२०८३ श्रावण २०

युभेन्टसका मुख्य प्रशिक्षक इगोर बर्खास्त

काठमाडौँ । इटालियन सिरी ए क्लब युभेन्टसले आफ्ना मुख्य प्रशिक्षक इगोर ट्युडरलाई बर्खास्त गरेको छ । क्लबको पछिल्ला खेलमा खराब प्रदर्शनपछि इगोरलाई युभेन्टस व्यवस्थापनले बर्खास्त गरेको हो ।

युभेन्टसले लगातार तीन हार र आठ खेलमा जितविहीन यात्रा पछि सोमबार प्रशिक्षकलाई बर्खास्त गरेको छ ।

युभेन्टसले सेप्टेम्बर १३ पछि जित हासिल गरेको छैन भने गएराती युभेन्टस लाजियोसँग १-० ले पराजित भएको थियो । हाल युभेन्टस ८ खेलमा १२ अंकसहित आठौ स्थानमा रहेको छ ।

याअघि लाजियो, मार्सेली जस्ता क्लबको प्रशिक्षक रहेका इगोर गत मार्चमा युभेन्टसमा आएका थिए ।उनको नेतृत्वमा युभेन्टसले २४ खेलमा १० जित, ८ बराबरी र ६ हार बेहोरेको छ ।

Read More

कमिन्स इङ्गल्याण्डविरुद्धको पहिलो एशेज टेस्टबाट बाहिरिए, स्मिथले कप्तानी गर्ने

काठमाडौँ । अस्ट्रेलियाका नियमित टेस्ट कप्तान पाट कमिन्स इङ्गल्याण्ड विरुद्धको पहिलो एशेज टेस्टबाट बाहिरिएका छन् ।

क्रिकेट अस्ट्रेलियाले कमिन्स ढाडको चोटबाट पूर्ण रूपमा निको नभएकाले पहिलो एशेज टेस्ट गुमाउने जानकारी दिएको छ । फास्ट बलर कमिन्सको अनुपस्थिति अस्ट्रेलियाको लागि ठूलो धक्का मानिएको छ, किनकि उनीहरूले इङ्गल्याण्ड विरुद्ध पाँच टेस्ट सिरिज खेल्ने तालिका छ ।

कमिन्सको अनुपस्थितिमा, स्टिभ स्मिथले पहिलो एशेज टेस्टमा अस्ट्रेलियाली टोलीको कप्तानी गर्नेछन् । क्रिकेट अस्ट्रेलियाले कमिन्सले आफ्नो पुनरागमनको तयारीमा चाँडै बलिङ सुरु गर्ने बताएको छ । ३२ वर्षीय कमिन्सले जुलाईमा विश्व टेस्ट च्याम्पियनसिपको फाइनल पछि तीन खेलको टेस्ट सिरिज खेलेका छैनन् । त्यसपछि, कमिन्सलाई न्यूजील्याण्ड र भारत विरुद्धको सीमित ओभरको सिरिजबाट पनि बाहिर राखिएको थियो ।

एशेजका अन्तिम तीन टेस्ट तीन हप्ता भित्र खेलिने तालिका भएकोले कमिन्स पूर्ण रूपमा फिट हुनुपर्नेछ ।

पर्थमा हुने सिरिजको पहिलो खेलको लागि स्कट बोल्यान्डले प्लेइङ एघारमा कमिन्सको स्थान लिने सम्भावना छ । मिचेल स्टार्क र जोश हेजलवुडले फास्ट बलिंग आक्रमणको नेतृत्व गर्नेछन्, जसलाई अलराउन्डर क्यामरुन ग्रिन र ब्यू वेबस्टरले सहयोग गर्नेछन् । यद्यपि, हेजलवुडको फिटनेसको बारेमा आशंका रहेको छ । 

एसेज सिरिजको पहिलो खेल नोभेम्बर २१ देखि २५ सम्म पर्थमा, दोस्रो टेस्ट डिसेम्बर ४ देखि ८ सम्म द गाबामा, तेस्रो टेस्ट डिसेम्बर १७ देखि २१ सम्म एडिलेडमा, चौथो टेस्ट डिसेम्बर २६ देखि ३० सम्म मेलवर्नमा र पाँचौं टेस्ट जनवरी ४ देखि ८ सम्म सिड्नीमा हुने तालिका रहेको छ । 

