२०८३ श्रावण २०

खेलाडीबाट एन्फा कार्यालय घेराउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को बर्षको पुसमा ए डिभिजन लिग गर्ने भन्दै मिति सार्बजनिक गरेपछि खेलाडी आन्दोलित भएका छन् ।

विहिबार नेपाल खेलाडी संघको आव्हानमा राष्ट्रिय फुटबल टिमका खेलाडीले एन्फाको सातदोबाटोस्थित कार्यालय घेराउ गरेका छन् ।

खेलाडीले गेटमा धर्ना दिएपछि एन्फाका प्रवक्ता सुरेश शाहले खेलाडीलाई वार्ताको लागि बोलाएका छन् । तर प्रवक्ता शाहलाई खेलाडीहरुले एन्फाका पदाधिकारीलाई बोलाउन आग्रह गरेपछि अहिले पनि खेलाडीहरु एन्फाको गेटमा धर्ना जारी राखेका छन् ।

यस अघि एन्फाले २०८३ को पुस ९ गतेबाट राष्ट्रिय लिग हुने निर्णय सार्बजनिक गरेपछि खेलाडीहरु आक्रोशित बनेका छन् ।

Read More

दशौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म हुने

काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद २०८२ साल फागुन १ देखि ७ गतेसम्म हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार बसेको परिषदको १२३औं बोर्ड बैठकले कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको हो ।

बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्व धावक जितबहादुर केसीलाई २५ लाख नगद पुरस्कार दिन मन्त्रिपरिषदमा सिफारिस गर्नेलगायत निर्णय गरेको छ ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले सहजीकरण गरेको बैठकमा राखेपका उपाध्यक्ष ध्रव आचार्य, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, बोर्ड सदस्यलगायतको उपस्थिति रहेको थियो।

Read More

ईन्डोनसियामा मैत्रीपूर्ण खेल खेल्ने प्रारम्भिक महिला फुटबल टिमको घोषणा

काठमाडौँ । ईन्डोनसियामा हुने ट्राईनेसन महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबलको प्रारम्भिक १७ जनाको टिम घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक नवीन न्यौपानेले प्रारम्भिक चरणमा २७ खेलाडी बोलाएका हुन् ।

नेपाली महिला फुटबल टिममा अन्जिला तुम्बापो सुब्बा, अञ्जना राणा मगर, उषा नाथ, हिरा कुमारी भुजेल, सजनी थोकर, समिक्षा घिमिरे, निशा थोकर, पुजा राना, बिमला विक, प्रतिक्षा चौधरी, रेणुका नगरकोटी, पुर्णिमा राई,  प्रीति राई, सरु लिम्बु, दीपा शाही सबिता राना मगर, अनिता बस्नेत, मीना देउवा, सावित्रा भण्डारी, बिर्सना चौधरी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, नेहा कुमारी चौधरी, लिला जोशी, सरस्वती हमाल, मन माया दमाई र अनिता लाम्जल रहेका छन् ।

नेपाली महिला फुटबल टिमले नोभेम्बर २६ मा इन्डोनेसियामा ट्राइनेसन मैत्रीपूर्ण खेल खेल्दैछ ।

Read More

दक्षिण अफ्रिकाविरुद्ध खेल्ने भारतीय टेस्ट टिमको घोषणा, ऋषवको पुनरागमन

काठमाडौँ । दक्षिण अफ्रिका विरुद्धको आगामी दुई खेलको टेस्ट सिरिजको लागि भारतीय टोलीको घोषणा गरिएको छ । 

भारतीय टिममा ऋषभ पन्तको पुनरागमन भएको छ भने तीव्र गतिका बलर आकाश दीप पनि चोटपछि पुनरागमन गरेका छन् । पन्तलाई उपकप्तान तोकिएको छ भने शुभमन गिलले टोलीको नेतृत्व गर्नेछन् । भारत र दक्षिण अफ्रिका बीचको टेस्ट सिरिज नोभेम्बर १४ मा सुरु हुँदैछ ।

