२०८३ श्रावण १८

एशिया कप जितेको भारतीय टिमलाई बोर्डले दियो २१ करोड नगद पुरस्कार

काठमाडौँ । पाकिस्तानलाई हराउदै एशिया कपको उपाधि जितेको भारतीय टिमलाई भारतीय क्रिकेट बोर्डले २१ करोड भारु नगद पुरस्कार दिने घोषणा गरेको छ ।

गएराती युएईको दुबईमा सम्पन्न फाइनल खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । उपाधि जितेसँगै भारतीय बोर्डले खेलाडी र सपोर्ट स्टाफलाई २१ करोड भारु नगद पुरस्कार दिने घोषणा गरेको हो । 

त्यस्तै एसिया कप २०२५ को रोमाञ्चक फाइनल पछि, पुरस्कार समारोहमा खेलाडीहरूलाई उनीहरूको उत्कृष्ट प्रदर्शनको लागि सम्मान गरिएको थियो । भारत र पाकिस्तान बीचको उच्च-भोल्टेज खेल पछि, धेरै खेलाडीहरूले पुरस्कार प्राप्त गरे । खेलको खेल परिवर्तनकर्ताको उपाधि भारतीय अलराउन्डर शिवम दुबेलाई प्रदान गरिएको थियो, जसले ३५ सय अमेरिकी डलर पुरस्कार राशि प्राप्त गरे ।

युवा ब्याट्सम्यान तिलक वर्माले उत्कृष्ट इनिङका साथ दुई प्रमुख पुरस्कारहरू जिते, सुपर सिक्स अफ द म्याचका लागि ३ हजार डलर र प्लेयर अफ द म्याचका लागि ५ हजार डलर प्राप्त गरे । भारतीय स्पिनर कुलदीप यादवले आफ्नो निरन्तर प्रदर्शनको लागि १५ हजार अमेरिकी डलर नगद पुरस्कार सहित प्रतियोगिताको मूल्यवान खेलाडीको पुरस्कार प्राप्त गरे ।

युवा स्टार अभिषेक शर्माले प्रतियोगिताको सर्वोच्च सम्मान, प्लेयर अफ द टुर्नामेन्ट जिते । उनले १५ हजार डलरको साथ एक लक्जरी कार पनि प्राप्त गरे ।

त्यस्तै उपाधि जितेको भारतले ३ लाख डलर नगद पुरस्कार पाएको छ भने उपविजेता बनेको पाकिस्तानले ७५ हजार डलर पाएको छ ।

Read More

न्यूक्यासलमाथि आर्सनलको कमब्याक जित

काठमाडौं । आर्सनलले प्रिमियर लिग अन्तर्गत न्यूक्यासल युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले न्यूक्यासललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा मिकेल मेरिनो र गाब्रियल मागालहाएसले एक एक गोल गरेका थिए । त्यसैगरी निक ओल्टरमेडले एक गोल गरेका थिए ।

१-० ले पछि परेको आर्सनलले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो । न्युक्यासलले खेलको ३४औं मिनेटमा शुरुवाती गोल गरेको थियो । त्यसपछि खेलको ८४ र ९६औं मिनेटमा आर्सनलले गोल गर्दै खेलमा कमब्याक जित हासिल गरेको थियो ।

यो जितपछि आर्सनलको ६ खेलमा १३ अंक भएको छ भने लिगमा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै न्यूक्यासलको भने यस सिजनमा यो दोस्रो हार हो । ६ खेलमा ६ अंक रहेको न्यूक्यसल लिगमा १५औं स्थानमा झरेको छ ।

Read More

सोसियडाडलाई हराउदै बार्सिलोना शिर्ष स्थानमा उक्लियो

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रियल सोसियडाडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले कमब्याक जित हासिल गर्दै रियल सोसियडाडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा जुलेज कुण्डे र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए । त्यस्तै रियल सोसियडाडका लागि एक गोल अल्भारो ओड्रीओजोलाले गरेका थिए ।

यो जितपछि बार्सिलोना ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको ७ खेलमा १९ अंक भएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ७ खेलमा १८ अंक रहेको छ ।

त्यस्तै रियल सोसियडाडको भने यस सिजनमा यो चौथो हार हो । ७ खेलमा ५ अंक रहेको सोसियडाड १७औं स्थानमा झरेको छ ।