Read More

एस्टन भिल्लासँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ । म्यानचेस्टर सिटी प्रिमियर लिग अन्तर्गतको खेलमा एस्टन भिल्लासँग स्तब्ध भएको छ । गएराती सम्पन्न खेलमा एस्टन भिल्लाले म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

एस्टन भिल्लाको जितमा खेलको १९औं मिनेटमा माटी काशले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि एस्टन भिल्लाको ९ खेलमा १५ अंक भएको छ र लिगमा सातौं स्थानमा उक्लिएको छ । त्यस्तै म्यानचेस्टर सिटीको ९ खेलमा १६ अंक रहेको छ र लिगमा चौथो स्थानमा झरेको छ ।

Read More

क्रिस्टल प्यालेसलाई हराउदै आर्सनल शिर्ष स्थानमा कायमै

काठमाडौँ । आर्सनलले इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा खेलको ३९औं मिनेटमा एबेरेची एजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि आर्सनलले महत्वपूर्ण तीन अंक हासिल गर्दै प्रिमियर लिगमा आफ्नो अग्रता कायम राखेको छ । आर्सनलको ९ खेलमा २२ अंक भएको छ र शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै क्रिस्टल प्यालेसको ९ खेलमा १३ अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ ।

त्यसैगरी बोर्नमाउथले नोट्टीङघम प्यालेसलाई २-० ले पराजित गर्दै लिगमा दोस्रो स्थानमा उक्लिएको छ । बोर्नमाउथको ९ खेलमा १८ अंक भएको छ ।

Read More

नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिम आज भारतविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । यो खेल भारतको शिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा हुने खेल साँझ सवा ६ बजेदेखि सुरु हुनेछ ।

फिफाको वरियतामा नेपाल ८९औं स्थानमा छ भने भारत ६३औं स्थानमा रहेको छ । नेपालले यसअघि भारतसँग १८ खेल खेलेको छ । जसमा नेपालले २ खेल मात्र जितेको छ भने ५ खेल बराबरी खेलेको छ । त्यस्तै ११ खेल भारतले जितेको छ ।

नेपालले यसअघि खेलेको इरानविरुद्धको मैत्रीपूर्ण खेल ३-० ले हारेको थियो । 

मैत्रीपूर्ण खेलका लागि एन्फाले सावित्रा भण्डारी साम्बाको कप्तानीमा २३ सदस्यीय टिम भारत पुगेको छ ।

नेपाली महिला फुटबल टिम:

गोलकिपर: अन्जिला तुम्बापो सुब्बा, अञ्जना राणा मगर र उषा नाथ ।
डिफेन्डर:  निशा ठोकर, समिक्षा घिमिरे, मन माया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पुजा राना, सजनी थोकर र हिरा कुमारी भुजेल ।
मिडफिल्डर: अनिता बस्नेत, रेणुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सविता राणा मगर, सरस्वती हमाल र  दीपा शाही ।
फरवार्ड:  रश्मी कुमारी घिसिङ, रेखा पौडेल, मिना देउवा, पूर्णिमा राई र सावित्रा भण्डारी ।

Read More

आइसीसी विश्वकप लिग-२: नेपालले टस जित्यो, अमेरिकाले पहिला ब्याटिंग गर्दै

काठमाडौँ । नेपालले आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेल आज अमेरिकाविरुद्ध खेल्दैछ ।

दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै अमेरिकाले पहिला ब्याटिंग गर्ने भएको छ । 

आइसीसीको एकदिवसीय वरियतामा नेपाल हाल १७औं स्थानमा छ भने अमेरिका १४औं स्थानमा रहेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र अमेरिका हालसम्म ९ पटक आमने सामने भएका छन् । जसमा दुवै देशले ४-४ खेल जितेका छन् । त्यस्तै एक खेल टाइ भएको थियो । 

