२०८३ श्रावण २०

आइसीसी विश्वकप लिग- २: सिरिजको पहिलो खेलमा आज नेपाल र अमेरिका भिड्दै

काठमाडौँ । नेपालले आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेल आज अमेरिकाविरुद्ध खेल्दैछ ।

दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुदैछ । 

आइसीसीको एकदिवसीय वरियतामा नेपाल हाल १७औं स्थानमा छ भने अमेरिका १४औं स्थानमा रहेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र अमेरिका हालसम्म ९ पटक आमने सामने भएका छन् । जसमा दुवै देशले ४-४ खेल जितेका छन् । त्यस्तै एक खेल टाइ भएको थियो । 

हालसम्म आइसीसी क्रिकेट विश्वकप लिग २ को अंक तालिकामा अमेरिका २० खेल खेल्दै २८ अंकसहित दोस्रो स्थानमा रहेको छ । अमेरिकाले २० मध्ये १४ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ । त्यसैगरी नेपालले भने अहिलेसम्म खेलेका १६ खेलमा केवल ५ खेल जितेको छ भने २ खेलमा अंक बाँडेको छ । त्यस्तै ९ खेलमा हार बेहोरेको छ ।

यस सिरिजका लागि छानिएको नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), असिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, अनिल कुमार शाह, सोमपाल कामी, आरिफ सेख, भीम सार्की, करण केसी, गुलशन झा, साहब आलम, नन्दन यादव, कुशल मल्ल र ललित राजबंशी रहेका छन् ।

अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म अमेरिका र युएईसँग हुने यस त्रिकोणात्मक सिरिजमा अक्टोबर २६ आइतबार नेपाल र अमेरिका, अक्टोबर २८ मंगलबार युएई र अमेरिका, अक्टोबर ३० विहिबार नेपाल र युएई, नोभेम्बर १ शनिबार नेपाल र अमेरिका, नोभेम्बर ३ सोमबार युएई र अमेरिका र नोभेम्बर ६ बुधबार नेपाल र युएई खेल्ने तालिका रहेको छ ।

Read More

सन्डरल्याण्डसँग चेल्सी पराजित

काठमाडौँ । चेल्सी इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा सन्डरल्याण्डसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा सन्डरल्याण्डले चेल्सीलाई स्तब्ध पार्दै २-१ को जित हासिल गरेको हो ।

सन्डरल्याण्डको जितमा खेलको इन्जुरीसमय पछि चेम्सडाइन ताल्बीले निर्णायक गोल गरेका थिए ।

यसअघि खेलको चौथो मिनेटमा अलेज्नाद्रो गर्नाचोको गोलमा चेल्सीले शुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलको २२औं मिनेटमा विलसन इसिडोरको गोलमा सन्डरल्याण्डले खेल बराबरी गरेको थियो ।

यो जितपछि सन्डरल्याण्ड ९ खेलमा १७ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै चेल्सीको भने ९ खेलमा १४ अंक छ र हाल सातौं स्थानमा रहेको छ ।

Read More

महिला क्रिकेट विश्वकपको सेमिफाइनलको समीकरण पुरा

काठमाडौँ । अस्ट्रेलियाले जारी महिला क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध शानदार ७ विकेटको जित हासिल गरेको छ । शनिबार सम्पन्न लिग चरणको आफ्नो अन्तिम खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रीकालाई ७ विकेटले पराजित गरेको हो । 

दक्षिण अफ्रिकाले दिएको केवल ९८ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १६.५ ओभरमा ३ विकेट गुमाउदै पुरा गरेको थियो । 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले २४ ओभरमा अल आउट हुदै ९७ रन मात्र बनाएको थियो । दक्षिण अफ्रिकाको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा अस्ट्रेलियाकी बलर अलाना किङले ७ ओभरमा २ मेडनसहित १८ रन दिएर ७ विकेट लिएकी थिइन् ।

यो जितपछि अस्ट्रेलिया लिग चरणमा ७ खेलमा १३ अंकसहित शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ । त्यस्तै दक्षिण अफ्रिकाको ७ खेलमा १२ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।

दक्षिण अफ्रिका पनि यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । त्यस्तै इङल्याण्ड र भारत पनि सेमिफाइनलमा पुगिसकेका छन् । अब यस विश्वकपको लिग चरणको अन्तिम दुई खेल आइतबार हुदैछन् ।