टोलीमा प्रायः वेस्ट इन्डिज विरुद्धको सिरिजमा सहभागी खेलाडीहरू छन् । भारतीय टिममा तिब्र गतिका बलर मोहमद शामीलाई फेरी पनि बेवास्ता गरिएको छ । 

भारत र दक्षिण अफ्रिका बीचको पहिलो टेस्ट नोभेम्बर १४ बाट कोलकाताको इडेन गार्डेनमा खेलिनेछ भने दोस्रो टेस्ट नोभेम्बर २२ बाट गुवाहाटीमा खेलिनेछ । यसपछि, दुई टोलीले नोभेम्बर ३० देखि डिसेम्बर ६ सम्म तीन खेलको एकदिवसीय सिरिज खेल्नेछन्, त्यसपछि डिसेम्बर ९ देखि १९ सम्म पाँच खेलको टी-२० सिरिज खेल्नेछन् ।

दक्षिण अफ्रिका विरुद्धको टेस्ट सिरिज खेल्ने भारतीय टिम: 
शुभमन गिल (कप्तान), ऋषभ पन्त (उप-कप्तान), यशस्वी जयस्वाल, केएल राहुल, साई सुदर्शन, देवदत्त पडिक्कल, ध्रुव जुरेल, रवीन्द्र जडेजा, वाशिंगटन सुन्दर, जसप्रीत बुमराह, अक्षर पटेल, नितिश कुमार रेड्डी, मोहम्मद सिराज, कुलदीप यादव र आकाश दीप ।

Read More

नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । नेपालले युएईलाई २३० रनको लक्ष्य दिएको छ । आइसीसी विश्वकप लिग-२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० मा ९ विकेट गुमाउदै २३९ रन बनाएको हो ।

नेपालका लागि भीम सार्कीले सर्बाधिक ४८ रन बनाए भने कुशल मल्लले ४५ रन बनाएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ३७, आसिफ सेखले ३४, आरिफ सेखले ३० रन र सन्दीप लामिछानेले १५ रन बनाएका थिए । त्यसैगरी जुनैद सिद्धिकी, मुहमद जवादुल्लाह र ध्रुव पराशरले २-२ विकेट लिएका थिए भने जहिद अलिले एक विकेट लिएका थिए ।

Read More

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपाल र युएइ खेल्दैछन् । दुबईस्थित आइसीसी एकेडेमीमा हुने यस खेलमा युएईले टस जितेर बलिङ रोजेको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ  । 

यस सिरिजमा नेपालले यसअघि खेलेका तिनै खेलमा हार बेहोरेको छ भने युएईले ३ खेलमा एक जित र २ हर बेहोरेको छ । युएईले नेपाललाई पराजित गरेको थियो । 

नेपाल र यूएईले हालसम्म एकदिवसीय खेलमा एक अर्काविरूद्ध १६ खेल खेलेका छन्, जसमा नेपालले ९ खेल जितेको छ भने युएईले ७ खेल जितेको छ ।

नेपाल हाल विश्वकप लिग-२ को अंक तालिकामा सातौं स्थानमा छ । १९ खेलमा ५ जित र १२ हारसहित नेपालको १२ अंक छ । त्यस्तै १९ खेल खेलेको युएईको केबल ८ अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।

यस खेलमा नेपालले एक परिवर्तन गरको छ । आज गुलशन झाको स्थानमा कुशल मल्ललाई यस सिरिजमा पहिलो पटक अवसर दिइएको छ । युएईविरुद्धको नेपाली प्लेइङ ११ मा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ सेख, भीम सार्की, करण केसी, नन्दन यादव, कुशल मल्ल र ललित राजबंशी रहेका छन् ।

Read More

रियल म्याड्रिड लिभरपुलसँग पराजित

काठमाडौँ ।  लिभरपुलले युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडलाई पराजित गरेको छ । 

गएराती सम्पन्न खेलमा लिभरपुलले रियल म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो । 

