२०८३ श्रावण २०

बोर्नमाउथमाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौँ । म्यानचेस्टर सिटीले इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा बोर्नमाउथलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले बोर्नमाउथलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा इर्लिंग हलाण्डले २ गोल गरेका थिए भने निको ओ रेइलीले एक गोल गरेका थिए । त्यस्तै बोर्नमाउथका लागि टेलर एडम्सले एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटी १० खेलमा १९ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै बोर्नमाउथको १० खेलमा १८ अंक रहेको छ र लिगमा चौथो स्थानमा झरेको छ ।

Read More

एल्चेमाथि बार्सिलोनाको सहज जित, लिगमा दोस्रो स्थानमा उक्लियो

काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गतको खेलमा एल्चेलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले एल्चेलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा लामिन यमल, फेरान टोरेज र मार्कस राशफोर्डले एक एक गोल गरेका थिए । त्यस्तै एल्चेका लागि राफा मिरले एक गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाको ११ खेलमा २५ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै एल्चेको ११ खेलमा १४ अंक रहेको छ र अंक तालिकामा नवौं स्थानमा रहेको छ ।

Read More

विश्वकप लिग-२: आज अमेरिका र युएई खेल्दै

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पाँचौं खेलमा आज युएई र अमेरिका खेल्दैछन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि शुरु हुदैछ ।

यस सिरिजमा अमेरिकाले लगातार तीन खेल जितेको छ भने युएईले एक खेल जितेको छ । अमेरिकाले नेपालविरुद्धका दुवै खेल र युएईविरुद्धको एक खेल जितेको छ भने युएईले नेपालविरुद्धको एक खेल जितेको छ ।

हाल विश्वकप लिग-२ मा अमेरिका २३ खेलमा ३४ अंकसहित शिर्ष स्थानमा छ भने युएई १८ खेलमा ८ अंकसहित पुछारमा रहेको छ । त्यस्तै नेपाल भने १९ खेलमा १२ अंकसहित सातौं स्थानमा छ ।

अमेरिका र युएईबीच अहिलेसम्म १० एकदिवसीय खेल भएका छन् । जसमा अमेरिकाले ८ खेल जितेको छ भने युएईले २ खेल जितेको छ ।

अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म अमेरिका र युएईसँग हुने यस त्रिकोणात्मक सिरिजमा अर्को खेल नोभेम्बर ६ बुधबार नेपाल र युएई खेल्ने तालिका रहेको छ । 

Read More

भारतले जित्यो महिला क्रिकेट विश्वकपको उपाधि

काठमाडौँ । भारतले महिला क्रिकेट विश्वकपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै भारतले विश्वकपको उपाधि जितेको हो ।

भारतले दिएको २९९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले ४५.३ ओभरमा अल आउट हुदै २४६ रन बनाए को थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै भारतले ५० ओभरमा ७ विकेट गुमाउदै २९८ रन बनायो थियो ।

यो जितसँगै भारतले पहिलो पटक महिला क्रिकेट एकदिवसीय विश्वकप जितेको हो । त्यस्तै पहिलो पटक विश्वकपको फाइनलमा पुगेको दक्षिण अफ्रिका उपविजेतामा चित्त बुझाएको छ ।

फाइनल खेलमा ८७ रन बनाएकी र २ विकेट लिएकी भारतकी शफाली बर्मा प्लेयर अफ द म्याच बनेकी छन् भने विश्वकपमा सर्बाधिक २२ विकेट लिएकी र २१५ रन बनाएकी भारतकी दिप्ती शर्मा विश्वकपकै उत्कृष्ट खेलाडी बने छन् । 

विश्वकपको उपाधि सबैभन्दा बढी पटक अस्ट्रेलियाले जितेको छ । अस्ट्रेलियाले कुल ७ पटक यो उपाधि जितेको छ । त्यस्तै इङल्याण्डले चार पटक विश्वकप जितेको छ भने भारतसँगै न्यूजील्याण्डले एक एक पटक यो उपाधि जितेका छन् ।

Read More

नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य

काठमाडौँ । नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ । आइसीसी विश्वकप लिग-२ को सिरिज अन्तर्गतको खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै ४९.५ ओभरमा अलआउट हुदै २७१ रन बनाएको हो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ७५ रन बनाए भने कारण केसीले ४९ रनको योगदान दिए । त्यस्तै कुशल भुर्तेलले ४७, भिम सार्कीले ४३, कप्तान रोहित पौडेलले ३६ रन बनाएका थिए ।

