२०८३ श्रावण १८

ओभिडोमाथि बार्सिलोनाको कमब्याक जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले ओभिडोलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले ओभीडोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाले १-० ले पछि परेको अवस्थामा कमब्याक गर्दै जित हासिल गरेको थियो । बार्सिलोनाको जितमा एरिक गार्सिया, रोबेर्ट लेवानडोस्की र रोनाल्ड आराउजोले एक एक गोल गरेका थिए । यसअघि ओभीडोका लागि अल्बेर्टो रेइनाले एक गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाको ६ खेलमा १६ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । बार्सिलोना शिर्ष स्थानमा रहेको रियल म्याड्रिड भन्दा २ अंकले पछाडी रहेको छ । त्यसैगरी ओभिडोको ६ खेलमा ३ अंक रहेको छ लिगमा १८औं स्थानमा रहेको छ ।         

Read More

एशिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने

काठमाडौँ । पाकिस्तान एशिया कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सुपर फोर अन्तर्गतको खेलमा बंगलादेशलाई ११ रनले पराजित गरेसँगै पाकिस्तान फाइनलमा पुगेको हो ।

पाकिस्तानले दिएको १३६ रनको मध्यम लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाउदै १२४ रन मात्र बनाए पछि पाकिस्तान ११ रनले विजयी भएको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउदै १३५ रन बनाएको थियो ।

अब एशिया कपको फाइनलमा पाकिस्तानको भिडन्त भारतसँग हुने भएको छ । यस प्रतियोगितामा भारत र पाकिस्तान यसअघि दुई पटक भिडीसकेका छन् र दुवै खेल भारतले जितेको छ । फाइनल खेल आइतबार हुने छ । त्यसअघि सुपर फोर अन्तर्गतको अन्तिम खेल आज भारत र श्रीलंकाबीच हुने छ । 

Read More

राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त गरेको छ । विहिबार एन्फाले २०२६ को साफ च्याम्पियनसिपसम्मका लागि न्यौपानेलाई प्रमुख प्रशिक्षक नियुक्त गरेको हो ।

त्यस्तै एन्फाले नेपाली महिला टिमको सहायक प्रशिक्षकमा भगवती थापा र राज कुमार केसी नियुक्त गरेको छ भने वृन्दा देवानलाई टिम व्यवस्थापक, शिला गिरी र विकास गुरुङले क्रमशः फिजियोथेरापिस्ट र किट व्यवस्थापकको जिम्मेवारी दिइएको छ । 

न्यौपानेले यसअघि पुरुष टिमको यु-२३ प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् । 

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आगामी महिना भारतको सिक्किममा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ भने त्यसपछि इन्डोनेसियामा नोभेम्बर २६ देखि डिसेम्बर २ सम्म इन्डोनेसिया र चाइनिज ताइपेइसँग त्रिकोणात्मक सिरिज खेल्ने तालिका रहेको छ ।

Read More

शारजाहमा नेपाली राष्ट्रिय क्रिकेट टिमको अभ्यास

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिज खेल्न युएई पुगेर अभ्यास शुरु गरेको छ ।

भिसा समस्याका कारण चार दिन ढिलो गरि युएई पुगेको टिमले युएईको शारजहा क्रिकेट स्टेडियममा अभ्यास शुरु गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपालले सेप्टेम्बर २७, २९ र ३० मा वेस्ट इन्डिजसँग तीन खेलको युनिटी टी-२० सिरिज खेल्ने तालिका रहेको छ । 

वेस्ट इन्डिजविरुद्ध क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिम चयन गरको छ । जसमा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऎरि (उपकप्तान), कुशल मल्ल, आसिफ सेख, कुशल भुर्तेल, आदील आलम, लोकेस बम, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, सोमपाल कामी र साहब आलम रहेका छन् ।

Read More

मेसी र स्वरेजको गोलमा इन्टर मियामी विजयी

काठमाडौँ । अमेरिकन मेजर लिग सकर अन्तर्गत इन्टर मियामीले न्यूयोर्क सिटीविरुद्ध फराकिलो जित हासिल गरेको छ ।

विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले न्यूयोर्क सिटीलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए भने भने बाल्टासार रोड्रीगेज र लुइस स्वरेजले एक एक गोल गरेका थिए ।

यो जितपछि इन्टर मियामी लिगको इस्टर्न कन्फेरेन्समा २९ खेलमा ५५ अंक रहेको इन्टर मिलान लिगमा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै न्यूयोर्क सिटीको ३१ खेलमा ५३ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।

Read More

अल्भारेजको ह्याट्रिकमा एटलेटिको विजयी

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले रायो भल्लेकानोलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले रायो भल्लेकानोलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिकोको जितमा जुलियन अल्भारेजले ह्याट्रिक गरेका थिए । उनले खेलको १५औं, ८०औं र ८८औं मिनेटमा गोल गरेका थिए । त्यस्तै रायो भल्लेकानोकालागि पेप चाभारिया र अल्भारो ग्रासिया रिभेराले एक एक गोल गरेका थिए ।