लिभरपुलको जितमा खेलको ६१औं मिनेटमा एलेक्सिस म्याक अलिस्टरले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । 

यो जितपछि लिभरपुलको ४ खेलमा ८ अंक भएको छ र हाल छैटौं स्थानमा रहेको छ ।  त्यस्तै रियल म्याड्रिडको पनि ४ खेलमा ९ अंक छ र हाल पाँचौ स्थानमा रहेको छ । 

Read More

एसिया कप विवाद: पाकिस्तानका बलरलाई दुई खेलको निलम्बन र भारतीय कप्तानलाई जरिवाना

काठमाडौँ । एसिया कप २०२५ को समयमा भएको विवादको सुनुवाइपछि, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पाकिस्तानी फास्ट बलर हरिस राउफलाई दुई खेलको लागि निलम्बन गरेको छ ।

अब उनी दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको अन्तिम दुई खेल गुमाउनेछन् । यसबाहेक, खेलको विश्वव्यापी प्रशासकीय निकायले भारतीय टी-२० कप्तान सूर्यकुमार यादव र हरिस राउफलाई आईसीसी आचारसंहिता उल्लङ्घनको दोषी पाएको छ र उनीहरूमाथि आर्थिक जरिवाना र प्रतिबन्ध लगाएको छ । 

एसिया कपको समयमा भारत र पाकिस्तान तीन पटक भिडेका थिए । भारतीय टोलीले एसिया कपको उपाधि जित्न अन्तिम खेलमा पाकिस्तानलाई हराएको थियो, तर उनीहरूले अहिलेसम्म ट्रफी पाएका छैनन् ।

पाकिस्तानी बलर हरिस राउफलाई भारतविरुद्धको दुई छुट्टाछुट्टै खेलमा दुई पटक आचारसंहिता उल्लङ्घन गरेकोमा उनको म्याच शुल्कको ३० प्रतिशत जरिवाना गरिएको छ । उनलाई दुई खेलको लागि प्रतिबन्ध लगाइएको छ । राउफलाई यसअघि सेप्टेम्बर १४ मा भारतविरुद्धको खेलमा धारा २.२१ अन्तर्गत ‘खेलमा बदनाम ल्याउने’ दोषी ठहराइएको थियो । यसका लागि, उनलाई उनको म्याच शुल्कको ३० प्रतिशत जरिवाना गरिएको थियो र दुई डिमेरिट अंक दिइएको थियो । त्यसपछि, भारत विरुद्धको अर्को खेलमा उही धारा दोहोर्याएर उल्लङ्घन गरेकोमा उनलाई उनको म्याच शुल्कको ३० प्रतिशत जरिवाना गरिएको थियो र दुई थप डिमेरिट अंक दिइएको छ ।

भारतीय कप्तान सूर्यकुमार यादवलाई पनि आईसीसीले उनको म्याच शुल्कको ३० प्रतिशत जरिवाना गरेको छ । सूर्यकुमार यादवले खेल पछि भारतीय सेनालाई समर्थन र पहलगाम आतंकवादी हमलाका पीडितहरूसँग ऐक्यबद्धता व्यक्त गर्दै एक बयान दिएका थिए, जसलाई ‘खेलमा बदनाम ल्याउने’ मानिएको थियो । यसबाहेक, भारतीय तीव्र गतिका बलर जसप्रीत बुमराहले एक डिमेरिट अंक प्राप्त गरे भने अर्शदीप सिंह र पाकिस्तानका साहिबजादा फरहानले चेतावनी पाए । आईसीसीले यी सबै उल्लंघनहरू स्तर १ अन्तर्गत पर्ने बताएको छ, जसको परिणामस्वरूप खेलाडीलाई उनीहरूको म्याच शुल्कको अधिकतम ५० प्रतिशत र एक देखि दुई डिमेरिट अंक जरिवाना हुन सक्छ ।

Read More

विश्वकप लिग-२: सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपाल र युएइ खेल्दैछन् । दुबईस्थित आइसीसी एकेडेमीमा हुने यो खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुदैछ । 