त्यसैगरी अमेरिकाका बलर हरमीत सिंहले ३, सौरभ नेत्राभल्कर र नोसथस केन्जिगेले २-२ विकेट लिएका थिए । त्यस्तै जसदीप सिंह र सुभम रन्जानेले एक एक विकेट लिएका थिए ।

Read More

यस्तो छ फाइनलमा पुगेका भारत र दक्षिण अफ्रीकाको महिला विश्वकपको यात्रा

काठमाडौँ । आइसीसी महिला एकदिवसीय क्रिकेट विश्वकप अब अन्तिम चरणमा पुगेको छ र उपाधिका लागि भिड्ने दुई टोलीको टुंगो लागेको छ । प्रतियोगिताको अन्तिम खेल आइतबार भारतको नवी मुम्बईस्थित डीवाई पाटिल स्टेडियममा भारत र दक्षिण अफ्रिकाबीच खेलिनेछ । दुवै टोलीले अहिलेसम्म विश्वकपको उपाधि जितेका छैनन्, त्यसैले यस पटक महिला क्रिकेटले नयाँ च्याम्पियन पाउने निश्चित भएको छ ।

भारत र दक्षिण अफ्रिकाका लागि फाइनलमा पुग्नु सजिलो थिएन, किनकि दुवै टोलीले सेमिफाइनलमा कठिन चुनौतीको सामना गर्नुपरेको थियो । सेमिफाइनलमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डसँग सामना गर्यो भने भारतले सात पटकको च्याम्पियन अस्ट्रेलियासँग सामना गर्यो । रोचक कुरा के छ भने, समूह चरणमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई पराजित गरेझैं अस्ट्रेलियाले पनि समूह चरणमा भारतलाई हराएको थियो । यसका बाबजुद पनि, भारत र दक्षिण अफ्रिकाले सेमिफाइनलको बाधा पार गर्दै सफलतापूर्वक फाइनलमा पुगेका छन् । अब, दुवै टोली अब आफ्नो पहिलो विश्वकप उपाधिबाट एक कदम टाढा छन् ।

२०२५ महिला विश्वकपमा भारत र दक्षिण अफ्रिकाको यात्रालाई हेर्दा, दुवैले समूह चरणमा राम्रो प्रदर्शन गरेका थिए । दक्षिण अफ्रिका सात खेलबाट १० अंकसहित तेस्रो स्थानमा रह्यो, जसमा पाँच जित र दुई हार थिए । आयोजक भारत सात खेलबाट सात अंकसहित चौथो स्थानमा रह्यो, जसमा तीन जित, तीन हार र एक बराबरी थियो र सेमिफाइनलमा पुग्यो ।

भारतले महिला विश्वकपमा आफ्नो अभियानको सुरुवात वर्षाले प्रभावित खेलमा सह-आयोजक श्रीलंकालाई ५९ रनले पराजित गरेर गरेको थियो । त्यसपछि अर्को खेलमा उनीहरूले कट्टर प्रतिद्वन्द्वी पाकिस्तानलाई ८८ रनले पराजित गरेका थिए । लगातार दुई जितपछि, भारतको अभियानलाई धक्का लाग्यो जब उनीहरूले हारको ह्याट्रिक सामना गरे, जसले गर्दा समूह चरणमा उनीहरूको अभियान समाप्त हुन सक्ने अवस्थामा पुगेको थियो । भारत पहिलो पटक दक्षिण अफ्रिकाको त्यही टोलीसँग तीन विकेटले हारेको थियो जसको विरुद्धमा उनीहरूले आइतबार फाइनल खेल्नेछन् । त्यसपछि उनीहरू अष्ट्रेलियासँग तीन विकेटले र इङ्ग्ल्याण्डसँग चार रनले पराजित भएको थियो । भारतको लागि न्युजिल्याण्ड विरुद्धको खेल जित्नु महत्त्वपूर्ण थियो । खेल दुवै टोलीका लागि भर्चुअल नकआउट थियो, तर स्मृति मन्धाना र प्रतिका रावलको उत्कृष्ट इनिङ्सको साथ भारतीय टोलीले न्युजिल्याण्डको लागि विशाल लक्ष्य राख्यो र वर्षाले प्रभावित खेलमा डिएलएस मार्फत ५३ रनले जित हासिल गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो । भारतको अर्को समूह चरणको खेल बंगलादेशविरुद्ध थियो, तर त्यो खेल वर्षाका कारण रद्द भयो ।

