२०८३ श्रावण २०

आइसीसी विश्वकप लिग-२: आज नेपाल र युएई भिड्दै

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपाल र युएइबीच खेल हुदैछ ।  दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुदैछ । 

यस सिरिजमा नेपाल र युएई दुवै अमेरिकासँग हार बेहोरेका छन् । नेपालले अमेरिकासँग १०६ रनको हार बेहोरेको थियो भने युएईले अमेरिकासँग ४ विकेटको हार बेहोरेको थियो । 

नेपाल र यूएईले हालसम्म एकदिवसीय खेलमा एक अर्काविरूद्ध १५ खेल खेलेका छन्, जसमा नेपालले ९ खेल जितेको छ भने युएईले ६ खेल जितेको छ ।

नेपाल हाल विश्वकप लिग-२ को अंक तालिकामा सातौं स्थानमा छ । १७ खेलमा ५ जित र १० हारसहित नेपालको १२ अंक छ । त्यस्तै १७ खेल खेलेको युएईको केबल ६ अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।

यस सिरिजका लागि छानिएको नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), असिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, अनिल कुमार शाह, सोमपाल कामी, आरिफ सेख, भीम सार्की, करण केसी, गुलशन झा, साहब आलम, नन्दन यादव, कुशल मल्ल र ललित राजबंशी रहेका छन् ।

अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म अमेरिका र युएईसँग हुने यस त्रिकोणात्मक सिरिजमा अक्टोबर २६ आइतबार नेपाल र अमेरिका, अक्टोबर २८ मंगलबार युएई र अमेरिका, अक्टोबर ३० विहिबार नेपाल र युएई, नोभेम्बर १ शनिबार नेपाल र अमेरिका, नोभेम्बर ३ सोमबार युएई र अमेरिका र नोभेम्बर ६ बुधबार नेपाल र युएई खेल्ने तालिका रहेको छ ।

Read More

भारतविरुद्ध नेपाली महिला टिमको लगातार दोस्रो जित, पेनाल्टी सुटआउटमा विजयी

काठमाडौँ । नेपाली महिला फुटबल टिमले भारतलाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । 

पाल्जोर रंगशाला, सिक्किममा सम्पन्न अनौपचारिक मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३-० ले पराजित गरेको हो । यसअघि ९० मिनेटसम्मको खेलमा नेपाल र भारतले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

यसअघि सम्पन्न औपचारिक मैत्रीपूर्ण खेलमा पनि नेपालले भारतलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । यस खेलमा दुवै देशले प्रमुख खेलाडीहरुलाई आराम दिएर दोस्रो रोजाईका खेलाडीलाई अवसर दिएका थिए ।

Read More

दक्षिण अफ्रिकाका तिब्र गतिका बलर पर्नेल जनकपुरबाट एनपीएल खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन फ्रेन्चाइजी जनकपुर बोल्ट्सले दक्षिण अफ्रिकाका तिब्र गतिका बलर वाने पर्नेललाई भित्र्याएको छ ।

जनकपुरले ३६ बर्षिय पर्नेललाई भित्र्याएको जानकारी दिएको हो ।

देब्रे हातका मिडियम फास्ट बलर पर्नेलले दक्षिण अफ्रिकाका लागि २०२३ देखि खेलेका छैनन् । उनले दक्षिण अफ्रिकाका लागि ५६ टी-२० खेल्दै ५९ विकेट लिएका छन् ।

आसिफ शेख मार्की खेलाडी रहेको जनकपुरमा अनिलकुमार शाह, ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंशाकर र तुलबहादुर थापामगर, सचिन भट्ट, आदित्य महता, मयन यादव र विकास आग्रीलगायतका खेलाडी रहेका छन् ।  

Read More

भारत र अष्ट्रेलियाबीचको टी-२० खेल वर्षाका कारण रद्ध

काठमाडौँ । भारत र अष्ट्रेलियाबीचको टी-२० सिरिजको पहिलो खेल वर्षाका कारण रद्ध भएको छ ।

बुधबार क्यानबेरामा भारतले टस जितेर पहिला ब्याटिंग गर्दै ९.४ ओभरमा एक विकेट गुमाउदै ९७ रन बनाएपछि बर्षका कारण खेल हुन नसकेको हो । यसअघि बर्षाका कारण खेललाई १८-१८ ओभरमा घटाइएको थियो । वर्षाले खेल दुई पटक अवरोध गरेको थियो । पहिलो पटक पाँच ओभर सकिएपछि खेल रोकिएको थियो, तर दुई ओभर काटेर पुनः सुरु गरिएको थियो । खेल पुनः सुरु हुँदा १८ ओभरको खेल खेल्ने निर्णय गरिएको थियो ।