यो जितपछि एटलेटिको म्याड्रिडको ६ खेलमा ९ अंक भएको छ र लिगमा नवौं स्थानमा रहेको छ । त्यस्तै रायो भल्लेकानोको ६ खेलमा ५ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ ।

Read More

साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल र भारत भिड्दै

काठमाडौँ । नेपालले जारी साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा आज भारतको सामना गर्दैछ ।

कोलोम्बोस्थित कोलोम्बो रेसकोर्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुदैछ ।

त्यस्तै आजै पहिलो सेमिफाइनलमा बंगलादेश र पाकिस्तान खेल्दैछन् । यो खेल नेपाली समय अनुसार दिउसो सवा ३ बजेदेखि शुरु हुदैछ । प्रतियोगिताको फाइनल खेल शनिबार हुने छ ।

नेपाल समुह ए मा उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो । नेपालले समुह चरणमा खेलेका २ खेलमा एक खेलमा श्रीलंकालाई २-० ले पराजित गरेको थियो भने अर्को खेलमा बंगलादेशसँग ४-० ले हार बेहोरेको थियो ।

त्यस्तै भारत भने समुह बी मा अपराजित हुदै समुह विजेता बनेर सेमिफाइनलमा पुगेको हो । भारतले पहिलो खेलमा माल्दिभ्सलाई ६-० ले पराजित गरेको थियो भने भुटानलाई १-० ले र पाकिस्तानलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।

साफ यू–१७ च्याम्पियनसिप खेल्ने नेपाली टिममा गोलकिपर पेम्बा नोर्बु भोटे, राम बोहर र विशेष बानिया रहेका छन् भने डिफेन्डरमा प्रशान्त मोक्तान, दिपेन कार्की, धिरज रावल, आदित्य राना मगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया र अनोज खड्का रहेका छन् । त्यस्तै मिडफिल्डरमा प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्टा भण्डारी, प्रतिश थापा मगर, भूपेश लामा, नसिब हेन्जन, सुशन मगर र सुजन स्याङ्तान रहेका छन् भने फरवार्डमा समीर कुमार, डिआईजी विजय शाही, निसकुमार श्रेष्ठ र रोहित श्रेष्ठ रहेका छन् ।

Read More

भारत एशिया कपको फाइनलमा

काठमाडौँ । भारतले बंगलादेशलाई ४१ रनले पराजित गर्दै एसिया कपको फाइनलमा प्रवेश गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय रंगशालामा बुधबार राति सम्पन्न खेलमा भारतले दिएको १६९ रनको लक्ष्य पछाएको बंगलादेशले  १९.३ ओभरमा अलआउट हुदै १२७ रन मात्र बनायो र खेलमा हार बेहोरेको थियो । उसका लागि सैफ हसनले सर्वाधिक ६९ रन बनाए । यसैबीच, भारतका लागि कुलदीप यादवले तीन विकेट लिए भने जसप्रीत बुमराह र वरुण चक्रवर्तीले दुई विकेट लिए । यसबाहेक अक्षर पटेल र तिलक वर्माले एक-एक सफलता पाए ।

भारत अपराजित रहँदै एसिया कपको फाइनलमा प्रवेश गरेको छ । भारतको अब सुपर फोरको एउटा खेल बाँकी छ, सेप्टेम्बर २६ मा श्रीलंकासँग खेल्ने तालिका छ । यो खेल फाइनल अघि भारतीय टोलीको लागि अभ्यास खेलको रूपमा हुने भएको छ, किनकी श्रीलंकाको सुपर फोरका दुवै खेल हारेर फाइनलको सम्भावना सकिएको छ  ।

भारत सुपर फोर अंक तालिकामा चार अंक र १.३५७ को नेट रनरेटका साथ शिर्ष स्थानमा छ । पाकिस्तान र बंगलादेश क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । बिहीबार दुई टोलीबीचको खेल सेमिफाइनल सरह भएको छ । यस खेलको विजेताले सेप्टेम्बर २८ मा फाइनलमा भारतसँग खेल्नेछ ।

Read More

ला लिगामा रियल म्याड्रिडको लगातार छैटौं जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले लेभान्टेलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले लेभान्टलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा किलियन एम्बाप्पेले २ गोल गरेका थिए भने भिनिसियस जुनियर र फ्रान्को मास्तानटुओनोले एक एक गोल गरेका थिए । त्यस्तै एट्टा एयोंगले एक गोल गरेका थिए ।

यो ला लिगामा रियल म्याड्रिडको लगातार छैटौं जित हो । यो जितपछि ६ खेलमा १८ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै लेभान्टेको ६ खेलमा ४ अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।

Read More

अल नासर किङ कपको राउण्ड १६ मा

काठमाडौँ । अल नासर किङ कपको राउण्ड १६ मा पुगेको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले जेहादलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा जोआओ फेलिक्स, मोहमद सिमाकान र वेसलीले एक एक गोल गरेका थिए भने एक गोल फैसल बिन अबुले आत्मघाती गोल गरेका थिए ।

गएराती नै सम्पन्न खेलमा अल इत्तिहाद, अल हाजम, अल जुल्फी लगायतका टिम राउण्ड १६ मा पुगेका छन् ।

Read More