त्यस्तै दक्षिण अफ्रिकाको विश्वकप अभियान निराशाजनक सुरुवात भयो । उनीहरूले इङ्ग्ल्याण्ड विरुद्ध १० विकेटको लज्जास्पद हार बेहोरे । यद्यपि, टोलीले त्यसपछि लगातार पाँच खेल जित्दै बलियो पुनरागमन गर्यो । दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई छ विकेटले, भारतलाई तीन विकेटले, बंगलादेशलाई तीन विकेटले, श्रीलंकालाई डिएलएस मार्फत १० विकेटले र पाकिस्तानलाई १५० रनले पराजित गर्यो । यद्यपि, उनीहरूले आफ्नो अन्तिम समूह चरणको खेलमा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया विरुद्ध सात विकेटको हार बेहोरे । टोलीको मनोबल अटल रह्यो र सेमिफाइनलमा इङ्गल्याण्डलाई हराउँदै उनीहरूले बलियो पुनरागमन गरे ।

भारत र दक्षिण अफ्रिका महिला विश्वकप फाइनलमा कहिल्यै एकअर्कासँग भिडेका छैनन् । यद्यपि, उनीहरूले महिला विश्वकपमा छ पटक एकअर्कासँग खेलेका छन् । यस प्रतियोगितामा भारत र दक्षिण अफ्रिका बराबरीमा छन्, तीन-तीन पटक जितेका छन् । दुई टोली पहिलो पटक १९९७ मा एकअर्कासँग भिडेका थिए, जहाँ भारतले दक्षिण अफ्रिकालाई पाँच विकेटले पराजित गरेको थियो। त्यसपछि, २००० मा, भारतले आठ विकेटले खेल जितेर विजय हासिल गर्यो । भारतले २००५ मा पनि दक्षिण अफ्रिकालाई चार विकेटले पराजित गरेको थियो ।

१९९७ देखि २००५ सम्म महिला एकदिवसीय विश्वकपमा भारतले दक्षिण अफ्रिकालाई तीन पटक पराजित गरेको थियो भने २०१७ देखि २०२५ सम्म यो टोली विरुद्ध तीन पटक हार बेहोरेको छ । दक्षिण अफ्रिकाले २०१७ मा भारतलाई ११५ रनले र २०२२ मा तीन विकेटले पराजित गरेको थियो। यस पटक पनि दक्षिण अफ्रिकाले समूह चरणमा भारत विरुद्ध जित हासिल गरेको थियो ।

Read More

भारतीय क्रिकेटर अय्यर अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । खेलका क्रममा घाइते भएर अस्ट्रेलियामा उपचारत रहेका भारतीय क्रिकेटर श्रेयस अय्यरको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको छ ।

भारतीय क्रिकेट नियन्त्रण बोर्डले अय्यरको चोटमा सुधार भएको जानकारी दिदै अस्पतालबाट डिस्चार्ज गरिएको बताएको छ ।

बोर्डका सचिव देवजित सैकियाले अय्यरको स्वास्थ्य स्थिर र राम्रोसँग निको भइरहेको बताएका छन् । उनले भनेका छन्- ‘सिड्नी र भारतका विशेषज्ञहरू सहित बोर्डका मेडिकल टोली अय्यरको स्वास्थ्यलाभबाट सन्तुष्ट छन् । उनलाई आज अस्पतालबाट डिस्चार्ज गरिएको छ ।’

अय्यर अस्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीय खेलमा फिल्डिङ गर्दा घाइते भएका थिए र अस्पताल भर्ना भएका थिए । श्रेयसको पेटको तल्लो भागमा चोट लागेको थियो ।रे।

अय्यर थप स्वास्थ्य परिक्षण र परामर्शको लागि केही समय सिड्नीमै रहने र उडानको लागि फिट भएपछि भारत फर्कने बोर्डले जानकारी दिएको छ ।

Read More

बाबर आजमले तोडे रोहित शर्माको यो रेकर्ड

काठमाडौँ । पाकिस्तानी क्रिकेटर बाबर आजमले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतीय क्रिकेटर रोहित शर्माको रेकर्ड तोडेका छन् । बाबर टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।