५ खेलको सिरिजको पहिलो खेल रद्ध भएपछि अब दोस्रो खेल शुक्रबार मेलवर्नमा हुने तालिका रहेको छ ।

Read More

इङ्ग्ल्याण्ड फास्ट बलर जेम्स एन्डरसनलाई नाइटहुडको उपाधि

काठमाडौँ । टेस्ट क्रिकेटमा इङ्ग्ल्याण्डका लागि सर्वाधिक विकेट लिने पूर्व इङ्ग्ल्याण्ड फास्ट बलर जेम्स एन्डरसनलाई नाइटहुडको उपाधि दिइएको छ ।

उनलाई विन्डसर क्यासलमा यो सम्मान प्रदान गरिएको थियो । एन्डरसनले आफ्नो २२ वर्षे अन्तर्राष्ट्रिय करियरमा १८८ टेस्ट खेल खेले, जसमा उनले कुल ७०४ विकेट लिए ।

४३ वर्षीय एन्डरसनको नाम अप्रिलमा जारी सम्मान सूचीमा थियो । एन्डरसनलाई क्रिकेटमा उनको योगदानको लागि मनोनित गरिएको थियो ।

श्रीलंकाका पूर्व स्पिनर मुथैया मुरलीधरन र अष्ट्रेलियाका पूर्व लेग-स्पिनर शेन वार्नले मात्र अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटमा एन्डरसनभन्दा बढी विकेट लिएका छन् । एन्डरसनले जुलाई २०२४ मा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए, तर उनी आफ्नो घरेलु क्लब, ल्याङ्काशायरबाट खेल्न जारी राख्छन् ।

Read More

महिला क्रिकेट विश्वकप: पहिलो सेमिफाइनलमा आज इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

काठमाडौँ । आज जारी आइसीसी महिला क्रिकेट विश्वकपको सेमिफाइनलको पहिलो खेल हुदै छ । पहिलो सेमिफाइनलमा इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दैछन् । यो खेल भारतको गुवाहाटीमा नेपाली समय अनुसार दिउसो सवा ३ बजेदेखि शुरु हुदैछ । 

लिग चरणमा ७ मध्ये ५ जित, एक हार र एक खेलमा अंक बाँडेर इङल्याण्ड दोस्रो हुदै सेमिफाइनलमा पुगेको हो । त्यस्तै दक्षिण अफ्रिकाले लिग चरणमा खेलेका ७ खेलमा ५ जित र २ हार बेहोरेर तेस्रो हुदै सेमिफाइनलमा पुगेको हो ।

इङ्ल्यान्डले लिग चरणमा दक्षिण अफ्रिकालाई १० विकेटले पराजित गरेकाले सेमिफाइनलमा त्यस जितको मनोवैज्ञानिक फाइदा इङ्ल्यान्डलाई हुने देखिन्छ । 

महिला क्रिकेट विश्वकपमा अहिलेसम्म इङ्ल्यान्डले १९७३, १९९३, २००९ र २०१७ गरि चार पटक उपाधि जितेको छ । त्यस्तै दक्षिण अफ्रीका भने अहिलेसम्म सेमिफाइनलबाट अगाडी जान सकेको छैन । दक्षिण अफ्रीका यसअघि तीन पटक २०००, २०१७ र २०२२ मा सेमिफाइनलमा पुगेर पराजित भएको थियो ।  

इङ्ग्ल्याण्डको टिम:  एमी जोन्स (विकेटकिपर), ट्यामी ब्यूमोन्ट, हेदर नाइट, नेट साइभर-ब्रन्ट (कप्तान), सोफिया डन्क्ली, डेनियल व्याट-हज, एलिस क्याप्सी, चार्ली डीन, सोफी एक्लेस्टोन, लिन्सी स्मिथ, लरेन बेल ।

दक्षिण अफ्रिकाको टिम: लौरा वोल्वार्ड्ट (कप्तान), ताजमिन ब्रिट्स, सुने लुस, एनेरी डर्कसेन, मारिज्न क्याप, सिनालो जाफ्टा (विकेटकिपर), क्लो ट्रियोन, नादिन डे क्लर्क, मसाबाटा क्लास, अयाबोंगा खाका  र नोन्कुलुलेको म्लाबा ।