Read More

वेस्ट इन्डिजविरुद्धको दोस्रो खेल आज, सिरिज जित्ने दाउमा नेपाल

काठमाडौँ । नेपाल र वेस्ट इन्डिजबीच जारी युनिटी टी-२० सिरिजको दोस्रो खेल आज हुदैछ । युएईको शारजहा क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ ।

नेपालले यस सिरिजको पहिलो खेलमा वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै सिरिजमा १-० को अग्रता हासिल गरेको छ । नेपालले कुनै पनि टेस्ट खेल्ने देशलाई पराजित गरेको यो पहिलो पटक हो । नेपालले आजको खेल जितेमा सिरिज जित्ने छ । सिरिजको अन्तिम खेल मंगलबार हुदैछ । 

यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिम युएई पुगिसकेको छ । नेपाली टिममा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऎरि (उपकप्तान), कुशल मल्ल, आसिफ सेख, कुशल भुर्तेल, आदील आलम, लोकेस बम, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, सोमपाल कामी र साहब आलम रहेका छन् ।

त्यस्तै नेपाल विरुद्धको सिरिजमा खेल्न वेस्ट इन्डिजले अकील होसेनको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । वेस्ट इन्डिजको टिममा अकिल हुसेन (कप्तान), फेबियन एलन, ज्वेल एन्ड्रयू, अकिम अगस्टे, नविन बिदाइसे, जेदिया ब्लेड्स, केसी कार्टी, करीमा गोरे, जेसन होल्डर, अमिर जांगो, काइल मेयर्स, ओबेड म्याककोय, जिशान मोटारा, रामोन सिमन्ड्स र शमर स्प्रिंगर रहेका छन् ।

Read More

पाकिस्तानलाई हराउदै भारतले जित्यो एशिया कपको उपाधि

काठमाडौँ । भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै कीर्तिमानी नवौं पटक एसिया कपको उपाधि जितेको छ । 

भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । कुलदीप यादवको उत्कृष्ट बलिङले पाकिस्तानको सम्पूर्ण टोली १९.१ ओभरमा १४६ रनमा अलआउट भयो । १४७ रनको लक्ष्य पछ्याउँदै भारतले १९.४ ओभरमा पाँच विकेट गुमाएर १५० रन बनाएर खेल जित्यो । तिलक वर्माले उत्कृष्ट पारी खेल्दै ५३ बलमा तीन चौका र चार छक्काको मद्दतले अविजित ६९ रन बनाए भने रिंकु सिंहले विजयी चौका प्रहार गरेर जित दिलाएका थिए । भारतका लागि शिभम दुवेले ३३, सन्जु सामसनले २४ र शुभमन गिलले १२ रन बनाएका थिए । 

त्यस्तै पाकिस्तानी बलर फहीम अशरफले ३ तथा शाहिन शाह अफ्रिदी र अब्रार अहमदले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले १९.१ ओभरमा अल आउट हुदै १४६ रन बनाएको थियो । पाकिस्तानका लागि शाहीबजादा फरहानले सर्बाधिक ५७ रन बनाए भने फखर जमानले ४६ र सैम आयुबले १४ रन बनाए । त्यस्तै भारतीय बलर कुलदीप यादवले ४ विकेट लिए भने जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्सर पटेलले २-२ विकेट लिएका थिए ।

फाइनल खेलको म्यान अफ द म्याच भारतका तिलक बर्मा बने भने एशिया कपको उत्कृष्ट खेलाडी भारतका अभिषेक शर्मा बनेका छन् ।

Read More

एसियन कप छनोट खेल्ने नेपाली यू-१७ महिला टिमको घोषणा

काठमाडौ । थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्ने नेपाली टिमको घोषणा गरिएको छ ।

शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपालको यू-१७ महिला टिमको घोषणा गरेको हो । अक्टोबर १३ देखि १७ सम्म हुने प्रतियोगितामा नेपालले आयोजक थाइल्याण्ड र तुर्कमेनिस्तानसँग खेल्नेछ ।