उनले लाहोरको गद्दाफी स्टेडियममा खेलिएको दक्षिण अफ्रिका विरुद्धको टी-२० अन्तर्राष्ट्रिय खेलमा यो उपलब्धि हासिल गरेका हुन् ।

पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिका १९.२ ओभरमा ११० रनमा अलआउट भयो। जवाफमा पाकिस्तानले १३.१ ओभरमा मात्र एक विकेट गुमाउँदै खेल जितेको थियो ।

यस खेलमा बाबर आजम ११ रनमा अविजित रहे । यससँगै बाबर आजमले आफ्नो टी-२० अन्तर्राष्ट्रिय करियरमा ४,२३४ रन बनाएका छन् । उनीपछि रोहित शर्मा (४,२३१ रन), विराट कोहली (४,१८८ रन), इङ्गल्याण्डका जोस बटलर (३,८६९), र आयरल्याण्डका पल रोबर्ट स्टर्लिङ (३,७१० रन) बनाएका छन् ।

Read More

विश्वकप लिग- २: आज नेपाल र अमेरिकाबीच खेल हुदै

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुदैछ ।  आइसीसी एकेडेमीमा हुने यो खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुदैछ । 

यस सिरिजमा नेपालले शुरुका दुई खेलमा हार बेहोरेको छ । नेपाल अमेरिकासँगको पहिलो खेल १०६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो । त्यस्तै अमेरिकाले भने नेपाल र युएईसँग जित हासिल गरेको छ । 

आइसीसीको एकदिवसीय वरियतामा नेपाल हाल १७औं स्थानमा छ भने अमेरिका १४औं स्थानमा रहेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र अमेरिका हालसम्म १० पटक आमने सामने भएका छन् । जसमा अमेरिकाले ५ र नेपालले ४ खेल जितेको छ । त्यस्तै एक खेल टाइ भएको थियो । 

हालसम्म आइसीसी क्रिकेट विश्वकप लिग २ को अंक तालिकामा अमेरिका २२ खेल खेल्दै ३२ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यसैगरी नेपालले भने अहिलेसम्म खेलेका १८ खेलमा केवल ५ खेल जितेको छ भने २ खेलमा अंक बाँडेको छ । त्यस्तै ११  खेलमा हार बेहोरेको छ ।

यस सिरिजका लागि छानिएको नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), असिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, अनिल कुमार शाह, सोमपाल कामी, आरिफ सेख, भीम सार्की, करण केसी, गुलशन झा, साहब आलम, नन्दन यादव, कुशल मल्ल र ललित राजबंशी रहेका छन् ।

अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म अमेरिका र युएईसँग हुने यस त्रिकोणात्मक सिरिजमा अक्टोबर २६ आइतबार नेपाल र अमेरिका, अक्टोबर २८ मंगलबार युएई र अमेरिका, अक्टोबर ३० विहिबार नेपाल र युएई, नोभेम्बर १ शनिबार नेपाल र अमेरिका, नोभेम्बर ३ सोमबार युएई र अमेरिका र नोभेम्बर ६ बुधबार नेपाल र युएई खेल्ने तालिका रहेको छ ।

Read More

भारतविरुद्ध अस्ट्रेलिया ४ विकेटले विजयी

काठमाडौँ । अस्ट्रेलियाले भारतविरुद्धको टी-२० सिरिजको दोस्रो खेल जितेको छ । शुक्रबार सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई ४ विकेटले परजित गरेको हो ।

भारतले दिएको १२६ रनको लक्ष्यपछाएको अस्ट्रेलियाले १३.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

अस्ट्रेलियाका लागि कप्तान मिचेल मार्शले सर्बाधिक ४६, ट्राभिस हेडले २८ र जोश इंगलिसले २० रन बनाएका थिए । त्यस्तै भारतीय बलर जसप्रित बुमराह, वरुण चक्रवर्ती र कुलदीप यादवले २-२ विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले १८.४ ओभरमा अलआउट हुदै १२५ रन बनाएको थियो । भारतका लागि अभिषेक शर्माले ६८ रन बनाएका थिए भने हर्षित रानाले ३५ रन बनाएका थिए ।

यो जितपछि ५ खेलको सिरिजमा अस्ट्रेलियाले १-० को अग्रता हासिल गरेको छ । सिरिजको पहिलो खेल बर्षाले रद्ध भएको थियो । अब सिरिजको तेस्रो खेल आइतबार होबर्टमा हुने तालिका रहेको छ ।

Read More