यस सिरिजमा नेपालले यसअघि खेलेका तिनै खेलमा हार बेहोरेको छ भने युएईले ३ खेलमा एक जित र २ हर बेहोरेको छ । युएईले नेपाललाई पराजित गरेको थियो । 

नेपाल र यूएईले हालसम्म एकदिवसीय खेलमा एक अर्काविरूद्ध १६ खेल खेलेका छन्, जसमा नेपालले ९ खेल जितेको छ भने युएईले ७ खेल जितेको छ ।

नेपाल हाल विश्वकप लिग-२ को अंक तालिकामा सातौं स्थानमा छ । १९ खेलमा ५ जित र १२ हारसहित नेपालको १२ अंक छ । त्यस्तै १९ खेल खेलेको युएईको केबल ८ अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।

यस सिरिजका लागि छानिएको नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), असिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, अनिल कुमार शाह, सोमपाल कामी, आरिफ सेख, भीम सार्की, करण केसी, गुलशन झा, साहब आलम, नन्दन यादव, कुशल मल्ल र ललित राजबंशी रहेका छन् ।

Read More

अनन्त तामाङ भन्छन्- हामी खेलाडीलाई जिउँदै नमार्नुहोस् 

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को बर्षको पुसमा ए डिभिजन लिग गर्ने भन्दै मिति सार्बजनिक गरेपछि खेलाडीहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपालका भेट्रान डिफेन्डर अनन्त तामाङले एन्फाको निर्णयप्रति असन्तुष्टि जनाउदै खेलाडीलाई जिउदै नमार्न आग्रह गरेका छन् ।

अनन्तले खेलाडीको अभिभावक संस्था एन्फाले क्लबसँग मिलेर एक विज्ञप्तिमार्फत अझै १३ महिना लिग नहुने घोषणा गरेको उल्लेख गर्दै आफू ए डिभिजन लिगको साविक विजेता चर्च ब्वाइज युनाइटेडको कप्तान तथा उक्त लिगको सर्वोत्कृष्ट खेलाडी पनि भएको र आज साविक विजेता त्याग भारी भएको बताएका छन् ।

अनन्तले भनेका छन्: 
हामी खेलाडीको अभिभावक संस्था एन्फाले आज क्लबसँग मिलेर एक विज्ञप्तिमार्फत अझै १३ महिना लिग नहुने घोषणा गर्यो । म आफू ए डिभिजन लिगको साविक विजेता चर्च ब्वाइज युनाइटेडको कप्तान तथा उक्त लिगको सर्वोत्कृष्ट खेलाडी पनि हुँ । सामान्य अवस्था हुन्थ्यो भने म त्यसपछि अझै २ संस्करणको लिगमा उपाधि जोगाउन वा जित्न खेलिरहेको हुन्थें, तर त्यो सौभाग्य मैले पाउन सकिन । हाल बंगलादेशको क्लबसँग आवद्द रहेपनि हामी खेलाडीले नेपालको लिग भए फुकुवा हुने प्रावधान सम्झौतामा राखेका छौं, अझ कतिको मंसिरसम्म मात्र सम्झौता छ । आज मलाई साविक विजेताको ट्याग भारी भएको छ । म हरेक वर्ष लिग खेलेर च्याम्पियन बन्न चाहन्छु, एकपटक खेलेर सधैंभर होइन । लिग मेरो लागि मात्र होइन, मजस्ता हजारौ खेलाडीको लागि हो । सबै ए, बी र सी डिभिजन क्लबका सरहरुलाई दश औंला जोडेर बिन्ति गर्छु, हामी खेलाडीलाई जिउँदै नमार्नुहोस् ।

सोमबार एन्फा कार्यालयमा बसेको ए डिभिजन क्लबहरू र एन्फाबीच भएको सम्झौता अनुसार आगामी पुस ९ गतेबाट राष्ट्रिय लिग हुने निर्णय गरेपछि यसको आलोचना भइरहेको छ ।

Read More