Read More

विश्वकप लिग-२: अमेरिकाको लगातार दोस्रो जित

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा अमेरिकाले लगातार दोस्रो जित हासिल गरेको छ ।

मंगलबार दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा अमेरिकाले युएईलाई ४ विकेटले पराजित गर्दै सिरिजमा लगातार दोस्रो जित हासिल गरेको हो ।

युएईले दिएको २१२ रनको लक्ष्य पछाएको अमेरिकाले ४९.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । अमेरिकाका लागि मिलिन्द कुमारले सर्बाधिक ७१ रन बनाए भने कप्तान मोनांक पटेलले ५० तथा शुभम रंजनेले अविज्ती ४६ रन बनाएका थिए ।

त्यसैगरी युएईका बलर जुनैद सिद्धिकीले सर्बाधिक ३ विकेट लिए भने सिमरनजीत सिंहले २ तथा हैदर अलीले एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाउदै २११ रन बनाएको थियो । युएईका लागि हर्षित कौशिकले सर्बाधिक ५३ रन बनाए भने कप्तान राहुल चोपडाले ३६, मुहमद शाहडाडले ३४ रन बनाएका थिए । त्यसैगरी अमेरिकाका बलरसौरभ नेत्राभल्करले ३ विकेट लिए भने जसदीप सिंह र शुभम रंजानेले २-२ विकेट लिएका थिए ।

यो जितपछि विश्वकप लिग-२ मा अमेरिकाको २२ खेलमा ३२ अंक भएको छ र शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै युएईको भने १७ खेलमा ६ अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।

अब सिरिजको अर्को खेल नेपाल र युएईबीच विहिबार हुने तालिका रहेको छ ।

Read More

एरिका गुरुङ कराँते विश्व च्याम्पियनसिपका लागि छनौट

काठमाडौँ । एरिका गुरुङले कराँते विश्व च्याम्पियनसिप खेल्ने भएकी छन् ।

एरिका नोभेम्बर २७ देखि ३० सम्म इजिप्टको कायरोमा हुने कराँते विश्व च्याम्पियनसिपको व्यक्तिगत विधामा छनौट भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिएका छन् ।

Read More

विश्वकप लिग- २: आज अमेरिका र युएईबीच खेल हुदै

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज युएई र अमेरिका खेल्दैछन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि शुरु हुदैछ ।

यसअघि सम्पन्न सिरिजको पहिलो खेलमा अमेरिकाले नेपाललाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

हाल विश्वकप लिग-२ मा अमेरिका २१ खेलमा ३० अंकसहित शिर्ष स्थानमा छ भने युएई १६ खेलमा ६ अंकसहित पुछारमा रहेको छ । त्यस्तै नेपाल भने १७ खेलमा १२ अंकसहित सातौं स्थानमा छ ।

अमेरिका र युएईबीच अहिलेसम्म ९ एकदिवसीय खेल भएका छन् । जसमा अमेरिकाले ७ खेल जितेको छ भने युएईले २ खेल जितेको छ ।

अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म अमेरिका र युएईसँग हुने यस त्रिकोणात्मक सिरिजमा अक्टोबर २६ आइतबार नेपाल र अमेरिका, अक्टोबर २८ मंगलबार युएई र अमेरिका, अक्टोबर ३० विहिबार नेपाल र युएई, नोभेम्बर १ शनिबार नेपाल र अमेरिका, नोभेम्बर ३ सोमबार युएई र अमेरिका र नोभेम्बर ६ बुधबार नेपाल र युएई खेल्ने तालिका रहेको छ ।

Read More

साम्बाको दुई गोलमा भारतविरुद्ध नेपालको जित

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले मैत्रीपूर्ण खेलमा भारतलाई पराजित गरेको छ ।

भारतको शिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले भारतलाई २-१ गोल अन्तरले पराजित गरको हो ।

नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ ले दुवै गोल गरेकी थिइन् । सावित्राले पहिलो गोल खेलको दोस्रो मिनेटमा र दोस्रो खेल खेलको ६३औं मिनेटमा फ्रीकिकबाट गरेकी थिइन् । त्यस्तै भारतका लागि एक गोल खेलको ८१औं मिनेटमा करिश्मा शिरभोइकरले गरेकी थिइन् । 

यस खेलमा नेपालका लागि यू-१९ खेलाडी मिना देउवाले राष्ट्रिय टिमका लागि डेभ्यु गरेकी छन् । देउवाले खेलको ७८औं मिनेटमा रेखा पौडेलको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीबाट डेभ्यु गरेकी हुन् ।

Read More