नेपाली टिम: झरना डुम्राकोटी, लक्ष्मी ओली, भुपिका शाही, दिक्ष्या रायमाझी, अलिजा कुमारी बिक, ज्ञान्शु डोल्मो लो, सम्झना चन्द, पूर्णिमा तादी, अनु माझी, मिन माया श्रेष्ठ, अंशु बिक, रबिना बिक, कृतिशा तामाङ, अशिका कार्की, सहारा लिम्बु, बब्टिका कार्की, भूमिका बुढाथोकी, आयुषा रेउले, सिर्जना बडुवाल, अस्मिता मगर, पूजा गिरी, यम कुमारी बिक र अनिता राना मगर ।

Read More

एशिया कप फाइनलमा पहिलो पटक भारत पाकिस्तान भिड्दै

काठमाडौँ । भारत र पाकिस्तानबीचको एसिया कप २०२५ को फाइनल खेल आइतबार दुबईमा हुने भएको छ । यो प्रतियोगितामा यी दुई टोली आमनेसामने भएको तेस्रो पटक हुनेछन् । यसअघि भारतले एसिया कपको समूह चरण र सुपर फोर चरणमा आफ्नो कट्टर प्रतिद्वन्द्वीलाई पराजित गरेको थियो र अब यो पाकिस्तानविरुद्ध जितको ह्याट्रिक हासिल गर्ने लक्ष्यमा हुनेछ । भारतको लागि यो सजिलो हुनेछैन, किनकि उपाधि खेलहरूमा पाकिस्तानविरुद्ध टोलीको रेकर्ड राम्रो हुनेछैन ।

एसिया कप फाइनलमा पहिलो पटक आमनेसामने
पाकिस्तानले बंगलादेशलाई ११ रनले पराजित गर्दै एसिया कप २०२५ को फाइनलमा पुगेको थियो । अब, उपाधि खेलमा भारतको सामना गर्नेछ । एसिया कप १९८४ मा सुरु भएको थियो । २०१६ मा, यो प्रतियोगिता पहिलो पटक टी-२० ढाँचामा खेलाइएको थियो । भारतीय टोलीले सबैभन्दा धेरै पटक एसिया कप जितेको छ । भारतले अहिलेसम्म आठ पटक एसिया कप जितेको छ । पाकिस्तानले दुई पटक मात्र उपाधि जितेको छ भने श्रीलंकाले छ पटक उपाधि जितेको छ । रोचक कुरा के छ भने, एसिया कपको ४१ वर्षे इतिहासमा, यसअघि भारत र पाकिस्तानले कहिल्यै फाइनलमा एकअर्कासँग सामना गरेका छैनन् ।

भारतीय टोली प्रतियोगितामा अपराजित
भारतीय टोलीले पछिल्ला दुई खेलमा पाकिस्तानमाथि प्रभुत्व जमाएको हुन सक्छ, तर यसले अत्यधिक आत्मविश्वासबाट जोगिनुपर्छ, जुन घातक साबित हुन सक्छ । पाकिस्तान फाइनलको दावेदार जस्तो लागेन, तर उपाधिका लागि फाइनलमा पुगेको छ । भारत र पाकिस्तान बीचको कुनै पनि प्रतियोगिताको उपाधि खेलको रेकर्डलाई विचार गर्दा, यो खेल भारतको लागि सजिलो हुनेछैन । भारतीय टोली अपराजित रहँदै लगातार पाँच खेल जितेर फाइनलमा पुगेको छ । त्यस्तै पाकिस्तान भने समुह चरणमा र सुपर फोर दुवैमा भारतसँग पराजित भएको थियो भने अब फाइनलमा भारतसँग बदला लिने उपयुक्त समय रहेको छ ।

Read More

रोनाल्डो र मानेको गोलमा अल नासर विजयी

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल इत्तिहादलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा अल नासरले इत्तिहादलाई २-० गोल अन्तरले पराजित गरेको हो । अल नासरका लागि क्रिस्टियानो रोनाल्डो र साड़ियो मानेले एक एक गोल गरेका थिए । 

यो जित पछि अल नासरको ४ खेलमा १२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा छ । त्यसै गरी अल इत्तिहादको ४ खेलमा ९ अंक रहेकों छ र लिग्मा दोस्रो स्थानमा छ । 