आइतबारका खेल अघि नै सेमिफाइनलको समिकरण तय भएको छ । आइतबारका खेल अघि नै सेमिफाइनलको समिकरण तय भएको छ । आइतबार हुने दुई खेलले सेमिफाइनलको समीकरणलाई कुनै असर नगर्ने भएको छ ।

अंकतालिकामा हाल अस्ट्रेलिया शिर्ष स्थानमा रहेको छ भने दक्षिण अफ्रीका दोस्रो, इङल्याण्ड तेस्रो र भारत चौथो स्थानमा छ । आइतबारको खेल जिते पनि भारत चौथो स्थानमै रहने हुनाले सेमिफाइनलको समीकरणमा कुनै असर नगर्ने भएको हो ।

जस अनुसार पहिलो सेमिफाइनलमा इङल्याण्ड र दक्षिण अफ्रिका अक्टोबर २९ मा खेल्ने भएका छन् भने दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र भारत अक्टोबर ३० मा खेल्ने भएका छन् । यस विश्वकपको फाइनल खेल नोभेम्बर २ मा हुने तालिका छ ।

Read More

रोहित शर्माको शतकमा भारतको अस्ट्रेलियाविरुद्ध सान्त्वना जित

काठमाडौं । भारतले अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजमा सान्त्वना जित हासिल गरेको छ । शनिबार सम्पन्न सिरिजको तेस्रो खेलमा भारतले अस्ट्रेलियालाई ९ विकेटले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको २३७ रनको लक्ष्य पछाएको भारतले ३८.३ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

भारतको जितमा रोहित शर्माले शतकीय पारी खेल्दै अविजित १२१ रन बनाए भने विराट कोहलीले अविजित ७४ रन बनाएका थिए । त्यस्तै कप्तान शुभमन गिलले २४ रन बनाएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले माट रेनशाको ५६ र कप्तान मिचेल मार्शको ४१ रनको मद्धतले ४६.४ ओभरमा अल आउट हुदै २३६ रन बनाएको थियो । त्यसैगरी भारतीय बलर हर्षित रानाले ४ विकेट लिए भने वाशिंटन सुन्दरले २ विकेट लिएका थिए । योसँगै अस्ट्रेलियाले एकदिवसीय सिरिज २-१ ले जितेको छ ।

अब भारत र अस्ट्रेलियाबीच ५ खेलको टी-२० सिरिज हुने छ । सिरिजको पहिलो खेल अक्टोबर २९ मा हुने छ ।

Read More

मेसीसहितको अर्जेन्टिनी फुटबल टिम भारत नआउने

काठमाडौँ । अर्जेन्टिना फुटबल टिमको भारत भ्रमण स्थगित भएको छ ।

लियोनेल मेसीसहितको अर्जेन्टिनी तिओम अर्को महिना भारतको केरला भ्रमण गर्ने तालिका रहेको थियो ।  नोभेम्बर १७ मा कोच्चिको जवाहरलाल नेहरू स्टेडियममा हुने खेल स्थगित भएको हो  ।

यो जानकारी मैत्रीपूर्ण खेलको प्रायोजक रिपोर्टर ब्रोडकास्टिङ कम्पनीका प्रबन्ध निर्देशक एन्टो अगस्टिनले सामाजिक सञ्जालमा साझा गरेका थिए । उनले अब फिफाको अर्को अन्तर्राष्ट्रिय खेल विन्डोमा यो खेल हुनसक्ने र यसका लागि छलफल जारी रहेको बताएका छन् ।

एन्टो अगस्टिनले भनेका छन्- खेलको लागि फिफा अनुमति प्राप्त गर्न ढिलाइ भएको कारणले गर्दा अर्जेन्टिना फुटबल संघ (एएफए) सँगको बैठक पछि निर्णय गरिएको हो ।’

Read More

विश्वकप लिग-२ को सिरिज खेल्ने अमेरिकन टिमको घोषणा

काठमाडौं । अमेरिकाले आईसीसी विश्वकप लिग-२ का लागि १५ सदस्यीय टिमको  घोषणा गरको छ । आइतबारदेखि शुरु हुने सिरिजका लागि अमेरिकाले मोनांक पटेलको कप्तानीमा टिमको घोषणा गरेको हो ।

अमेरिकी टिममा अलराउन्डर शुभम सुभाष रञ्जने र रुशील उगारकर पहिलो पटक अमेरिकाको टिममा समावेश गरिएको छ । दुवैले यस सिरिजमा डेभ्यु गर्न सक्छन् । 

