच्याउन एक साताको अल्टिमेटम दिएका हुन् ।

उनीहरुले एक सातामा कार्यतालिका नसच्याएमा सशक्त रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । 

एन्फाले अर्को बर्षको पुसमा ए डिभिजन लिग गर्ने भन्दै मिति सार्बजनिक गरेपछि खेलाडी आन्दोलित भएका हुन् । धर्नाका लागि एन्फा कम्प्लेक्समा पुगेका खेलाडीहरुलाई एन्फाको गेटमा रोकिएको थियो । गेटमा रोकिएपछि उनीहरुले गेटमै आफ्नो कार्यक्रम गरेका थिए । 

यस अघि एन्फाले २०८३ को पुस ९ गतेबाट राष्ट्रिय लिग हुने निर्णय सार्बजनिक गरेपछि खेलाडीहरु आक्रोशित बनेका छन् ।

Read More