Read More

नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कपको पहिलो खेल आज

काठमाडौँ । नेपाल र वेस्ट इन्डिजबीचको टी-२० सिरिज आजदेखि शुरु हुदैछ ।

युनिटी कप टी-२० नाम दिइएको यस सिरिजको पहिलो खेल आज युएईको शारजाह क्रिकेट स्टेडियममा नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुदैछ ।

नेपालले कुनै पनि टेस्ट क्रिकेट देशसँग अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको यो पहिलो पटक हो । त्यसैले पनि नेपालका लागि यो सिरिज ऐतिहासिक बनेको छ । यो सिरिजको दोस्रो खेल सेप्टेम्बर २९ मा र तेस्रो खेल सेप्टेम्बर ३० मा हुने तालिका रहेको छ ।

यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिम युएई पुगिसकेको छ । नेपाली टिममा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऎरि (उपकप्तान), कुशल मल्ल, आसिफ सेख, कुशल भुर्तेल, आदील आलम, लोकेस बम, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, सोमपाल कामी र साहब आलम रहेका छन् ।

त्यस्तै नेपाल विरुद्धको सिरिजमा खेल्न वेस्ट इन्डिजले अकील होसेनको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । वेस्ट इन्डिजको टिममा अकिल हुसेन (कप्तान), फेबियन एलन, ज्वेल एन्ड्रयू, अकिम अगस्टे, नविन बिदाइसे, जेदिया ब्लेड्स, केसी कार्टी, करीमा गोरे, जेसन होल्डर, अमिर जांगो, काइल मेयर्स, ओबेड म्याककोय, जिशान मोटारा, रामोन सिमन्ड्स र शमर स्प्रिंगर रहेका छन् ।

इयान विशोप र एन्ड्रयू लियोनार्डले कमेन्ट्री गर्ने:

यस सिरिजमा वेस्ट इन्डिजका पुर्व क्रिकेटर इयान बिशोप र आयरल्याण्डका एन्ड्रयू लियोनार्डले कमेन्ट्री गर्ने भएका छन् ।नेपाल क्रिकेट संघ (क्यान) ले विशोप र लियोनार्डले पनि यस सिरिजमा कमेन्ट्री गर्ने जानकारी दिएको छ ।

लियोनार्डलाई नेपाली क्रिकेटको अघोषित ब्रान्ड एम्बासडरको रुपमा चिनिन्छ भने उनले नेपाललाई आफ्नो दोस्रो घर भन्ने गर्दछन् । लियोनार्डले कुनै पनि क्रिकेट मंचमा नेपाली क्रिकेटको प्रसंशा गर्न छोड्दैन् । उनी नेपाली क्रिकेट फ्यानहरुवीच पनि उत्तिकै परिचित छन् भने उनलाई नेपाली क्रिकेट फ्यानले ‘टकलु दाई’ को उपनाम समेत दिएका छन् ।

Read More

भारतविरुद्ध खेल्ने नेपाली राष्ट्रिय महिला फुटबलको प्रारम्भिक टिमको घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतविरुद्ध खेल्ने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक टिमको घोषणा गरेको छ । नेपालले अक्टोबर २६ मा सिक्किममा भारतसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

एन्फाले नेपाली महिला राष्ट्रिय फुटबल टिमको प्रारम्भिक ३५ खेलाडीको घोषणा गरेको छ ।

नेपाली महिला फुटबलको प्रारम्भिक टिम:
गोलकिपर: 
अन्जिला तुम्बापो सुब्बा, अञ्जना राणा मगर, उषा नाथ, सुशीला चौधरी र लीला जोशी ।

डिफेन्डर: 
निशा ठोकर, समिक्षा घिमिरे, मन माया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पुजा राणा, अमृता जैशी, सजनी थोकर, हिरा कुमारी भुजेल र नेहा कुमारी चौधरी ।

मिडफिल्डर:
विमला चौधरी, अनिता बस्नेत, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राणा मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, अनिता केसी, हिमा राउत, दीपा शाही, तुलसा बोहोरा, सनु परियार र सुक्रिया मिया ।

फरवार्ड: 
रश्मी कुमारी घिसिङ, रेखा पौडेल, मिना देउवा, पूर्णिमा राई, जेनिफर मगर र सावित्रा भण्डारी ।

Read More