अमेरिकी टिममा मोनांक पटेल (कप्तान), जेसी सिंह (उपकप्तान), सौरभ नेत्रावलकर, रुशिल उगारकर नोस्टहश केन्जीगे, मिलिन्द कुमार, स्मित पटेल, शायन जहाँगीर, जुआनोय ड्रिसडेल, सञ्जय कृष्णमूर्ति,  हरमित सिंह, यासिर मोहम्मद, साइतेजा मुक्कामल्ला, शुभम रञ्जने र एन्ड्रिज गौस रहेका छन् । अमेरिकाको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके रहेका छन् ।

अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म अमेरिका र युएईसँग हुने यस त्रिकोणात्मक सिरिजमा अक्टोबर २६ आइतबार नेपाल र अमेरिका, अक्टोबर २८ मंगलबार युएई र अमेरिका, अक्टोबर ३० विहिबार नेपाल र युएई, नोभेम्बर १ शनिबार नेपाल र अमेरिका, नोभेम्बर ३ सोमबार युएई र अमेरिका र नोभेम्बर ६ बुधबार नेपाल र युएई खेल्ने तालिका रहेको छ ।

Read More

आइसीसी विश्वकप लिग २: यस्तो छ नेपाल र अमेरिकाको हेड टू हेड

काठमाडौँ । नेपालले आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेल आइतबार अमेरिकाविरुद्ध खेल्दैछ ।

दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुदैछ । 

आइसीसीको एकदिवसीय वरियतामा नेपाल हाल १७औं स्थानमा छ भने अमेरिका १४औं स्थानमा रहेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र अमेरिका हालसम्म ९ पटक आमने सामने भएका छन् । जसमा दुवै देशले ४-४ खेल जितेका छन् । त्यस्तै एक खेल टाइ भएको थियो । 

एकदिवसीय मान्यता पाएपछि नेपाल र अमेरिकाबीचको पहिलो खेल २०२० को फेब्रुअरीमा टियु क्रिकेट मैदानमा भएको थियो, जुन खेल नेपालले ३५ रनले जितेको थियो । त्यस्तै दोस्रो खेल फेब्रुअरी, १२, २०२० मा टियु मैदानमै भएको थियो, जुन नेपालले ८ विकेटले जितेको थियो । त्यस्तै चौथो खेल २०२१ को सेप्टेम्बर १३ मा ओमानको अल अमेरत मैदानमा भएको थियो, जुन खेल नेपालले ५ विकेटले जितेको थियो । त्यसपछि ओमानमै सेप्टेम्बर १७, २०२१ मा भएको चौथो खेलमा अमेरिकाले ६ विकेटले जितेको थियो । त्यस्तै अमेरिकाको टेक्सासमाजुन ११, २०२२ मा भएको खेल टाई भएको थियो भने जुन १५, २०२२ मा टेक्सासमै भएको खेलमा अमेरिका ३९ रनले विजयी भएको थियो । त्यसपछि जुन २०, २०२३ मा जिम्बाबेको हरारेमा भएको खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो । त्यसपछि अक्टोबर २७, २०२४ मा अमेरिकाको डल्लासमा भएको खेलमा अमेरिका ३ विकेटले विजयी भएको थियो भने नोभेम्बर २, २०२४ मा अमेरिकामै भएको खेलमा अमेरिका ३७ रनले विजयी भएको थियो ।      

हालसम्म आइसीसी क्रिकेट विश्वकप लिग २ को अंक तालिकामा अमेरिका २० खेल खेल्दै २८ अंकसहित दोस्रो स्थानमा रहेको छ । अमेरिकाले २० मध्ये १४ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ । त्यसैगरी नेपालले भने अहिलेसम्म खेलेका १६ खेलमा केवल ५ खेल जितेको छ भने २ खेलमा अंक बाँडेको छ । त्यस्तै ९ खेलमा हार बेहोरेको छ ।

यस सिरिजका लागि छानिएको नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), असिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, अनिल कुमार शाह, सोमपाल कामी, आरिफ सेख, भीम सार्की, करण केसी, गुलशन झा, साहब आलम, नन्दन यादव, कुशल मल्ल र ललित राजबंशी रहेका छन् ।

अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म अमेरिका र युएईसँग हुने यस त्रिकोणात्मक सिरिजमा अक्टोबर २६ आइतबार नेपाल र अमेरिका, अक्टोबर २८ मंगलबार युएई र अमेरिका, अक्टोबर ३० विहिबार नेपाल र युएई, नोभेम्बर १ शनिबार नेपाल र अमेरिका, नोभेम्बर ३ सोमबार युएई र अमेरिका र नोभेम्बर ६ बुधबार नेपाल र युएई खेल्ने तालिका रहेको छ । 

Read More

महिला क्रिकेट विश्वकप: बंगलादेशमाथि श्रीलंकाको शानदार कमब्याक जित

काठमाडौँ । श्रीलंकाले जारी महिला क्रिकेट विश्वकपमा शानदार जित हासिल गरेको छ । 

गएराती सम्पन्न खेलमा श्रीलंकाले बंगलादेशलाई ७ रनले पराजित गरेको हो । श्रीलंकाले दिएको २०३ रनको लक्ष्य पछाएको बंगलादेशले ५० ओभरमा ९ विकेट गुमाउदै १९५ रन बनाएको थियो ।

अन्तिम ओभरमा जितका लागि ९ रन आवश्यक रहेको अवस्थामा बंगलादेशले अन्तिम ओभरमा ४ विकेट गुमाएर केवल १ रन मात्र बनाएपछि श्रीलंकाले खेलमा शानदार कमब्याक गर्दै जित हासिल गरेको थियो । श्रीलंकाकी कप्तान चामारी अथापथ्थुले अन्तिम ओभरमा एक रनआउटसहित बंगलादेशका चार ब्याटरलाई आउट गरेकी थिइन् । यसअघि श्रीलंकाले पहिला ब्याटिंग गर्दै ४५.४ ओभरमा अल आउट हुदै २०२ रन बनाएको थियो ।

यो जितपछि श्रीलंकाको ६ खेलमा चार अंक रहेको छ र छैटौं स्थानमा उक्लिएको छ । त्यस्तै यो हारपछि बंगलादेश भने सेमिफाइनलको दौडबाट बाहिरिएको छ । बंगलादेशको ६ खेलमा केवल २ अंक रहेको छ ।  

Read More

नेपालले भारतमा हुने दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिप खेल्ने

काठमाडौँ । भारतमा हुने दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा भाग लिने नेपाली टिमको बिदाई गरिएको छ ।

भारतको राँचीमा अक्टोबर २४ देखि २६ सम्म हुने दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा भाग लिने टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच बिदाइ गर्दै शुभकामना दिएका छन् ।

प्रतियोगितामा भाग लिने खेलाडीमा मुकेश पाल, राजन रोकाया, सोम कुमाल, सलिन देवान, सन्तोषी श्रेष्ठ, पूर्णलक्ष्मी न्यौपाने, सुशील केसी, शिवराज पार्की, अरुण महतो, रामचन्द्र थारु, तिलक विक, युवराज विक, गणेशसिंह रावत, नागेश्वर ऐर, चन्द्रदेव जोशी, प्रवीण राना, बसन्ती चौधरी, सिमाकुमारी थारु, जयरानी थारु, सिता शाही, सर्मिलाकुमारी थारु, सरस्वती चौधरी, रन्जिता अधिकारी, डिना गोपाली र नारायणी भण्डारी रहेका छन् ।

त्यस्तै प्रशिक्षक राकेश वज्राचार्य र धनीराम चौधरी, व्यवस्थापक दिपेन्द्रकुमार गोइत र अफिसियल अनिरुद्र चौधरी रहेका छन् ।

Read More

लिभरपुलमाथि म्यानचेस्टर युनाइटेडको शानदार जित

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई २-१ गोपल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा ब्रायन एम्बेउमो र ह्यारी माग्युरेले एक एक गोल गरेका थिए । त्यस्तै लिभरपुलका लागि कोडी गाक्पोले एक गोल गरेका थिए ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा म्यानचेस्टर युनाइटेडले २०१६ पछि पहिलो पटक यो जित हासिल गरेको छ ।

यो जितपछि म्यानचेस्टर युनाइटेडको ८ खेलमा १३ अंक भएको छ र लिगमा नवौं स्थानमा रहेको छ । त्यस्तै लिभरपुलको भने ८ खेलमा १५ अंक रहेको छ र हाल लिगमा तेस्रो स्थानमा छ ।

Read More