हालसम्म आइसीसी क्रिकेट विश्वकप लिग २ को अंक तालिकामा अमेरिका २० खेल खेल्दै २८ अंकसहित दोस्रो स्थानमा रहेको छ । अमेरिकाले २० मध्ये १४ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ । त्यसैगरी नेपालले भने अहिलेसम्म खेलेका १६ खेलमा केवल ५ खेल जितेको छ भने २ खेलमा अंक बाँडेको छ । त्यस्तै ९ खेलमा हार बेहोरेको छ ।

आजको अमेरिकाविरुद्ध खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, दिपेन्द्र सिंह ऐरी, भीम सार्की, आरिफ सेख, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् ।

Read More

ब्राइटनमाथि म्यानचेस्टर युनाइटेडको शानदार जित

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा ब्राइटनलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा ब्रायन एम्बेउमाले २ गोल गरेका थिए भने माथेस चुन्हा र क्यासेमिरोले एक एक गोल गरेका थिए । त्यस्तै ब्राइटनका लागि डानी वेलब्याक र चारालाम्पोस कोसटोउलासले एक एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर युनाइटेडले ९ खेलमा १६ अंक हासिल गर्दै लिगमा चौथो स्थानमा उक्लिएको छ । त्यस्तै ब्राइटनको ९ खेलमा १२ अंक रहेको छ र लिगमा १३औं स्थानमा छ ।

Read More

प्रिमियर लिगमा लिभरपुलको लगातार चौथो हार

काठमाडौँ । लिभरपुलले इङलिश प्रिमियर लिगमा लगातार चौथो खेलमा हार बेहोरेको छ ।

गएराती सम्पन्न खेलमा लिभरपुल ब्रेन्टफोर्डसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।

ब्रेन्टफोर्डको जितमा डाङगो ओउट्टारा , केभिन सचदे र इगोर थियागोले एक एक गोल गरेका थिए । त्यस्तै लिभरपुलका लागि मिलोस केर्केज र मोहमद सलाहले एक एक गोल गरेका थिए ।

यो जितपछि ब्रेन्टफोर्डको ९ खेलमा १३ अंक भएको छ र लिगमा १०औं स्थानमा उक्लिएको छ । त्यस्तै लिभरपुलको भने ९ खेलमा १५ अंक रहेको छ र लिगमा छैटौं स्थानमा झरेको छ ।

Read More

कभा पुरुष भलिबलमा आज नेपाल अफगानिस्तानसँग खेल्दै

काठमाडौं । बंगलादेशको मिरपुरमा जारी काभा पुरूष नेसन्स भलिबल कपअन्तर्गत आज नेपालले अफगानिस्तानसँग खेल्दैछ । यो खेल आज दिउसो सवा १ बजेदेखि शुरु हुने छ । 

नेपालले यसअघि खेलेका तीन खेलमा एक जित र २ हार बेहोरेको छ । नेपालले यसअघि तुर्किमेनिस्तान र बंगलादेशसँग लगातार हार बेहोरेपछि तेस्रो खेलमा माल्दिभ्सलाई पराजित गरेको थियो ।

नेपालले अब अर्को खेल अक्टोबर २७ सम्म श्रीलंकासँग खेल्ने तालिका रहेको छ । प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको छ ।

Read More

रोनाल्डो र फेलिक्सको गोलमा अल नासर विजयी

काठमाडौँ । अल नासरले साउदी प्रो लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल हाज्मलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो र जोआओ फेलिक्सले एक एक गोल गरेका थिए । रोनाल्डोले यस खेलमा गोल गर्दै आफ्नो क्यारियरमा ९५० गोल पुरा गरेका  छन् । रोनाल्डोले २०२५ मा ३८ खेलमा ३४ गोल र ३ असिस्ट गरेका छन् ।

यो जितपछि अल नासरको साउदी प्रो लिगमा ६ खेलमा १८ अंक भएको छ र शिर्ष स्थानमा कायम छ । त्यस्तै अल हाज्मको भने ६ खेलमा ५ अंक रहेको छ र हाल लिगमा १४औं स्थानमा रहेको छ ।

Read More